spot_img
Home Blog Page 17

सम्पादकीय

नागरिकका अपेक्षा

नागरिकका अनेकन अपेक्षाहरु छन् । नेतृत्वका अनेकन आकांक्षाहरु छन् । सवै केही न केही बोकेर हिडिरहेका छन् । केही न केही सोचेर अघि बढीरहेका छन् । सेवा लिने हिसावले सवैभन्दा तल्लो तहमा हुन्छ नागरिक । नागरिक अनेकन भूमिकामा हुन्छ । कुनै पदमा पुगेको भएपनि त्यो नागरिक हो । तर हामी नागरिक भन्दासाथ कुनै पदमा नपुगेको, अभावमा बाँचेको, केही होस भन्ने आशा गरिरहेको रुपमा बुझ्ने गरेका छौं । नागरिक भनेको सेवाग्राही हो । तर यो सचेत हुन्छ भन्ने लाग्छ । नागरिक सचेत हुन्छन तर नागरिकलाई अचेत बनाउने काम भएको छ । नागरिकलाई मुलधारमा राखेर कृयाकलाप गर्नेहरुको संख्या अत्यन्त कम रहेको छ । नागरिकलाई ध्यानमा राखेर दिइरहेको सेवाको स्तर मापन गर्ने हो भने अत्यन्त कम देखिन्छ । नेपाली नागरिकका अपेक्षा धेरै ठूला छैनन् । सानो सानो कुरा गर्दा मात्र पनि नेपाली नागरिक खुसी हुन्छन । नागरिकको अपेक्षा भनेको शान्तिपूर्ण रुपमा बस्न पाइयोस भन्ने हुन्छ । नागरिकको अपेक्षा आफूले गर्न खोजेको काम सजिलोसंग गर्न पाइयोस भन्ने हुन्छ । नागरिको अपेक्षा आफूले पाइरहेको सुविधा नखोसियोस भन्ने हुन्छ । सरकारी कार्यालयमा जाँदा सजिलोसंग सेवा पाइयोस भने हुन्छ । नागरिकले खोजिरहेको सेवा र सुविधा नपाउँदा नै आक्रोस बढ्ने हो । नागरिकले पाउने सेवा र सुविधाका बारेमा आम रुपमा छलफल हुने गरेको छैन । कार्यालयमा जाँदा पाउने सेवाको कुरा होस या अस्पतालमा जाँदा पाउने सेवाको कुरा होस । जहाँ पनि नागरिक प्रताडित नै हुन्छन । सडकमा हिड्दा पैदल यात्रुलाई साइकिलले हेपिरहेको हुन्छ । साइकिललाई मोटरसाइकिलले हेप्छ । मोटरसाइकिललाई जिपले, जिपलाई बसले र बसलाई पनि टिप्परले हेपिरहेको हुन्छ । नागरिकप्रतिको हेपाई पनि यस्तै हुन्छ । नागरिकप्रतिको हेपाई धनीले गरीवलाई । शहरमा बस्नेले गाउँमा बस्नेलाई, सत्तामा बस्नेले सत्ताबाट बाहिर रहेकाहरुलाई हेप्ने गरेको देखिन्छ ।

नेपाली नागरिकका अपेक्षाहरूको कुरा गर्ने हो भने कतिपय अपेक्षाहरु सधैभरी उस्तै हुन्छन । कतिपय अपेक्षाहरू समय र परिस्थिति अनुसार बदलिन्छन् । तर, सामान्यतया, नेपाली नागरिकहरूले सरकार राम्रो संग चालोस । शासन प्रणालीमा पारदर्शिता होस । पारदर्शी र जवाफदेही सरकार होस । भ्रष्टाचारको अन्त्य होस । सही ढंगले नीति निर्माण होस र नीति निर्माणमा जनतालाई संलग्न गराउने काम होस भन्ने अपेक्षा हुन्छ । नागरिकले गर्ने अपेक्षा भनेको आर्थिक विकास र रोजगारीको हुन्छ । बेरोजगारहरु देश छोड्नुपर्ने बाध्यता जस्तो छ । रोजगारको खोजिमा नागरिकहरुले हरेक दिन सिमा पार गरिरहेका छन् । दुःख काटिरहेका छन् । सुख मन सहित कोही पनि विदेश पुगेको छैन । पारिवारिक विग्रह झेल्दै रोजगारको खोजिमा जानुपर्ने बाध्यता छ । यस्तै आर्थिक असमानताले गर्दा नेपाली नागरिकहरूले दुःख पाइरहेका छन् । शिक्षा र स्वास्थ्य सेवाको पहुँचका हिसावले नेपाली नागरिकमा विभेद रहेको छ । नेपाली नागरिकहरू सुलभ र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको अपेक्षा राख्छन् । ग्रामीण र शहरी क्षेत्रबीचको सुविधामा देखिने अन्तरलाई कम होस भन्ने चाहन्छन । सुविधाको केन्द्रिकरण भएका कारणले गर्दा नै आज नेपाली गाउँहरु खाली हुँदैछन् । सुविधाको विकेन्द्रिकरण आजको प्रमुख समस्या हो । पूर्वाधार विकासको सवालमा नागरिकका केही अपेक्षा छन् । यातायातको कुरा, विद्युतको कुरा, खानेपानी र सञ्चारको विषयमा नै नागरिकको अपेक्षा रहेको छ ।

नागरिकले कहिलेकाँही विद्रोह पनि गर्दछन् । विद्रोह गर्ने नागरिकको अधिकार हो । यो भनेर जहाँ पनि विद्रोह बोल्नुपर्छ भन्ने छैन । विद्रोह एउटा हदसम्म मात्रै बोल्ने हो । सधै विद्रोहको सुत्र काम लाग्दैन । सधै विद्रोह गर्दछु भनेर चल्दैन । विद्रोह गर्नका लागि परिवेश मिल्नुपर्छ । विद्रोह गर्नका समय परिस्थिती अनुकुल हुनुपर्छ । अधिकार प्राप्तीका लागि आवाज उठाउनु भनेको विद्रोह गर्नु होइन । अधिकार प्राप्तीका लागि आवाज उठाउनु भनेको अधिकार नपाएकाहरुलाई अधिकार सम्पन्न बनाउनु हो । नागरिकका आवाज दवाउन खोजिएको अवस्थामा विद्रोह हुन्छ । यस्तो बेला विद्रोह गर्नु नागरिकको अधिकारको कुरा हो । नागरिकले खोजेका अपेक्षा पुरा गर्नु राज्यको दायित्व हो । मुलतः स्वास्थ्यको विषयलाई राज्यले पहिलो दायित्वका रुपमा राख्नुपर्छ । यसपछि शिक्षाको कुरामा जोड दिनुपर्छ । स्वास्थ्य र शिक्षा पछि नागरिकसंग बासको अधिकार हुनुपर्छ । गास बास र कपास मानिसका आधारभूत आवश्यकता हुन भन्ने कुरा सवैलाई थाहा भएको कुरा हो । अहिले नागरिकले जे अपेक्षा गरिरहेका छन् त्यो भन्दा ठूलो होइन जस्तो लाग्छ । नागरिकले गरेको अपेक्षाको मापन गर्ने न कुनै निकाय छ । न कुनै संयन्त्र छ । नागरिकले आफ्नो अधिकार प्राप्तीका लागि आवाज उठाउँछन भने त्यस्तो बेलामा आवाजको सुनुवाई गरिनुपर्छ । नागरिक भन्दा माथि कोही छैन् ।

आर्थिक समृद्धिको बाटोमा अग्रसर महिला कृषक

छबि पुरी /राप्ती पोष्ट

घोराही, कात्तिक । गढवा गाउँपालिका वडा नम्बर ७ मोतीपुरका महिलाहरु तरकारी उत्पादन गरेर आर्थिक रूपमा आत्मनिर्भर हुँदै गएका छन् । महिलाहरुले मेहनत र दृढसंकल्पका साथ कृषि क्षेत्रलाई आफ्नो मुख्य आयस्रोत बनाएपछि उनीहरुको जीवनमा धेरै परिवर्तन हुँदै गएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ७ मोतीपुरकी अनिता चौधरी हरेक दिन गढवा बजारमा तरकारी बिक्रि गर्न आउनुहुन्छ । उहाँले बाह्रै महिना तरकारी उत्पादन गर्नेदेखि बिक्रि गर्ने काममा व्यस्त हुने गर्नुभएको छ । घरको काम सकाएर यत्तिकै बस्नु भन्दा आफुसँग भएको जमीनको कृषि उत्पादनमा लगाउन सके आफुलाई पनि हुने अनि उपभोक्तालाई बिक्रि गरेर राम्रो आम्दानी लिन सकिने भएपछि केही वर्षदेखि उहाँ कृषिजन्य बस्तु उत्पादनदेखि बजारीकरणमा व्यस्त हुने गर्नुभएको छ । यो पटक उहाँले बारीमा रोप्नुभएको बदामले राम्रो आम्दानी दिएको छ । बारीबाट खनेर बजारमा लगेर सय रुपैयाँ प्रति किलाको दरले बिक्रि गर्नुभयो । यो वर्ष ५० हजार रुपैयाँको बदाम बिक्रि गर्नुभएको छ । बदामसँगै तोरीको हरियो साग पनि उहाँले उत्पादन गरेर बिक्रि गर्दै आउनुभएको छ ।

मोतीपुरको उब्जाउ जमिन र उपयुक्त जलवायुको फाइदा उठाउँदै उनीहरूले काउली, बन्दा, गोलभेंडा, भिन्डी, करेला, घिरौंला, सागलगायत विभिन्न तरकारीहरू उत्पादन गर्दै स्थानीय बजारमा विक्री गर्ने गरेका छन् । कृषि क्षेत्रबाट मात्र सीमित आम्दानी गरिरहेको अवस्थामा यी महिलाहरुले उत्पादन बढाएर थप आर्थिक समृद्धि हासिल गर्न थालेका छन् । सोही ठाउँकी शान्ति कुमारी चौधरीले पनि अनिताले जस्तै देनिक रुपमा आफुले उत्पादन गरेको तरकारी गढवा बजारमा लगेर बेच्नुहुन्छ । जसबाट उहाँलाई आम्दानी हुने गरेको छ । तरकारी उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग र जैविक खेती विधिलाई प्राथमिकता दिएपछि उत्पादनसँगै आम्दानी पनि बढेको शान्तिको भनाई छ ।

‘आधुनिक प्रविधिको प्रयोग र जैविक खेती विधिलाई प्राथमिकता दिएपछि उत्पादनको गुणस्तरमा वृद्धि ल्याएको छ । बाली संरक्षण, मलको उचित प्रयोग र सिँचाइ व्यवस्थापनले धेरै फाईदा पुगेको छ’, शान्तिले भन्नुभयो । मौसमी मात्रै होईन, यहाँका अधिकांश महिलाहरुले बेमौसमी तरकारी पनि फलाउँछन् । खेतबारीमा काम गर्न पुरुषले साथ दिन्छन् । उत्पादन भएको तरकारी बिक्रिका लागि महिलाहरु नै अघि सर्छन् । यसले उनीलाई व्यापार व्यवसायसँगै आम्दानी खर्चको लेखाजोखा गर्न सक्ने पनि बनाएको छ ।

तारादेवी चौधरीले तरकारी बिक्रि गरेर कमाउनु भएको पैसाले घर व्यवहार धानेको छ । छोराछोरी पढाउनेदेखि तरकारी फलाउँदा लागेको खर्च कटाएर बचत गर्ने काम पनि गर्दै आउनुभएको छ । तारादेवीले गाउँका अरु साथीहरुसँगै गढवा बजार पुगेर तरकारी बिक्रि गर्ने काम गर्नुहुन्छ । उनीहरुलाई तरकारी उत्पादन गर्नेदेखि बिक्रिको सफलता प्राप्तिका लागि कृषि प्राविधिकको सहयोग हुने गरेको छ । सहयोगी संस्था तथा गढवा गाउँपालिकाले पनि उनीहरुलाई बेलाबेला कृषि सम्बन्धी तालिमहरूमा सहभागी गराएर ज्ञान सीपदेखि आम्दानी खर्चको बारेमा ज्ञान दिएर वित्तीय साक्षरता प्रदान गर्ने गरेको छ । यसबाट उनीहरूको उत्पादन क्षमता वृद्धि भएको छ । वित्तीय व्यवस्थापन सबल बन्दै गएको भने परिवारको आर्थिक स्थिति पनि मजबूत हुँदै गएको छ ।

सोही ठाउँकी अर्का किसान हिरा चौधरीले अचेल साग, बोडी, भिन्डी, बदाम फलाउनु भएको छ । उत्पादन भएका ती सबै तरकारी गढवा बजारमा लगेर बेच्ने गर्नुहुन्छ । यसबाट उहाँलाई राम्रो आम्दानी भईरहेको छ । यो पटक उहाँले सबैभन्दा धेरै तोरीको हरियो साग बेचेर फाईदा भएको छ । तरकारी बिक्रीबाट हुने आम्दानीले उनीहरूले घर खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यकताहरू पूरा हुने गरेको अर्का किसान संगीता चौधरीले बताउनुभयो । कृषि क्षेत्रमा अग्रसरता देखाउँदा यसले आत्मविश्वास र सामाजिक प्रतिष्ठा पनि वृद्धि गरेको संगीता बताउनुहुन्छ । तरकारी उत्पादन गर्दै आर्थिक रुपमा आत्मनिर्भरता हासिल गर्न थालेपछि जीवनमा धेरै सकारात्मक परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो ।

‘निरन्तरको मेहनत, इच्छाशक्ति र दृढ संकल्पले तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्न सक्षम बनाएको छ । जसले गाउँको कृषि क्षेत्रमा समेत एक सकारात्मक परिवर्तन ल्याएको छ’ संगीताले भन्नुभयो । महिला सशक्तीकरण र आर्थिक उन्नतिको बाटोमा लाग्न मोतीपुरमा महिलाहरु समुहमा आवद्ध भएर आयआर्जनका आधार बारे जानकारी लिने मात्रै नभई वित्त व्यवस्थापनका बारेमा सुसूचित हुने अवसर पाउने गरेका छन् । ‘हामीले तरकारी रोप्ने बेलादेखि फलाएर बिक्रि गरेर आम्दानी गर्दासम्मको सबै खर्च र आम्दानी गरेपछिको नाफाका बारेमा हिसावकिताव राख्छौँ । कति नाफा भयो, कति खर्च भयो सबै कुराको बारेमा हामीले यकिन गर्ने गरेका छौँ । यसले हामीलाई आफुले गरिरहेको हरेक कामको वास्तवकि अवस्था बारे जानकारी हुने गरेको छ’ संगीताले भन्नुभयो ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै समग्र गाउँपालिकाको विकासमा योगदान पुर्याईरहेको उनीहरुको विश्वास छ । स्थानीय उत्पादनलाई स्थानीय बजारबाट बिक्रि व्यवस्थापन गर्न गढवा गाउँपालिकाले अहिले हाट बजारको पनि व्यवस्था गरेको छ । गढवा तरकारी उत्पादक किसानलाई तरकारी बिक्रीका लागि बजार खोज्दै धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अहिले कृषि उपज संकलन केन्द्रबाट बिक्री गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । तरकारीको बजार खोज्न भौतारिनुपर्ने स्थानीय किसानलाई अहिले सामुहिक बजारीकरण र संकलन केन्द्रले सुविधा थपेको उहाँले बताउनुभयो ।

गढवा गाउँपालिकामा तरकारी तथा पशुपंक्षी उत्पादक किसानलाई लक्षित गरेर सामूहिक बजारीकरण र कृषि उपज संकलन केन्द्र स्थापना गरिएपछि कृषक अझ उत्साहित भएका छन् । गढवा गाउँपालिका र हेफर इन्टरनेशनलको संयुक्त लगानीमा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । जुन संकलन केन्द्र किसानहरुको बजार केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार सामूहिक बजारीकरण अभियान थालिएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । गढवा गाउँपालिकाको १५ लाख र हेफर इन्टरनेशनलको पाँच लाख गरी २० लाखको लागतमा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ ।

कात्तिक ६ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक ५ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक ४ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक ३, २०८१

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

धान फल्ने खेत खोलामा परिणत भएपछि किसानको बिचल्ली

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् । ती वडाको गहतेरा, मानाखोला, समीघाट, अर्जुनखोला आसपासका किसानहरू बाढीले निम्त्याएको विपत्तिले पीडित बनेका छन् । सो क्षेत्रमा बसोबास गर्ने तथा खोला नजिक खेतबारी भएका किसानहरू बाढीको प्रकोपका कारण आफ्नो जीविकोपार्जनमा गम्भीर समस्या भोग्न बाध्य भएको बताएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गहतेरा डाबरका ६७ वर्षीय ढुंढीराज डाँगीको घर नजिकैबाट बग्ने मानाखोलाले वर्षमा तीन बाली फल्ने खेत बगर बनाई दिएको छ । माटैमाटो, मलिलो खेत अहिले बगरमा परिणत भएपछि ढुंडीराजको निद्रा हराएको छ । उहाँसँगै रहेका अलि पाखो तिरका खेतमा धानका बाला झुलेको देख्दा ढुंढीराजलाई आफ्नो खेतमा विगतका वर्षमा फल्ने गरेका बालीको याद मात्रै आईरहन्छ । ४५ मुरी धान फल्ने खेत यो वर्षको बाढीले बगर बनाई दिएपछि आफु र आफ्नो परिवार पाल्ने सहारा हराएको छ ।

ढुंढीराजको खेत बगरमा परिणत भएपछि अहिले खेतमा खोलासँगै ठूलाठूला ढुंगा बाहेक केही छैन । तीन बाली लगाउने यो खेत अहिले बाँझो बनेको छ । ‘हामीले यो खेतमा वर्षभरि धेरै परिश्रम गथ्र्यौं, कति मलिलो थियो । माटैमाटो भएको खेतीबाली पनि कति धेरै फल्थ्यो तर अहिले सबै बर्बाद भयो । खोलाले खेत सबै बगाएपछि अहिले ढुंगा मात्रै भएको छ । यो ढुंगा खाए भएन । यही ढुंगा बेचेर गुजारा चलाउँ भने पनि बेच्न मिल्दैन । कसरी बाँच्ने, के खाने भन्ने सोच्दा रातभर निद्रा लाग्दैन’ उहाँले भन्नुभयो ‘मनमा पीर चिन्ता मात्रै आउँछ । मेरो त बिजोग भएको छ । चामल किनेर खानुपर्ने बाध्यता आई लागेको छ ।

रासन बेसाएर खानेदिन आउँला भनेर उहाँले कहिले चिताउनुभएको थिएन । तर, आज खोलाले खेत कटान गरेपनि त्यही माना खोलासँगै बगेर मर्न पाए हुन्थ्यो भन्ने अवस्था बनाई दिएको छ । ‘खोलाले खेत मासेपछि माना चामल हरायो, आटो, पिठो सबै खोसियोे । एक्लै बसेर रोएर दिन काट्ने अवस्था आई लागेको छ । खेत ढुंगाले भरिएको छ । यस्तो हालत देखेर चाँडै मर्न पाए हुन्थ्यो भन्ने लागेको छ । कति दिन यसरी चल्ने होला । उता श्रीमतीको पीडा पनि उस्तै छ’ उहाँले भन्नुभयो ।
गहतेराका नुमाकान्त डाँगीले तीन बाली लगाउने खेतमा धान, गहुँ, र मकै खेती गर्दै आउनुभएको थियो । उहाँले वर्षभरि पर्याप्त अन्न उत्पादन गरेर आफ्नो परिवार पाल्ने योजनाका साथ खेतीपाती गर्दै आउनुभएको थियो । तर, बाढीले उहाँको खेत पुरै बगर बनाएपछि खेतीपाती गर्ने कुनै ठाउँ बाँकी राखेन । ‘अब त खेती गर्ने जमिन नै बाँकी छैन, बगर मात्र छ’ डाँगीले दुखेसो पौख्दै भन्नुभयो ‘यस्तो अवस्थामा हामी कसरी बाँच्छौं भन्ने चिन्ता छ । भएको बचेको खेतबारी जोगाउन सरकारले तत्काल तटबन्धनको काम गरिदिए हुन्थ्यो भन्ने हो । तर खै हाम्रो पीडा कसले पो सुन्थ्यो र ?’

मानाखोलाका समीर खत्रीको पीडा पनि उस्तै छ । यस्तै परिस्थितिको सामना उहाँलाई पनि गरिरहनु परेको छ । बाढीले उहाँको उर्वर जमिन बगाएर ढुंगाले भरिएको बगर बनाई दिएको छ । ‘तीन बाली लिने खेत थियो, धान, मकै, गहुँ बेचेर केही बचत हुन्थ्यो, तर अहिले खेती गर्न लायक जमिन नै छैन । सरकारले समयमै राहत दिनुपर्छ, खोला नियन्त्रणका लागि चाँडो काम गर्नुपर्छ । नभए यसले अझ धेरै क्षति गर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।

माना खोलाले सो क्षेत्रका छ जना किसानको करीव दुई बिगाहा खेतलाई बगर बनाई दिएको छ । यसले खेतको नोक्सानी भएको छ । अर्कोतिर जीविका चलाउने आधार नै सकिएको छ । ‘खेत कटानको समस्या कुनै नयाँ होइन, तर यसको समाधानका लागि अझैसम्म ठोस पहल भएको छैन । सरकारले बाढी र कटान प्रभावित किसानलाई समयमै राहत कार्यक्रम ल्याएर पुनःस्थापित गर्नुपर्ने अत्यावश्यक छ’ समीरले भन्नुभयो ।

अर्जुन खोलाले तीन बाली लाग्ने खेत बगर बनाउँदै लगेपछि बंगलाचुली खैरेनी टारका किसानको पनि बिचल्ली भएको छ । अर्जुन खोलाको लगातारको कटानले खैरेनी टारका किसानहरू वर्षेनी ठूलो समस्यामा परिरहेका अर्जुन खोलाको कटानले देखाउने गरेको छ । खोलाले तीन बाली लाग्ने उर्वर खेतलाई क्रमशः बगरमा परिणत गरिदिएपछि स्थानीय किसानहरू आफ्नो जीविकोपार्जनको मुख्य स्रोत गुमाएर बिचल्लीमा परेका छन् । चैत धान, बर्खे धान, गहुँ, र मकै जस्ता मुख्य बाली लगाउने जमिन अहिले खोलाको कटानले कतिपय किसानको खेत बाँझो भएको छ । कतिको यो बर्खामा आएको बाढीले कटान गरेपछि खेत खोला बनेको छ ।

अर्जुन खोलाले बर्षेनी खेत कटान गर्दै लगेपछि उनीहरूको उत्पादन र जीविकामा ठूलो असर परेको छ । स्थानीय किसान जीवन खत्री भन्नुहुन्छ ‘पहिले हरेक वर्ष खेतमा तीन बाली लाग्थ्यो, धान, गहुँ, र मकै गरेर हामीलाई वर्षभरिका लागि खान पुग्थ्यो । तर, अहिले हाम्रो खेत विस्तारै बगर बन्दै गएको छ । खेती गर्न लायक जमिन नै छैन । यो अवस्था भई रहे खैरेनी टारका धेरै खेत खोला बन्नेछन् ।’

खत्री मात्र होइन, खैरेनी टारका धेरै किसानहरूले पनि आफ्नो खेत बगाएर बगर बनेको बताउनुहुन्छ । किसानहरूका अनुसार, खोलाको निरन्तर कटानले यहाँको उर्वर जमिनलाई पुरै बगरमा परिणत गर्न थालेको छ, जसले गर्दा किसानहरू दैनिक गुजाराका लागि अरु उपाय खोज्नुपर्ने अवस्थामा पुगेका छन् ।

अघिल्लो वर्ष पनि खोलाले करिब ५० रोपनीभन्दा बढी जमिन कटान गरिसकेको थियो । यो वर्षको बाढीले थप जमिनलाई बगर बनाएको छ । किसान पशुपति खत्रीले भन्नुभयो ‘हामीले खेती गर्न चाहेको भए पनि जमिनै छैन । अब खेत फर्काउने कुनै उपाय छैन, सरकारले केही गर्दैन भने हामीले के गर्ने ? खोला नियन्त्रणका लागि तटबन्ध गरिदिए हामीलाई अरु केही चाहिएको छैन तर त्यही काममा सरकारले ध्यान दिएको छैन ।’

बंगलाचुली ८ समीघाट बस्दै आउनुभएकी ६० वर्षीया बसन्तीदेवी खत्री प्राकृतिक विपत्तिको सामना गर्दै आफ्नो र अरु छिमेकीको खेत अर्जुनखोलाले बगाई दिएपछि चिन्तामा हुनुहुन्छ । बालीले हराभरा हुने खेत अर्जुनखोलाको बाढीले बगाएपछि बसन्तीेदेवी जस्तै अरु थुप्रै स्थानीय किसानको पीडा थपिदै गएको छ ।

बसन्तीदेवी खत्रीको खेत अर्जुनखोलाको किनारामा थियो, जहाँ वर्षौंदेखि परिश्रम गरेर अन्न उत्पादन गर्दै आउनुभएको थियो । तर, अविरल वर्षापछि आएको बाढीले खेत नै खोलामा पुर्याएपछि जीविका कसरी चलाउने भन्ने चिन्तामा पर्नुभएको छ ।
सो क्षेत्रका किसानहरू बाढीले खेतबारीमा क्षति पुर्याएपछि राहत र पुनस्र्थापनाको लागि सरकारको सहयोगको प्रतिक्षामा छन् । हालसम्म उनीहरुले ठोस राहत प्राप्त गरेका छैनन् । प्राकृतिक विपत्तिले किसानहरूको जनजीवन तहसनहस बनाएको छ । तीन बाली लिने खेत बगर बनेपछि यी किसानहरूको आर्थिक स्थिति अत्यन्तै कमजोर भएको छ । राहतको आशामा बसेका किसानहरूले समयमै सरकारी सहयोग नपाए भविष्यमा अझै ठूलो संकटको सामना गर्नुपर्ने अवस्था आउन सक्ने तर्फ उनीहरु थप सशंकित बनेका छन् ।

बर्षेनी अर्जुन खोलाको कटानले ल्याउने समस्याबाट हैरान किसानहरूले वर्षौंदेखि सरकार र स्थानीय प्रशासनसँग राहतको माग गर्दै आएका छन् । तर, हालसम्म कुनै ठोस समाधान वा सहयोग प्राप्त नभएको उनीहरूको गुनासो छ । गाउँपालिकाले अवस्था बारे जानकारी लिएपनि त्यसको समाधान कार्य अघि बढेको छैन ।

माना खोला, अर्जुन खोलाको कटानलाई नियन्त्रण नगर्ने हो भने खेतहरूले भविष्यमा पुरै उत्पादन क्षमता गुमाउने खतरा छ । किसानहरूले बाँकी रहेको खेतीयोग्य जमिन जोगाउन र खोलाको कटान नियन्त्रणका लागि तटबन्धलगायत ठूला संरचना निर्माण गर्ने माग गरिरहेका छन् । स्थानीय सरकारले कटान रोक्न प्रयास गर्नुपर्ने आवश्यकतामा जोड दिए पनि त्यस्ता योजना कहिले लागू हुने र आफुहरुको बिचल्ली कहिले अन्त्य गर्न सरकारले ध्यान दिए हुन्थ्यो भन्नेमा उनीहरुको पर्खाइ छ । तीन बाली लाग्ने खेत बगरमा परिणत हुँदा उनीहरूको आर्थिक अवस्था कमजोर बनेको छ । सरकार र सम्बन्धित निकायहरूले शिघ्र कदम नचाले, आफुहरूको अवस्था अझै जटिल बन्ने स्थानीय किसान बताउँछन् ।

 

समय र लागत घटेपछि कृषि यान्त्रिकरणमा बढ्दो आकर्षण

छबि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । बाली लगाउँदादेखि काटेर घरमा भित्र्याउन सहजता हुने भएपछि पछिल्लो समय दाङमा कृषि व्यवसायमा प्रविधिको प्रयोग बढ्दै गएको हो । धान काट्ने प्रविधिको प्रयोगले बाली काट्दा लाग्ने समय, श्रम र पैसाको बचतसँगै सहजता हुने भएपछि प्रविधिको प्रयोग बढ्दै गएको किसान बताउँछन् ।
राप्ती गाउँपालिका वडा नम्बर ७ का मोहन चौधरीले मानिस लगाएर धान काट्दा समय धेरै लाग्नुका साथै दुःख बढी हुने भए पनि प्रविधिको सहयोगले छोटो समयमै धेरै काम गर्न सकिने बताउनुभयो । गाउँघरमा धान काट्नेदेखि दाउनका लागि मानिसहरु नपाइने भएकाले आफुले धान काट्नेदेखि खेतवारी जोत्न हाते ट्रयाक्टर किनेर खेतीपाती गरिरहेको मोहन बताउनुहुन्छ । ‘गाउँमा काम गर्ने मानिस कम हुँदै गएका छन् । आफुले एउटै काम महिनौदिन गरेर सम्भव छैन । कृषि व्यवसाय गर्न समस्या भइरहेको बेला कृषि यान्त्रिकरणले निकै सजिलो भएको छ’ उहाँले भन्नुभयो ‘खेत जोत्न, बाली काट्नदेखि कृषि काममा निकै सहज भएको छ ।’

खेतीका लागि कृषि उपकरणको अत्यधिक प्रयोग हुन थालेको छ । गाउँघरमा गोरु तथा राँगाले खेत जोत्ने, धान दाइँ लगाउने चलन विस्तारै हराउँदै गएको छ । आधुनिक कृषि उपकरण भित्रिएसँगै खेतीपाती गर्न किसानलाई सहज मात्रै भएको छैन, यसले समयको वचतसँगै लागत पनि उल्लेख्य रुपमा घटाएको छ । धान काट्ने मेसिन रिपरको प्रयोगले आफ्नो मात्र नभएर गाउँघरमा अन्य किसानको समेत धान काट्ने गरेको र त्यसबाट आम्दानी हुनेगरेको अर्का राप्ती गाउँपालिका वडा नम्बर ५ का अर्का किसान सुदन खत्रीले बताउनुभयो । धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको उहाँको भनाई छ । ‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर स्याहार्ने बेलामा कृषियन्त्रले सहयोग पुगेको छ’ उहाँले भन्नुभयो ।

गाउँघरमा खेतवारी जोत्नदेखि धान दाउनलाई गोरु तथा राँगा पाल्ने प्रचलन हराउँदै गएपछि आफुले पनि ट्रयाक्टर र थ्रेसरको प्रयोग गरेर खेतवारी जोत्नेदेखि दाउनेसम्मको काम गर्ने गरेको बताउनुभयो । किसानले धान, गहुँ चुट्ने र जोत्नसमेत ट्रयाक्टरको प्रयोग बढेको छ । गाउँघरमा गोरु तथा राँगा पाल्ने क्रम घटेको छ । प्रविधि भित्रिएसँगै यसको प्रयोगले गर्दा किसानको श्रम कम लाग्ने र छिटोछरितो हुने किसान बताउँछन् । गढवा गाउँपालिका वडा नम्बर ५ की सुमित्रा केसीले विगतमा खेत जोत्नेदेखि धान स्याहार्न खेताला लगाउने गरे पनि अब ट्रयाक्टर र थ्रेसर प्रयोग गरी बाली स्याहारेको बताउनुभयो ।

गाउँघरमा धान चुट्ने दाउने मानिसको अभाव हुँदै गएको बेला कृषि उपकरण आएपछि धेरै सजिलो भएको उहाँको भनाइ छ । ‘पहिले–पहिले सात÷आठ दिनसम्म पनि खेतबारीमै काम गर्नुपथ्र्यो तर आजभोलि दुई÷तीन दिनमै खेती स्याहारेर काम भ्याउने अवस्था भएको छ’ सुमित्राले भन्नुभयो ‘एक दिनको गोरु र मानिसले ८ सयदेखि एक हजार लिने गर्छन् तर ट्रयाक्टर लगाएर काम गर्दा छिटो, सजिलो अनि लागत घटेको छ ।’

पहिलेजस्तो गोरु र राँगाले खेत जोत्ने, दाइँ हाल्ने चलन हराउँदै गएको छ । जिल्लामा पछिल्लो समयमा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने क्रम बढेको छ । सबैले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लामा धान काटने, दाउने थ्रेसर, खेत जोत्ने साना तथा ठूला ट्रयाक्टर र मकै रोप्ने तथा गोड्ने मेसिनसमेत आएका छन् । किसानले कृषि औजार प्रयोग गर्न थाले पनि आफूहरुलाई पनि भ्याइनभ्याई भएको थ्रेसर चालक राप्ती गाउँपालिका वडा नम्बर ६ का बिनिराम चौधरीले बताउनुभयो ।

खेतीपातीका लागि खनजोत गर्न ट्याक्टरको प्रयोग गरी फाली तथा रोटाभेटरलगायत मेसिनहरुको प्रयोग बढेको छ । आधुनिक मेसिन तथा औजारको प्रयोग भएसंगै किसानहरुले गोरु पाल्न बन्द छाडेका छन भने हलो लोप हुने अवस्थामा पुगेको छ । किसानहरूले बस्तुभाउ पाल्न छोडेपछि गाईबस्तुबाट पाइने गोबर तथा मलमुत्रबाट तैयार हुने कम्पोष्ट मलको प्रयोग बालीमा एकदमै न्यून हुन थालेको छ ।

एक बिघा धानबाली एक घण्टामै कटानी गरी दाई गर्न सक्ने हार्भेस्टर मेसिनका कारण किसानहरुले कम समय र कम खर्चमा बाली भित्र्याउन सहज हुने गरेको घोराही ३ का किसान भागवत चौधरीले बताउनुभयो । एक बिघा धानबाली कटानी गरी थ्रेसरले दाई गर्दा कमतीमा २० जना ज्यामी खटाउनु पर्ने र दाई गर्नका लागि प्रयोग गरिने थ्रेसरलाई समेत भाडा दिनुपर्ने किसान भागवत चौधरीको भनाई छ ।

कृषि यान्त्रिकरणले किसानहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । यसले खेतीपातीको प्रक्रिया सजिलो, छिटो र कम खर्चिलो बनाएको छ । यान्त्रिकरणका कारण खेतीको हरेक चरण जस्तै जमिन जोत्न, बिउ छर्न, मल हाल्न, सिंचाइ गर्न, बाली काट्न र मेशिनद्वारा सुकाउन सबै सहज बनेका छन् ।

समयको बचत, उत्पादन वृद्धि, कम श्रम खर्च, शारीरिक श्रममा कमी आदि कारणले कृषिलाई प्रभावकारी बनाउँदै किसानहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलिरहेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय जिल्लामा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने गरेर कृषि कार्य गरिरहेका छन् । कृषिमा प्रविधिको प्रयोगले किसानलाई सहजतासँगै उत्पादनमा वृद्धि गर्न समेत सहयोग पुगेको उहाँले बताउनुभयो ।

आधुनिक यन्त्र र प्रविधिको उपयोगले गर्दा किसानहरूले खेती गर्ने परम्परागत तरिकाबाट मुक्त भएर उन्नत खेती प्रणालीको प्रयोगमा जोड दिन थालेका छन् । यसले उत्पादन वृद्धिसँगै श्रम, समय, र लागतमा समेत कटौती गर्न मद्दत गरेको उहाँको भनाई छ । ‘ट्रयाक्टर, थ्रेसर, पावर टिलर, मल वितरण यन्त्र र धान रोप्ने मेसिनहरूको प्रयोगले खेतीको प्रक्रियालाई सहज बनाएको छ’ कृषि अर्थविज्ञ लामिछाने भन्नुभयो ‘सिंचाइको लागि सोलार पम्प र स्प्रिंकलर प्रणालीजस्ता उन्नत सिंचाइ प्रविधिहरूको प्रयोगले पानीको सही व्यवस्थापनमा पनि सुधार ल्याएको छ ।’

किसानहरू अहिले एउटै काम केही घण्टामै समाप्त गर्न सक्षम भएका उहाँले बताउनुभयो । यसले उनीहरूलाई अन्य कृषिकर्ममा समय दिन तथा दोस्रो बालीको तयारीमा जुट्न अवसर मिलेको छ । धान थ्रेसर र मकै सुकाउने मेसिनको प्रयोगले बाली भित्र्याउने काम छिटो सक्न मद्दत गरेको बताउनुभयो । किसानलाई कृषि यान्त्रिकरणमा जोड्न कृषि र उपकरणमा पनि सरकारले अनुदानको व्यवस्था गरेपछि अझ सहज भएको छ ।

असोज २१ गते

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab