spot_img
Home Blog Page 2

शिक्षा अधिकृतमाथि भएको दुव्र्यवहारको भत्र्सना, दोषीमाथि कारबाहीको माग

राप्ती पोष्ट

घोराही, २८ असार । घोराही उपमहानगरपालिकाले वडा नं. १५ स्थित श्री पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा खटिएका शिक्षा अधिकृतमाथि भएको दुव्र्यवहारको घटनालाई गम्भीर रूपमा लिँदै दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ ।
घोराही उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूले संयुक्त रुपमा र उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमालले नगरपालिकाका तर्फबाट विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नगरपालिकाका तर्फबाट र कार्यरत कर्मचारीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा शिक्षा अधिकृत अजय बोहरामाथि दुव्र्यवहार गर्ने घोराही उपमहानगरपालिका वडा नं. १५ का निर्वाचित सदस्य लेखनाथ बुढाथोकी (उत्तम) लाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग अनुरोध गरिएको छ ।
घटना विवरण अनुसार, असार २७ गते शनिबार विद्यालय व्यवस्थापन समिति सदस्य चयनका लागि सञ्चालन गरिएको निर्वाचन प्रक्रियामा निर्वाचन अधिकृतका रूपमा खटिएका शिक्षा अधिकृत बोहरामाथि वडा नं. १५ का वडा सदस्य बुढाथोकीले दुव्र्यवहार गरेका थिए । वडा सदस्य बुढाथोकीले शिक्षा अधिकृत बोहरामाथि अत्यन्त प्रज्वलनशील पदार्थका रुपमा रहेको मोबिल शरीरमा खन्याई खाली बोतलले प्रहार गरेका थिए ।
राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार, गालीगलौज, धम्की तथा सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी कसुरसमेत गरेको भन्दै प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरी न्याय प्रदान गर्न जिल्ला प्रशासन र प्रहरीसमक्ष अनुरोध गरिएको छ ।
घोराही उपमहानगरपालिकामा कार्यरत कर्मचारीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उक्त घटनालाई अमानवीय, गैरकानुनी तथा निन्दनीय कार्यको संज्ञा दिँदै कडा भत्र्सना गरेका छन् । विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति, विरोध वा फरक विचार स्वाभाविक भए पनि त्यसको बहानामा राष्ट्रसेवक कर्मचारीमाथि अपमानजनक व्यवहार, गालीगलौज तथा भौतिक आक्रमण गर्नु कानुनी शासन, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ ।

कर्मचारीहरूले सार्वजनिक जिम्मेवारीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि प्रकारको दबाब, डर वा दुव्र्यवहारविना आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताएका छन्। यस्ता गतिविधिले सार्वजनिक प्रशासनप्रतिको नागरिक विश्वास कमजोर बनाउने र कर्मचारीहरूको मनोबलमा नकारात्मक असर पार्ने उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा र कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिएर सम्बन्धित निकायलाई औपचारिक रूपमा पत्राचार गरेकाले बुढाथोकी पक्राउ पर्ने अपेक्षा गरिएको बताइएको छ । बुढाथोकीले पनि सामाजिक सञ्जालमार्फत आफूले आत्मसमर्पण गर्ने बताएका छन् ।

परिवार नियोजन दाङ ४७ औं बर्षमा

शाखा सभापतिमा पोख्रेल र कोषाध्यक्षमा श्रेष्ठ

राप्ती पोष्ट

दाङ, २७ असार । नेपाल परिवार नियोजन संघ दाङ शाखाको अध्यक्षमा माया पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल परिवार नियोजन संघ दाङको शनिबार भएको ४७ साधारण सभामा पोख्रेल निर्विरोध निर्वाचित हुनुभएको घोषणा गरिएको थियो ।
निर्वाचन अधिकृत दिपक कुमार रेग्मीले निर्वाचनका लागि निर्धारित कार्यतालिकामा अध्यक्ष पदमा पोख्रेलको मात्रै उमेदवारी परेको थियो । यस्तै कोषाध्यक्षमा पनि रेणु कुमारी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो । परिवार नियोजनको विधान अनुसार अध्यक्ष र कोषाध्यक्षमा मात्रै निर्वाचन हुने गर्दछ । सोही अनुसार दुवै पदमा एक÷एक जनाको मात्रै उमेदवारी परेको थियो ।

अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन समारोहमा निर्वाचन अधिकृत रेग्मीले उहाँहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गर्नुभएको थियो । परिवार नियोजनको विधान अनुसार चार जना सदस्यहरु विभिन्न विज्ञ क्षेत्रबाट निर्वाचित हुन्छन । यस्तै साधारण र आजिवन सदस्यबाट चार जना सदस्य, एकजना अध्यक्ष र एक जना कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ ।
अध्यक्षको निर्वाचन हरेक तीन बर्षमा हुने गर्दछ । एक बर्ष चार जना सदस्यको पदावधी सकिदा सोही पदमा सदस्यको निर्वाचन गरिन्छ । यस्तै बिषय विज्ञहरुको चयन पनि हरेक तीन बर्षमा गरिन्छ । अध्यक्ष र कोषाध्यक्षको निर्वाचन पनि तीन बर्षको अन्तरालमा गरिन्छ । यसरी हरेक बर्ष सदस्यहरु आउने जाने चलिरहन्छ । साधारण सभाको उद्घाटन गर्दैै संविधान सभा सदस्य अनिता देवकोटाले नेपालमा परिवार स्वास्थ्यको क्षेत्रमा परिवार नियोजनले गरेको जस्तो सेवा अरुले नगरेको बताउनुभयो । उहाँले नेपालमा रहेका २८ वटा शाखा मध्य ८ वटा शाखा खारेज भइसकेको बताउँदै आफै स्रोत परिचालन गर्न सक्ने भएकाले दाङ शाखा नेपालका हाल रहेका २० वटा शाखा मध्य दोेस्रो स्थानमा रहेको पनि बताउनुभयो ।
उहाँले समुदायको आवश्यकता अनुसार काम गर्ने हो भने मात्रै कुनै पनि संस्थाको सान्दर्भिकता जोगिने बताउनुभयो । उहाँले अव स्थानीय तहसंग सहकार्य गरेर जाने हो सेवाको दायरा अझ फराकिलो हुन सक्ने औल्याउनुभयो । नेपालमा मातृ तथा बालमृत्युदर कम गर्नमा परिवार नियोजन संस्थाको महत्वपूर्ण भूमिका रहेको उहाँले स्मरण गर्नुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, नेपाल परिवार नियोजन संघकी पूर्व केन्द्रिय उपाध्यक्ष निर्मला रेग्मी, परिवार नियोजन संघ दाङका पूर्व अध्यक्ष गणेशराज श्रेष्ठ, आजिवन सदस्य श्रीमन न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदी, दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठ, त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाट, घोराही स्वास्थ्य शाखाका प्रमुख राधा पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा शाखा प्रवन्धक बसन्त खनालले परिवार नियोजन संघले गरेका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विगतको तुलनामा केन्द्र र दाताबाट आउने सहयोग रकम कम हुँदै गएको, आफै स्रोतको व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । यस्तै कोषाध्यक्षको प्रतिवेदन माया पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको संचालन बालिका लम्सालले र स्वागत रेणु श्रेष्ठले गर्नुभएको थियो ।
उक्त अवसरमा शाखा अध्यक्ष भरत राज देवकोटाले लामो समयदेखि कर्मचारीको रुपमा स्वास्थ्यको फाँटमा कार्यरत आशा शर्मा, कर्मचारी बुद्धिप्रकास चौधरी र स्वयमसेवक गोविन्द रेग्मीलाई सम्मान गर्नुभएको थियो ।

असार १६

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

बढ्दो महँगी र घट्दो क्रयशक्ति

शरद अधिकारी

नेपालको अर्थतन्त्र अहिले एउटा यस्तो मोडमा आइपुगेको छ, जहाँ कागजमा अर्थतन्त्र स्थिर देखिए पनि आम नागरिकको भान्सामा अस्थिरता बढिरहेको छ । आर्थिक वृद्धिदरका आँकडा, विदेशी मुद्रा सञ्चितिको अवस्था, पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि, बैंकिङ प्रणालीको तरलता वा राजस्व संकलनका तथ्यांकले सरकारलाई केही राहत अवश्य दिएका छन् । तर यिनै सूचकहरूका बीचमा बजारमा किनमेल गर्न पुगेको एउटा सर्वसाधारण नागरिकको अनुभव भने बिल्कुलै फरक छ । केही वर्षअघिसम्म एक हजार रुपैयाँले एक साताको तरकारी र दैनिक उपभोगका सामान किन्न सक्ने उपभोक्ता हजारको नोट लगेर गयो भने फर्कदा प्लाष्टिकमा एक झोला सामान लिएर फर्कन्छ । अर्थात हिजो जे प्राप्त हुन्थ्यो, आज त्यही रकमले दुई–तीन दिन पनि धान्न मुस्किल पर्न थालेको छ । यही अन्तर नै बढ्दो महँगी र घट्दो क्रयशक्तिको वास्तविक चित्र हो । नेपालको अर्थतन्त्रको मूल्याङ्कन गर्दा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतका संस्थाहरूले नेपाललाई न्यून मध्यम आयतर्फ उन्मुख मुलुकका रूपमा व्याख्या गरेका छन् । पछिल्ला वर्षहरूमा नेपालको प्रतिव्यक्ति राष्ट्रिय आय करिब एक हजार पाँच सय देखि एक हजार छ सय अमेरिकी डलरको हाराहारीमा पुगेको मानिन्छ । दक्षिण एसियामा भारत, बङ्गलादेश र भुटानसँग तुलना गर्दा नेपाल अझै पनि आर्थिक रूपमा पछाडि छ । प्रतिव्यक्ति आय बढेको भनिए पनि त्यसले नागरिकको वास्तविक जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेको छैन । नेपालसंगै आर्थिक अभियानमा हिडेका मुलुकहरुले यसरी प्रगति गरेका छन् कि कतिपयको आर्थिक बृद्धिदर दोहोरो अंकमा रहेको छ । प्रतिव्यक्ति आम्दानी बढेको छ ।

आज आर्थिक अवस्था र खर्चका बीचमा सन्तुलन हुन नसक्नुको प्रमुख कारण आयको वृद्धिदर र महँगीको वृद्धिदरबीचको असन्तुलन हो । यदि कुनै व्यक्तिको आम्दानी वार्षिक पाँच प्रतिशतले बढ्छ तर उपभोग्य वस्तुको मूल्य आठ देखि १० प्रतिशतले बढ्छ भने त्यो व्यक्ति कागजमा धनी देखिए पनि व्यवहारमा झन् गरिब बन्दै जान्छ । नेपालमा अहिले यही अवस्था देखिन थालेको छ । सरकारी कर्मचारीको तलब केही वर्षमा एकपटक बढ्छ, निजी क्षेत्रका अधिकांश श्रमिकको तलब वर्षौंसम्म स्थिर रहन्छ, तर बजारको मूल्य भने हरेक महिना बढिरहेको हुन्छ । नेपालको आर्थिक अवस्था स्थिरजस्तै देखिन थालेको अवस्था विशेष गरी कोभिड–१९ महामारीपछि हो । भुुकम्पले थला पारेको नेपालको अर्थतन्त्रलाई आइसिउमा पु¥याउने काम कोभिडले गरेको हो । त्यो महामारीले उत्पादन, व्यापार, पर्यटन र रोजगारीमा ठूलो धक्का पु¥यायो । त्यसपछि अर्थतन्त्र विस्तारै चलायमान त भयो, तर उत्पादनभन्दा उपभोगमा आधारित संरचना परिवर्तन हुन सकेन । आज पनि नेपालको अर्थतन्त्रको मुख्य आधार रेमिट्यान्स नै बनेको छ । वार्षिक रूपमा झन्डै १५ देखि १६ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिन्छ । यसले विदेशी मुद्रा सञ्चिति बलियो बनाएको छ, तर उत्पादन बढाएको छैन । रेमिट्यान्सबाट आएको अधिकांश रकम उपभोग, घर निर्माण, जग्गा खरिद, शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको छ । उद्योग, कृषि र उत्पादन क्षेत्रमा अपेक्षित लगानी हुन नसक्दा रोजगारी सिर्जना हुन सकेको छैन । यही कारण नेपालमा निर्यातको तुलनामा आयात अत्यधिक बढेको छ । नेपालले वार्षिक रूपमा करिब २० खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गर्ने गरेको छ भने निर्यात दुईदेखि तीन खर्ब रुपैयाँको सीमाभित्रै सीमित रहने गरेको छ । अर्थात् आयात र निर्यातबीचको दूरी सातदेखि आठ गुणासम्म पुगेको छ । यो असन्तुलन कुनै सामान्य आर्थिक घटना होइन, यो उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको परिणाम हो ।

नेपालमा पेट्रोलियम पदार्थदेखि औषधि, इलेक्ट्रोनिक्स, सवारी साधन, कपडा, खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री, यहाँसम्म कि सामान्य उपभोगका वस्तुसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । उत्पादनभन्दा आयातलाई प्राथमिकता दिने अर्थतन्त्र दीर्घकालीन रूपमा आत्मनिर्भर हुन सक्दैन । विदेशी मुद्रा आउने स्रोत कमजोर हुनेबित्तिकै यस्तो अर्थतन्त्र संकटमा पर्न सक्छ । नेपालमा उत्पादन हुन बस्तुहरुका लागि छिमेकीको बजार सहज तरिकाले नपाउने अवस्था रहकेो छ । नेपालमा आर्थिक रुपमा सम्पन्न हुनका लागि आयातको तुलनामा निर्यात बढ्नु पर्दछ । देशभित्र उत्पादन बढ्नु पर्दछ । तर हामीकहाँ उत्पादन हुनु त टाढाको कुरा भएको उत्पादनले बाहिरको बजार पाउँदैन । उत्पादन गर्दा पनि निकाशी गाह्रो अवस्था छ । महँगी अर्थात् मुद्रास्फीति कुनै पनि अर्थतन्त्रमा निश्चित सीमासम्म स्वाभाविक मानिन्छ । सामान्यतया चारदेखि पाँच प्रतिशतसम्मको मुद्रास्फीति स्वस्थ अर्थतन्त्रको संकेत मानिन्छ । तर जब मूल्यवृद्धि नागरिकको आय वृद्धिभन्दा तीव्र हुन्छ, त्यतिबेला त्यसले सामाजिक असमानता बढाउन थाल्छ । नेपालमा पछिल्ला वर्षहरूमा खाद्यान्न, तरकारी, दाल, तेल, ग्यास, शिक्षा, स्वास्थ्य, यातायात र घरभाडा सबै क्षेत्रमा निरन्तर मूल्यवृद्धि भएको छ । उपभोक्ताले महसुस गर्ने वास्तविक महँगी सरकारी तथ्यांकभन्दा अझ बढी भएको गुनासो व्यापक रूपमा सुनिन्छ ।

महँगी बढ्दै जाँदा नागरिकको क्रयशक्ति घट्नु भनेको एउटै आम्दानीले पहिलेभन्दा कम वस्तु खरिद गर्न सक्नु हो । यही क्रयशक्ति घट्नु अर्थतन्त्रका लागि चिन्ताको विषय हो । किनभने उपभोग घटेपछि व्यापार सुस्ताउँछ, उद्योगको उत्पादन घट्छ, लगानी घट्छ र अन्ततः रोजगारी पनि प्रभावित हुन्छ । एउटा परिवारले पहिले मासिक पाँच किलो घिउ किन्थ्यो भने अहिले दुई किलोमा सीमित हुन बाध्य हुन्छ । पहिले निजी विद्यालयमा पढाउन सक्ने अभिभावक सरकारी विद्यालयतर्फ फर्किन थाल्छ । निजी अस्पतालमा उपचार गराउने परिवार सरकारी अस्पतालमा लाइन बस्न बाध्य हुन्छ । यो केवल खर्च घटाउने प्रक्रिया होइन, जीवनस्तर खस्कँदै गएको संकेत हो । मासु किन्नका लागि बजार गएको उपभोक्ताले पहिले मासु खान्थ्यो भने अव मासु खान छोडेको छ । अव त्यो तरकारीतर्फ लागेको छ । अरु बस्तुको हकमा पनि यहि नियम लागु हुन्छ । पहिले घुम्न जाने परिवार अहिले घरमै बस्न थालेका छन् । दैनिक रुपमा हुने आम्दानी र खर्चका बीचमा सन्तुलन कायम गराउन सकिएन भने आर्थिक अवस्था व्यक्तिको मात्रै होइन देशकै हिसाव विग्रन्छ । नेपालमा अहिले देखिएको अर्को रोचक तर विवादास्पद निर्णय सरकारी कार्यालयमा दुई दिन सार्वजनिक बिदाको अभ्यास हो । सुरुमा इन्धन बचत र प्रशासनिक खर्च घटाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको थियो । सिद्धान्ततः प्रशासनिक खर्च घटाउनु राम्रो हो । तर यसको प्रभाव सबै क्षेत्रमा समान हुँदैन । सरकारी कर्मचारीलाई दुई दिन बिदा हुँदा केही राहत मिल्न सक्छ, तर दैनिक ज्यालादारी गर्ने मजदुर, साना होटल व्यवसायी, यातायात व्यवसायी, स्टेशनरी पसल, चिया पसल, फोटोकपी व्यवसाय, बैंकसँग सम्बन्धित सेवा, सरकारी कार्यालय वरपरको सानो व्यापार गर्ने वर्ग प्रत्यक्ष रूपमा प्रभावित हुन्छ । सरकारी कार्यालय बन्द हुँदा सेवाग्राहीको आवागमन घट्छ, त्यससँग जोडिएका साना व्यवसायको कारोबार पनि घट्छ । यो त जोडिने बिषय हो । नेपाल जस्तो देशमा दुई दिन विदा दिने भन्दा पनि छ दिन राम्रो तरिकाले काम गरेर आर्थिक गतिविधि बढाउने काम गर्नुपर्दछ । नेपालजस्तो सेवा र अनौपचारिक क्षेत्रले धानेको अर्थतन्त्रमा यस्ता निर्णयको प्रभाव गहिरो हुन्छ । विकसित मुलुकमा दुई दिन बिदाले उत्पादकत्व बढाउन सक्छ, किनभने त्यहाँ प्रविधि, अनलाइन सेवा र उत्पादन प्रणाली बलियो हुन्छ । नेपालमा भने अझै धेरै सेवा प्रत्यक्ष उपस्थितिमा निर्भर छन् । त्यसैले कुनै पनि नीति बनाउँदा स्थानीय आर्थिक संरचनाको अध्ययन आवश्यक हुन्छ ।

यसैगरी सरकारले कर्मचारीलाई मासिक एकपटकको सट्टा १५–१५ दिनमा तलब दिने अभ्यास सुरु गरेको छ । यसको सकारात्मक पक्ष पनि छन् । कर्मचारीले सानो–सानो अन्तरालमा नगद प्राप्त गर्दा खर्च व्यवस्थापन सहज हुन सक्छ । बजारमा नगद प्रवाह नियमित रहन सक्छ । तर यसको अर्को पक्ष पनि छ । यदि महँगी उच्च छ भने महिनामा दुई पटक तलब आउँदा पनि खर्चको दबाब कम हुँदैन । बरु बैंकिङ प्रणालीमा थप प्रशासनिक काम बढ्न सक्छ । केही कर्मचारीले छोटो अवधिमा प्राप्त रकम तत्काल खर्च गर्ने प्रवृत्ति बढ्न सक्छ । यसले बचत संस्कृतिमा समेत असर पार्न सक्छ । वास्तविक प्रश्न भनेको तलब कहिले दिने भन्ने होइन, तलबको वास्तविक क्रयशक्ति कति छ भन्ने हो । यदि एक लाख रुपैयाँ तलब पाउने कर्मचारीले पाँच वर्षअघि जति सामान किन्न सक्दैन भने तलबको अंक बढे पनि जीवनस्तर घटिरहेको हुन्छ ।
नेपालको समाज अहिले विस्तारै दुई ध्रुवमा विभाजित हुँदै गएको देखिन्छ । एउटा वर्ग छ, जसले सम्पत्ति, जग्गा, शेयर, बैंक निक्षेप, ठूला व्यवसाय र पूँजीको माध्यमबाट आम्दानी बढाइरहेको छ । अर्को ठूलो वर्ग छ, जसको आम्दानी केवल तलब वा दैनिक ज्यालामा निर्भर छ । महँगी बढ्दा पहिलो वर्गले सम्पत्तिको मूल्यवृद्धिबाट थप लाभ उठाउँछ, तर दोस्रो वर्गको वास्तविक आय घट्दै जान्छ । यही प्रक्रिया आर्थिक असमानताको जड हो । जब महँगीले धनीलाई अझ धनी र गरिबलाई अझ गरिब बनाउँछ, त्यसलाई केवल आर्थिक समस्या भनेर मात्रै हेर्न मिल्दैन । यसले सामाजिक तनाव, अपराध, वैदेशिक पलायन, मानसिक स्वास्थ्य समस्या र राजनीतिक असन्तुष्टि समेत बढाउन सक्छ । नेपालबाट हरेक दिन सयौं युवा रोजगारीका लागि विदेश जान बाध्य हुनुको एउटा कारण यही हो । उनीहरूले नेपालमा गरेको श्रमले सम्मानजनक जीवन निर्वाह गर्न नसक्ने अवस्था महसुस गरिरहेका छन् । कृषि उत्पादन घट्दै जानु, उद्योगहरू बन्द हुनु, युवा जनशक्ति विदेशिनु, उपभोग विदेशी वस्तुमा निर्भर हुनु र सरकारको विकास खर्च कमजोर रहनु जस्ता कारणहरूले महँगी नियन्त्रणलाई अझ कठिन बनाएका छन् । सरकारले बजार अनुगमन गर्ने, कालोबजारी नियन्त्रण गर्ने, आवश्यक वस्तुको आपूर्ति सहज बनाउने र उत्पादनलाई प्रोत्साहन गर्ने नीति प्रभावकारी रूपमा लागू गर्न सकेको छैन भन्ने आलोचना बारम्बार हुने गरेको छ ।

महँगी नियन्त्रण केवल मूल्य तोक्ने विषय होइन । यसको समाधान उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार, ऊर्जा उपयोग, पूर्वाधार विकास, रोजगारी सिर्जना र राजस्व नीतिसँग जोडिएको हुन्छ । जबसम्म नेपालले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ यात्रा गर्दैन, तबसम्म महँगी र क्रयशक्तिको समस्या दोहोरिइरहनेछ । आज नेपाललाई आवश्यक परेको सबैभन्दा ठूलो आर्थिक सुधार भनेको उत्पादनमा आधारित समृद्धिको मोडेल हो । कृषि र उद्योगलाई कर छुट, सस्तो ऋण, प्रविधि र बजारको सुनिश्चितता दिनुपर्छ । स्वदेशी उत्पादन प्रयोग गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छ । सरकारी खर्चलाई मितव्ययी बनाउनुका साथै विकास बजेट समयमै खर्च गर्ने परिपाटी बसाल्नुपर्छ । शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्नुपर्छ । विदेशबाट फर्किएका युवाको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्छ । आर्थिक नीति बनाउँदा कागजी सूचकभन्दा नागरिकको भान्सा, बजार र जेबको अवस्थालाई केन्द्रमा राख्न आवश्यक छ । आखिर अर्थतन्त्र सफल भएको प्रमाण विदेशी मुद्रा सञ्चिति बढ्नु मात्र होइन । नागरिकले सहज रूपमा दैनिक आवश्यकता पूरा गर्न सक्नु पनि हो । यदि नागरिकको आम्दानी स्थिर छ तर खर्च निरन्तर बढिरहेको छ भने त्यो अर्थतन्त्र स्वस्थ भन्न सकिँदैन । नेपाल अहिले आर्थिक संकटमा छैन भन्ने तर्क गर्न सकिन्छ, तर आर्थिक दबाबमा भने अवश्य छ । यही दबाब समयमै व्यवस्थापन गर्न सकिएन भने यसले दीर्घकालीन असन्तुलन निम्त्याउन सक्छ । त्यसैले महँगी नियन्त्रण, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको क्रयशक्ति संरक्षण अब सरकारका लागि केवल आर्थिक एजेन्डा होइन, सामाजिक स्थिरताको पनि आधारभूत शर्त बन्न पुगेको छ ।

समृद्ध नेपाल निर्माणको सपना केवल ठूला नारा, आकर्षक बजेट र महत्वाकांक्षी योजनाले पूरा हुँदैन । त्यो तब मात्र सम्भव हुन्छ, जब एउटा सामान्य नागरिकले आफ्नो मासिक आम्दानीले सम्मानपूर्वक परिवार पाल्न सक्छ, बालबालिकालाई शिक्षा दिन सक्छ, उपचार गर्न सक्छ र भविष्यका लागि केही बचत गर्न सक्छ । आज नेपाली समाजले यही प्रश्न उठाइरहेको छ, आय बढेको भनिएको देशमा किन नागरिकको क्रयशक्ति निरन्तर घटिरहेको छ ? यही प्रश्नको यथार्थपरक उत्तर खोज्नु नै नेपालको आर्थिक नीतिको सबैभन्दा ठूलो चुनौती बनेको छ ।

घोराही चेम्वरको तेस्रो पद हस्तान्तरण

अध्यक्षमा विपीन र महासचिवमा मुकेश

राप्ती पोष्ट

घोराही, १५ असार । चेम्वर अफ् कमर्श घोराहीमा पद हस्तान्तरण गरिएको छ । गत जेठमा भएको अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आइतबार पद हस्तान्तरण गरिएको हो । चेम्वर अफ् कमर्श घोराहीका कार्यवाहक अध्यक्ष विमल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्विनी प्रदेशका यातायात तथा उद्योग मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभएको थियो ।
व्यावसायिक हक हितका लागि कार्यरत चेम्वर घोराहीको अध्यक्ष विपिन श्रेष्ठ निर्वाचित हुनुभएको छ । कार्यक्रममा बोल्नेहरुले घोराहीको व्यापार व्यवसायको गिर्दाे अवस्थालाई उकास्नका लागि भूमिका खेल्नका लागि चेम्वरको कार्यसमितिलाई आग्रह गरेका थिए ।

उक्त अवसरमा बोल्दै मन्त्री न्यौपानेले दाङ जिल्लाको आर्थिक विकासका लागि व्यावसायिक संस्थाले भूमिका खेल्नुपर्ने भन्दै प्रदेश सरकार सहकार्यका लागि तयार रहेको धारणा राख्नुभयो । उहाँले घोराहीको व्यापार व्यवसाय बृद्धिका लागि सडक विस्तारका योजना र पर्यटन प्रवद्र्धनका काम गर्नका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले नीजि क्षेत्रसंग सहकार्य गरेर काम गर्नका लागि प्रदेश सरकारले विभिन्न योजना ल्याएको पनि सुनाउनुभयो ।

उक्त अवसरमा चेम्वर अफ् कमर्शका लुम्विनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेल, केन्द्रिय सदस्य टोपबहादुर घर्ती, प्रदेश उपाध्यक्ष श्रीधर महरा, समाजसेवी विमला योगी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, चेम्वर अफ् कमर्श घोराहीका संस्थापक अध्यक्ष मञ्जु बज्राचार्य, घोराही १८ का अध्यक्ष भरतमणि अर्याल, चेम्वर तुलसीपुरका अध्यक्ष ऋषि भण्डारी, दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव खनाल, त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाट, दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले व्यवसायीहरु निकै समस्यामा रहेको यो समयमा व्यावसायिक संस्थाले व्यापारिक हितका लागि कार्यक्रमहरु संचालन गर्नुपर्ने बताएका थिए । घोराहीबाट प्यूठान जोड्ने सडक, घोराहीबाट रोल्पा जोड्ने सडक, कोइलाबास नाका खोल्नुपर्ने, दाङमा एयरपोर्ट संचालनमा आउनुपर्ने र औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए ।

रजनी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन निवर्तमान महासचिव रजिव उल्ला खान र नव निर्वाचित महासचिव मुकेश्वर शर्माले गर्नुभएको थियो । २०७५ सालमा स्थापित चेम्वर अफ् कमर्शले विभिन्न व्यावसायिक कार्य गर्दै आएको छ । आगामी दिनमा सामाजिक सेवा र व्यावसायिक हक हितमा काम गर्ने नव निर्वाचित अध्यक्ष विपिन श्रेष्ठले बताउनुभयो । उहाँले व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागि काम गर्ने गरी योजना सुनाउनुभएको थियो ।

उक्त अवसरमा निर्वाचन अधिकृत प्रदीप गौतमले नव निर्वाचित कार्यसमितिको नाम बाचन गर्नुभएको थियो । कार्यक्रममा लुम्विनी प्रदेशका मन्त्री न्यौपानेले नव निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । नव निर्वाचित कार्यसमितिलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । तीन बर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । दाङमा चेम्वर अफ् कमर्श जिल्ला कार्यसमिति, चेम्वर लमही, भालुवाङ, घोराही र तुलसीपुर कमिटी कार्यरत रहेका छन् । चेम्वर अफ् कमर्श नेपालमै व्यावसायिक क्षेत्रमा पहिलो संस्थाका रुपमा मानिन्छ ।

असार १० गते

  1. Loader Loading...
    EAD Logo Taking too long?

    Reload Reload document
    | Open Open in new tab

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

असार ०९ गते ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

रैथाने खानाको प्रवद्र्धन गर्न घोराहीमा महोत्सव हुँदै

राप्ती पोष्ट

घोराही, १ असार । दाङको मौलिक खानाको संरक्षण, प्रवद्र्धन तथा पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले दाङ देउखुरी होटेल व्यवसायी समितिले एकदिने रैथाने खाना महोत्सव आयोजना गर्ने भएको छ । समितिको ३२ औँ स्थापना दिवसको अवसर पारेर आगामी भोली अर्थात असार ३ गते घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवको तयारीबारे जानकारी दिन घोराहीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले दाङमा बसोबास गर्ने विभिन्न जातजातिका परम्परागत तथा रैथाने खानालाई एकै थलोमा प्रस्तुत गरिने जानकारी दिइउका थियो । महोत्सवमार्फत स्थानीय खानाको महत्व उजागर गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको समितिको भनाइ छ ।
दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष ईश्वर बुढाले पछिल्लो समय आधुनिक तथा विदेशी खानाप्रतिको आकर्षण बढ्दै जाँदा नेपाली मौलिक परिकार ओझेलमा पर्दै गएको बताउनुभयो । यस्ता रैथाने खानाको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
‘हाम्रा गाउँघरमा पाइने परम्परागत खानाका परिकार स्वादिष्ट मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छन् ।’ अध्यक्ष बुढाले भन्नुभयो, ‘ती परिकारलाई नयाँ पुस्तासमक्ष चिनाउने र पर्यटनसँग जोड्ने उद्देश्यले खाना महोत्सव आयोजना गरेका हौँ ।’
उहाँका अनुसार महोत्सवमा विशेषगरी नेवार, थकाली, मगर तथा थारु समुदायका परम्परागत खानाका परिकारहरूको प्रदर्शनी गरिनेछ । ती समुदायको संस्कार, संस्कृति र जीवनशैलीसँग जोडिएका खानाका परिकारलाई अवलोकनकर्ताले प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । साथै महोत्सवमा आउने आगन्तुकलाई ती परिकारको स्वाद चखाउने व्यवस्था समेत गरिने जनाइएको छ ।
दाङ जिल्लामा विभिन्न जातजाति र समुदायको बसोबास रहेको छ । प्रत्येक समुदायको आफ्नै मौलिक खानपान संस्कृति रहेको भए पनि तीमध्ये धेरै परिकार अहिले लोप हुने अवस्थामा पुगेका छन् । महोत्सवले यस्ता खानालाई पुनः चर्चामा ल्याउने र तिनको संरक्षणमा सहयोग पुग्ने विश्वास आयोजकको छ ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका पदाधिकारीहरूले रैथाने खानाले स्थानीय उत्पादनको उपयोग बढाउने, किसानलाई प्रत्यक्ष लाभ पु¥याउने तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने बताएका थिए । स्थानीय स्तरमा उत्पादन हुने अन्न, तरकारी, मसला तथा अन्य खाद्य सामग्रीको प्रयोगबाट तयार गरिने परिकारले स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
समितिले महोत्सवलाई केवल खानाको प्रदर्शनीमा सीमित नराखी स्थानीय संस्कृतिको प्रवद्र्धनसँग समेत जोड्ने तयारी गरेको जनाएको छ । महोत्सवमा विभिन्न समुदायका सांस्कृतिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिने सम्भावना रहेको बताइएको छ । यसबाट दाङको सांस्कृतिक विविधतालाई उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीय परिकारलाई पर्यटनसँग जोड्ने प्रयासस्वरूप आयोजना गरिने यस्ता महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सक्ने धारणा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले व्यक्त गर्नुभयो । उहाँले दाङमा आयोजना हुन लागेको खाना महोत्सवले पनि जिल्लाको पर्यटन प्रवद्र्धनमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।