spot_img
Home Blog Page 56

घोराहीका जनप्रतिनिधि जसले लगातार तेस्रो जित निकाले

राप्ती पोष्ट

घोराही, जेठ । देशभर स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आइरहेको छ । सात सय ५३ वटा पालिकामध्य अधिकांशको नतिजा आइरहदा कयौं पालिकामा पहिले जितेकाले हारेका छन् । कतै पहिले हारेकाले जितेका छन् । निरन्तर जित्नेहरुको संख्या पनि रहेको छ ।

२०५४ सालको निर्वाचनमा जित हासिल गरेका केही प्रतिनिधिहरुले २०७४ र हालैको निर्वाचन पनि जितेका छन् । यद्दपी यो संख्या निकै कम सख्यामा रहेको छ । घोराही उपमहानगरपालिकामा लगातार वडाध्यक्षका रुपमा एकजना मात्रै जित हासिल गर्नुभएको छ । यस्तै दुई जना वडाध्यक्ष पहिलो पटक गाविसको उपाध्यक्ष भएर २०७४ सालको निर्वाचनमा वडाध्यक्ष भएकाहरु हुनुहुुन्छ ।

२०५४ सालको निर्वाचनमा तत्कालिन रामपुर गाविसको अध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो नरुलाल चौधरी । २०७४ सालको निर्वाचनमा विपक्षी भन्दा पाँच हजार मतान्तरले जित्नुभएका चौधरीले यसपटकको निर्वाचनमा पनि करिव सोही मतान्तरमा जित हासिल गर्नुभएको छ । देशका ११ वटा उपमहानगरपालिका मध्य धेरैको ध्यान तानेको घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी विजयी भइरहदा उहाँको यो तेस्रो जित हो ।

२०५४ सालको स्थानीय निर्वाचन हुनु अघि उहाँ रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रमा थारु भाषाको समाचार बाचकका रुपमा हुनुहुन्थ्यो । विए सम्मको अध्ययन गरेको र राजनीतिक रुपमा नेतृत् वगर्न सक्ने देखेपछि तत्कालिन अवस्थामा स्थानीय नेताहरुले नरुलाललाई गाविसको अध्यक्षका रुपमा अघि सारेका थिए । २०४९ सालको निर्वाचनमा दाङ जिल्लामा नेकपा एमालेले बहिस्कार गर्नुपर्ने अवस्था आएको थियो । तत्कालिन निर्वाचनलाई नेपाली काँग्रेसले एकलौटी रुपमा घोषणा गर्ने सम्मको दुष्प्रयास गरेपछि नेकपा एमालेले मतदान प्रक्रियामा सहभागि नहुने निर्णय गरेको थियो् । २०५४ सालमा भने अवस्था फरक रह्यो । जिल्लामा रहेका ३९ गाविस र दुईवटा नगरपालिकामध्य नेकपा एमाले एक्लैले २८ वटा गाविस र दुईवटा नगरपालिकामा जित हासिल गरेको थियो । त्यहिमध्यको एउटा गाविस रामपुरमा नरुलालले सानदार रुपमा निर्वाचन जित्नुभएको थियो ।

२०५४ सालको निर्वाचनपछि पाँच बर्षमा हुनुपर्ने निर्वाचन भएन । पालिकाहरु जनप्रतिनिधि विहीन भए । २०७२ सालमा संविधान सभाको निर्वाचन भएपनि २०७४ सालमा स्थानीय तहको निर्वाचन हुने भयो । त्यतिवेला घोराहीमा धेरै मानिस आकांक्षीका रुपमा थिए । त्यतिवेला नेकपा एमालेका नेता शंकर पोखरेलले नै नरुलाल चौधरीलाई उमेदवार बनाउनुपर्ने बताउनुभयो । त्यतिवेला पोखरेलले भन्नुभएको थियो ‘नरुलाल जिले इमान्दारिताका साथ काम गर्नुहुन्छ । उहाँले धेरै राम्रो गर्न नसक्नुहोला तर नराम्रो चाँही गर्नुहुन्न ।’ नभन्दै त्यस्तै भयो घोराहीमा नरुलालको कार्यकालमा ठूलै उथल पुथल भएन तर उहाँले विगार्ने काम केही पनि गर्नुभएन । जनताको प्रतिनिधिका रुपमा इमान्दारिताका साथ काम गर्नुभयो । जसको फलस्वरुप उहाँलाई देशकै सवैभन्दा धेरै जनसंख्या भएको उपमहानगरपालिकाका जनताले मतदान गरेर पुनः मेयरमा निर्वाचित गराए ।

२०७४ सालको निर्वाचनमा २२ हजार ३० मत सहित चौधरीले जित हासिल गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्थो नेपाली काँग्रेसका भुपवहादुर डाँगी । डाँगीले १७ हजार चार सय ८४ मत प्राप्त गर्नुभएको थियो । दुवैको बीचमा चार हजार पाँच सय ४६ मतको अन्तर थियो । यो बीचमा घोराहीमा करिव ३५ हजार नयाँ मतदाता थपिए । सवैको ध्यान नयाँ मतदाताको निर्णय तिर थियो । निर्वाचनमा करिव ६७. ६९ प्रतिशत मत खस्यो । एक लाख १२ हजार नौ सय २७ कुल मतदाता रहेकोमा ७६ हजार पाँच सय ५२ मत खसेको थियो । मत संख्याका आधारमा धेरैले ३० देखि ३५ हजार मत ल्याउनेले जित्ने अनुमान गरिसकेका थिए । नभन्दै नरुलालको मत ३० हजार भन्दा धेरै अर्थात ३१ हजार सात सय २८ आयो ।

यसरी नरुलाल पहिलो पटक गाविसको र दुई पटक उपमहानगरपालिकाको प्रमुख बन्नुभयो । घोराहीमा ड्याम बनाएर पानी जम्मा गर्ने, विभिन्न स्थानमा राम्रा सडक बनाउने, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गरेको कामको जस दिंदै घोराहीबासीले उहाँलाई पुनः निर्वाचित गरेका छन् । उहाँसंग २०७४ सालको निर्वाचनमा चार हजार पाँच सय ४६ मतले पराजित हुनुभएका नेपाली काँग्रेसका भुपवहादुर डाँगी यसपटक उपप्रमुखमा गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएको थियो । अघिल्लो पटक भन्दा यसपटक उहाँको मत बढ्यो । ३० हजार तीन सय ५४ मत आएपनि जितका प्रर्याप्त भएन । ४९ मत बढी ल्याएर नेकपा एमालेकी हुमा डिसी विजयी हुनुभयो ।

पाण्डेको तेस्रो जित

राममणि पाण्डेय

रामपुर गाविस हुँदा राममणि पाण्डेयले उपाध्यक्षमा जित्नुभएको थियो । अध्यक्ष नरुलाल चौधरी र उपाध्यक्ष पाण्डेले गाविसको विकासका लागि निकै राम्रो काम गरेको चर्चा अहिले पनि चल्ने गरेको छ । २०७३ सालमा घोराही उपमहानगरपालिका भएपछि रामपुर दुईवटा वडामा विभक्त भयो । वडा नं. १ पाण्डेको क्षेत्र भयो भने चौधरीको क्षेत्र वडा नं. २ भयो । वडा नं. १ मा कसलाई उमेदवार बनाउने भन्ने बारेमा धेरै छलफल गर्नै परेन । पहिले उपाध्यक्ष हुँदा भन्दा अहिले वडाध्यक्ष भएर गर्ने काम धेरै र अधिकार धेरै भएपछि पाण्डेले वडाध्यक्ष हुने योजना बनाउनुभयो । त्यतिवेला पाण्डेले जित्ने करिव निश्चित थियो । मात्रै कति मतान्तरले जित्ने भन्ने थियो । त्यतिवेला पाण्डेले एक हजार नौ मत प्राप्त गर्नुभयो । काँग्रेसका किशोर पाण्डेले तीन सय ३८ र माओवादीका थपबहादुर डाँगीको दुई सय ४२ मत आयो ।

