spot_img
spot_img

घरेलु उद्योग मार्फत आर्थिक रुपान्तरण सम्भव

राप्ती पोष्ट

घोराही, बैशाख । घरेलु तथा साना उद्योग मार्फत आर्थिक रुपान्तरण सम्भव रहेको धारणा आइतबार आयोजित एक कार्यक्रमका बक्ताहरुले राखेका छन् । घरेलु तथा साना उद्योग महासंघ दाङले धार्मीक तथा पर्यटकिय स्थल बाह्रकुनेमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नेहरुले घरेलु उद्योगहरु संकटमा परेकाले राज्यले घरेलु उद्योग प्रवद्र्धनका लागि नीति ल्याउनुपर्ने बताएका थिए ।

अध्यक्ष प्रदीप मजगैंयाको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले आर्थिक रुपमा देशमै संकटको अवस्था आउँदा उद्योगहरु झन बढी समस्यामा परेको बताएका थिए । कार्यक्रममा वक्ताहरुले घरेलु तथा साना उद्योग महासंघको भूमिकालाई बढाउँदै लैजाने सुझाव समेत दिएका थिए ।

आर्थिक क्षेत्रको विकाससँगै रोजगारीका अवसर सिर्जनाका लागि सरकारले घरेलु तथा सना उद्योगहरुलाई प्राथमिकता दिनुपर्ने उनीहरुको जोड थियो । घरेलु तथा साना उद्योगहरुलाई प्राथमिकतामा राख्न सके मात्र आर्थिक क्षेत्रलाई चलायमान बनाउन सकिने हुँदा सानो लगानीका उद्योग व्यवसायीलाई राज्यका तीनै तहका सरकारले प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनीहरुको भनाई थियो । सानो लगानीका उद्योग व्यवसायहरु दर्ता प्रक्रियादेखि खारेज गर्नेसम्मको सहज व्यवस्था हुनुपर्ने, कृषि क्षेत्रको विकासका प्राथमिकतामा राखेर बजेट बिनियोजन हुनुपर्ने, साना कृषि व्यवसायको प्रवद्र्धन गर्न स्थानीय हाट बजारको व्यवस्था हुनुपर्ने, आर्थिक क्षेत्रमा देखा परेको समस्या समाधानका लागि व्यवसायीलाई छुटको व्यवस्था गर्नुपर्नेमा सरोकार निकायको पहल कमदी हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख युवराज न्यौपानेले साना लगानीका उद्योग व्यवसाय प्रवद्र्धनका नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । कानुनी जटिलताका कारण सानो लगानीका व्यवसायलाई प्रवद्र्धनदेखि दर्ता खारेजी गर्नसम्म समस्या रहेको भन्दै दश बर्षसम्म नविकरण व्यवसायको नविकरणसँगै दर्जा खारेजीका लागि सहजता अपनाउन विद्यमान जटिलता आफुले नीतिगत रुपमा पलह थालेको भन्दै आगामी आर्थिक वर्षबाट सहज हुने विश्वास दिलाउनुभयो । घरेलु तथा साना उद्योग महासंघको स्थायी रुपमा कार्यालय व्यवस्थापनका लागि छलफल गरेर अघि बढ्न सकिने भएकाले छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै न्यौपानेले घरेलु तथा साना उद्योग सम्वद्र्धन र प्रवद्र्धनमा घरेलु कार्यालय प्रतिवद्ध रहेको भन्दै स्थानीय उद्यमशीलताको विषयमा कार्यालयले प्रदान गर्दै आएका सेवा सुविधाको उपयोगमा सहभागी हुन आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले घरेलु तथा साना उद्योग महासंघ घरेलु तथा साना व्यवसायीहरुको प्रवद्र्धनका लागि काम गर्ने संस्था भएकाले घरेलु तथा साना उद्योग कार्यालयअन्तर्गत राखेर व्यवसायिक हकहितका लागि काम गर्ने बातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँले कृषिमा लगानी बढाउँदै युवालाई उत्पादनमा जोड्ने नीति कार्यान्वयनको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा निवर्तमान अध्यक्ष सविन प्रियासन, महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी, सचिव आरके शितल, घरेलु तथा सानो उद्योग महासंघका पूर्व अध्यक्ष किरणकुमार रेग्मी, दाङ जिल्ला उद्योग बाणिज्य संघका सदस्य सुरज बुढाथोकीलगायतले शुभकामनासहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महासंघका वरिष्ठ उपाध्यक्ष लव अधिकारीले धन्यवाद व्यक्त गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नवीन पोख्रेलले गर्नुभएको थियो ।

पर्यटन तथा कृषि प्रदर्शनीको आयव्यय सार्वजनिक

यसैबीच नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले २०७९ सालको फागुनमा घोराहीमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग पर्यटन तथा कृषि प्रदर्शनीको आयव्यय सार्वजनिक गरेको छ ।

महासंघले आईतबार नयाँ वर्ष २०८१ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रममा लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग पर्यटन तथा कृषि प्रदर्शनीको आयव्यय सार्वजनिक गरेको हो । महासंघकी कोषाध्यक्ष एवम् महोत्सव आर्थिक समिति संयोजक विष्णु थापाले महोत्सवबाट विभिन्न शीर्षकमा ७९ लाख ३३ हजार सात सय १ रुपैयाँ आम्दानी भएको र महोत्सव संचालन गर्दा ७९ लाख १४ हजार नौ सय २७ खर्च भएको जानकारी गराउनुभयो । अन्तिम अडिट रिपोर्ट अनुसार महोत्सवबाट खुद वचत एक लाख १६ हजार दुई सय २४ रुपैयाँ भएको जानकारी गराउनुभयो । महोत्सव सफल बनाउन सहयोग गर्नुहुने सबैलाई आयोजकले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img