spot_img
Home Blog Page 3

मंसिर ७ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर ६ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

राज्यस्तरबाट संस्थागत विद्यालयमा आक्रमण

राप्ती पोष्ट

दाङ, मंसिर । नेपालमा झण्डै आधा विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका संस्थागत विद्यालयहरु राज्यको गलत नीतिका कारणले गर्दा समस्यामा पर्दै गएको गुनासो गरिएको छ । नीजि विद्यालय अर्गनाइजेशन (प्याव्सन) घोराही नगरकमिटीको छैठौ अधिवेशन तथा तेस्रो अधिवेशनमा बोल्नेहरुले राज्यले नीजि विद्यालयले खेल्दै आएको भूमिकाको अवमूल्यन गरेको गुनासो गरेका हुन् ।

सरकारले नीजि विद्यालयमा अध्ययनरत १५ प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रबृत्ति दिनुपर्ने भनेर समस्यामा पारिरहेको भन्दै प्याव्सनका पूर्व केन्द्रिय उपाध्यक्ष तथा प्याव्सनका सल्लाहकार नारायणप्रसाद अधिकारीले यतिवेला नीजि विद्यालयहरु चुनौतीको चाँङमा रहेको उल्लेख गर्नुभयो । नीजि विद्यलयहरु सधै चुनौतिमा रहने भएपनि अहिले सवैभन्दा बढी समस्यामा परेको बताउँदै उहाँले यस्तै अवस्था रहेमा नीजि विद्यालयहरुले नगरपालिकालाई चावि बुझाउनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो ।

नीजि विद्यालयमाथि ठूलो कर थोपर्ने काम भइरहेको छ भन्दै उहाँले नीजि विद्यालयमा अध्ययन गर्ने सवै विद्यार्थीहरु शुल्क तिर्न नसक्ने खालका रहेको कुरालाई बुझ्दै १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको बताउनुभयो । उहाँले यो दरलाई १५ मा पु¥याउने हो भने नीजि विद्यालय संचालन हुनै नसक्ने दावी गर्नुभयो ।

नीजि विद्यालयले गुणस्तरिय शिक्षा कसरी दिने भन्ने बारेमा छलफल चलाउन आवश्यक रहेको उहाँको धारणा थियो । नीजि विद्यालय संचालनका लागि पहिलेको तुलनामा झन पछि झनै समस्या बढ्दै गएको भन्दै अधिकारीले राज्यले नीजि विद्यालयले दिएको योगदानको चर्चा नै गर्न नचाहेको बताउनुभयो ।

कार्यक्रममा प्याव्सनका केन्द्रिय सचिव यादव गिरीले विद्यालय संचालन गर्नका लागि गाह्रो पर्दै गएको बताउनुभयो । उहाँले निकट भविश्यमा आउने शिक्षा नियमावलीले शिक्षाको विषयलाई कसरी समेट्छ भन्ने बारेमा हेर्न बाँकी रहेको बताउनुभयो । गिरीले नीजि क्षेत्रबाट संचालनमा रहेका विद्यालयले रोजगारी सिर्जनामा अतुलनिय योगदान गरेको बताउनुभयो । उहाँले घोराही क्षेत्रमा मात्रै ३५ हजार विद्यार्थीहरु नीजि विद्यालयमा अध्ययन गरिरहेको र एक हजार भन्दा बढीलाई रोजगारी दिइरहेको कुरालाई सवैले मनन् गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्दको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख नारायण पौडेलले संस्थागत विद्यालयका माध्यमबाट घोराही क्षेत्रको शिक्षाको स्तर उठाउन चाहिरहेको बताउनुभयो । उहाँले आफूहरु सहकार्य गरेर काम गर्न सधै तयार रहेको जानकारी दिनुभयो । शिक्षाको विकासका लागि नीजि क्षेत्रबाट पनि ठूलो लगानी भइरहेको भन्दै पौडेलले शिक्षाको विषयमा बहस छलफल गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

साधारण सभा तथा अधिवेशनमा प्याव्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, प्याव्सन दाङका अध्यक्ष मधुसूदन केसी, प्याव्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा, प्याव्सन लुम्विनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो । सचिव बालकृष्ण ओलीले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सूर्यलाल रावले स्वागत गर्नुभएको थियो ।

प्याव्सन घोराहीको अध्यक्षमा ओली

यसैबीच बुधबार नै भएको बन्द सत्रले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङ शाखा अन्तर्गतको प्याब्सन घोराहीको अध्यक्षमा बालकृष्ण ओलीलाई चयन गरेको छ । प्याब्सन घोराहीको तेस्रो अधिवेशन तथा छैठौं साधारणसभाबाट ओेली अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यस्तै उपाध्यक्षमा मानसिंह घर्ती, सचिवमा बिमल भण्डारी, कोषाध्यक्षमा चित्रबहादुर घर्ती, सह सचिवमा सन्दिप शाह, सह कोषाध्यक्षमा शिव भण्डारी निर्विरोध निर्वाचित हुनुभयो । साथै सदस्यमा हरि डिसी, महेश बस्नेत, प्रेम सुशील वली, टोपबहादुर वली, विलाश घिमिरे, किरण न्यौपाने र प्रदिप राजभण्डारी निर्वाचित हुनुभएको छ ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर ३ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

देवी पोखरेलको स्मृतिमा श्रद्धाञ्जली सभा

निष्ठाको राजनीतिले मात्रै समाजमा योगदान दिने

राप्ती पोष्ट

घोराही, मंसिर । नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा मंगलबार उहाँकै निवास घोराही–१५ मा श्रद्धाञ्जली सभा गरिएको छ ।

नेकपा (एमाले) दाङको आयोजनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो । ‘आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैं स्मरणीय हुन्छ,’ उहाँले भन्नुभयो ।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त गहिरो व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमुना भएको बताउनुभयो । उहाँले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैं सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्नुभयो । ‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,’ ज्ञवालीले भन्नुभयो ।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं नेकपा एमाले महासचिव शंकर पोखरेलले आफ्नो मन्तव्यमा परिवारका लागि पोखरेलको त्याग र योगदानको स्मरण गर्नुभयो । उहाँले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुवात गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो । पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

श्रद्धाञ्जली सभामाएमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले पनि आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । वक्ताहरूले देवी पोखरेलको निष्ठा, साहस, र नेतृत्व क्षमताको प्रशंसा गर्दै उहाँबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँहरुले पोखरेलको योगदानलाई बहुआयामिक रूपमा स्मरण गर्नुभययो । पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवम् बहिनी मेनका पोखरेलले उहाँको संघर्षशील जीवनका केही प्रसङ्गहरू उजागर गर्नुभयो । उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो ।

एमाले दाङका अध्यक्ष शिवकुमार आचायको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन सचिव श्याम डाँगीले गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा कविता वाचन गरेर हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो । देवी पोखरेलको जीवन र योगदान बहुआयामिक थियो । उहाँको जन्म २००७ साल मंसिर ७ गते साविक विजौरी गाविस वडा नं ६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (पुष्पलाल समूह) को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।

उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो । उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवद्र्धन गर्नुभएको थियो । शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीहरूको उपचारमा सहयोग पु¥याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिनुभएको थियो । आन्दोलन र संघर्षका क्रममा उहाँले धेरै यातना भोग्नुभयो तर कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनु भएन । उहाँले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पु¥याउनुभएको थियो । साथै, उहाँको नेतृत्वमा पार्टीको संगठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुभएको थियो ।

कार्यक्रममा सहभागी नेताहरूले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गरेका थिए । पोखरेलले दाङमा निर्माण व्यवसायी, शिक्षा, साहित्य, सञ्चार र समाज सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

कात्तिक २ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

नगरस्तरीय हाप्किडोमा गोरखा च्याम्पियन

राप्ती पोष्ट

घोराही, मंसिर । घोराहीमा आयोजना गरिएको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ मा आयोजक गोर्खा हाप्किडो डोजाङ च्याम्पियन भएको छ । घोराही क्षेत्रमा रहेका ३४ विद्यालयको सहभागीता रहेको प्रतियोगिता शुक्रबार र शनिबार भएको थियो । दुई दिन चलेको प्रथम गोर्खा नगरस्तरीय हाप्किडो च्याम्पियनसिपमा १७ स्वर्ण पदकसहित गोर्खा स्कुल हाप्किडो डोजाङ च्याम्पियन बन्न सफल भएको हो ।

च्याम्पियन बनेको गोर्खा डोजाङले शिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । गोर्खा इन्टरनेशनल पव्लिक सेकेण्डरी स्कुलको मैदानमा भएको प्रतियोगितामा छ वटा स्वर्ण पदकसहित मेचिकाली सेकेण्डरी बोर्डिङ स्कुल डोजाङ द्वितिय र तीन स्वर्ण पदकसहित माध्यामिक विद्यालय गोग्ली डोजाङ तृतीय बन्न सफल भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने डोजाङलाई लुम्बिनी प्रदेश खेलकुद परिषदुका सदस्य सचिव तिरणराज गौतमल गायतले खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा पुरुषतर्फ माध्यामिक विद्यालय गोग्लीका खेलाडी अनमोल रोका क्षेत्री र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी बविता पुनमगर बेस्ट प्लेयर हुनुभयो । प्रतियोगितामा पुरुषतर्फ गोरखा डोजाङका शरद पौडेल र महिलातर्फ मेचीकाली सेकेण्डरी स्कुलकी एलिसा खड्का उत्कृष्ट प्रशिक्षक बन्न सफल हुनुभयो । उत्कृष्ट रेफ्रीमा महिला सिर्जना तामाङ र पुरुषतर्फ लक्ष्मण खातीलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा डेमोष्ट्रेसनतर्फ गोर्खा डोजाङ प्रथम, मेचीकाली डोजाङ द्वितीय र न्यु भिजन डोजाङ तृतीय हुन सफल भए । बिजेतालाई प्रमाणपत्र प्रदान गरिएको थियो । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोर्खा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघ र जिल्ला खेलकुद विकास समिति दाङको सहयोगमा भएको च्याम्पियनसिपमा फाइटतर्फ महिला र पुरुष दुवैमा समान १६–१६ वटा तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

जसअन्तर्गत २० केजी मुनि, २४ केजी मुनि, २८ केजी मुनि, ३२ केजी मुनि, ३६ केजी मुनि,४० केजी मुनि,४४ केजी मुनि, ४८ केजी मुनि, ५२ केजी मुनि, ५६ केजी मुनि, ६० केजी मुनि,६४ केजी मुनि,६८ केजी मुनि, ७२ केजी मुनि, ७६ केजी मुनिर ७७ केजीमाथि तौल समूहमा प्रतिष्पर्धा गरेको प्रतियोगिता संयोजक विशाल थापाले जानकारी दिनुभयो । कार्यक्रम संयोजक तथा गोर्खा स्कुल हाप्किडो डोजाङका प्रमुख प्रशिक्षण विशाल थापाको अध्यक्षमा भएको समापन कार्यक्रममा बिजेता खेलाडीहरुसँगै प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने संघसस्था, रेफ्रि, सञ्चार माध्यमलाई सम्माणपत्र प्रदान गरिएको थियो ।

घोराही–२ मा खानेपानी आयोजना समुदायलाई

राप्ती पोष्ट

दाङ, मंसिर । घोराही उपमहानगरपालिका–२ रामपुरमा चार करोड बढीको लागतमा निर्माण गरिएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । चार करोड १९ लाख छ हजार तीन सय ५७ रुपैयाको लागतमा निर्माण गरिएको अजम्वरी बहृत खानेपानी तथा सरसफाई आयोजना शनिवार लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अजम्वरी बहृत खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुभयो ।

अजम्बरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १४ औं बार्षिका साधारणसभा तथा खानेपानी आयोजना उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउनका लागि रहेको बताउनुभयो । प्रदेश सरकारले अघि बढाएको ‘एक घर, एक धारा’ अभियानलाई पुरा गर्नका लागि प्रतिवद्ध रहेको भन्दै मन्त्री थापाले चालु आर्थिक बर्षमा प्रदेशका १२ जिल्लामा तीन सय ६४ वटा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो ।

मन्त्री थापाले अघिल्लो सरकारले योजना बनाउनेदेखि बजेट बिनियोजन गरिसकेकाले अहिले काम गर्न केही समस्या भएपनि सुरु गरेका योजनाहरु जति सक्यो चाडै सम्पन्न गर्ने गरि लागिपरेको बताउनुभयो । उहाँले खानेपानी योजना सम्पन्न भएर उपभोक्तालाई वितरण गर्दा कतिपय ठाउँमा महंगो शुल्क लिदा उपभोक्ता मारमा पर्ने गरेको भन्दै उपभोक्ता समितिले सर्वसुलभ मुल्यमा गुणस्तरीय पानी पु¥याउने गरि योजना बनाएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य लोका विकले नागरिकको सफा र स्वच्छ खानेपानी खान पाउने अधिकारलाई पुरा गर्न प्रदेश सरकारले ध्यानदिनुपर्ने बताउनुभयो । धेरै ठाउँहरुमा खानेपानीका योजनाहरु निर्माणका क्रममा रहेको भन्दै प्रदेशसभा सदस्य विकले तीन योजनाहरुलाई समयमै सम्पन्न गरेर नागरिकलाई सफा र स्वच्छ पानी पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरका सवै क्षेत्रमा खानेपानी पु¥याउने गरि उपमहानगरपालिकाले खानेपानीको पहुँच अभिवृद्धिमा लागेको बताउनुभयो । आर्थिक बर्ष २०७५÷०७६ मा निर्माण सुरु भएको खानेपानी आयोजना आर्थिक बर्ष २०८१÷०८२ मा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारको तीन करोड ६९ लाख ८४ हजार दुई सय २२ रुपैया ५३ पैसा र जनश्रमदानबाट ४९ लाख २२ हजार एक सय ३४ रुपैया ५४ पैसा खर्च भएको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले बताउनुभयो ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार आयोजना निर्माण भएसँगै आठ सय २२ घरधुरी लाभान्वित भएका छन् । आठ सय २२ घरधरीका लागि छ सय ५४ धारा जडान गरिएको छ । जसमा निजी धारा छ सय ४६ वटा, सस्थागत सात वटा र सार्वजनिक धारा एउटा जडान गरिएको बताउनुभयो ।

अजम्वरी बहृत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दण्डपानी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव बाशु पौडेल, नेपाली काँग्रेसका नेता तथा जग्गादाता कमलकिशोर घिमिरे, नेपाली काँग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, नारायण थापालगायतले मन्तव्य व्यक्त गर्दै उपभोक्तालाई सर्वशुलभ मुल्यमा गुणस्तरीय पानी पु¥याउनका लागि ध्यानदिन आग्रह गर्नुभयो । कार्यक्रममा सचिव भिसम पोख्रेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विद्या केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा योजना निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।