spot_img
Home Blog Page 15

अलविदा क. देवि पोखरेल

स्व. देवि पोखरेल

सम्पादकीय

दाङ जिल्लाका अग्रज कम्युनिष्ट नेता देवि पोखरेलको निधन भएको छ । उहाँ ७४ बर्ष बाच्नुभयो । नेपालीको औषत आयुका हिसावले उहाँले बाँच्नु भएको आयु सामान्य लाग्छ । तर उहाँ जुन सुविधा र पर्याप्ततामा हुनुहुन्थ्यो त्यस हिसावले उहाँले अझै जीवन बाँच्न सक्नुहुन्थ्यो भन्ने लाग्छ । दाङ जिल्लामा उहाँ जुन परिवारमा जन्मनुभयो त्यो परिवार धनी परिवारका रुपमा थियो । यस हिसावले उहाँको बर्ग पक्षधरता धनी बर्गको वा सम्भ्रान्त बर्गका लागि हुनुपर्ने थियो । तर देवि पोखरेल झुपडीको हित र उन्नतीका लागि बाँच्नुभयो । कसरी समाजको हित हुन्छ । कसरी सवैको हित गर्न सकिन्छ । कसरी यो समाजलाई समतामूलक बनाउन सकिन्छ भन्ने चिन्तन सहित बाँच्नुभयो । उहाँले आफ्नो लागि वा परिवारका लागि मात्रै होइन समाजका लागि केही योगदान छोडेर जानुभयो । मानिसको चर्चा बाँच्दासम्म कम हुन्छ । बाँच्दासम्म आलोचना गरिन्छ । जव मानिस मर्दछ तव उसका बारेमा राम्रा चर्चा गरिन्छ । देवि पोखरेल त्यस बर्गमा हुनुुहुन्थेन । उहाँ साच्चिकै आलोचना भन्दा माथी हुनुहुुन्थ्यो । सरल व्यवहार, शिष्ट शैली, सवैलाई समेट्ने स्वभाव यस्तो जो कोहीले गर्न सक्दैन । उहाँले जे गर्नुभयो, जस्तो गर्नुभयो, यो समाजका लागि गर्नुभयो । सामुहिक हितका लागि गर्नुभयो । अरुका लागि त्याग गर्ने कुरा चानचुने कुरा होइन । लोभ र लालच नपालिकनै कसैका लागि सहयोग गर्नु, समाजको हितमा काम गर्नु सम्मानयोग्य पक्ष हो ।

हुनत कालले जेठो र कान्छो भन्दैन रे । जन्मिएपछि मृत्यु स्वभाविक कुरा हो । जन्मनु र मर्नु नियमित प्रक्रिया हो । जन्ममा उत्साह हुन्छ । मृत्युमा निरासा । मानिस जन्मदा रुदै जन्मन्छ । कतिपयले रुनुलाई ‘तिमी यो दुनियामा रुनका लागि आएका हौ ।’ भन्ने गर्दछन् । रुवाईबाट सुरु हुने मानिसको जीवनमा रुवाई धेरै पटक आउँछ । दुःखमा आँशु आउँछ । खुसीमा पनि आँशु आउँछ । आँशु चाहेर आउँदैन । नचाहेर पनि आउँछ । जन्मपछि आउने मृत्युले दिने पीडाले आँशु बढी दिन्छ । समाजमा राम्रा मानिसहरु हुन्छन र नराम्रा पनि हुन्छन । यहि भएर होला मदन भण्डारीले उतिवेला भन्नुभएको थियो ‘राम्रा मानिसको मृत्यु गहुङ्गो हुन्छ, नराम्रा मानिसको मृत्यु प्वाँख जस्तो हलुका हुन्छ ।’ समाज जे जस्तो राम्रो अवस्था छ यो सवै राम्रा मानिसको कारणले हो । सयौं मुर्खको स्थानमा एउटा मात्रै पनि सज्जन मानिस भयो भने त्यसले दिने सन्देश दिर्घकालिन हुन्छ । समाजका लागि फाइदाजनक हुन्छ । तर नेपालीमा एउटा भनाई चर्चित के छ भने राम्रा मानिसहरु चाँडै भगवानका लागि प्यारा हुन्छन । समाजलाई योगदान दिने दुई खालका मानिस हुन्छन । एउटा श्रम गरेर योगदान गर्न सक्छन भने अर्कोथरी विचार दिएर योगदान गर्न सक्छन । श्रम सवैले गर्न सक्दैनन् । विचार सवैले दिन सक्दैनन् । विकासका लागि श्रम पनि चाहिन्छ । विचार चाहिन्छ । राम्रो विचार भएकासंग संगत गरियो भने राम्रो हुन्छ । यसैभएर भनिएको होला ‘मौरीको संगत गरियो भने फूलमा पुगिन्छ, माखाका संगत गरियो भने फोहरमा पुगिन्छ ।’ राम्रो ठाउँमा पुग्ने कि फोहरमा पुग्ने भन्ने कुरा संगत अनुसार हुन्छ । राम्रो संगत गरियो भने मात्रै राम्रो फल प्राप्त हुन्छ ।

देवि पोखरेल यो समाजका लागि यस्तै राम्रो मानिस हुनुहुन्थ्यो । उहाँले राजनीतिक रुपमा योगदान गर्नुभयो । साहित्यमा योगदान गर्नुभयो । निर्र्माण व्यवसायीका रुपमा निर्माण व्यवसायीहरु राम्रा मानिस हुन । यि पनि यो समाज बनाउन चाहन्छन । विकास निर्माणमा सकारात्मक योगदान गर्न चाहन्छन भन्ने सिद्ध गर्नुभयो । शिक्षाको क्षेत्रमा लगानी गर्नुभयो । शिक्षाको क्षेत्रमा गरिएको लगानी नाफाका लागि भन्दा समाजको परिवर्तनका लागि योगदान हो भन्ने रुपमा बुझ्नुपर्छ । यो दुनियामा राम्रो शिक्षा दिने मान्छे मात्रै असल मानिस हो । खराव शिक्षा दिने, खराव कुरा सिकाउने, खराव संगत गराउने मानिस यो समाजका लागि कलंक हो । देवि पोखरेल समाजमा राम्रो र सकारात्मक कुरा सिकाउने अनुकरणिय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले दाङ जिल्लामा एउटा दैनिक पत्रिका स्थापनाका लागि नेतृत्व गर्नुभयो । राजनीतिक रुपमा योगदान गर्नुभयो । राजनीतिक रुपमा पदमा पुग्ने कुरा उहाँका लागि कहिल्यै महत्वको रहेन । चेतनाका हिसावले उहाँ अव्वल हुनुहुुन्थ्यो । आफ्ना तर्फबाट सतप्रतिशत योगदान गर्नुपर्छ तर आशा र आशक्ति राख्नु हुँदैन भन्ने उहाँको मान्यताले नै उहाँलाई महान मानिस भन्न सकिन्छ । पंचायती व्यवस्थाको समयमा उहाँले गरेका संघर्षका कथाहरु सुन्दा आश्यर्च लाग्छ । पढाइका लागि आफ्नो मुलुक छोड्नुपर्ने अवस्था थियो । भारतमा जानुभयो । भारतमा बसेर नेपालमा बामपन्थी आन्दोलनका बारेमा चिन्तन मनन गर्नुभयो । नेपाल फर्किएर उहाँले आफूलाई सक्रिय बनाउनुभयो । परिवारका लागि उहाँले त्याग गर्नुभयो । देवि पोखरेल हामी बीच हुनुहुन्न तर उहाँको योगदान अमर र अमिट बनिरहनेछ । चर्चा परिचर्चा भन्दा निकै टाढा रहन रुचाउने शालिन र बौद्धिक व्यक्तित्व आदरणिय देवि पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली ।

कात्तिक २७ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक २६ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

लमहीको सामुदायिक वनमा फोहोर फाल्न रोक

बैकल्पिक व्यवस्था गर्न नगरपालिकालाई समस्या

राप्ती पोष्ट

देउखुरी, कात्तिक । लमहीको मुख्य बजार नजिकै रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहमा बजार क्षेत्रको फोहर व्यवस्थापन हुने गरेकोमा वन क्षेत्रभित्र फोहार फाल्न रोक लगाएको छ । लामो समयदेखि लमही नगरपालिकाले वन क्षेत्रमा फोहोर फाल्दै आइरहेको थियो । अजम्मरी सामुदायिक वन क्षेत्रलाई नगरपालिकाको फोहर फाल्ने डम्पिङ् साइड बनाइएको भन्दै गत असोज २३ गते सामुदायिक वनले नगरपालिकालाई अल्टिमेट दिएको थियो । एक महिनाका लागि अल्टिमेटम दिएको सामुदायिक बनले आइतबारदेखि फोहर फाल्न रोक लगाएको छ ।

वन क्षेत्रमा फोहर मैला व्यवस्थापन गर्र्दा वरपरको क्षेत्रमा दुर्गन्धित हुने गरेको भन्दै डम्पिङ साइडलाई अनेत्र व्यवस्थापन गर्नका लागि पटक÷पटक जानकारी गराएता पनि पालिकाबाट कुनै सुनुवाई नभएको बताइएको छ । लिखित र मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउँदा पनि सुनुवाई नभएपछि बाध्य भएर फोहर फाल्न रोक लगाउनु परेको धारणा सामुदायिक बनको छ ।

पछिल्लो पटक लमही नगरपालिकालाई ध्यानाकर्षण पत्र सहित एक महिने अल्टिमेटम दिइएको सामुदायिक बनका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो । ‘ध्यानाकर्षण पत्र सहित एक महिने दिइएको अल्टिमेटम समय सकिएपछि वन प्रवेशद्धार गेटमा ताला लगाइएको हो ।’ अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्र्ष रिजालले भन्नुभयो । ‘लमही नगरपालिकाले कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न सकेको छैन । नगरपालिकाले वषौँ देखि अजम्मरी सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ तर, व्यवस्थापन भने गर्न सकिरहेको छैन ।’ उहाँले भन्नुभयो ।

रिजालका अनुसार फोहोर फालिएको स्थानमा नगरपालिकाले फोहर जलाउने समेत गर्ने गरेकाले सडकमा समेत प्रदूषण बढेको छ । यस विषयमा आवाज उठेपछि सामुदायिक वन उपभोक्ता समूहले केही समय अगाडि उचित व्यवस्थापन गर्न लमही नगरपालिसँग अनुरोध गरेको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले आधिकारीक पत्र सहित लमही नगरपालिकाका नगर प्रमुखसंग अनुरोध गरेका थियौँ । एक महिना वितिसक्दा समेत नगरपालिकाले अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन ।’

समूहले यसका बारेमा डिभिजन वन कार्यालय दाङ, देउखुरीलाई समेत जानकारी गराएको छ । जथाभावी रूपमा वनक्षेत्रमा फोहोर फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर पुगेको भन्दै समूहले वनमा फोहोर फाल्न रोक लगाएको समूहका अध्यक्ष रिजालले बताउनुभयो । वन कार्यालय, सामुदायिक वनले स्थलगत अवलोकनको क्रममा लमहीबाट बजारको फोहोरसँगै सेफ्टी–ट्यांकीको फोहोरसमेत फालेको र आगो लगाउने गरेको भेटेपछि यो कदम चालिएको उहाँले बताउनुभयो । लमही नगरपालिकालाई पनि चाँडो वैकल्पिक व्यवस्थापन गर्न आग्रह गरिएको छ । लमहीबाट फोहोर बोकेको नगरपालिकाको गाडीलाई जंगलतर्फ आउन नदिई फर्काउन थालिएको छ । ‘लमहीबाट फोहोर बोकेको गाडीलाई जंगलक्षेत्रमा पस्न दिएका छैनौं । सरोकारवाला लाई पनि अब कडाइ गर्न भनेका छौं, उहाँले भन्नुभयो, ‘एक महिनामात्र समय दिइएको थियो । फोहोरले वातावरणलाई धेरै प्रदूषित गरेकाले यो कदम चाल्नुप¥यो ।’

फोहोर वनक्षेत्रमा फाल्दा वातावरण र वन्यजन्तुलाई गम्भीर असर परिरहेको आवाज उठे पनि सुनुवाइ भने अहिलेसम्म नभएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताउनुभयो । फोहोरमा आगो पनि लगाउने झन्डै एक किलोमिटर क्षेत्रमा रुख–बिरुवा केही पनि नभएको उहाँले बताउनुभयो । यो सबैको सरोकारको विषय भएकोले सबैतिरबाट आवाज उठ्नुपर्छ, उहाँले भन्नुभयो ।

यस विषयमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सामुदायिक बनले दिएको अल्मिेटमका बारेमा आफूलाई जानकारी भएको भन्दै वडाध्यक्षहरुलाई बोलाएर छलफल गरेको बताउनुभयो । उहाँले यो विषय गम्भिर भएकाले कार्यपालिकाको बैठक बसालेर थप निर्णय गर्न सकिने बताउनुभयो । लमही नगरपालिकाकाबाट दैनिक रुपमा उत्पन्न हुने फोहर मैलाको दिर्घकालिन व्यवस्थापनका लागि सवैले सोच्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । राप्ती पोष्टसंग कुरा गर्दै उहाँले यो विषयमा आफूले अन्य निकायसंग पनि छलफल गरिरहेको बताउनुभयो ।

लमही दाङको एक मात्र नगरपालिका हो । पूर्व पश्चिम राजमार्गमा पर्ने लमही नगरपालिकाले लामो समयदेखि फोहरमैला व्यवस्थापन गर्दै आइरहेको सामुदायिक बनमा फोहर फाल्न रोक लगाइएपछि समस्या पर्ने देखिएको छ । बजारको नजिकै फोहर फाल्दा समस्या आउने कुरालाई मध्यनजर गर्दै नगरपालिकाले तत्कालै विकल्प खोज्नुपर्ने धारणा स्थानीय सरोकारवालाको छ । लमही नगरपालिकाले फोहर मैला व्यवस्थापनका लागि बैकल्पिक स्थान खोज्न नसक्ने हो भने पर्यटकिय स्थलका रुपमा पहिचान बनाउँदै गएको अजम्वरी सामुदायिक बन र पार्क नै संकटमा पर्ने चर्चा चल्न थालेको छ ।

 

दाङमा आठ हजार क्विन्टल धान खरिद गर्दै खाद्य

छवि पुरी/राप्ती पोष्ट

घोराही, कात्तिक । सरकारी कार्यालयले यस वर्ष दाङमा आठ हजार क्विन्टल धान खरिद शुुरु गरेको छ । केही वर्षअघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष धान खरिद गर्ने निर्णय गरे अनुसार बुधबारदेखि जिल्लामा धान खरिद शुरु गरेको हो ।

केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्ने काम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो । केन्द्रले जिल्लामा ८ हजार क्विन्टल धान खरिद गर्न परिपत्र छ । असोज २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको हो । ‘धान खरिद गर्न परिपत्र आएपछि हामी धान खरिदको काम शुरु भएको हो’ प्रमुख सुनारले भन्नुभयो ‘तिहार सकिएलगत्तै बुधबारदेखि गढवाबाट धान खरिद भईरहेको छ ।’

गढवामा पहिलो दिन आठ क्विन्टल खरिद भएकोमा दोस्रो दिन सय क्विन्टल खरिद गरिएको थियो । तेस्रो दिन शुक्रबार पनि सोही हाराहारीमा धान खरिद भएको उहाँले जानकारी दिनुभयो । यसअघि खाद्यले जिल्लामा धान खरिद गरे पनि कुटानीका लागि बाहिर पठाउँदै आएको थियो ।

मिलहरू कुटानी गर्न सहमत भए पनि खाद्य व्यापार कम्पनीले मापदण्डअनुसार कुटानी गर्न नसकिने मिल सञ्चालकहरूले बताउने गरेका थिए । कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले ताकेको मूल्यमा कृषकहरूले धान बिक्री गर्न पाएका छन् । खाद्यले धान खरिद नगर्दा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न कृषकहरू बाध्य भएका थिए । कम्पनीले दिनेभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरू बताउँछन् ।

सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ निर्धारण गरेको छ ।
सोही मुल्यमा मोटा धान खरिद भईरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०८१–०८२ को लागि मोटा धानको प्रति क्विन्टल तीन हजार चार सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ तोक्ने निर्णय भएको छ । यस वर्ष दाङमा ३७ हजार दुई सय २५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार उक्त जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।
केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिकामा आठ हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार एक सय ७३, दंगीशरण गाउँपालिकामा पाँच हजार सात सय ६८, राप्ती गाउँपालिकामा तीन हजार पाँच सय ७६, लमही नगरपालिकामा तीन हजार चार सय ६०, बबई गाउँपालिकामा दुई हजार चार सय सात, गढवा गाउँपालिकामा दुई हजार एकसय १५, शान्तिनगर गाउँपालिकामा एक हजार आठ सय ७०, राजपुर गाउँपालिकामा एक हजार चार सय ९९, र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ ।

गत वर्ष तुलसीपुर उपमहानगरपालिकामा सात हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार दुई सय ४८, दंगीशरण गाउँपालिकामा चार हजार नौ सय ७२, राप्ती गाउँपालिकामा तीन हजार सात सय ६७, लमही नगरपालिकामा तीन हजार एक सय छ, बबई गाउँपालिकामा दुई हजार एक सय ८९, गढवा गाउँपालिकामा एक हजार सात सय ९४, शान्तिनगर गाउँपालिकामा एक हजार तीन सय ९१, राजपुर गाउँपालिकामा एक हजार दुई सय ७३ र बंगलाचुली गाउँपालिकामा छ सय ३३ हेक्टर क्षेत्रफलमा धान रोपिएको हो ।

ज्ञान केन्द्रका अनुसार दाङमा धान खेती हुने ३९ हजार चार सय हेक्टर भए पनि तरकारी खेती पनि हुने अवस्थाले धान खेती हुने क्षेत्रफललाई ३७ हजार दुई सय २५ हेक्टर मानिएको छ । रोपाइँको क्षेत्रफल गत वर्षभन्दा बढेकोले त्यसै अनुसार मौसम अनुकूल भएमा तथा सिँचाइ, मल लगायतको व्यवस्थापन राम्रो भएमा धान उत्पादन बढ्ने आकलन गरिएको छ । आर्थिक वर्ष २०७९–०८० को तथ्यांकको आधारमा लुम्बिनी प्रदेश खाद्यान्नमा आत्मनिर्भर देखिएको लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदका अनुसार प्रदेशमा २१ लाख ३९ हजार पाँच सय ८३ मेट्रिक टन उपलब्धता हुने गरेको छ । जसमध्ये उपभोग्य प्रशोधनपछि १४ लाख ७० हजार नौ सय ७९ मेट्रिक टन हुने गरेको छ । २०८० को प्रक्षेपित जनसंख्या ५२ लाख ४९ हजार आठ सय ९३ रहेको छ । जसका लागि नौ लाख ७४ हजार छ सय ७० मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । चार लाख ९६ हजार तीन सय १० मेट्रिक टन खाद्यान्न बचत हुने गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जिल्लामा यो वर्ष सरकारले तोकेकै मुल्यमा समयमा धान खरिद गर्न थालेपछि कृषक उत्साहित भएका छन् ।

पुराना बामपन्थी नेता देवी पोख्रेलको निधन, कम्युनिष्ट आन्दोलनका लागि अपुरणिय क्षति

राप्ती पोष्ट

घोराही, २४ कात्तिक । दाङका पुराना बामपन्थी नेता तथा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य देवी पोख्रेलको शुक्रबार राति निधन भयो । उहाँको शनिबार घोराहीमा अन्तेष्ठि गरिएको थियो ।

केही समय यता मृगौला, सुगर र प्रेसर लगायतका रोगबाट पीडित पोख्रेलको उपचारकै क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पोख्रेलका भाई तथा नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरु आउनुभएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, बुहारी एवम् नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सुजिता शाक्य, केन्द्रिय सदस्य भागवत विस्वासी, पोखरेलकी बहिनी पार्टी केन्द्रीय सदस्य एवं सांसद मेनका पोख्रेल, नेपाली कांग्रेसका नेता एवम् प्रदेश सांसद राजु खनाल, एकिकृत नेकपा माओवादिका केन्द्रिय सदस्य हेमराज शर्मा, लुम्विनि प्रदेशका मन्त्री सिता चौधरी, नेकपा एमालेका प्रदेश सदस्यहरु, जिल्ला अध्यक्ष शिव कुमार आचार्य लगायत उपस्थिति हुनुहुन्थ्यो ।

साविक विजौरी गाउँ विकास समिति हाडिमेमा जन्मनुभएका पोखरेल परिवारका जेष्ठ सदस्य हुनुहुुन्थ्यो । उहाँ पंचायती व्यवस्थाको समयमै नेकपामा आवद्ध हुनुभएको थियो । नेकपा एमाले दाङ जिल्ला कमिटीको सदस्य, अंचल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य हुँदै हाल उहाँ नेकपा एमालेको केन्द्रिय सल्लाहकारका रुपमा हुनुहुन्थ्यो । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू दाजुकै कारणले आजको अवस्थमा आएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा दाजु देवि पोखरेललाई पिता सरह भनेर उल्लेख गर्नुभएको छ ।

पितातुल्य दाजुको निधन

एमाले महासचिव समेत रहुनभएका शंकर पोखरेलले लेख्नुभएको छ । ‘सन्देस पत्रिकाका माध्यमवाट दङ्गालीको सन्देस झापालीलाई भन्ने कविताका माध्यमवाट झापा विद्रोहको झिल्कोलाई राष्ट्रव्यापी बनाउन भूमिका खेल्नुहुने नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार तथा मेरो सहोदर दाजु देवी पोखरेलको असमयिक निधनवाट हाम्रो सिंगो परिवार स्तव्ध भएको छ । हजुर आमा र आमाको संरक्षणमा हुर्कीएको हाम्रो परिवारमा उहाँले सानै उमेरमा अभिभावकीय हिसावले वुवाको भूमिका निर्वाह गर्नुपर्यो । पितातुल्य दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा मेरो उपस्थिति नरहने जानकारी गराउँदछु । आज म जहाँ छु उहाँले कोरेको गोरेटोमा हिड्दाको परिणाम हो । उहाँको विचार र भावनाको पार्टी निर्माण गर्न अझै वाँकी छ । त्यो यात्रा जारी छ, जारी रहने छ । भौतिक रुपमा तपाई हाम्रो बीचमा नरहे पनि हाम्रो हृदयमा तपाई सदैव अमर हुनुहुन्छ ।’ उहाँको निधनमा नेकपा एमाले केन्द्रले पनि शोक व्यक्त गरेको छ । शनिबार बसेको एमालेको सचिवालय बैठकले देवि पोखरेलको निधनमा शोक व्यक्त गरेको थियो ।

इमान्दार राजनीतिक र सामाजिक व्यक्तित्व

यसैगरी बामपन्थी नेता प्रकाश घिमिरे र पूर्व मन्त्री सुष्मा शर्मा घिमिरेले पनि देवि पोखरेलेको निधनमा दुःख व्यक्त गर्नुभएको छ । उहाँहरुले संयुक्त रुपमा श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएको छ । ‘आदरणीय क.देवी पोख्रेलको असामयिक दुःखद निधनको खवरले हामी अत्यन्त दुखित भएकाछौँ । उहाँ एक इमानदार, सहृदयी , मिलनसार, मृदुभाषि, सरल, सिद्धान्तनिष्ठ र सामाजिक ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँ सधै सुदृढ कम्युनिस्ट आन्दोलनको पक्षमा हुनुहुन्थ्यो । उहाँसङ्ग २०२८सालबाट बनारसमा पढदादेखि सङ्गत भएको हो । सन्देश पत्रीका प्रकाशित गर्ने काममा र नेपाली छात्र संघलाई हाम्रो पक्षमा पार्न एकजुट भएर लाग्थ्यौ । उहाँहरु पछि सो सबैकामको जिम्मेवारी हामीले सम्हालेका थियौ । २०३५–०३६को आन्दोलन पछि अनेरास्ववियु एकताको पाँचौको गठनमा उहाँको ठूलो योगदान रह्यो । हामीले धेरै मिटिङहरु हाडिमे र वरिपरिका गाउँहरुमा उहाँकै संरक्षणमा ग¥यौ । अहिले ति दिनहरुको सम्झना आइरहेको छ । भेटघाटमा पनि ती पुराना कुराहरू भइरहन्थे । उहाँप्रती हार्दिक श्रद्धाञ्जली र सम्पूर्ण परिवारजनमा हार्दिक समबेदना ।

अभिभावकीय भूमिका दिनु भयो

यसैगरी बुद्धिजिवी परिषद दाङका अध्यक्ष समेत रहनुभएका विकास गौतमले पनि देवि पोखरेलको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले नेपाली राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्नुभएको छ । उहाँले लेख्नुभएको छ । ‘देवी पोख्रेल रहनु भएन । केही महिना देखि मृगौलाको समस्याले असहज भई बाँच्नकालागि संघर्षरत हुनुहुन्थ्यो ।
विद्यायलको शिक्षा आर्जन देखि नै वाम राजनीतिमा प्रवेश गर्नु हुने देवी जी सदा निष्ठामा रहनु भयो । नेकपा हुँदा देखि नै वैचारिक आस्था मा कृयाशिल रहँदा तत्कालिन अखिल नेपाल कोर्डिनेशन केन्द्रको गठन पछि दाङमा संदेश समुह बन्दै गर्दा उहाँ बनारसमा आए एस सी पढ्दै हुनुहुन्थ्यो । उक्त संदेश पत्रिका प्रकाशनमा उहाँ नेत्रलाल अभागीलाई सघाउनु भयो । दंगाली को चिठ्ठी झापाली लाई यसबेला उहाँको कविता निकै चर्चित रह्यो । अझै पनि कति पुराना कमरेडहरुलाई त्यो कविताको संझना छ ।

पेशाले लामो समय निर्माण ब्यवसायी भएर कार्यरत रहँदा पनि नेकपा ( माले) हुँदै नेकपा (एमाले)को वर्तमान अवस्था सम्म पार्टीलाई हर तरहले सहयोग गर्न कटीवद्ध रहनु भयो । प्रसंगवस एकदिन २०१८–१९ साल तिरको घटना सुनाउनु भयो । हाम्रो बुबाहरु तत्कालिन नेकपाको जिल्ला कमिटीमा हुँदा सामन्ती संस्कारलाई मिल्काउन घरमा र अन्यत्र भोज भतेर तथा चाड पर्वमा निमन्त्रणा गरेका ठाउँमा लगाएका लुगै संग भात भान्सो गर्ने र छुवाछुत नमान्ने गर्नु हुन्थ्यो । दाङमा यो एक किसिमले धार्मिक कट्टरताको विरुद्ध विद्रोह थियो र सांस्कृतिक जागरण पनि । देवी जी पनि त्यो अभियानलाई साथ दिनु भयो जसको कारण कतिले जात फालेको भनेर आफूलाई समुदायवाट अलग गरेको घटना सुनाउनु भएको संझन्छु ।
दाङको विजौरी ( हाडिमे)मा सम्पन्न परिवारमा जन्मनुभएका देबी पोख्रेल ज्यु आफू मात्र बैचारिक हिसावले कम्युनिष्ट पार्टीमा लाग्नु भएन, आफ्नो सहोदर भाइ, बर्तमानमा नेकपा (एमाले)का महासचिव कमरेड शंकर पोख्रेल र बहिनी मेनका पोख्रेललाई तत्कालिन नेकपा (माले) देखिनै राजनीतिमा लाग्न प्रेरित मात्र नगरि अभिभावकीय भूमिका दिनु भयो ।
ब्यवहारमा सदा सालिन, शारीरिक रुपले दुब्लो भएपनि विचारको पक्षमा उहाँ निकै बलियो हुनुहुन्थ्यो । उहाँ सकृय रहँदासम्म नेकपा(माले) देखि नेकपा( एमाले) को विभिन्न जिम्मेवारीमा रहनु भयो र कहिले विवादित रहनु भएन । दाङको शैक्षिक विकासकालागि २०४९ सालमा पहिलो पटक मिलेर घोराही स्थित दीपशिखा स्कुल÷कलेज स्थापना र त्यसको उन्नयनमा सञ्चालक समितिको पूर्व अध्यक्ष समेत हुनुभई सहयोग सहित प्रयत्नरत रहनु भयो । हामी त्यहि संस्था संग जोडिन पुग्यौं र साथमा रह्यौं ।

बर्तमानमा विभिन्न संघ संस्थामा आवद्ध रहँदै गर्दा उहाँ नेपाल बुद्धिजीवी परिषद दाङका साधारण सदस्य समेत हुनुहुन्छ र त्यसको सञ्चालनमा म आफू दाङको वर्तमान अध्यक्ष भएकाले भेटमा अभिभावकीय परामर्श एबं सुझाव दिनुहुन्थ्यो । अहिले नेकपा ( एमाले) को लोकप्रियतालाई विपक्षीहरुले अनेक तरहले प्रहार गरिरहेका बेला नेतृत्व तहका सबैमा विचार अनुसारको व्यवहार हुनु पर्नेमा जोड दिनुहुन्थ्यो र पार्टीको रक्षा गर्न सक्दो प्रयत्न गर्न सुझाउनु हुन्थ्यो ।

पारिवारिक हिसावले पनि हामी अत्यन्त नजीक रह्यौं । प्युठान उदैपुरका काजी बलभद्रका तीन सन्तान एक छोरा पुरुषोत्तम अधिकारी र छोरीहरु भूमादेवी उपाध्यायको हापुरमा विवाह भयो भने कान्छी क्वाँरा देवी हुनुहुन्थ्यो । पुरुषोत्तम प्युठानबाट २०१५ सालको पहिलो आम निर्वाचनबाट सांसदमा विजयी हुनुभयो । उहाँकी दिदी क्वाँरा देवी अधिकारीलाई हाम्रा बाजे कोमानन्दले विहे गर्नु भएको थियो तर बाँच्नु भएन । नातामा मामा पुरुषोत्तम कि छोरी बहिनी अम्बिकालाई उहाँले विहे गर्नु भयो । अभिनन्दन र अभिवादन छोराहरु र छोरी अभिलाषा उहाँहरुका सन्तान । नाताको हिसावले बहिनी जुवाई भएपनि म उहाँलाई सँधेै देवी जी भनेर सम्बोधन गर्दथें । आज बाट त्यो प्रत्यक्ष सम्बोधन पनि हरायो । अति दुःख र पीडाको अनुभूति भईरहेछ । यौटा असल र सामजिक ब्यक्तित्व गुमाउनु पर्दाको पीडा । उहाँ २०८१ कात्तिक २३ गते कै राती ११ बजे दिबंगत भएको अहिले विहान थाहा पाउँदा मन भक्कानियो । यो खवर शब्दमा भावपूर्ण श्रद्धाञ्जली लेख्दा आँखा रसाई धमिलो दृष्टि हुन पुग्यो । यो दुःखको घडीमा बहिनी अम्बिका र परिवारजनमा गहिरो समवेदना

दाङका शैक्षिक अगुवा नारायणप्रसाद अधिकारीले लेख्नुएको छ । नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।
दीपशिखा विद्यालय एवं कलेजका संस्थापक तथा पथप्रदर्शक श्रध्देय देवी पोख्रेलको असामयिक निधनले म र मेरो परिवार अत्यंत मर्माहत भएका छौं । निष्ठा,शिष्टता एवं सादगीका अनुपम व्यक्तित्व पोख्रेल जी सबैको प्रीय हुनुहुन्थ्यो । उहाँको स्वर्गारोहण ले हाम्रो संस्था लगायत परिवारजन, आफन्तजन तथा समाजले अपूरणीय क्षति ब्यहोर्नु प¥यो । शोकको यस घडीमा संतप्त परिवारजन मा हार्दिक समवेदना प्रकट गर्दै देवी जी प्रति भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौ ।
पछिल्लो समय राजनीति र सामाजिक काममा सक्रिय रहन नसकेपनि उहाँले नेपालको बामपन्थी आन्दोलनलाई अघि बढाउनका लागि सल्लाह सुझाव दिइरहनुभयो । पंचायती व्यवस्थाको विरोधी आन्दोलनमा मात्रै होइन गणतन्त्र प्राप्तीको आन्दोलनमा पनि उहाँको भूमिका नेतृत्वदायी थियो । पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

पोखरेल सन्देस समुहमा आवद्ध रहेर बामपन्थी आन्दोलनमा सक्रिय रहनुभयो । दाङ जिल्लामा उहाँले विभिन्न संघ संस्थाको नेतृत्व गर्नुभयो । निर्माण व्यवसायी संघ दाङको संस्थापक अध्यक्ष हुँदै दुई पटक नेतृत्व गर्नुभयो । दिपशिखा आवासिय माविको स्थापनाका लागि भूमिका खेल्नुभयो । गणतन्त्र दैनिक पत्रिकाको संस्थापक अध्यक्षका रुपमा उहाँले पत्रकारितामा पनि योगदान गर्नुभयो । उहाँ राप्ती साहित्य परिषद, बुद्धिजिवि परिषद, प्रगतिशील लेखक संघ नेपाल लगायतका विभिन्न संघ संस्थामा आवद्ध रहनुभयो । गतबर्ष मात्रै उहाँले प्रगतिशील लेखक संघ दाङमा सुदय–केशव–तिलोत्तमा स्मृति पुरस्कार स्थापना गर्नुभएको छ । विचारमा धनी र व्यवहारका सरल व्यक्तित्व देवि पोखरेलप्रति राप्ती पोष्ट दैनिकका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली ।

कात्तिक २५ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक २३ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक २२ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक २१ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab