spot_img
spot_img

निर्वाचनको सन्देश

सम्पादकीय

स्थानीय तहको दोस्रो निर्वाचन सकिएपछि मतगणना थालिएको छ । निर्वाचन सामान्यतया शान्तिपूर्ण रुपमै भयो भन्न सकिने अवस्था रहेको छ । देशका सात सय ५३ वटै पालिकामा निर्वाचन हुनुपर्नेमा केही पालिकामा रोकिएका कारणले जेठ ३ गते हुने भनिएको छ । केही पालिकामा मतदानकै क्रममा अवरोध भएकाले अविलम्व मतदान गर्ने भनिएको छ । देशभरको अवस्था हेर्दा निर्वाचन राम्रै तरिकाले भएको भन्न सकिन्छ । यद्दपि निर्वाचनमा मतदाताले कति भयरहित तरिकाले मत हाल्न पाएका थिए । मतदाताहरु दवावमा थिए या थिएनन् । मतदाताले प्रलोभनमा परेर मतदान गरेका थिए कि ? मतदान गर्नका लागि कतिपय राजनीतिक दलले दवाव दिएको कुरा पहिले आएको थियो । केही स्थानमा झडप भएका घटनाहरु सुन्नमा आएका थिए । जे जस्तो भएपनि निर्वाचन सकिएको छ । निर्वाचन हुनुपर्ने जति भएको थियो कि थिएन भन्ने बारेमा समीक्षाको विषय हो । आगामी दिनमा यो निर्वाचनको समीक्षा हुँदै जानेछ । जस्तो २०६४ सालमा भएको संविधान सभाको निर्वाचनको चर्चा अहिले पनि चलिरहन्छ । २०७४ सालमा भरतपुरमा भएको निर्वाचनको चर्चा अहिले पनि चलिरहेको छ । अहिले भएको निर्वाचनको चर्चा परिचर्चा आगामी दिनमा पक्कै पनि हुनेछ ।

निर्वाचन लोकतन्त्रको सवैभन्दा सुन्दर पक्ष हो । निर्वाचन पाँच बर्षमा हुने कुराले लोकतन्त्रलाई बलियो बनाउँछ । हरेक पाँच बर्षमा मतदाताले पुरानो उमेदवारको समीक्षा गर्ने र नयाँ उमेदवारलाई चयन गर्ने गर्दछन् । विश्वमा लोकतन्त्र रहेका मुलुकमा आवधिक निर्वाचन गरिन्छ । लोकतन्त्रमा निर्वाचनलाई सवैले बैधानिक रुपमा लिएका हुन्छन् । नेपालमा केही बर्ष अघि स्थानीय पालिकाको निर्वाचन नियमित रुपमा नगर्दा लोकतन्त्र नै धरापमा परेको थियो । जनप्रतिनिधिको अभावमा राजा सक्रिय भएका थिए । राजा सक्रिय हुँदा उनले दलहरुको सहमति विनै निर्वाचन गराएका थिए । जुन निर्वाचनले बैधानिकता पाएको थिएन् । बढी भन्दा बढी नागरिक सहभागी हुने निर्वाचनले बैधानिकता पाउँछ । यसपटकको निर्वाचनमा कम मत खसेको देखिएको छ । तुलनात्मक रुपमा यो निर्वाचनमा कम मत खसेको छ । यो मतको परिणामले अहिलेको राजनीतिप्रतिको केही वितृष्णा देखाएको छ । निर्वाचनमा बढी भन्दा बढी सहभागि हुनुपर्छ । पहिलो कुरा त नेपालको निर्वाचन प्रणाली नै झण्झटिलो रहेको छ । निर्वाचन प्रक्रिया अव्यवहारिक रहेको छ । यो पुरानो परम्परालाई तोड्नै पर्दछ ।

यो निर्वाचनले केही संकेत त पक्कै गरिरहेको छ । निर्वाचनको परिणाम के आउँछ त्यो पछि समीक्षाको विषय होला । परिणाम जे आएपनि त्यसलाई स्विकार गर्नुपर्छ । निर्वाचनमा आउने परिणाम स्वीकार गर्न नसक्ने व्यक्ति लोकतन्त्रबादी हुन सक्दैन । लोकतन्त्रलाई बलियो बनाउने हो भने निर्वाचनमा बढी भन्दा बढी नागरिकको सहभागिता हुनैपर्छ । निर्वाचनले दिएको मुख्य सन्देश भनेको लोकतन्त्रको निरन्तरता हो । निर्वाचनले दिएको सन्देश भनेको विकासका लागि पालिकाहरुको बलियो बनाउनुपर्छ भन्ने हो । संविधान सभाले संविधान जारी गरिसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भएको छ । स्थानीय तहको निर्वाचन हुँदै गर्दा स्थानीय तह पहिलेको भन्दा बलियो हुन्छन कि भन्ने अपेक्षा गर्न सकिन्छ । स्थानीय तहलाई बलियो बनाउनुपर्छ भन्नेमा यतिवेला ठूलो जनमत रहेको छ । स्थानीय तहले आफै कानुन निर्माण गर्न सक्छन । आफै विकासको नेतृत्व गर्न सक्छन । स्थानीय तहले खेल्न सक्ने भूमिका भनेको विगतको भन्दा धेरै र प्रभावकारी रहेका छन् । वितेको पाँच बर्षमा यो देखिएको छ । निर्वाचनबाट जे परिणाम आएपनि, जस्ले जितेपनि सवैभन्दा ठूलो जित लोकतन्त्रको भएको छ भन्ने रुपमा बुझ्नुपर्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img