यसपटक पाँच दलिय गठवन्धन हुँदा गठवन्धनका तर्फबाट वडा माओवादीको भागमा प¥यो । अघिल्लो निर्वाचनमा दुवै पार्टीले पाएको मत जोड्दा पाँच सय ८९ हुन्थ्यो । मतदाता संख्या केही बढेको भएपनि गठवन्धनले त्यति हिम्मत गरेर वडा जित्ने कुरा गरेको थिएन । नभन्दै नतिजा त्यस्तै आयो । पाण्डेले एक हजार पाँच सय ९२ मत ल्याउँदा गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएका माओवादी केन्द्रका मेघबहादुर खड्काको चार सय १४ मत आयो । यसरी पाण्डेले लगातार तेस्रो पटक जित हासिल गर्नुभयो । पटक पटक मत संख्या बढ्दा पाण्डेको लोकपृयता कति रहेछ भनेर अनुमान गर्न सकिन्छ ।

लामिछाने लगातार

कुलबहादुर लामिछाने

२०५४ सालमा भएको स्थानीय निर्वाचनमा कुलबहादुर लामिछाने साविक हापुर गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । राज्यको पुनःसंरचना हुँदा पालिकाहरु बढे । हापुर गाविस त्रिपुर नगरपालिका हुँदै घोराही उपमहानगरपालिका आइपुग्यो । त्यतिवेलाको हापुर गाविसको अधिकांश भाग र नारायणपुर गाविसकाको केही भाग घोराही ११ भयो । २०५४ मा उपाध्यक्ष भइसकेको मानिस वडाध्यक्षमा आउने कि नआउने भन्ने थियो । त्यतिवेला र अहिले कामको जिम्मेवारी निकै फरक रहेकाले लामिछानेलाई उठाउने निर्णय पार्टीले ग¥यो । उहाँ २०७४ सालमा उमेदवार बन्नुभयो । विपक्षी भन्दा निकै बढी मतले उहाँले जित्नुभयो ।

२०७४ सालमा भएको निर्वाचनमा लामिछानेले एक्लै एक हजार तीन सय सात मत ल्याउनुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका कमल गौतमको आठ सय ३९ मत थियो भने माओवादी केन्द्रका प्रकाशचन्द्र विकको मत दुई सय ७९ थियो । यसपटक गठवन्धन हुँदा पनि कुलबहादुरलाई जित्ने आँट थिएन । निर्वाचनको परिणाम पनि त्यस्तै आयो । लामिछानेले एक हजार आठ सय २२ मत ल्याउनुभयो । गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएका नेपाली काँग्रेसका नुमाकान्त दाहालले एक हजार दुई सय ७२ मत प्राप्त गर्नुभयो । निर्वाचनमा विपक्षीले जस्तो आफूले खर्च गर्ने सामर्थ नराखेकाले केही अफ्ठेरो अवस्था आएको भएपनि मतदाताले आफूलाई विश्वास गरेको लामिछानेको भनाई छ । उहाँले ल्याएको मतका कारणले नेकपा एमालेलाई प्रमुख र उप प्रमुख जित्नका लागि निकै सहयोग पुगेको बताइन्छ ।

भरतको पुनः कसरत

भरत अर्याल

घोराही नगरपालिकाको वडा नं. ६ बाट २०५४ सालमा भरत अर्याल निर्वाचित हुनुभएको थियो । त्यसपछि निर्वाचन भएन । निर्वाचन नहुँदा र जनप्रतिनिधि विहिन हुँदा अर्याल आफ्नो वडाका नागरिकको समस्या समाधानमा लागिरहनुभयो । कोही विरामी पर्दा लखनउ लग्नुपर्ने हुँदा वा काठमाडौं पुराउँदा होस अर्यालको साथ रह्यो । सदरमुकाममा कुनै काम प¥यो भने वडाबासीले सँझने नाम नै भरत अर्यालको थियो । जनप्रतिनिधीका रुपमा नहुँदा पनि उहाँलाई फुर्सद भएन । काममा लागिरहनुभयो ।

२०७३ सालमा साविक घोराहीको वडा नं. ५ र ६ लाई जोडेर वडा नं. १८ बनाइयो । २०७४ सालको निर्वाचनमा घोराही उपमहानगरपालिको मेयरमा उहाँको दावी थियो । वडाध्यक्ष पुनः नउठ्ने बरु मेयर हुने उहाँको चाहना पुरा भएन । पछि नेकपा एमालेका नेता शंकर पोखरेलले नै अर्याललाई वडा छोडन् नहुने सुझाव दिनुभयो । पार्टीको सल्लाह अनुसार नै अर्याल निर्वाचनमा होमिनुभयो । निर्वाचनमा घरदैलोमा हिड्दा वडा नं. ५ मा केही मेहनत गर्नुपरेको थियो । तर उहाँले निर्वाचन जित्नुभयो । एक हजार दुई सय ८९ मत सहित अर्यालले जित्दा माओवादी केन्द्रका सतबहादुर रोकाले आठ सय ९४ र नेपाली काँग्रेसका दिनेश अधिकारीले आठ सय ५४ मत प्राप्त गर्नुभयो ।

यस पटकको निर्वाचनमा गठवन्धन हुँदा धेरैलाई वडा नं. १८ गठवन्धनले लग्छ कि भन्ने लागेको थियो । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मत एक हजार सात सय ४८ थियो जवकी अर्यालले पाएको मत चार सय ५९ कम थियो । निर्वाचनमा गठवन्धनसंग भिड्नका लागि अर्याल तयार हुनुभयो । बस्ती बस्तीमा निर्वाचन अभियान चल्यो । घर घरमा गएर उहाँले मत दिनुहोस मलाई जिताउनुहोस भन्नुभएन । आपूmले गरेको काम जनताका बीचमा छर्लङ्ग रहेको र चिनजान गर्नुपर्ने अवस्था पनि नरहेकाले मतदाताका घरका ढोकामा गएर नमस्कार भन्दै मत नमागेको अर्यालको प्रतिक्रिया थियो । ‘सवैले चिन्नुभएको छ थाहा पाउनुभएको छ, के मत मागिरहनुप¥यो र ?’ नभन्दै उहाँले गठवन्धनलाई चुनौती दिंदै एक हजार छ सय ६७ मतले जित्नुभयो । गठवन्धनका तर्फबाट मधुसूदन अधिकारीले एक हजार पाँच सय ५७ मत प्राप्त गर्नुभयो । अर्यालले व्यक्तिगत रुपमा पनि मत पाएको देखिन्छ । यसरी घोराही उपमहानगरपालिकाको वडा नं. १८ मा अर्याल पुनः निर्वाचित हुनुभयो । घोराही उपमहानगरपालिकामा निर्वाचित हुनेमध्य लगातार तेस्रो पटक निर्वाचित हुनेहरुमा चौधरी, पाण्डेय, लामिछाने र अर्याल हुनुहुुन्छ । १९ वडा रहेको घोराहीमा ९७ सदस्यीय नगर सभामा नेकपा एमालेको अत्यधिक बहुमत रहेको छ ।

घोराहीमा कस्ले कति मत ल्याए

१३ वडामा एमाले, ५ वडामा काँग्रेस र १ वडामा माओवादीका अध्यक्ष

राप्ती पोष्ट

दाङ, जेठ । सत्तामा रहेका प्रमुख दलहरुको चौतर्फी घेरावन्दीलाई चिर्दै नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा घोराहीमा सानदार जित निकालेको छ । पाँच बर्ष अघिको निर्वाचन भन्दा धेरै स्थानमा नेकपा एमालेले जित हासिल गरेको छ ।

नेकपा एमालेबाट उमेदवार बन्नुभएका नरुलाल चौधरी पुनः प्रमुखमा प्रतिद्वन्द्वी भन्दा पाँच हजार भन्दा बढी मतान्तरले विजयी बन्नुभयो । चौधरीले ३१ हजार सात सय २८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका उमेदवार हेमराज शर्मा पोख्रेल २६ हजार तीन सय ६८ मत प्राप्त गर्नुभयो । शर्मा नेकपा माओवादी केन्द्रबाट टिकट पाउनुभएको थियो । शर्माले प्रमुखका उमेदवार चौधरी भन्दा तीनवटा वडामा मात्रै धेरै मत ल्याउनुभएको थियो । अन्य वडामा उहाँको कम मत आएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उमेदवार बन्नुभएका सरिता देवकोटाले पाँच हजार तीन सय २४ मत प्राप्त गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट जीवन गौतम प्रमुखको उमेदवार हुँदा १२ हजार मत प्राप्त गर्नुभएको थियो । नेपाली काँग्रेससंग गठवन्धन गरिएपछि माओवादी केन्द्रको मत बढेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको मत पनि अघिल्लो निर्वाचनको तुलनामा बढेको छ । अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार भन्दा कम मत ल्याएको थियो ।

यस्तै उप प्रमुखमा नेकपा एमालेकी उमदेवार हुमा डिसी विजयी बन्नुभयो । सुरुवातदेखि अग्रता लिनुभएका गठवन्धनका उमेदवार भुपवहादुर डिसी वडा नं. १२ को गणना हुँदै गर्दा पछि पर्नुभएको थियो । वडा नं. १२ मा हुमाको मत बढी आएपछि भुपवहादुर पछि पर्नुभएको थियो । त्यसपछि गणना गरिएका वडामध्य केहीमा मात्रै भुपवहादुरको मत बढी आएको थियो । करिव चार सय मतको अग्रता लिनुभएका हुमाको मत वडा नं. ९ को मत गन्दा केही तल झरेको थियो । अन्तिम परिणाममा हुमा ४९ मत बढी लिएर विजयी बन्नुभयो ।

अन्तिम मत परिणाममा नेकपा एमालेबाट उमेदवार बन्नुभएका हुमा कुमारी डिसी ३० हजार चार सय तीन मत प्राप्त गर्नुभयो । यस्तै गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएका नेपाली काँग्रेसका भुपवहादुर डाँगी क्षेत्रीले ३० हजार तीन सय ५४ मत प्राप्त गर्नुभयो । प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार मत कटाउँदा उप प्रमुखमा भने विभु बुढाथोकी तीन हजार पाँच सय २१ मत प्राप्त गर्नुभयो । नेकपा एमालेबाट विभाजन भएको एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेकाहरुको मत अत्यन्त कम आएको छ । प्रमुखमा रामप्रसाद चौधरीले एक हजार एक सय ४३ मत र उप प्रमुख शोभा शाहले एक हजार एक सय ५८ मत प्राप्त गर्नुभएको थियो । अन्य वडाहरुमा पनि एकीकृत समाजवादीका उमेदवारहरुले जमानत जोगाउन सकेको देखिएन ।

एमालेको बर्चश्व

२०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेले १० वटा वडा सहित प्रमुख र उपप्रमुमा जित हासिल गरेको थियो । गठवन्धनका कारणले गर्दा एमालेले धेरै वडा गुमाउने दावी गठवन्धनले गरिरहेको समयमा एमालेले त्यो संख्या बढाएको छ । २०७४ सालको निर्वाचनमा १० वडा जितेको भएपनि करिव दुई बर्षपछि वडा नं. १६ का अध्यक्ष लक्षिण बुढामगरको निधन भएपछि भएको उप निर्वाचनमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका थिए । उप निर्वाचनमा विजयी हुनुभएका ताराबहादुर डिसी यस पटक सात मत बढी लिएर विजयी हुनुभयो ।

घोराहीमा नेकपा एमाले पहिले जितेका दुईवटा वडा गुमाएको छ भने अन्य पाँचवटा वडा थपेको छ । नेकपा एमालेबाट वडा नं. १ मा राममणि पाण्डे अत्यधिक मतका साथ पुनः निर्वाचित हुनुभयो । यस्तै अघिल्लो निर्वाचनमा जितेको वडा नं. २ मा एमालेले पुनः जित हासिल गरेको छ । नेकपा एमालेबाट वडा नं. २ मा चित्रबहादुर चौधरी विजयी हुनुभयो । अघिल्लो पटक हारेको वडा नं. ३ मा यसपटक नेकपा एमालेले जित हासिल गरेको छ । वडा नं. ३ मा नेकपा एमालेबाट रामप्रसाद चौधरी निर्वाचित हुनुभयो । यस्तै वडा नं. ४ मा नेकपा एमालेबाट मधुसूदन शर्मा निर्वाचित हुनुभयो । वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्की एकीकृत समाजवादीबाट उमेदवार बन्दा तेस्रो स्थानमा रहनुभयो । वडा नं. ४ मा नेपाली काँग्रेस निकट प्रतिद्वन्द्वीका रुपमा रह्यो ।

२०४९ सालदेखि नै नेपाली काँग्रेसको बर्चश्व रहेको वडाका रुपमा वडा नं. ५ रहेको थियो । साविकको धर्ना गाविसमा २०४९ र २०५४ सालमा काँग्रेसले जितेको वडामा यसपटक नेकपा एमालेले जित हासिल गरेको छ । अघिल्लो पटक पराजित विवेक बुढाथोकी यसपटक भने अत्यधिक मतका साथमा विजयी बन्नुभयो । वडा नं. ६ मा पनि नेकपा एमालेका उमेदवार विष्णुराम आचार्य विजयी बन्नुभयो । यो वडामा गत निर्वाचनमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो ।
वडा नं. ७ मा भने नेकपा एमालेले निरन्तरताको जित निकालेको छ । वडा नं. ७ मा खोपिराम चौधरी पुन निर्वाचित हुनुभएको छ । यो वडा गठवन्धनबाट उपप्रमुखका उमेदवार बन्नुभएका डिसीको मत रहेको वडा हो । यस्तै अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसले जितेको वडा नं. ८ मा पनि नेकपा एमालेले जित हासिल गरेको छ । नेकपा एमालेबाट युवा नेता जितेन्द्र शाहले जित हासिल गर्नुभएको छ ।

वडा नं. ९ यस अघि नेकपा एमालेले जितेको थियो । यसपटक यो वडामा गठवन्धनले जितेको छ । घोराहीका १९ वटा वडामध्य माओवादी केन्द्रले जितेको एउटा मात्रै वडाका रुपमा वडा नं. ९ रहेको छ । वडा नं. ९ मा माओवादी केन्द्रका चैतुकुमार चौधरी विजयी हुनुभयो । वडा नं. १० मा नेपाली काँग्रेसले निरन्तरताको जित हासिल गरेको छ । वडा नं. १० मा नेपाली काँग्रेसका दिपक पाण्डे विजयी हुनुभएको छ । यो वडामा दुई सदस्य भने नेकपा एमालेका निर्वाचित भएका छन् ।
वडा नं. ११ मा नेकपा एमालेले निरन्तरताको जित हासिल गरेको छ । २०५४ सालको निर्वाचनमा साविक हापुर गाविसको उपाध्यक्षका रुपमा निर्वाचित हुनुभएका कुलबहादुर लामिछाने दोस्रो पटक वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । यो वडा नेकपा एमालेको गढका रुपमा लिइन्छ । अघिल्लो पटकको निर्वाचनमा चारवटा सदस्यले जित्दा पनि वडाध्यक्ष हारेको वडा नं. १२ मा यसपटक नेकपा एमालेले राम्रो जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा पराजित दोर्ण बहकरी वडा नं. १२ को अध्यक्ष बन्नुभएको छ ।

वडा नं. १३ मा यस अघि नेकपा एमालेले जितेको थियो । यसपटक गठवन्धनले जितेको छ । गठवन्धनबाट नेपाली काँग्रेसका डुल्लुराम पोख्रेल निर्वाचित हुनुभएको छ । यस्तै वडा नं. १४ मा नेकपा एमालेले गठवन्धनलाई हराएको छ । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जित हासिल गरेको थियो । यसपटकको निर्वाचनमा वडा नं. १४ मा नेकपा एमालेका भानसिंह बुढा दुई सदस्य सहित विजयी हुनुभएको छ । यो वडामा दुई सदस्य नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेकाहरु विजयी भएका छन् ।

घोराहीको वडा नं. १५ नेपाली काँग्रेसको अनुकुल वडाका रुपमा निरन्तर रहेको छ । २०६४ सालको निर्वाचनमा समेत नेकपा एमालेले विजयी हासिल नगरेको यो वडामा यसपटक जित निकाल्ने दाउँमा नेकपा एमाले रहेको थियो । तर वडा नं. १५ मा नेपाली काँग्रेसका उमेदवार रमेश पाण्डे पुनः निर्वाचित हुनुभयो । वडा नं. १६ मा नेपाली काँग्रेसका उमेदवार जम्मा सात मतले विजयी हुनुभयो । डिसी र एक सदस्य काँग्रेसका रहेका छन् भने बाँकी तीन सदस्य नेकपा एमालेका विजयी भएका छन् । सदस्यमा बरावर भएपछि गोला तान्दा काँग्रेसका सदस्य विजयी भएका थिए । यस्तै अघिल्लो निर्वाचनमा माओवादीले जितेको वडा नं. १७ मा गठवन्धनका उमेदवारलाई पराजित गर्दै नेकपा एमाले विजयी भएको छ । माओवादी केन्द्रका उमेदवारलाई पराजित गर्दै नेकपा एमालेका रामलौटन चौधरी अध्यक्षमा निर्वाचित हुनुभयो । यो वडामा नेकपा एमालेबाट बागी उमेदवारी परेको थियो भने समाजवादीबाट मेयरका उमेदवार बन्नुभएका रामप्रसादको वडा पनि यहि रहेको थियो ।

यस्तै वडा नं. १८ मा भरतमणि अर्याल तेस्रो पटक विजयी बन्नुभएको छ । २०५४ सालको निर्वाचनमा तत्कालिन त्रिभुवननगर नगरपालिकाको वडा नं. ६ बाट वडाध्यक्ष बन्नुभएका अर्याल २०७४ मा पनि वडाध्यक्ष बन्नुभएको थियो । घोराहीमा लगातार तेस्रो पटक अध्यक्ष बन्ने अवसर अर्यालले प्राप्त गर्नुभएको छ । वडा नं.१९ मा भने गठवन्धनले जित हासिल गरेको छ । वडा नं. १९ मा यस अघि नेकपा एमालेले जित हासिल गरेको थियो । यसपटक गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका ज्ञानबहादुर रायमाझी विजयी बन्नुभयो ।

घोराहीमा एमालेको सानदार जित

प्रमुख र उपप्रमुख सहित १३ वडामा जित

राप्ती पोष्ट

दाङ, जेठ । देशकै सवैभन्दा ठूलो उपमहानगरपालिकाका रुपमा रहेको घोराही उपमहानगरपालिकामा नेकपा एमालेले सानदार जित हासिल गरेको छ । १९ वटा वडा रहेको घोराहीमा गठवन्धनलाई निकै पछि पार्दै नेकपा एमालेले मेयर, उपमेयर सहित बहुमत वडा जितेको छ । घोराहीको मेयरमा दोस्रो कार्यकालका लगि एमालेका नरुलाल चौधरी निर्बाचित हुनुभएको छ भने उप प्रमुखमा हुमा डिसी निर्वाचित हुनुभएको छ । १९ वडामध्य १३ वडामा एमालेले जित निकालेको छ ।

चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार हेमराज शर्मा ९डायमण्ड०लाई ५ हजार ३३० मतले हराउदै विजयी हुनुभएको हो । चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्दा शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभयो । । चौधरीले ०७४ को निर्वाचनमा पनि काँग्रेसका भुपबहादुर डाँगीलाई ५ हजार मत अन्तरले हराउनुभएको थियो ।

सुरु वडा नं. १९ को मतगणना गर्दा गठबन्धनका शर्मा अघि हुनुहुन्थ्यो भने अन्य वडाको गणना गर्न थालेपछि चौधरी अघि बढ्नुभएको थियो । वडा नं १९ र १८ को मत गणना गर्दा शर्माको अग्रता थियो । तर पछि वडा नं १४ र १ को मत गणना गर्दा शर्मालाई पछि पार्दै आफ्नो चौधरीले आफ्नो अग्रतालाई बढाउँदै लग्नुभएको थियो ।

यस्तै नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी थोरै मतान्तरले विजयी हुनुभयो । डिसीले गठबन्धनबाट काँग्रेसका नगर उपप्रमुखका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी हुनुभयो । डिसीले ३ हजार ४०३ मत प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत प्राप्त गर्नुभयो ।

डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो । नगरउपप्रमुखमा पनि सुरुवाति चरणमा डाँगीले भारी मतले डिसीलाई पछि पार्र्नुभएको थियो । तर वडा नं १, १४ मा मतगणना गरेपछि भने डाँगी पछाडि पर्नुभयो । डाँगी पछाडि परेपनि भारी मतको अन्तर भने भएको थिएन । अन्तिम मत परिणाम सार्वजनिक हुनु अघिसम्म पनि डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रह्यो ।

घोराहीमा एमालेले १९ वटा मध्ये १३ वडा जितेको छ भने गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए । निर्वाचन अघि पहिलेको निर्वाचनमा पाएको मतका आधारमा गठवन्धनले सवै वडा सहित प्रमुख उप प्रमुख जित्ने दावी गर्दैै आएको थियो । नेकपा एमालेका महासचिव शंकर पोखरेलको क्षेत्र समेत रहेको घोराहीमा नेकपा एमालेको सानदार जितले भविश्यको राजनीतिलाई प्रभावित गर्ने बताइन्छ ।

दाङका थप छ पालिकाको परिणाम सार्वजनिक

गढवामा माओवादी, लमहीमा काँग्रेस, घोराहीमा एमालेको अग्रता, तुलसीपुरमा गणना सुरु

राप्ती पोष्ट

दाङ, जेठ । दाङका १० पालिकामध्य छ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन कार्यालयले दाङका १० पालिकामध्य छवटा पालिकाको मत परिणाम सार्वजनिक गरेको हो ।  राजपुर, बंगलाचुली, राप्ती, दंगिशरण, शान्तिनगर र बवई गाउँपालिकाको गणना सकिएको छ ।

घोषित परिणाम अनुसार चारवटा पालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । दुईवटा पालिकाको प्रमुखमा माओवादी केन्द्रले जित हासिल गरेको छ । राप्ती गाउँपालिकाको उप प्रमुखमा एमाले र बंगलाचुली गाउँपालिकाको उप प्रमुखमा नेपाली काँग्रेसका उमेदवार विजयी भएका छन् ।

निर्वाचन परिणाम अनुसार राप्ती गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका जगतप्रसाद पोख्रेललाई एक हजार एक सय ९८ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित हुनुभयो । चौधरीले नेपाली कांग्रेसका हरि भुसाललाई उपाध्यक्ष पदमा एक हजार एक सय ७८ मतले पछि पार्दै उपाध्यक्षमा निर्वाचित भहुनुभएको हो ।

अध्यक्ष विष्टले छ हजार आठ सय ९८ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका जगतप्रसाद पोख्रेलले अध्यक्ष पदमा पाँच हजार सात सय मत प्राप्त गर्नुभयो । नेपाली काँग्रेसबाट अध्यक्षका उमेदवार जगदम्बाकुमारी चौधरीले चार हजार एक सय ९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित कमलापती चौधरीले छ हजार छ सय ७४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी हरि भुसालले पाँच हजार चार सय ९६ मत प्राप्त गर्नुभयो ।

गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका केशवराज खनालको चार हजार चार सय ६५ मत आएको थियो । प्रमुख जितेको माओवादी केन्द्रले राप्ती गाउँपालिकामा दुई वटा वडामा मात्र जित हासिल गरेको छ । वडा नम्बर २ मा पहलमान चौधरी, ९ मा रिमबहादुर सुनारी मगर निर्वाचित हुनुभएको छ ।

उप प्रमुखमा जित हासिल गरेको नेकपा एमालेले चार वटा वडा जितेको छ । अघिल्लो पटकको निर्वाचनमा नेकपा एमालेले एउटा वडा मात्रै जितेको थियो । यसपटकको निर्वाचनमा नेकपा एमालेबाट वडा नंं. १ मा गेमबहादुर खड्का, वडा नं. ५ मा देवप्रसाद चौधरी, वडा नं. ७ मा सिताराम चौधरी र वडा नं. ८ मा चन्द्रबहादुर गुरुङ निर्वाचित हुनुभयो । नेपाली कांग्रेसले एउटा मात्रै वडा जितेको छ । वडा नंं. ३ मा उमेश अधिकारी वडा अध्यक्षमा निर्वाचित हुनुभयो । अघिल्लो पटकको निर्वाचनमा काँग्रेसले पाँच वटा वडा जितेको थियो । तीनवटा माओवादीले र एउटा एमालेले जितेका थिए ।
दाङका एक सय वटा वडामध्य राप्ती गाउँपालिकाले राप्तीमा खाता खोलेको छ । नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । वडा नम्बर ६ मा समाजवादीका दिपककमार चौधरी निर्वाचित हुनुभयो । यस्तै राप्ती गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले पनि खाता खोलेको छ । राप्ती गाउँपालिका लुम्विनी प्रदेशको राजधानी रहेको क्षेत्र पनि हो । यहाँ पाँच राजनीतिक दलको प्रतिनिधित्व पालिकामा हुने भएको छ । राजमोका विरबहादुर चौधरी वडा नम्बर ४ को वडा अध्यक्षमा निर्वाचित हुनुभयो ।

अघिल्लो निर्वाचनमा राप्ती गाउँपालिकामा नेपाली कांग्रेसले पालिका अध्यक्ष, उपाध्यक्षसहित ५ वडा जितेको थियो । माओवादीले तीन र एमाले एक वडामा मात्रै सीमित थियो । यसपाली एमालेले पालिका उपाध्यक्षसहित चार वडामा जित निकालेको छ । यस हिसावले प्रमुख जितेका कारणले गर्दा माओवादीलाई फाइदा भएको छ । उप प्रमुख सहित तीनवटा वडा बढाउन एमाले सफल भएको छ । यस्तै जनमोर्चाले पनि वडा जित्दा उसलाई पनि फाइदा भएको छ ।

 

शान्तिनगरमा काँग्रेस विजयी

शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा बुढाथोकी निर्वाचित हुनुभयो । बस्नेतले पाँच हजार सात सय १६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विष्णु केसीले चार हजार पाँच सय २४ मत प्राप्त गर्नुभयो ।

शान्तिनगरमा माओवादी केन्द्रका मोहनलाल ओलीले दुई हजार सात सय ९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५, राप्रपाका टंकराज पौडेलले एक सय आठ प्राप्त गर्नुभयो । अध्यक्षमा बस्नेतले केसीलाई एक हजार एक सय ९२ मतान्तरले पराजित गर्नुभयो ।

त्यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रेमा बुढाथोकीले पाँच हजार सात सय ५० मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँकी प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला भण्डारीले चार हजार ४० मत प्राप्त गर्नुभएको थियो । पालिका प्रमुख र उप प्रमुख जितेको नेपाली काँग्रेसले तीनवटा वडा जितेको छ । यो पालिकामा नेकपा एमालेले अघिल्लो निर्वाचनमा एउटा मात्रै वडा जितेकोमा त्यो संख्या बढाएर दुई पु¥याएको छ । माओवादीले यस अघि तीनवटा वडा जितेकोमा एउटा वडामा सिमित भएको छ । माओवादीबाट वडा नं. १ मा जंगबहादुर पुन मगर विजयी हुनुभएको छ । यस्तै वडा नं. २ मा काँग्रेसबाट विद्रोह गरेर उमेदवार बन्नुभएका सुनिल वली विजयी हुनुभएको छ । वडा नं. ३ मा काँग्रेसका मिनवहादुर केसी, वडा नं. ४ बाट गोमान बहादुर वली नेकपा एमालेबाट विजयी हुनुभएको छ । यस्तै वडा नं. ५ मा काँग्रेसका ओपेन्द्र बहादुर रावत, वडा नं. ६ मा एमालेका शेरबहादुर भण्डारी र वडा नं. ७ मा काँग्रेसका तारावहादुर वली विजयी हुनुभएको छ ।

दंगिशरणमा बहुमत वडा एमालेको

दंगिशरण गाउँपालिकामा नेपाली काँग्रेसले प्रमुख र उप प्रमुखमा जित हासिल गरेको छ । यस अघि प्रमुख नेकपा एमालेको रहेको भएपनि वडामा अल्पमतमा रहेको नेकपा एमालेले यस पटक चार वटा वडामा जित निकालेको छ ।
दंगिशरण गाउँपालिकाको अध्यक्षमा शंभु गिरी पाँच हजार चार सय ६७ मत सहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ शाहले चार हजार ४९ मत प्राप्त गर्नुभएको थियो । यस्तै माओवादी केन्द्रका मनिराम चौधरीले एक हजार सात सय ८३ मत प्राप्त गर्नुभएको थियो । दंगिशरणको उपाध्यक्षमा यस अघिकै उपाध्यक्ष पिमाकुमारी वली निर्वाचित हुनुभएको छ । उहाँले चार हजार पाँच सय ७९ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका बुधनी चौधरीले चार हजार तीन सय ११ मत प्राप्त गर्नुभएको थियो । यस्तै माओवादी केन्द्रका निर्मला वलीले एक हजार आठ सय ४६ मत प्राप्त गर्नुभएको थियो ।

दंशिशरणमा यस अघि तीनवटा वडा जितेको माओवादी केन्द्रले एउटा पनि वडा जित्न सकेको छैन । दंगिशरणको वडा नंं १ मा काँग्रेसका रमेश भण्डारी, वडा नंं २ मा नेकपा एमालेका डम्मर खत्री, वडा नं. ३ मा काँग्रेसका सुकलाल चौधरी, वडा नं. ४ मा एमालेका कमल थारु, वडा नं. ५ मा पनि नेकपा एमालेका निरज बस्नेत, वडा नं. ६ मा काँग्रेसका रोसनजंग शाह र वडा नं. ७ मा नेकपा एमालेका रेशमबहादुर वली विजयी हुनुभएको छ ।

ववईमा गुम्यो एमालेको विरासत

पश्चिम दाङमा ववई गाउँपालिका नेकपा एमालेको बलियो पालिका मानिन्थ्यो । यस पटकको निर्वाचनमा भने नेकपा एमाले दोस्रो शक्तिमा झरेको छ । यस अघिकै अध्यक्ष र उपाध्यक्ष निर्वाचनको प्रतिष्पर्धामा हुनुहुन्थ्यो । एमालेले यस अघि पाँचवटा वडा जितेकोमा यस पटक तीनवटा वडा मात्रै जितेको छ । दुईवटा वडा जितेको काँग्रेसले त्यो संख्या चार पुराएको छ भने प्रमुख र उप प्रमुखमा पनि जित हासिल गरेको छ ।

ववईको अध्यक्षमा कुलबहादुर खत्री क्षेत्री विजयी हुनुभएको छ । खत्रीले छ हजार छ सय १५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वीका रुपमा भुवनेश्वर पौडेलले पाँच हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको छ । यसैगरी माओवादी केन्द्रका भिमबहादुर वलीले दुई हजार २८ मत प्राप्त गर्नुभएको छ । यस अघि पनि माओवादी ववईमा कमजोर अवस्थामा थियो ।

ववईको उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित हुनुभएको छ । उहाँले छ हजार चार सय मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी सावित्री कुमारी विश्वकर्माले पाँच हजार चार सय १४ मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रकी अञ्जु घर्तीले दुई हजार दुई सय ५६ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडामा चार वटा काँग्रेसले र तीनवटामा एमालेले जित हासिल गरेका छन् । वडा नं. १ बाट प्रेमबहादुर डाँगी एमालेबाट, वडा नं. २ टेकबहादुर वली काँग्रेसबाट, वडा नं. ३ मा मानबहादुर डाँगी एमालेबाट, वडा नं. ४ मा टेकबहादुर वली एमालेबाट, वडा नं. ५ मा हर्क बहादुर श्रीष मगर काँग्रेसबाट, वडा नं. ६ मा राजेन्द्रविक्रम शाह काँग्रेसबाट र वडा नं. ७ मा काँग्रेसकै तिलकराम भण्डारी विजयी हुनुभएको छ ।

दाङमा कुन वडामा कस्को जित । वडाध्यक्षमा को को भए विजयी

दाङमा कुन वडामा कस्को जित । वडाध्यक्षमा को को भए विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये ४५ वडाको नतिजा

नेकपा एमालेले जितेका वडाहरु

१ गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
२ राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
३ दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
४ बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
५ बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
६ राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
७ दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
८. राप्ती गाउँपालिका १ गेमबहादुर खड्का
९ घोराही उपमहानगरपालिका १४- अध्यक्ष भानसिङ बुढा
१०.घोराही उपमहानगरपालिका १- अध्यक्ष राममणि पान्डेय
११. दङ्गीशरण गाउँपालिका- ५, अध्यक्ष निरज बस्नेत
१२. बबइ गाउँपालिका ४, अध्यक्ष टेकबहादुर ओली
१३. शान्तिनगर गाउँपालिका ४, अध्यक्ष गोमानबहादुर ओली
१४. घोराही उपमहानगरपालिका १८, अध्यक्ष भरत अर्याल
१५. घोराही उपमहानगरपालिका १७ राम लौटन चौधरी

नेपाली कांग्रेसले जितेका वडाहरु

१ घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
२ लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
३ बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
४ बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
५ दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
६ दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
७ गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
८ बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली
९. शान्तिनगर गाउँपालिका- ३, मीनबहादुर केसी
१०. बङ्गलाचुली गाउँपालिका- ४ अध्यक्ष डासबहादुर डागी
११. बङगलाचुली गाउँपालिका ६, डोमबहादुर केसी
१२. लमही नगरपालिका १ अध्यक्ष दामोदर पौडेल
१३. बबई गाउँपालिका ५ अध्यक्ष हर्कबहादुर श्रीस
१४. राजपुर गाउँपालिका २ अध्यक्ष ओमप्रकाश यादव
१५. दङ्गीशरण गाउँपालिका ६ अध्यक्ष रोशनजङ शाह
१६. राप्ती गाउँपलिका ३, अध्यक्ष रमेश अधिकारी
१७. शान्तिनगर गाउपालिका ५ अध्यक्ष ओपेन्द्र रावत
१८. घोराही उपमहानगरपालिका १६ अध्यक्ष तारा डागी

नेकपा माओवादी केन्द्रले जितेका

१ राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
२ शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
३ राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
४ राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
५ बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराज विश्वकर्मा
६ बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
७ बंगलाचुली गाउँपालिका–८ अध्यक्ष झविन्द्र गाहामगर
८ राप्ती गाउँपालिका- २ अध्यक्ष पहलमान चौधरी
९. लमही नगरपालिका ५, अध्यक्ष ओमप्रकाश सुवेदी
१०. बङगलाचुली गाउँपालिका ५ अध्यक्ष लिलाबहादुर घर्ती
११. गढवा गाउँपालिका ६, अध्यक्ष बीरबहादुर आले
स्वतन्त्र
१ शान्तिनगर गाउँपालिका–२ सुनिल वली

अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस् सूची

अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस् सूची

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह

१ः नार्पाभूमी गाउँपालिका, मनाङ
२ः घरपोझोङ गाउँपालिका, मुस्ताङ
३ः नासो गाउँपालिका, मनाङ
४ः गुल्मी दरबार गाउँपालिका, गुल्मी
५ः गन्यापधुरा गाउँपालिका, डडेलधुरा
६ः रेसुंगा नगरपालिका, गुल्मी
७ः खार्पुनाथ गाउँपालिका, हुम्ला
८ः बडिकेदार गाउँपालिका, डोटी
९ः तमानखोला गाउँपालिका, बागलुङ
१०ः स्वामीकार्तिक गाउँपालिका, बाजुरा
११ः लिखुपिके गाउँपालिका, सोलुखुम्बु
१२ः भैरवी गाउँपालिका, दैलेख
१३ः सभापोखरी गाउँपालिका, संखुवासभा
१४ः कुमाख गाउँपालिका, सल्यान
१५ः शिवनाथ गाउँपालिका, बैतडी
१६ः कुम्मायक गाउँपालिका, पाँचथर
१७ः फेदाप गाउँपालिका, तेह्रथुम
१८ः माछापुछ्रे गाउँपालिका, कास्की
१९ः गल्कोट नगरपालिका, बागलुङ
२०ः दुधपोखरी गाउँपालिका, लमजुङ
२१ः सोताङ गाउँपालिका, सोलुुखुम्बु
२२ः हेलम्बु गाउँपालिका, सिन्धपाल्चोक
२३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
२४ः ढाकरी गाउँपालिका, अछाम
२५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२६ः आमाछोदिङ गाउँपालिका, रसुवा
२७ः मास्टा गाउँपालिका, बझाङ
२८ः त्रिवेणी गाउँपालिका, सल्यान
२९ः आदर्श गाउँपालिका, डोटी
३०ः ऐरावती गाउँपालिका, प्यूठान
३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
३२ः कमलबजार नगरपालिका, अछाम
३३ः रघुगंगा गाउँपालिका, म्याग्दी
३४ः धनकौल गाउँपालिका, सर्लाही
३५ः अरुण गाउँपालिका, भोजपुर
३६ः आरुघाट गाउँपालिका, गोरखा
३७ः आठराई गाउँपालिका, तेर्हथुम
३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
४०ः गंगादेव गाउँपालिका, रोल्पा
४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
४३ः कैलाश गाउँपालिका, मकवानपुर
४४ः दक्षिणकाली नगरपालिका, काठमाडौं
४५ः महाबु गाउँपालिका, दैलेख
४६ः सिलिचोङ गाउँपालिका, संखुवासभा
४७ः बुङगल गाउँपालिका, बझाङ
४८ः हरिपुर नगरपालिका, सर्लाही
४९ः कनकासुन्दरी नगरपालिका, जुम्ला
५०ः खाँदबारी नगरपालिका, संखुवासभा
५१ः भीरकोट नगरपालिका, स्याङजा
५२ः ठूलीभेरी नगरपालिका, रोल्पा
५३ः हिमा गाउँपालिका, जुम्ला
५४ः राजपुर गाउँपालिका, दाङ
५५ः बेलडाडी गाउँपालिका, कञ्चनपुर
५६ः कालिका गाउँपालिका, रसुवा
५७ः पूर्वीचौकी गाउँपालिका, डोटी
५८ः मदाने गाउँपालिका, गुल्मी
५९ः सन्दकपुर गाउँपालिका, इलाम
६०ः सायल गाउँपालिका, डोटी
६१ः ईश्मा गाउँपालिका, गुल्मी
६२ः रामारोसन गाउँपालिका, अछाम
६३ः चम्पादेवी गाउँपालिका, ओखलढुंगा
६४ ः तिलागुफा नगरपालिका, कालिकोट
६५ः छत्रदेव गाउँपालिका, अर्घाखाँची
६६ः मुगु कार्मारोंग गाउँपालिका, मुगु
६७ः मकालु गाउँपालिका, संखुवासभा
६८ः तादी गाउँपालिका, नुवाकोट
६९ः देवघाट गाउँपालिका, तनहुँ
७०ः गल्याङ नगरपालिका, स्याङ्जा
७१ः सिगास गाउँपालिका, बैतडी
७२ः बारबर्दिया गाउँपालिका, बर्दिया
७३ः बान्नीगढी जयगढ गाउँपालिका, अछाम
७४ः फालेलुङ गाउँपालिका, पाँचथर
७५ः घ्याङलेख गाउँपालिका, सिन्धुली
७६ः गोकुलगंगा गाउँपालिका, रामेछाप
७७ः पैयूँ गाउँपालिका, पर्वत
७८ः तारकेश्वर गाउँपालिका, नुवाकोट
७९ः सिद्ध कुमाख गाउँपालिका, सल्यान
८०ः हिलिहाङ गाउँपालिका, कास्की
८१. ब्रम्हपुरी गाउँपालिका, सर्लाही

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह

१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
२ः चामे गाउँपालिका, मनाङ
३ः ङिस्याङ गाउँपालिका, मनाङ
४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
८ः साइपाल गाउँपालिका, बझाङ
९ः बौदीकाली गाउँपालिका, नवलपुर
१०ः थलारा गाउँपालिका, बझाङ
११ः थासाङ गाउँपालिका, मुस्ताङ
१२ः मालिका गाउँपालिका, म्याग्दी
१३ः हरिनास गाउँपालिका, स्याङ्जा
१४ः महाकाली नगरपालिका, दार्चुला
१५ः मेन्छेयाम गाउँपालिका, तेह्रथुम
१६ः गुराँस गाउँपालिका, दैलेख
१७ः बुलिङटार गाउँपालिका, नवलपुर
१८ः पुर्वखोला गाउँपालिका, पाल्पा
१९ः पन्चेश्वर गाउँपालिका, बैतडी
२०ः माछापुछ्रे गाउँपालिका, कास्की
२१ः माङ्सेबुङ गाउँपालिका, इलाम
२२ः गोसाइँकुण्ड गाउँपालिका, रसुवा
२३ः भीमफेदी गाउँपालिका, मकवानपुर
२४ः जोरायल गाउँपालिका, डोटी
२५ः तिनाउ गाउँपालिका, पाल्पा
२६ः म्याङलुङ नगरपालिका, तेह्रथुम
२७ः छथर गाउँपालिका, तेह्रथुम
२८ः हतुवागढी गाउँपालिका, भोजपुर
२९ः इन्द्रसरोबर गाउँपालिका, मकवानपुर
३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
३१ः दुहु गाउँपालिका, दार्चुला
३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
३४ः माप्य दूधकोसी गाउँपालिका, सोलुखुम्बु
३५ः पौवादुङ गाउँपालिका, भोजपुर
३६ः चौविसे गाउँपालिका, धनकुटा
३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
३८ः डुङेश्वर गाउँपालिका, दैलेख
३९ः चुरे गाउँपालिका, कैलाली
४०ः छत्रकोट गाउँपालिका, गुल्मी
४१ः सत्यवती गाउँपालिका, गुल्मी
४२ः सरुमारानी गाउँपालिका, प्यूठान
४३ः म्याग्दे गाउँपालिका, तनहुँ
४४ः गौमुल गाउँपालिका, बाजुरा
४५ः मालिकार्जुन गाउँपालिका, दार्चुला
४६ः रुपा गाउँपालिका, कास्की
४७ः भगवानपुर गाउँपालिका, सिरहा
४८ः कोञ्ज्योसोम गाउँपालिका, ललितपुर
४९ः उत्तरगया गाउँपालिका, रसुवा
५०ः माथागढी गाउँपालिका, पाल्पा
५१ः घिरिङ गाउँपालिका, तनहुँ
५२ः सुर्नया गाउँपालिका, बैतडी
५३ः निस्दी गाउँपालिका, पाल्पा
५४ः फेदीखोला गाउँपालिका स्याङ्जा
५५ः आँधीखोला गाउँपालिका स्याङ्जा

माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह

१ः जगदुल्ला गाउँपालिका, डोल्पा
२ः नौमुले गाउँपालिका, दैलेख
३ः ताराखोला गाउँपालिका, बागलुङ
४ः अपि हिमाल गाउँपालिका, दार्चुला
५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
७ः नौगाड गाउँपालिका, दार्चुला
८ः थवाङ गाउँपालिका, रोल्पा
९ः ताँजाकोट गाउँपालिका, हुम्ला
१०ः अजिरकोट गाउँपालिका, गोरखा
११ः थुलुङ दुधकोशी गाउँपालिका, गोरखा
१२ः मार्मा गाउँपालिका, दार्चुला
१३ ःचन्द्रकोट गाउँपालिका, गुल्मी
१४ः आमचोक गाउँपालिका, भोजपुर
१५ः लेकम गाउँपालिका, दार्चुला
१६ः आलिताल गाउँपालिका, डडेलधुरा
१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
१८ः मुड्केचुला गाउँपालिका, डोल्पा
१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
२२ः रोल्पा नगरपालिका, रोल्पा
२३ः बंगलाचुली गाउँपालिका, दाङ
२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी
२५ः दुर्गाथली गाउँपालिका, बझाङ
२६ः सानीभेरी गाउँपालिका, सुर्खेत
२७ः रामप्रसाद गाउँपालिका, भोजपुर
२८ः नाम्खा गाउँपालिका, हुम्ला
२९ः रामनगर गाउँपालिका, सर्लाही
३०ः मैवाखोला गाउँपालिका ताप्लेजुङ
३१ः पलाँता गाउँपालिका, कालिकोट
३२ः मेलौरी नगरपालिका, बैतडी
३३ः परिवर्तन गाउँपालिका, रोल्पा
३४ः भगवतीमाई गाउँपालिका, दैलेख
३५ः धुर्कोट गाउँपालिका, गुल्मी
३६ः शहिद लगनथापा गाउँपालिका, गोरखा

नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह

१ः काइके गाउँपालिका, डोल्पा
२ः छार्का साङतोङ गाउँपालिका, डोल्पा

नेमकिपाले प्रमुख जितेको स्थानीय तह

१ः भक्तपुर नगरपालिका, भक्तपुर

स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह –

१ः साल्पासिलिछो गाउँपालिका, भोजपुर
२ः मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा
३ः खाँडाचक्र नगरपालिका, कालिकोट

निर्वाचनको सन्देश

सम्पादकीय

स्थानीय तहको दोस्रो निर्वाचन सकिएपछि मतगणना थालिएको छ । निर्वाचन सामान्यतया शान्तिपूर्ण रुपमै भयो भन्न सकिने अवस्था रहेको छ । देशका सात सय ५३ वटै पालिकामा निर्वाचन हुनुपर्नेमा केही पालिकामा रोकिएका कारणले जेठ ३ गते हुने भनिएको छ । केही पालिकामा मतदानकै क्रममा अवरोध भएकाले अविलम्व मतदान गर्ने भनिएको छ । देशभरको अवस्था हेर्दा निर्वाचन राम्रै तरिकाले भएको भन्न सकिन्छ । यद्दपि निर्वाचनमा मतदाताले कति भयरहित तरिकाले मत हाल्न पाएका थिए । मतदाताहरु दवावमा थिए या थिएनन् । मतदाताले प्रलोभनमा परेर मतदान गरेका थिए कि ? मतदान गर्नका लागि कतिपय राजनीतिक दलले दवाव दिएको कुरा पहिले आएको थियो । केही स्थानमा झडप भएका घटनाहरु सुन्नमा आएका थिए । जे जस्तो भएपनि निर्वाचन सकिएको छ । निर्वाचन हुनुपर्ने जति भएको थियो कि थिएन भन्ने बारेमा समीक्षाको विषय हो । आगामी दिनमा यो निर्वाचनको समीक्षा हुँदै जानेछ । जस्तो २०६४ सालमा भएको संविधान सभाको निर्वाचनको चर्चा अहिले पनि चलिरहन्छ । २०७४ सालमा भरतपुरमा भएको निर्वाचनको चर्चा अहिले पनि चलिरहेको छ । अहिले भएको निर्वाचनको चर्चा परिचर्चा आगामी दिनमा पक्कै पनि हुनेछ ।

निर्वाचन लोकतन्त्रको सवैभन्दा सुन्दर पक्ष हो । निर्वाचन पाँच बर्षमा हुने कुराले लोकतन्त्रलाई बलियो बनाउँछ । हरेक पाँच बर्षमा मतदाताले पुरानो उमेदवारको समीक्षा गर्ने र नयाँ उमेदवारलाई चयन गर्ने गर्दछन् । विश्वमा लोकतन्त्र रहेका मुलुकमा आवधिक निर्वाचन गरिन्छ । लोकतन्त्रमा निर्वाचनलाई सवैले बैधानिक रुपमा लिएका हुन्छन् । नेपालमा केही बर्ष अघि स्थानीय पालिकाको निर्वाचन नियमित रुपमा नगर्दा लोकतन्त्र नै धरापमा परेको थियो । जनप्रतिनिधिको अभावमा राजा सक्रिय भएका थिए । राजा सक्रिय हुँदा उनले दलहरुको सहमति विनै निर्वाचन गराएका थिए । जुन निर्वाचनले बैधानिकता पाएको थिएन् । बढी भन्दा बढी नागरिक सहभागी हुने निर्वाचनले बैधानिकता पाउँछ । यसपटकको निर्वाचनमा कम मत खसेको देखिएको छ । तुलनात्मक रुपमा यो निर्वाचनमा कम मत खसेको छ । यो मतको परिणामले अहिलेको राजनीतिप्रतिको केही वितृष्णा देखाएको छ । निर्वाचनमा बढी भन्दा बढी सहभागि हुनुपर्छ । पहिलो कुरा त नेपालको निर्वाचन प्रणाली नै झण्झटिलो रहेको छ । निर्वाचन प्रक्रिया अव्यवहारिक रहेको छ । यो पुरानो परम्परालाई तोड्नै पर्दछ ।

यो निर्वाचनले केही संकेत त पक्कै गरिरहेको छ । निर्वाचनको परिणाम के आउँछ त्यो पछि समीक्षाको विषय होला । परिणाम जे आएपनि त्यसलाई स्विकार गर्नुपर्छ । निर्वाचनमा आउने परिणाम स्वीकार गर्न नसक्ने व्यक्ति लोकतन्त्रबादी हुन सक्दैन । लोकतन्त्रलाई बलियो बनाउने हो भने निर्वाचनमा बढी भन्दा बढी नागरिकको सहभागिता हुनैपर्छ । निर्वाचनले दिएको मुख्य सन्देश भनेको लोकतन्त्रको निरन्तरता हो । निर्वाचनले दिएको सन्देश भनेको विकासका लागि पालिकाहरुको बलियो बनाउनुपर्छ भन्ने हो । संविधान सभाले संविधान जारी गरिसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको छ । स्थानीय तहको निर्वाचन हुँदै गर्दा स्थानीय तह पहिलेको भन्दा बलियो हुन्छन कि भन्ने अपेक्षा गर्न सकिन्छ । स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्नेमा यतिवेला ठूलो जनमत रहेको छ । स्थानीय तहले आफै कानुन निर्माण गर्न सक्छन । आफै विकासको नेतृत्व गर्न सक्छन । स्थानीय तहले खेल्न सक्ने भूमिका भनेको विगतको भन्दा धेरै र प्रभावकारी रहेका छन् । वितेको पाँच बर्षमा यो देखिएको छ । निर्वाचनबाट जे परिणाम आएपनि, जस्ले जितेपनि सवैभन्दा ठूलो जित लोकतन्त्रको भएको छ भन्ने रुपमा बुझ्नुपर्छ ।

घोराहीमा खसेको मत परिणाम

घोराहीमा खसेको मत परिणाम

घाेराही उपमहानगरपालिकाकाे मत विवरण
वडा नं. १ = खसेकाे मत = २२९३ , जम्मा मत =३५५५
वडा नं. २ = खसेकाे मत = ३९९३ , जम्मा मत = ५६६०
वडा नं. ३ = खसेकाे मत = ३४६९ , जम्मा मत ५०५२
वडा नं. ४ = खसेकाे मत ४०३२ = जम्मा मत = ५६४४
वडा नं. ५ = खसेकाे मत = ३७४९ , जम्मा मत = ६१३९
वडा नं. ६ = खसेकाे मत = ३४८५ , जम्मा मत = ४७३७
वडा नं. ७ = खसेकाे मत = ४०३३ , जम्मा मत =५३९९
वडा नं. ८ = खसेकाे मत =३८३२, जम्मा मत = =५४८१
वडा नं. ९ = खसेकाे मत = ३८९३ , जम्मा मत =५७२४
वडा नं. १० = खसेकाे मत = ४९५७ , जम्मा मत = ७१७९
वडा नं. ११ = खसेकाे मत = ३५७७ , जम्मा मत = ५३९१
वडा नं. १२ = खसेकाे मत ४९२५, जम्मा मत = ७८३२
वडा नं. १३ = खसेकाे मत = ३९४०, जम्मा मत = ५९०६
वडा नं. १४ = खसेकाे मत = ३७९९ , जम्मा मत = ६१३९
वडा नं. १५ = खसेकाे मत = ५७४२ , जम्मा मत = ९७४९
वडा नं. १६ = खसेकाे मत = ३८२४ , जम्मा मत = ५३०६
वडा नं. १७ = खसेकाे मत = ५४२५, जम्मा मत = ७४८०
वडा नं. १८ = खसेकाे मत = ४३२३ , जम्मा मत = ६८६०
वडा नं. १९ = खसेकाे मत २९५१ = जम्मा मत ४४३३

निर्वाचनको सम्पूर्ण तयारी पुरा

निर्वाचनको सम्पूर्ण तयारी पुरा

राप्ती पोष्ट

दाङ,  बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका दश पालिका र एक सय वटा वडा मध्य ९९ वटा वडामा भोली बैशाख ३० गतेका दिन निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका सम्पू्र्ण काम पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको जनाएको छ । जिल्लाका सवै पालिकामा निर्वाचनका सवै सामग्री पुराउने काम भइसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरुले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न थालिसकेका छन् ।

मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारवार गर्ने जस्ता काम भइरहेको छ । जिल्लामा रहेका ९९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदानस्थल निर्माण गरिरहेका छन् । निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिनेछन् ।

दाङ जिल्लामा एक सय ५३ स्थानमा मतदानस्थल रहेका छन् । ति स्थलमा चार सय ६१ वटा केन्द्र रहनेछन । जिल्लामा सवैभन्दा ठूलो केन्द्रका रुपमा घोराही उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको काठेकोहल केन्द्र रहेको छ । जहाँ करिव १० हजार मतदाता रहेका छन भने १० वटा केन्द्र रहेका छन् ।

हरेक गाउँपालिकामा दुई जना प्रहरी निरिक्षक सहितको सुरक्षाकर्मीहरु रहेका छन् । त्यस्तै नगरपालिकामा डिएसपीसहित प्रहरी निरिक्षकको जिम्मामा पठाईएको छ । उनीहरुको साथमा नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीहरु समेत खटिएका छन् । मतपत्र, मतपेटिकासहित मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरु जिम्मा पाएका मतदानस्थलमा गइसकेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिनुभयो ।

मंगलबार राती १२ बजे देखि मौन अवधी शुरु भएकाले आचार संहिता पालनाका लागि पनि मुख्य निर्वाचन अधिकृत थापाले सवैलाई आग्रह गर्नुभएको छ। उहाँले निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चार पांग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिका भन्दा बाहिर जान नपाउने भएकाले सोही अनुसार कडाई गरिने पनि उहाँले जानकारी दिनुभयो । यसैगरी निर्वाचनमा मतदान गर्न नसक्नेहरुको बिषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दिने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ ।

मतदाताले मतदान गर्न जाँदा कुनै पनि सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ । कागज, कलम वा अन्य कुनै पनि खालका सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ । मतदानस्थल मतपत्रमा लगाउने स्वस्तीक हुने भएकाले कलमको प्रयोग नहोस र मतदाताहरु प्रभावित नहोउन भनेर बाहिरका कुनै पनि सामग्री लग्न नदिने व्यवस्थाका बारेमा मुख्य निर्वाचन अधिकृत थापाले जानकारी गराउनुभएको छ ।