spot_img
Home Blog Page 16

बजेट अभाव झेल्दै घोराहीको आधुनिक बधशाला

छबि पुरी /राप्ती पोष्ट

घोराही, कात्तिक । आवश्यक बजेट विनियोजन हुन नसक्दा घोराहीमा निर्माणाधीन आधुनिक बधशालाको काम अलपत्र परेको छ । घोराहीमा मासु पसल व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्रीवितरण गर्ने उद्देश्यले निर्माण सुरु भए पनि पूरा हुन सकेको छैन । लामो समयसम्म वधशाला निर्माणको काम नहुँदा निर्माण भएका भवन जीर्ण बन्न थालेका छन् ।

करीव पौने तीन बिगाहा जग्गामा पाँच वर्ष अघि बधशाला बनाउन डिपीआर बनाउने काम गरिएको थियो । डिपीआर अनुसार व्यवस्थित बधशाला बनाउन १० करोड ७१ लाख लाग्ने देखियो । लुम्बिनी प्रदेश सरकारले जिल्लास्थित भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मार्फत काम अघि बढाउन भन्दै पहिलो वर्ष प्रदेश सरकारले तीन करोड बजेट विनियोजन गर्यो । क्रमागत रुपमा काम गर्ने गरी परेको बजेटको ठेक्का टेण्डर गरेर कामको थालनी भयो ।

खान योग्य पशुचौपाया अर्थात, खसी, भेँडा, राँगाको व्यवस्थित बध गरी एकीकृत रुपमा बिक्रि गर्न सकियोस् भनेर घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०७६–०७७ बाट कामको थालनी भएपनि सेवार खोलाको किनारमा बन्दै गरेको बधशालामा सो रकमले एउटा प्रशासनिक भवन, तीन वटा अलग अलग ब्लकको घर बनेका छन् । तर ती घर अहिले प्रयोगमा छैनन् । यत्तिकै ठडिएका छन् । सटरसहितको दुई वटा ब्लकमा बनाईएका घरमा मासु बिक्रिका लागि विविधीकरण गर्न बनाइएको हो ।

घोराहीमा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेसंगै स्वच्छ र सफा मासु उपभोग गर्ने उपभोक्ताको चाहना पनि अलपत्र परेको छ । आर्थिक वर्ष २०७६–०७७ मा गुरुयोजना बनाएर आर्थिक वर्ष २०७७–०७८ बाट वधशाला निर्माणको काम सुरु भएपनि बजेट अभावका कारण विगत दुई वर्षदेखि अलपत्र अवस्थामा पुगेको छ ।

घोराही उपमानगरपालिका वडा नम्बर १४ कपासीस्थित निर्मावधशालाको काम विगत दुई वर्षदेखि काम रोकिएको कपासी टोल विकास संस्थाका कोषाध्यक्ष दलबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार पशु वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच गर्ने कक्ष, वध गर्ने दुई वटा टहरा, मासु बिक्री गर्ने सटर निर्माण गरिएको छ । मासु बजारलाई व्यवस्थित गर्ने गरी वधशाला निर्माणको कामलाई अघि बढाएको भए पनि बजेट नहुँदा अहिले वधशाला निर्माणकै काम हुन सकेको छैन । बजारमा छरिएर रहेका मासु पसललाई व्यवस्थित गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्य अनुसार लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत र घोराही उपमहानगरपालिकाको २५ प्रतिशत लागतमा निर्माण सुरु भएको थियो ।

जस अन्तर्गत वधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच कक्ष र मासु बिक्रीका लागि १० वटा सटर निर्माण गरिए पनि बाँकी संरचना निर्माण हुन नसक्दा अलपत्र परेको छ । गुरुयोजना अनुसार वधशाला निर्माणका लागि करिब १० करोड रुपियाँको स्टिमेट भए पनि अहिलेसम्म करिब तीन करोड रुपियाँ खर्च भइसकेको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारको डेढ करोड र घोराही उपमहानगरपालिकाको ६० लाखभन्दा बढी खर्च भइसकेको छ । उक्त रकम प्रशासनिक भवन, पशु चेकजाँच कक्ष, मासु बिक्री कक्षसँगै डिपिआर बनाउनमा खर्च भएको महाशाखा प्रमुख पौडेलले बताउनुभयो । उहाँका अनुसार वधशाला स्थलमा पशुपंक्षी राख्ने खोर, पानीका लागि ओभरहेड ट्याङ्की, पशुको स्वास्थ्य परीक्षणका लागि आवश्यक उपकरणलगायतको व्यवस्था गर्नुपर्ने भए पनि बजेट अभावका कारण गर्न सकिएको छैन । गत वर्ष घोराही उपमहानगरपालिकाको बजेटबाट डिप बोरिङ खन्ने काम गरिए पनि बाँकी काम हुन सकेको छैन ।

घोराहीमा दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म मासु खपत हुने भए पनि वधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन सकेको छैन । बधशाला निर्माणको काम सक्ने गरी रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले ठेक्का पाएका थिए । भौगोलिक रुपमा बधशाला स्थल उपयुक्त रहेको छ । वातावरणीय रुपमा पनि स्थल उपयुक्त भएकाले यसको पूर्णताका लागि पालिकाले सम्बिन्धत निकायमा चाँडो भन्दा चाँडो पहल गरेर काम अघि बढाउन टोलबासीको आग्रह छ ।
बजारमा छरिएर रहेका मासु पसलहरुलाई व्यवस्थित गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले घोराही उपमहानगर पालिकासँगको सहकार्यमा बधशाला निर्माणको काम अघि बढेको थियो । जसअन्तर्गत बधशालाका लागि प्रशासनिक भवन, पशु जाँच कक्ष र मासु विक्रीका लागि १० वटा सटरहरु निर्माण गरिएपनि बाँकी संरचनाहरु निर्माण हुन नसक्दा अलपत्र परेको छ ।

गुरुयोजना अनुसार बधशाला निर्माणका लागि अहिलेसम्म करिव तीन करोड रुपैयाँ बराबरको मात्रै काम भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकम प्रशासनिक भवन, पशुजाँच कक्ष, मासु विक्री कक्षसँगै डिपिआर बनाउन खर्च भएको छ । अझै करीव ८ करोड बढीको लागतमा संरचना निर्माणका काम बाँकी रहेको महाशाखा प्रमुख इन्जिनियर पौडेलले बताउनुभयो । बधशालाका लागि बजेट विनियोजन भई समयमै काम सम्पन्न भएको भए अहिले सो क्षेत्र चलायमान भई सक्थ्यो । तर, खोलाको किनारमा अहिले बनेका केही संरचना यत्तिकै उभिएका छन् । करोडौको लगानी प्रयोग विहीनको अवस्थामा छ ।

दैनिक दुई हजारदेखि २५ सय केजीसम्म मासु खपत हुने घोराही बजारमा बधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन नसकेको मासु व्यवसायीहरु बताउँछन् । एकीकृत रुपमा मासुका लागि बध गरेर बजारमा पठाउन सकेमा घोराही बजारको सौन्दर्यतामा टेवा पुग्ने भएपनि लक्षित काम अहिले बजेट अभावमा रोकिएको छ । अधूरो कामलाई पूर्णता दिएर बधशाला संचालनमा ल्याउन सरोकार निकायले आग्रह गर्दै आएका छन् ।

श्रेष्ठप्रति श्रद्धाञ्जली

 

सम्पादकीय

दाङ जिल्ला उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठको निधन भएको छ । ८२ बर्षको उमेरमा उहाँको निधन भयो । २०२७ सालमा दाङ जिल्ला उद्योग बाणिज्य संघ स्थापना गरेपछि उहाँ अध्यक्ष हुनुभयो । भनिन्छ कुनै कामका लागि सुरुको धेरै महत्व हुन्छ । दाङ जिल्ला उद्योग बाणिज्य संघ थापना गर्नका लागि धेरैले भूमिका खेल्नुभएको थियो भन्नेमा शंका छैन । त्यतिवेला पहिलो पटक खुलेको संगठनमा अध्यक्ष हुनु भनेको आफैमा गाह्रो विषय थियो । ३० बर्ष पनि नपुगेको युवा, शिक्षा क्षेत्रमा रुचि राख्ने युवा, बावुको व्यावसायिक विडो थाम्नका लागि यो क्षेत्रमा आउँदा व्यावसायिक नेताका रुपमा रहनुभयो । दाङ जिल्लामा रहेका मुख्य बजार घोराही र तुलसीपुरका व्यवसायी अगुवालाई जम्मा पारेर उद्योग बाणिज्य संघ गठन गर्नु र व्यावसायिक हितका लागि कुरा गर्नु त्यतिवेलाको मुख्य चुनौती थियो । पंचायती व्यवस्थाको समयमा संघ संस्था खोल्नु गाह्रो कुरा थियो । सवै संस्थालाई पंचायत विरोधी ट्याग लगाउने चलन जस्तै थियो । त्यस्तो अवस्थमा तोरणध्वज श्रेष्ठले उद्योग बाणिज्य संघको नेतृत्व गर्नुभयो । नगरपालिका पनि नभएको तर जिल्ला सदरमुकामका रुपमा रहेको घोराही बजारलाई विस्तार गर्नका लागि उहाँको भूमिका रह्यो । २०२९ सालमा नगरविकास समितिका माध्यमबाट सरकारी कार्यालयलाई एकै स्थानमा सारेर बजार व्यवस्थित गराउनका लागि उहाँको भूमिका रह्यो । व्यावसायिक संस्थाको नेतृत्व गरेको भएपनि समग्र समाजको अगुवाई गर्नुपर्ने अवस्था त्यतिवेला थियो । शिक्षकका रुपमा रहेको अनुभव, प्रतिष्ठित परिवारको जेष्ठ सदस्यका रुपमा विभिन्न भूमिका निर्वाह गर्नुपर्ने अवस्थाका बीच तोरणध्वजले जुन समर्पणभावका साथमा काम गर्नुभयो त्यो यस क्षेत्रका व्यवसायीहरुका लागि मात्रै होइन अन्य पेशा व्यवसायमा लागेकाहरुका लागि प्रेरणाको बिषय बन्नेछ ।

जतिवेला घोराहीमा उद्योग बाणिज्य संघ गठन भयो । त्यतिवेला घोराही आफैमा सानो थियो । अहिलेको हिसावले बजार भन्न नमिल्ने खालको । केही घर जोडिएको र केही पसल हुँदैमा अहिले बजार भन्न सकिदैन । त्यतिवेलाको चेतनास्तर, मानिसको आवश्यकता, शिक्षाको स्तर जस्ता कुराले मानिसको सम्वन्ध बजारका बस्तुसंग कम थियो । यस कारणले गर्दा घोराही मात्रै होइन देशका विभिन्न स्थानमा बजार साना थिए । शहरीकरण व्यापक थिएन । २००७ साल देखि २०२७ साल सम्मको समयलाई तुलना गर्ने हो भने व्यापार व्यवसायका लागि मानिसलाई ध्यान थिएन । दैनिक रुपमा आवश्यक पर्ने दुईवटा बस्तु मुख्य रुपमा हुन्थे । एउटा मट्टीतेल र अर्को नुन । अन्य बस्तु आफै उत्पादन गर्ने हुन्थ्यो । लगाउने कपडा र जुत्ताका लागि त्यति धेरै अभाव हुँदैनथ्यो । तेल, दाल, चामल, मकै र तरकारी जस्ता बस्तुहरु आफै उत्पादन गर्ने, गाई पाल्ने, भैसी पाल्ने, बाख्रा पाल्ने चलन थियो । यि बस्तुहरुले दिने उत्पादनका लागि बजार आवश्यक हुँदैनथ्यो । घरमा तरकारी बसालेर गाउँमा नुन खोज्न जाने, तरकारी पकाउने भाँडो बसालेर तेल सापट माग्ने चलन केही बर्षअघिसम्म थियो । तरकारी किन्ने वा बेच्ने बस्तु हो भन्ने नै थिएन । लगाउने फेसन थिएन । खानेमा थिएन । सवारीका साधन थिएनन् । यस्तो अवस्थामा तोरणध्वजले जिल्लाका व्यवसायीहरुको नेतृत्व गर्नुभयो जुन आफैमा सँझना र स्मरणिय विषय हो ।

अहिलेको कुरा गर्ने हो भने व्यवसायीहरु आर्थिक विकासका मेरुदण्ड हुन । व्यवसायीका कारणले गर्दा राज्यको आम्दानी भइरहेको छ । स्थानीय रुपमा उत्पादन भएका बस्तु हुन वा बाहिरबाट ल्याइने बस्तुहरु हुन सवै विक्रि हुने भनेको बजारमा हो । बजार भएन भने बस्तु विक्रि गर्न सकिदैन । व्यवसाय फस्टाउनका लागि नेतृत्व गर्नेको सोच फरक हुनुपर्छ । त्यतिवेला दाङका सवै बजारहरु साना बजार थिए । कोइलाबास, घोराही, मानपुर र तुलसीपुर । मुख्यगरी यि बजारहरु थिए । पछि कोइलाबास संकटमा पर्दै गयो । मानपुर बजार सुक्यो । अहिले घोराही र तुलसीपुर दाङ उपत्यकामा मुख्य बजारका रुपमा रहेका छन् । साना बजारका रुपमा लमही, भालुवाङका साथै अन्य बजारका रुपमा गढवा, रामपुर, श्रीगाउँ, पुरन्धारा, नारायणपुर, दुधरास, खैरा जस्ता साना बजार क्षेत्रहरु रहेका छन् । त्यतिवेला दाङ जिल्लामा मात्रै होइन साविकको राप्ती अञ्चलमै कुनै नगरपालिका थिएनन् । बजारका रुपमा केही घरहरु थिए । अहिले बजार विस्तार भएको छ । नेपालमै आधा जति जनसंख्या शहरी क्षेत्रमा बसोबास गर्ने भइसकेको छ । अहिलेको कुरा गर्दा सहज छ भन्न सकिएला । त्यतिवेला व्यापार व्यवसाय गर्नका लागि निकै गाह्रो थियो । अहिले पैसा भएपछि सवै किन्न सकिन्छ । जस्तोसुकै व्यापार गर्न सकिन्छ भन्ने छ । कतिपय अवस्थामा हो पनि । त्यतिवेला घोडा सवारीका साधन थिए । माल सामान ओसार पसार गर्नका लागि घोडाकै प्रयोग हुन्थ्यो । त्यस्तो अवस्थामा पनि तोरणध्वजले व्यावसायिक नेतृत्व गर्नुभयो । जुन सम्मानित विषय हो । राप्ती अञ्चलमै पहिलो पटक उद्योगी व्यवसायीलाई संगठित गरेर अघि बढ्ने, व्यवसायी, शैक्षिक र सामाजिक व्यक्तित्व तोरणध्वज श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली ।

कात्तिक १२ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक ११ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक १० गते

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

तरकारीको विषादी परिक्षणका लागि प्रयोगशाला माग गर्दै ध्यानाकर्षण

राप्ती पोष्ट

घोराही, कात्तिक । तरकारीमा अत्यन्त धेरै विषादी प्रयोग भइरहदा त्यसले मानव स्वास्थ्यमा गम्भिर असर गरिरहेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराही उपमहानगरपालिकाको ध्यानाकर्षण गरएको छ । तरकारीमा बढ्दो विषादी रोक्न तथा आम नागरिकको स्वास्थ्य र कृषकको आर्थिक अवस्थामा सुधार ल्याउन माग गर्दै शुक्रबार घोराही उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाइएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका जिल्ला अध्यक्ष लब अधिकारीको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई भेट गरी तरकारी तथा फलफूलमा बढ्दो विषादीको प्रयोग रोक्न र मानव स्वास्थ्यमा गम्भीर बन्न ध्यानाकर्षण गराएको थियो । नगरप्रमुखलाई बुझाइएको सात बुँदे ज्ञापन पत्रमा विषादी परिक्षणका लागि प्रयोगशाला राख्नुपर्ने लगायतका माग समेटिएको छ ।

तरकारी, फलफुल, दुग्धजन्य र कतिपय खाद्य वस्तुहरु खुल्ला रुपमा विक्रि वितरण भई रहेको अवस्थामा उत्पादकको जानकारी समेत नभई उपभोक्ताले प्रयोग गर्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर गरिरहेको पाईएकाले विषादीयुक्त वस्तु विक्रि पूर्व नियन्त्रण गर्ने विषयमा ध्यान दिन आग्रह गरिएको छ ।

पछिल्लो समय क्यान्सर भयानक रुपमा बढीरहेको भन्दै क्यान्सर रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्नुको कारण विषादीयुक्त तरकारी, फलफुल र दूधजन्य वस्तुको दुस्प्रभाव देखिएको निश्कर्ष निकालिएको छ । विषादी प्रयोग सम्बन्धी मापडण्ड पालना गर्न गराउन नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले स्थानीय सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

ज्ञापन पत्रमा उपमहानगरपालिकाले आवश्यकता अनुसार तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुमा विषादी प्रयोग भए नभएको साथै उक्त वस्तुमा पोषणको तत्व परिक्षण गर्ने अत्याधुनिक ल्याव तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ । कृषक तथा विक्रेताहरुलाई, कृषकले उत्पादन गरेको तरकारी फलफूल, खाद्य वस्तु र दुधजन्य वस्तुमा विक्रि गर्नु अगाडी स्टिकर टास गर्ने र साग सब्जीहरुमा डोरीको ठाउँमा स्टीकरले बाध्ने व्यवस्था अनिवार्य गर्न र उक्त स्टीकरमा उत्पादकको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्भव भएसम्म पान नम्बर, उत्पादन मिति र मूल्य उल्लेख गरि स्टीकर छपाई गरि तरकारी, फलफुल, खाद्य वस्तु र दुधजन्य वस्तुमा उक्त स्टिकर टासेर वा बाधेर मात्र विक्रि वितरण गर्ने वातावरण सिर्जना गर्न भनिएको छ ।

कृषक तथा बिक्रेताहरुलाई तरकारी फलफुल खाद्य वस्तु र दुधजन्य वस्तुमा विषादी सम्बन्धी मापदण्ड र खाद्य सुरक्षा सम्बन्धी तालिम उपमहानगरपालिकाले प्रदान गर्ने वातावरण मिलाउन पनि आग्रह गरिएको छ । भारत, चीन वा अन्य मुलुकमा उत्पादित तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुमा समेत विशेष निगरानी गर्न स्टिकर टाँस गर्न अनिवार्य गर्न पनि भनिएको छ ।

बजारमा स्टिकर लगाइएका तरकारी, फलफुल दुधजन्य वा खाद्य वस्तुहरुका उत्पादकहरु पहिचान हुने गरि विक्रि वितरणको वातावरण तयार भएपछि बिक्रीका लागि राखिएका बस्तुहरुबाट हरेक दिन खरिद गरि उपमहानगरपालिकाले ल्याव टेष्ट गर्ने र अलग वेबसाइट बनाई ल्यावको विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनिएको छ । विषादी प्रयोग सम्बन्धी मापदण्ड उल्लंघन गर्ने कृषि फर्म वा बिक्रेताहरुलाई कारवाहीको दायरामा ल्याउने, अर्गानिक उत्पादकलाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने र त्यसका आधारमा अनुदान र सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन पनि पालिकाको ध्यानाकर्षण गराईएको छ । हाल बजारमा स्पष्ट रुपमा देखिने, औषधीको प्रयोग गरि पकाईएका केराहरुको बिक्रि वितरणमा रोक लगाउन तत्काल निर्देशन गर्न समेत अनुरोध गरिएको छ । स्थानीय उत्पादन प्रयोग गरी समृद्ध राष्ट्र निर्माणमा योगदान गरौ भन्ने मुल नारालाई आत्मसाथ गर्दै दाङमा मंसिरमा फुड फेस्टिवल गर्न लागिएको जानकारी गराउँदै स्थानीय बस्तु प्रवद्र्धनमा सहकार्य गरी सहजीकरण गर्न समेत आग्रह गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख चौधरीले नागरिकको स्वास्थ्य बचाउने अभियानमा पालिकाको साथ रहने बताउनुभयो । किसानले उत्पादन गरेका तरकारी, फलफूत तथा दुग्धजन्य बस्तुको वैज्ञानिक परिक्षण गर्न बजारीकरण थप प्रभावकारी बनाउन कसरी सकिन्छ भन्ने विषयमा कार्यपालिका, सरोकार निकायसँग आवश्यक छलफल परामर्श गरी कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनुभयो ।

ज्ञापन पत्र बुझाउन नेपाल घरेलु तथा साना उद्योग महासंघकी महासचिव सीत मल्ल, महासंघका सदस्यहरु रेश्मीराज पाण्डे, सञ्जय बोहरा, विष्णु थापा, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका प्रदीप मजगैयालगायत पुग्नुभएको थियो ।

कात्तिक ८ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

राप्तीमा डुवेर तीन बालिकाको मृत्यु

राप्ती पोष्ट

लमही, ८ कात्तिक । देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भई लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बिहीबार अपराह्न सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको मृत्यु भएको खबर आएपछि प्रहरी पुगेको जानकारी दिनुभयो । तीन जना बालिका बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेर राप्ती नदीमा गएका थिए ।

नुहाउने क्रममा उनीहरू गहिरोमा पसेको अनुमान छ । तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।

कात्तिक ७ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab