spot_img
Home Blog Page 14

मंसिर ३ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

देवी पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा

निष्ठाको राजनीतिले मात्रै समाजमा योगदान दिने

राप्ती पोष्ट

घोराही, मंसिर । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा मंगलबार उहाँकै निवास घोराही–१५ मा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेकपा (एमाले) दाङको आयोजनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो । ‘आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैं स्मरणीय हुन्छ,’ उहाँले भन्नुभयो ।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त गहिरो व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमुना भएको बताउनुभयो । उहाँले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैं सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्नुभयो । ‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,’ ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो मन्तव्यमा परिवारका लागि पोखरेलको त्याग र योगदानको स्मरण गर्नुभयो । उहाँले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुवात गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो । पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

श्रद्धाञ्जली सभामाएमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । वक्ताहरूले देवी पोखरेलको निष्ठा, साहस, र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँहरुले पोखरेलको योगदानलाई बहुआयामिक रूपमा स्मरण गर्नुभययो । पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवम् बहिनी मेनका पोखरेलले उहाँको संघर्षशील जीवनका केही प्रसङ्गहरू उजागर गर्नुभयो । उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचायको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा कविता वाचन गरेर हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो । देवी पोखरेलको जीवन र योगदान बहुआयामिक थियो । उहाँको जन्म २००७ साल मंसिर ७ गते साविक विजौरी गाविस वडा नं ६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह) को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो । उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवद्र्धन गर्नुभएको थियो । शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीहरूको उपचारमा सहयोग पु¥याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिनुभएको थियो । आन्दोलन र संघर्षका क्रममा उहाँले धेरै यातना भोग्नुभयो तर कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनु भएन । उहाँले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पु¥याउनुभएको थियो । साथै, उहाँको नेतृत्वमा पार्टीको संगठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुभएको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गरेका थिए । पोखरेलले दाङमा निर्माण व्यवसायी, शिक्षा, साहित्य, सञ्चार र समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

कात्तिक २ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

नगरस्तरीय हाप्किडोमा गोरखा च्याम्पियन

राप्ती पोष्ट

घोराही, मंसिर । घोराहीमा आयोजना गरिएको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ मा आयोजक गोर्खा हाप्किडो डोजाङ च्याम्पियन भएको छ । घोराही क्षेत्रमा रहेका ३४ विद्यालयको सहभागीता रहेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो । दुई दिन चलेको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित गोर्खा स्कुल हाप्किडो डोजाङ च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियन बनेको गोर्खा डोजाङले शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । गोर्खा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलको मैदानमा भएको प्रतियोगितामा छ वटा स्वर्ण पदकसहित मेचिकाली सेकेण्डरी बोर्डिङ स्कुल डोजाङ द्वितिय र तीन स्वर्ण पदकसहित माध्यामिक विद्यालय गोग्ली डोजाङ तृतीय बन्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने डोजाङलाई लुम्बिनी प्रदेश खेलकुद परिषदुका सदस्य सचिव तिरणराज गौतमल गायतले खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ माध्यामिक विद्यालय गोग्लीका खेलाडी अनमोल रोका क्षेत्री र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी बविता पुनमगर बेस्ट प्लेयर हुनुभयो । प्रतियोगितामा पुरुषतर्फ गोरखा डोजाङका शरद पौडेल र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी एलिसा खड्का उत्कृष्ट प्रशिक्षक बन्न सफल हुनुभयो । उत्कृष्ट रेफ्रीमा महिला सिर्जना तामाङ र पुरुषतर्फ लक्ष्मण खातीलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा डेमोष्ट्रेसनतर्फ गोर्खा डोजाङ प्रथम, मेचीकाली डोजाङ द्वितीय र न्यु भिजन डोजाङ तृतीय हुन सफल भए । बिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघ र जिल्ला खेलकुद विकास समिति दाङको सहयोगमा भएको च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि, ५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा गरेको प्रतियोगिता संयोजक विशाल थापाले जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षण विशाल थापाको अध्यक्षमा भएको समापन कार्यक्रममा बिजेता खेलाडीहरुसँगै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संघसस्था, रेफ्रि, सञ्चार माध्यमलाई सम्माणपत्र प्रदान गरिएको थियो ।

घोराही–२ मा खानेपानी आयोजना समुदायलाई

राप्ती पोष्ट

दाङ, मंसिर । घोराही उपमहानगरपालिका–२ रामपुरमा चार करोड बढीको लागतमा निर्माण गरिएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । चार करोड १९ लाख छ हजार तीन सय ५७ रुपैयाको लागतमा निर्माण गरिएको अजम्वरी बहृत खानेपानी तथा सरसफाई आयोजना शनिवार लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अजम्वरी बहृत खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो ।

अजम्बरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १४ औं बार्षिका साधारणसभा तथा खानेपानी आयोजना उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि रहेको बताउनुभयो । प्रदेश सरकारले अघि बढाएको ‘एक घर, एक धारा’ अभियानलाई पुरा गर्नका लागि प्रतिवद्ध रहेको भन्दै मन्त्री थापाले चालु आर्थिक बर्षमा प्रदेशका १२ जिल्लामा तीन सय ६४ वटा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।

मन्त्री थापाले अघिल्लो सरकारले योजना बनाउनेदेखि बजेट बिनियोजन गरिसकेकाले अहिले काम गर्न केही समस्या भएपनि सुरु गरेका योजनाहरु जति सक्यो चाडै सम्पन्न गर्ने गरि लागिपरेको बताउनुभयो । उहाँले खानेपानी योजना सम्पन्न भएर उपभोक्तालाई वितरण गर्दा कतिपय ठाउँमा महंगो शुल्क लिदा उपभोक्ता मारमा पर्ने गरेको भन्दै उपभोक्ता समितिले सर्वसुलभ मुल्यमा गुणस्तरीय पानी पु¥याउने गरि योजना बनाएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लोका विकले नागरिकको सफा र स्वच्छ खानेपानी खान पाउने अधिकारलाई पुरा गर्न प्रदेश सरकारले ध्यानदिनुपर्ने बताउनुभयो । धेरै ठाउँहरुमा खानेपानीका योजनाहरु निर्माणका क्रममा रहेको भन्दै प्रदेशसभा सदस्य विकले तीन योजनाहरुलाई समयमै सम्पन्न गरेर नागरिकलाई सफा र स्वच्छ पानी पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरका सवै क्षेत्रमा खानेपानी पु¥याउने गरि उपमहानगरपालिकाले खानेपानीको पहुँच अभिवृद्धिमा लागेको बताउनुभयो । आर्थिक बर्ष २०७५÷०७६ मा निर्माण सुरु भएको खानेपानी आयोजना आर्थिक बर्ष २०८१÷०८२ मा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारको तीन करोड ६९ लाख ८४ हजार दुई सय २२ रुपैया ५३ पैसा र जनश्रमदानबाट ४९ लाख २२ हजार एक सय ३४ रुपैया ५४ पैसा खर्च भएको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले बताउनुभयो ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार आयोजना निर्माण भएसँगै आठ सय २२ घरधुरी लाभान्वित भएका छन् । आठ सय २२ घरधरीका लागि छ सय ५४ धारा जडान गरिएको छ । जसमा निजी धारा छ सय ४६ वटा, सस्थागत सात वटा र सार्वजनिक धारा एउटा जडान गरिएको बताउनुभयो ।

अजम्वरी बहृत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दण्डपानी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव बाशु पौडेल, नेपाली काँग्रेसका नेता तथा जग्गादाता कमलकिशोर घिमिरे, नेपाली काँग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, नारायण थापालगायतले मन्तव्य व्यक्त गर्दै उपभोक्तालाई सर्वशुलभ मुल्यमा गुणस्तरीय पानी पु¥याउनका लागि ध्यानदिन आग्रह गर्नुभयो । कार्यक्रममा सचिव भिसम पोख्रेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विद्या केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा योजना निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

लुम्विनीमा स्वास्थ्य सेवा प्रभावकारी बनाउने स्वास्थ्य मन्त्री खेम सारु मगरको प्रतिवद्धता

छबि पुरी / राप्ती पोष्ट

दाङ,  मंसिर । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगरले प्रदेशको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले विभिन्न काम गरिरहेको बताउनुभएको छ । नेपाल औषधि थोक व्यवसायी संघ लुम्विनी प्रदेशको पाँचौं साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दैै मन्त्री मगरले यस्तो बताउनुभएको हो ।

उहाँले पहिलेको तुलनामा सवै क्षेत्रमा राम्रो भइरहेको भन्दै निरासालाई चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवाको प्रभावकारीताका लागि विमाको दायरा बढाउने, शुल्कमा एकरुपता ल्याउने, प्राइभेट अस्पतालले १० प्रतिशत सेवाग्राहीलाई निशुल्क सेवा अनिवार्य रुपमा दिनुपर्ने, विद्यालयहरुका लागि रोमिङ नर्शको व्यवस्था गर्ने लगायतका काममा प्रदेश स्वास्थ्य मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले नीजि अस्पतालले १० प्रतिशत शैयामा गरिव तथा विपन्न परिवारका सदस्यको निशुल्क उपचार गर्न निर्देशन दिनुभयो । ‘सामाजिक उत्तरदायित्व अन्तरगत निजी स्वास्थ्य संस्थाहरुले गरिव तथा विपन्न परिवारका सदस्यको उपचारमा विशेष ध्यान दिनुहोस, यसको हामी विशेष अनुगमन गर्नेछौं ।’ उहाँले भन्नुभयो ।

स्वास्थ्य सेवाको गुणस्तर केही बर्ष अघिको तुलनामा बढेको उदाहरण दिंदै नेपालीको औषत आयु बढ्नु पनि यसको प्रमाणका रुपमा रहेको उल्लेख गर्नुभयो । नेपालमा रोजगारी नरहेको भन्दै पलायन भइरहेको भएपनि नेपालमा नीजि क्षेत्रले रोजगारको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको उहाँको भनाई थियो । उहाँले गुनासहरु कम गर्दै उद्यमशिलताको विकास गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

नेपाल औषधि थोक व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ‘नेपालमा औषधीको उत्पादन, आयात बिक्री वितरण, व्यवस्थापनमा देखिएको समस्या र चुनौति न्युनीकरणमा सरोकारवालाको भुमिका’ विषयकमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा बोल्दै मन्त्री मगरले उपचारसँगै सेवाका बारेमा सरकारलाई नियमित रुपमा जानकारी गराउन पनि सचेत गराउनुभयो । उहाँले अस्पतालको मासिक प्रतिदेन मन्त्रालयमा पठाउन समेत निर्देशन दिनुभयो ।

उहाँले प्रदेश सरकारले मानसिक स्वास्थ्य, कुपोषण, क्यान्सर रोगको उपचारमा सहयोग गदै आएको बताउनुभयो । प्रदेश सरकारले क्यान्सरका बिरामीलाई दुई लाखको उपचार खर्चको व्यवस्था गरेको उहाँको भनाइ थियो । यसैगरी बिमामा सबैलाई जोड्ने कामको थालनी गरिएको पनि उहाँले बताउनुभयो । विमाको लागि ३५ सय तिर्न नसक्ने नागरिकको उपचारमा स्थानीय तहले पहल गर्नुपर्ने भन्दै उहाँले केही पालिकाले यसको थालनी गरिसकेको जानकारी गराउनुभयो ।
आफु प्रदेशको स्वास्थ्य मन्त्री भएयता ५५ वटा कार्यक्रम अघि सारेको भन्दै केही कार्यक्रम कार्यान्वयनमा आई सकेको जानकारी गराउनुभयो । उहाँले विकासका आयाममा भौतिक, सामाजिक र आर्थिक विकास रहेको भन्दै मानवतासहितको विकासमा अब सबैको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सकारात्मक भावनाको विकास अहिलेको आवश्यकता रहेको बताउनुभयो । यहाँको अवसर र सम्भावनाहरुको वृहत समिक्षा गर्दै समाजमा बढ्दो नकारात्मकता अन्त्य गर्न सबै पक्ष जिम्मेवार भई लाग्नुपर्ने उहाँको भनाई थियो ।

तीन तहका सरकारको आआफ्नै काम स्पष्ट तोकिएको हुँदा जिम्मेवारीका साथ काम गर्नुपर्ने बेला आएको पनि उहाँको भनाई थियो । अस्पतालको नाम र पद बेचेर केही डाक्टरबाट आर्थिक लाभ उठाउने काम भईरहेको जनगुनासो आएपछि यो काममा रोक लगाईएको उहाँले बताउनुभयो । ‘यसको सुरुवात बुटवलबाट थालनी भएको छ । दाङमा पनि कहीँ कतै यस प्रकारका गतिविधि भएका छन्भने जानकारी दिनुहोला’, उहाँले भन्नुभयो । उहाँले जिम्मेवारी र दायित्वलाई निष्पक्ष तथा नियममा रहेर उपचार सेवा दिन सचेत गराउनुभयो ।

कार्यक्रममा, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पदको दुरुपयोगले अमानवीयता, अव्यवसायिक र अमर्यादित हुँदै गएको बताउनुभयो । मानवीय भावना हरेक व्यक्तिमा आउन जरुरी रहेको उहाँको भनाइ थियो । देशमा नियम, कानुन, प्रणाली भए पनि पालनामा सबैले भुमिका खेल्नु पर्ने बताउनुभयो । ‘पदको दुरुपयोगले अमानवीयता, अव्यवसायिक र अमर्यादित हुँदै गएको यथार्थ हो । यसमा व्यक्ति स्वयम् आफै सच्चिन जरुरी छ । मानवीय भावना हरेक व्यक्तिमा आउन जरुरी छ । देशमा नियम, कानुन, प्रणाली भए पनि पालनामा जिम्मेवार भई भुमिका खेल्न सक्नुपर्छ’ उहाँले भन्नुभयो । सरकारले औषधिको सहज व्यवस्थापन गर्न पहल थालेको समेत उहाँको भनाइ छ । ‘औषधीको गुणस्तर मापनयन्त्र थोरै छ त्यसैले हरेक ठाउँमा यसको पहुँच पु¥याउने कोशिस भएको छ’ उहाँले भन्नुभयो ‘यसले नागरिकलाई भोलिका दिनमा गुणस्तरीय औषधी प्राप्त गर्न सहयोग मिल्ने छ ।’ उपभोक्ताहरु गुणस्तर र सेवाका वारेमा सचेत हुनुपर्ने भन्दै उहाँले सबै मिलेर सचेत गराउनु पर्ने समेत बताउनुभयो ।

औषधि खरिदमा केन्द्रले टेण्डर गर्ने गरेपनि स्थानीय तहहरुले विरोध गरेर पछि अहिले रोकिएको उहाँको भनाइ थियो । अहिले स्थानीय तहहरुले आफै औषधी खरिदका लागि टेण्डर आह्वान गर्ने गरेको समेत उहाँले बताउनुभयो । स्वास्थ्य बिमाका बारेमा धारणा राख्दै प्रवक्ता बुढाथोकीले भन्नुभयो ‘बिमाको विषयमा भन्नुपर्दा यहाँ नियममा समस्या होईन, नियतमा छ । अब रियल टाईम डाटा लागू गर्न थालिएको छ । यसले समस्या समाधान गर्न सहयोग गर्नेछ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. रमेश कँडेलले स्वास्थ्य सेवा प्रवाहमा लक्षित कार्यक्रमको प्रभावकारीता र दिगोपनाका विषयमा बोल्दै प्रतिष्ठानमा पछिल्लो समय सेवा थप गरेर अगाडि बढेको बताउनुभयो । देशभरका प्रतिष्ठानहरु मध्ये दाङमा मात्रै प्रतिष्ठानले मात्रै आमा सुरक्षा कार्यक्रम, डाईलासिस सेवा, पोषण कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरि रहेको बताउनुभयो । ‘शिक्षासँगै गुस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठान लागि परेको छ’ उहाँले भन्नुभयो ‘हामीले स्वास्थ्य उपचार, मेडिकल शिक्षा र खोज अनुसन्धानको पाटोमा काम गरेर यो ठाउँको स्वास्थ्य क्षेत्र सबल बनाउने प्रयासमा जुटेका छौँ ।’

अत्यावश्यकीय औषधि आयात र बिक्रीको अवस्था बारे औषधि आयातकर्ता संघका पवन आचार्यले व्यवसायीहरुमा इमान्दारीता हुनुपर्ने बताउनुभयो । आर्थिक अपचलनको नाममा गतल काम भइ रहेको भन्दै यसलाइ रोक्नु पर्ने उहाँको भनाई थियो । औषधिको गुणस्तरमा विश्वस्त भएपछि मात्रै बिक्रेताले औषधि बिक्री गर्नुपर्ने बताउनुभयो । जीवन रक्षक औषधिको सहज उपलब्धतामा ध्यान दिनुपर्ने भन्दै उहाँले औषधिको टेण्डर आह्वान गर्दा आर्थिक अपचलनको प्रभावमुक्त हुनुपर्नेमा जोड दिनुभयो ।

प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले जनताको हितका लागि गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्न आग्रह गर्नुभयो । देशमा निरासा बढ्दै गएको हुँदा समाजवाद उन्मुख संविधानको पूर्ण कार्यान्वयनमा वर्तमान सरकार लाग्नुपर्ने बेला आएको उहाँको भनाई थियो । औषधीको आन्तरिक उत्पादन बढाउन र आत्मनिर्भर हुने गरि सरकार गम्भीर बन्नु पर्ने भन्दै नागरिकमा स्वास्थ्य सचेतना फैलाउन पनि आग्रह गर्नुभयो ।

जोखिम अवस्थामा उपचार र जोखिम व्यवस्थापन विषयमा अफिन दाङका अध्यक्ष बालाराम शर्माले सुचिकृत औषधिको अध्यावधिक गरेर आयात हुने औषधि समावेश गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । अहिले कतिपय औषधी सूचीकृत नहुँदा उपचारमा जटिलता थपिएको भन्दै मनोदिपक लगायत सूचीकृत औषधिलाई बिक्री वितरणमा स्पष्ट व्यवहारिक कार्यान्वयनमा ध्यान दिनको आग्रह थियो । ‘नेपालमा औषधि उत्पादकले अत्यावश्यक औषधि उत्पादनमा ध्यान दिएनन् । बाहिरबाट ल्याउँदा कानुनी कारवाहीमा पर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ‘बिरामीको स्वास्थ्य उपचारमा ६७ प्रतिशत लगानी निजि क्षेत्रकोे छ तर राज्यको भुमिका सकारात्मक हुन सकेको देखिदैन ।’

सिए दिपक सेठीले साना तथा मझौला व्यवसायले कुल ग्राहस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिएको बताउनुभयो । ‘कुल ग्राहस्थ उत्पादनमा २२ प्रतिशत योगदान छ भने ४५ प्रतिशत रोजगारीमा योगदान दिएको छ । १५ प्रतिशत बजारमा बढ्दो प्रतिष्पर्धा र सिमित बजार, २० प्रतिशत नियमित ब्युरोक्रेसीको प्रभाव तथा ६५ प्रतिशत आर्थिक समस्याका कारण साना तथा मझौता व्यवसायलाई दिगो रुपमा अघि बढाउन चुनौति देखिएको छ । यसमा सबै सजग हुनुपर्ने बेला छ’, उहाँले भन्नुभयो ।
बैंकको असन्तुलित ब्याजदर, अवैज्ञानिक कानुन, सरकारको सिमित सहयोग, वित्तीय साक्षरतामा कमि लगायत कारण औषधि व्यवसायीले बारम्बार समस्या हुने गरेको बताउनुभयो । यसमा सुधार ल्याउन सके देशको कुल ग्राहस्थ उत्पादनमा पनि सकारात्मक प्रभाव पर्ने बताउनुभयो । सरकारले स्रोतको सुनिश्चितता गर्न, व्यावसायिक समस्याको छिटो निराकरण गर्न, बैंक व्याजमा सहुलियत, ढिलो भुक्तानीको क्षति ब्याजमा सुधार गर्न, उपभोक्तामा सचेतना बढाउन ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । व्यवसायीले वित्तीय साक्षरता बढाउन, स्वयम् जागरुक हुनुपर्ने, विज्ञको सहयोग लिएर काम गर्न सुझाव दिनुभयो । नेपाल औषधि थोक व्यवसायी संघ दाङका अध्यक्ष शेषकान्त ढकालले व्यवसायमा चुनौती बढदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

औषधिको उपलब्धता र प्रयोगका विषयमा उपभोक्ताका तर्फबाट किशोरचन्द्र गौतमले बोल्नुभएको थियो । उहाँले सबै भन्दा पहिले व्यवसायीमा मानवता जरुरी रहेको बताउनुभयो । उपभोक्ताले औषधि अभावमा छट्पटी रहेको बेला ढाडस दिन सक्ने हुनुपर्ने बताउनुभयो । समस्याका बारेमा सबै जानकार रहेको हुँदा समाधानमा सबै जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो । ‘बिचौलयाका कारण व्यवसायी र उपभोक्ता मर्ने काम भएको छ । राज्य र नियमनकारी निकाय अभिभावकीय भुमिकामा उभिनु पर्ने बेला छ । निहित स्वार्थका कारण बिरामी मार्ने काम गर्नु मानवता विरोधी हो । यो सच्याउनुको विकल्प छैन’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नीजि अस्पतालतर्फ राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर र सरकारी अस्पतालतर्फ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीलाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष बुद्धि ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो ।

मंसिर १ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक ३० गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

कात्तिक २९ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab