spot_img
spot_img

निर्वाचनको सम्पूर्ण तयारी पुरा

निर्वाचनको सम्पूर्ण तयारी पुरा

राप्ती पोष्ट

दाङ,  बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । जिल्लाका दश पालिका र एक सय वटा वडा मध्य ९९ वटा वडामा भोली बैशाख ३० गतेका दिन निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका सम्पू्र्ण काम पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरु मतदान केन्द्रमा पुगिसकेको जनाएको छ । जिल्लाका सवै पालिकामा निर्वाचनका सवै सामग्री पुराउने काम भइसकेको छ । मतदान केन्द्रमा पुगेका प्रतिनिधिहरुले मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न थालिसकेका छन् ।

मतदान स्थललाई व्यवस्थित गर्नका लागि डोरी लगाउने, तारवार गर्ने जस्ता काम भइरहेको छ । जिल्लामा रहेका ९९ वटा वडाका मतदान केन्द्रमा तयारी गरिएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्री सहित पुगेका कर्मचारीले मतदानस्थल निर्माण गरिरहेका छन् । निर्वाचनको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरीको सुरक्षा परिचालन रहनेछ । यस्तै सशस्त्र र नेपाली सेनाले दोस्रो र तेस्रो घेराको सुरक्षा दिनेछन् ।

दाङ जिल्लामा एक सय ५३ स्थानमा मतदानस्थल रहेका छन् । ति स्थलमा चार सय ६१ वटा केन्द्र रहनेछन । जिल्लामा सवैभन्दा ठूलो केन्द्रका रुपमा घोराही उपमहानगरपालिकाको वडा नं. १५ मा रहेको काठेकोहल केन्द्र रहेको छ । जहाँ करिव १० हजार मतदाता रहेका छन भने १० वटा केन्द्र रहेका छन् ।

हरेक गाउँपालिकामा दुई जना प्रहरी निरिक्षक सहितको सुरक्षाकर्मीहरु रहेका छन् । त्यस्तै नगरपालिकामा डिएसपीसहित प्रहरी निरिक्षकको जिम्मामा पठाईएको छ । उनीहरुको साथमा नेपाली सेना, सशस्त्र र म्यादी प्रहरीहरु समेत खटिएका छन् । मतपत्र, मतपेटिकासहित मतदानका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीहरु जिम्मा पाएका मतदानस्थलमा गइसकेको मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले जानकारी दिनुभयो ।

मंगलबार राती १२ बजे देखि मौन अवधी शुरु भएकाले आचार संहिता पालनाका लागि पनि मुख्य निर्वाचन अधिकृत थापाले सवैलाई आग्रह गर्नुभएको छ। उहाँले निर्वाचनको दिनमा पालिका प्रमुखका उम्मेदवारले चार पांग्रे एउटा गाडी पास लिएर मात्रै प्रयोग गर्न पाउने र पालिका भन्दा बाहिर जान नपाउने भएकाले सोही अनुसार कडाई गरिने पनि उहाँले जानकारी दिनुभयो । यसैगरी निर्वाचनमा मतदान गर्न नसक्नेहरुको बिषयमा एकाघरमा एक जनाले भोट हाल्न पाउने, त्यसो हुन नसके निजले इच्छाएको व्यक्तिले भोट हाल्दिने र त्यो पनि हुन नसके मतदान अधिकृतले भोट हाल्ने व्यवस्था गरिएको छ ।

मतदाताले मतदान गर्न जाँदा कुनै पनि सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ । कागज, कलम वा अन्य कुनै पनि खालका सामग्री लग्न नपाइने व्यवस्था गरिएको छ । मतदानस्थल मतपत्रमा लगाउने स्वस्तीक हुने भएकाले कलमको प्रयोग नहोस र मतदाताहरु प्रभावित नहोउन भनेर बाहिरका कुनै पनि सामग्री लग्न नदिने व्यवस्थाका बारेमा मुख्य निर्वाचन अधिकृत थापाले जानकारी गराउनुभएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार