spot_img
spot_img

बालमैत्रीको पूर्णता

सम्पादकिय

बलवालिकाको अधिकारको कुरा गर्दा हामी मुख्यगरी चार प्रकारका अधिकारको कुरा गर्दछौं । बाल बचावट, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरेर बाल अधिकारका चार प्रकार रहेका छन् । यि चार प्रकारका अधिकार भित्र अरु धेरै अधिकारहरु रहेका छन् । खासगरी संयुक्त राष्ट्रसंघले सन् १९८९ मा बाल अधिकार सम्वन्धी महासन्धी पारित गरेपछि विश्वभर बाल अधिकारका बारेमा नयाँ चर्चा सुरु भएको हो । यस अघि सन् १९४८ मा संयुक्त राष्ट्र संघले मानव अधिकार सम्वन्धी घोषणा पत्र जारी गरेको थियो । मानव अधिकारको विषय भित्र बाल अधिकार नपर्ने होइन तर बालवालिका भनेका अरु उमेर समूह भन्दा फरक हुने भएकाले बालवालिकाको विषय बढी संवेदनशिल हुन्छ । बालवालिकाको विषय यस कारणले गर्दा सवैको सरोकारको विषय हुन्छ । बालवालिकाले सोच्ने तरिका र अरुले सोच्ने तरिका फरक हुन्छ । बालवालिकाको खानपान र ठूला मानिसको खानपान मिल्दैन । बालवालिकाका आवश्यकता र अरुका आवश्यता मिल्दैनन् । यसर्थ बालवालिकाहरुलाई फरक तरिकाले हेर्नुपर्छ । बालवालिकाले पाउने अधिकार विश्वव्यापी एकनास हुन्छ । नेपालको बालवालिकाले पाउने अधिकार र अमेरिका जस्तो विकशीत मुलुकको बालवालिकाले पाउने अधिकार समान हुन्छ । यसैले बाल अधिकार तोड्न नसकिने विषय हो भनिन्छ । बाल अधिकार विश्वव्यापी हुन्छ । यो स्थान विशेष अनुसार फरक हुन सक्दैन । यो कुनै उमेर समुहका हिसावले फरक हुन सक्दैन ।

पछिल्ला केही बर्षमा बाल मैत्रीको कुरा उठिरहेको छ । नेपाललाई नै बालमैत्री गराउनुपर्छ भन्ने आवाज नउठेको होइन । बालवालिकालाई लक्षित गरेर विभिन्न अभियान संचालन भएको हामी पाउँछौं । कहिले सवैका लागि शिक्षा भन्ने कार्यक्रम संचालन गरिन्छ र बालवालिकालाई अनिवार्य रुपमा विद्यालय भर्ना गर्ने कुरा गरिन्छ । कहिले भर्ना अभियान संचालन गरेर विद्यालय भन्दा बाहिर रहेका सवैलाई विद्यालयमा लैजाने कुरा गरिन्छ । बालवालिकाका लागि खाजा कार्यक्रम संचालन गरेर हुन्छ कि ? छात्र छात्राबृत्ती प्रदान गरेर हुन्छ कि कसरी हुन्छ बालवालिकालाई विद्यालयमा ल्याउने योजना बनाइएको छ । यस्तै गरी बालवालिकालाई लक्षित गरेर खोप कार्यक्रम संचालन गरिन्छ । कोही पनि खोप अभियान नछुट्नु भनेर देशव्यापी रुपमा दादुरा विरुद्ध, पोलियो विरुद्ध, हेपाटाइटिस विरुद्ध लगायत अनेकन रोगका विरुद्ध खोप अभियान संचालन गरिन्छ । यि सवै खोप अभियानहरु बलवालिकालाई स्वस्थ्य बनाउनका लागि हो । बालवालिकालाई सक्षम बनाउनका लागि हो । बालवालिकालाई सक्षम बनाउने दुई वटा तरिकाहरु छन । एउटा व्यक्तिगत रुपमा उनिहरुको शारिरीक विकासका लागि ध्यान दिने र अर्को सामाजिक रुपमा ध्यान दिने । व्यक्तिगत रुपमा ध्यान दिने कुराले शारिरीक रुपमा बृद्धि हुनेका लागि मद्दत गरिरहेको हुन्छ भने सामाजिक रुपमा ध्यान दिने भनेको लेखपढ गर्ने देखि लिएर विभिन्न सामाजिक काममा सहभागिता हुने कुरा हो । निर्णयमा सहभागिता हुने कुरा हो । हामी बालवालिकालाई निर्णयमा सहभागी गराइरहेका हुँदैनौं । बालवालिकाको कुरा सुनिरहेका हुँदैनौं । बालवालिकालाई निर्णय लाद्ने होइन कि बालवालिकाको कुरा सुन्नुपर्छ भन्ने मुल आशय बालमैत्रीको हो ।

हामीले बालवालिकाको आवश्यकताका बारेमा कति ध्यान दिन्छौं ? कतै जाँदा बालबालिका मैत्री बातावरण छ कि छैन भनेर ख्याल राख्छौं कि राख्दैनौं ? हाम्रा विद्यालयहरु बालमैत्री छन कि छैनन् ? हाम्रा स्वास्थ्य कार्यालयहरु बालमैत्री छन कि छैनन् ? हाम्रा सरकारी निकायहरु बालमैत्री छन कि छैनन् ? हाम्रा घरहरु बालमैत्री छन कि छैनन् ? हाम्रा व्यवहारहरु बालमैत्री छन कि छैनन् ? हामीले प्रयोग गरिरहेका सवारीका साधनहरु बालमैत्री छन कि छैनन् ? आजको दिनमा सवैभन्दा महत्वपूर्ण विषय भनेको यहि हो । बालवालिकाहरुले हामीलाई कसरी हेरिरहेका हुन्छन् । आफ्ना सहयोगीका रुपमा हेर्दछन् कि ? आफ्ना लागि डरका घरका रुपमा हेर्दछन् कि ? या कसरी हेरिरहेका होलान ? हामीले बालवालिकाका बारेमा भन्दा पहिले आफ्ना बारेमा सोच्दछौं । बालमैत्री भन्ने विषय अत्यन्त महत्वपूर्ण विषय हो । बालमैत्रीको अभियान देशव्यापी रुपमा चालिनुपर्छ । जसरी हामीले नेपाललाई खुल्ला दिसामुक्त घोषणा गरेका छौं त्यसैगरी बालमैत्री घोषणा गर्नुपर्छ । अहिले हामीले जिल्लालाई नै बालमैत्री घोषणा गर्न सकिरहेका छैनौं । सवैभन्दा पहिले बालमैत्री घोषणाको अभियान टोलबाट थालौं । त्यसपछि वडालाई बालमैत्री घोषणा गरौं । यसपछि पालिकालाई घोषणा गरेर जिल्लालाई नै बालमैत्री घोषणा गर्ने अभियान थालौं । दाङ जिल्लाको कुरा गर्ने हो भने घोराही उपमहानगरपालिका बालमैत्री घोषणा भइसकेको छ । अन्य पालिकाहरुले आफूलाई बालमैत्री घोषणा गर्न सकिरहेका छैनन् । अहिलेको दुनियामा हाम्रा सोचहरु बालमैत्री छैनन् भने हामीले अरु सवालमा कसरी उत्कृष्ठ नतिजा निकाल्न सक्छौं र ? भन्दाखेरी बालवालिका भनेका भविश्यका कर्णधार हुन भन्ने तर व्यवहारमा बालवालिकालाई ध्यान नदिने कुरा स्वीकार्य हुन सक्दैन । बालमैत्री जहाँ घोषणा गरिएको छैन त्यहाँ घोषणाका लागि पहल गरौं । जहाँ घोषणा गरिएको छ त्यहाँ पूर्ण रुपमा कार्यान्वयनका लागि पहल गरौं ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार