spot_img
Home Blog Page 12

प्रलेस दाङमा नयाँ नेतृत्व चयन

राजनीति सही नहुँदा साहित्यमा बाछिटा–गिरी

राप्ती पोष्ट

दाङ, पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको १२ औं अधिवेशन तथा ३२ औं स्थापना दिवस बुधबार घोराहीमा सम्पन्न भयो । प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाको अध्यक्षतामा भएको स्थापना दिवस तथा अधिवेशनको उद्घाटन प्रलेसका पूर्व केन्द्रिय अध्यक्ष तथा भाषा आयोगका सदस्य डा. अमर गिरीले गर्नुभएको थियो ।

अधिवेशन उद्घाटन गर्दै डा. गिरीले नेपालमा राजनीतिले सहि दिशा पक्डन सकेका कारणले गर्दा अन्य संगठनहरु पनि समस्यामा परेको बताउनुभयो । उहाँले राजनीतिमा विकृति विसंगतीको बताउँदै राजनीतिमा रहेको विकृती अन्त्यका लागि राजनीति दलहरुले नै पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो । ‘राजनीतिमा रहेको विकृतिले साहित्यलाई पनि छोएको छ, राजनीति सहि नहुँदा त्यसको बाछिटा अनेत्र पनि पर्दोरहेछ ।’

उहाँले समाज रचनात्मक बन्न नसकेको उल्लेख गर्नुभयो । चरम मूल्य विघटनको अवस्थाबाट समाज गुज्रदै गएको छ भन्दै डा. गिरीले नेपाली राजनीतिमा देखिएको समस्याका कारणले गर्दा अनेत्र त्यसको असर परेको बताउनुभयो । उहाँले मूल्य विघटनको विरुद्ध साहित्यकारले मात्रै जुध्न सक्ने उल्लेख गर्नुभयो । साहित्यले राजनीति र समाजलाई खवरदारी गर्न सक्ने बताउनुभयो ।

नेपालको साहित्यमा पनि राजनीतिमा जस्तै गुटको प्रभाव रहेको भन्दै राजधानीमा गुटको प्रकोप बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपालमा राजनीति मात्रै होइन साहित्य पनि गुटमा विभाजित छ । यो कुरा जिल्लामा देखिदैन, काठमाडौंमा सवै कुरा थाहा पाइन्छ । राजधानीमा यो अझ बढी झाङ्गीएको छ ।’ कार्यक्रममा बरिष्ठ बापमन्थी चिन्तक बरिष्ठ अधिबक्ता बामदेव शर्मा आचार्य, प्रगतिशिल लेखक संघका केन्द्रिय सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषदका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनाल, सकारात्मक सोचका अभियन्ता सुन्दर गौतम, लेखक संघका अध्यक्ष खगराज न्यौपाने लगायत बोल्नुभएको थियो । यस्तै पुरन शर्मा दिप्ती शिखा चौधरी, हिरा डिसी, देवकुमारी खत्री लगायतले रचना बाचन गनुभएको थियो ।

आठजनालाई पुरस्कार

प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आठ जना साहित्यकारलाई पुरस्कृत ग¥यो । प्रलेसले नगद सहित साहित्कारलाई पुरस्कृत गरेको हो । यसरी पुरस्कृत हुनेहरुमध्य प्रगतिशील साहित्य पुरस्कार साहित्यकार तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासीलाई प्रदान गरिएको थियो । यसैगरी देवि पोखरेल र अम्विका पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार पुरुषोत्तम खनाललाई, प्रलेस दाङमा प्रलेस दाङका पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका सल्लाहकार पद्मप्रसाद शर्मा र श्रीमती शान्तादेवी अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजौलेलाई प्रदान गरिएको थियो ।

यसैगरी कृष्ण गायत्रा साहित्य पुरस्कार डा. लोकराज पराजुलीलाई, रामप्रसाद जैसी र उहाँका भाई नारदमणि पोखरेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल कोपिलालाई, ऋषिराज जंगली र उहाँको परिवारद्वारा स्थापित लिला फना बसन्ता श्रष्ठा सम्मान साहित्यकार सितादेवी सापकोटालाई, श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार गोविन्द खड्कालाई र भक्तिराम ज्ञवालीले आफ्ना भाईको सँझनामा स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्तीशिखा चौधरीलाई प्रदान गरिएको थियो ।

शर्मालाई सम्मान

प्रलेसको स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा दाङका पुराना बापमन्थी नेता तथा लेखक बामदेव शर्मा आचार्यलाई सम्मान गरिएको थियो । पंचायती व्यवस्थाको समयमा साहित्य र राजनीतिका माध्यमबाट समाज परिवर्तनका लागि योगदान गर्नुभएका शर्मालाई सम्मान गरिएको थियो । यसका साथै प्रलेसले प्रलेसको संस्थागत विकासका लागि योगदान दिएको भन्दै घोराही उपमहानपालिकालाई पनि सम्मान गरिएको थियो ।

नयाँ कार्यसमिति चयन

 

यसैबीच अधिवेशनको बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको छ । चन्द्रबहादुर थापाको अध्यक्षतामा गठित १३ सदस्यीय कार्यसमिति मध्य पदाधिकारी सहित ११ सदस्यीय कमिटी चयन गरिएको छ । जसको उपाध्यक्षमा रेशम विसी, सचिव पुरन शर्मा, सह सचिवमा सुशिला आचार्य र कोषाध्यक्षमा दामोदर पौडेल हुनुहुन्छ ।

यसैगरी सदस्यहरुमा धु्रवराज अधिकारी, रंजिता अधिकारी, केशव शर्मा घिमिरे, गोविन्द खड्का, सूर्य विसी र दिप्ती शिखा चौधरी हुनुहुन्छ । नव गठित कार्यसमितिलाई अध्यक्ष मण्डलका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले शुभकामना दिनुभएको थियो । प्रलेसको अधिवेशन हरेक ३ बर्षमा हुने गरेको छ ।

दाङका जलाशयमा विदेशी चरा, संरक्षणमा छैन चासो

छबि पुरी /राप्ती पोष्ट

घोराही, पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १७ कर्जाही गाउँमा सात वर्ष अघिसम्म जलाशय बन्यो । गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा बनेको जलाशय यतिवेला आकर्षणको केन्द्र बनेको छ ।

जलाशय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र बन्दै गएको छ । मानिसले जलाशय मन पराए जस्तै स्वदेशी अनि विदेशी चराहरुको बासस्थान पनि कर्जाही जलाशय बन्दै गएको छ । यहाँ रैथाने चरासँगै विदेशी चराहरुको बसोबास रहेको छ । तर, यसको महत्व बारे बुझाउन नसकिएको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीको भनाई छ ।
‘सानो सोताको रुपमा रहेको ठाउँमा बाँध बाँधेर सिमसार बनाउँदै पछि जलाशय बनाउने काम भयो । यो कामका लागि घोराही उपमहानगरपालिका र प्रदेश सरकारले बजेट दिएको हो । छ वर्षको अन्तरालमा अहिले सिंचाइका काममा सहज भएको छ । सँगै, यहाँ जलचराहरुको आकर्षण बढेको छ । विदेशी चरापनि आएका छन् । तर यसको महत्व बारे सबैलाई बुझाउन सकिएको छैन’ छित्रुले भन्नुभयो ‘हामी विदेशी चराको बारेमा जानकारी लिन अरु ठाउँमा जान्छौँ, यहाँ आफ्नै घर आँगनको जलाशयमा आएका विदेशी चराको बारेमा अरुलाई जानकारी दिन सकेका छैनौँ ।’ घोराहीमा अरु थुप्रै क्रृत्रिम जलाशय छन् । त्यहाँ पनि केही चराहरुको बसोबास हुने गरेको छ । घोराहीमा साना ठूला गरेर ४२ बढी जलाशय छन् । राप्ती, बबई नदीमा पनि विदेशी चराको विचरण हुने गरेको छ ।

स्थानीय चराहरुको बसोबास मात्रै होईन, नेपालमा हरेक वर्ष जाडो छल्न एक सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन हुने गरेको अनुसन्धानले देखाएको छ । दाङका जलाशय एवम् नदी तलाउहरुमा चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष हिउँदे आगन्तुक चरा आउने गरेका छन् । केही समययता दाङमा पाईने चरा र आगन्तुक चराको बारेमा अध्ययन गर्दै आउनुभएका जीव विज्ञानका शिक्षक लालमणि रेग्मीका अनुसार, कृतिम जलाशयसँगै बबई नदी आसपासमा विदेशी आगन्तुक चराको उपस्थिती लोभ लाग्दो छ । तर उनीहरुको बारेमा चासो निकै कम हुने गरेको छ ।
‘मयूर, धनेश, सुगाका विभिन्न प्रजाति, जलकौवा, चखेवा, गरूड, हुट्टिट्याउँ, चिल, उल्लु, लाँचे, काठफोर, किङफिसर, ढुकुर, हलेसो, दुर्लभ चराहरुमा खरमजुर, रागधनेश, डंगुर गिद्ध यहाँ पाईने चरा भएजस्तै विदेशबाट आउने पाहुना चराको बारेमा खोजी अनुसन्धान गरेर उनीहरुको संरक्षणका बारेमा पहल हुन सके राम्रो हुन्थ्यो’, शिक्षक रेग्मीले भन्नुभयो ‘जल चराहरुको बारेमा खोज अनुसन्धान गर्न निकै मेहनत चाहिन्छ, उनीहरुको जीवनशैलीमा आफू ढल्नुपर्छ । यसले एक प्रकारको सन्तुष्टि दिन्छ भने यहाँको जलवायु र चराचुरुङ्गीहरुको जीवनशैली बुझ्न सघाउँछ ।’

धेरैजसो चराहरु जाडो छल्न असोज कार्तिकमा आई पुग्छन् । यहाँ आएका यी चराहरु बढीमा ६ महिनासम्म बस्ने गर्दछन् । नेपालमा चीन, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउ लगायतका ठाउँबाट पनि चिसो छल्न चराहरु नेपाल आउने गरेका छन् । ती मध्ये धेरै जसो चरा दाङमा जलाशय तथा नदीहरुमा पाईने गरेको छ । तर यिनीहरुको महत्व बारे बुझ्न र बुझाउन नसक्दा वर्षेनी आगन्तुक चराहरुको उपस्थिती कमजोर बन्दै गएको जीव विज्ञानका शिक्षक रेग्मी बताउनुहुन्छ ।

‘जलमा नै जीवन आश्रित छ, जलाशयकै कारण जैविक विविधता सघाउमा सहयोग पुग्ने हुन्छ । तर, कहिलेकाहीँ हाम्रो यो ठाउँमा आई पुग्ने पाहुना चराहरुको बारेमा हामी सम्वेदनशील हुन सकिरहेका छैनौ । स्थानीयले मार्ने, जोखिममा पार्ने काम भईरहेको छ । मैले नै कतिपय ठाउँमा ती चराहरु मारेर खाएको देखेको छु, यो राम्रो होईन, यी र यस्तै कारणले पाहुना चरा फेरी यो ठाउँमा फर्केर आउँछन् भन्ने सम्भावना कम भएर जान्छ, यस बारे सबैले सोँच्नै पर्छ’ उहाँले भन्नुभयो ।
चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानले सम्भव नहुने उहाँको तर्क छ । बारम्बार बसाइँसराइ गर्ने चराहरु एक देशबाट अर्को देशमा पनि जाने आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको उहाँको भनाई छ । ‘चरा संरक्षण कुनै क्षेत्र विशेष र विशुद्ध एकल अभियानले सम्भव छैन । उनीहरुको बारम्बारको बसाइँसराइ गर्ने बानीले चराहरु एक देशबाट अर्को देशमा पनि जानेआउने गर्छन्’ उहाँले भन्नुभयो ‘यसले उनीहरुको संरक्षणका लागि अन्तरदेशीय सहकार्य गर्नु अपरिहार्य देखिन्छ । स्थानीयस्तरमा पनि यसलाई सहभागितामूलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँगसँगै लैजानुपर्छ ।’

बढ्दो जनसंख्या, जलवायु परिवर्तन, सिमसार क्षेत्रको कमी, चराहरुको चोरी सिकारीका कारण विदेशी चराहरु यहाँको वातावरणमा रमाउन चुनौतिपूर्ण मान्ने गरेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न तथा विदेशी चराहरुको आकर्षण बढाउन सबै निकायबाट सचेतना फैलाउनुपर्ने अवस्था रहेको जीव विज्ञानका शिक्षक रेग्मीको सुझाव छ ।
जाडो छल्न तथा आहारा खोज्न पाहुना चराहरु चार देखि पाँच हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् । सफा पानीमा बस्न रुचाउने विदेशी चराहरुको आकर्षण बढाउन तर्फ राज्यका निकायको चासो भने देखिँदैन । जसले गर्दा जैविक विविधतासँगै जलवायु परिवर्तनको बारेमा नकारात्मक असर पर्ने जोखिम बढ्दै गएको छ ।

पाहुना चराले यहाँको हावापानी मन पराएर आएपनि उनीहरुलाई गर्नुपर्ने व्यवहार र वातावरण बनाउन नसक्ने हो भने आगामी दिनमाती चराहरुको उपस्थिती न्यून हुँदै जाने लामो समयदेखि जल चराहरुको बारेमा अनुसन्धान गर्दै आउनुभएका चरा विज्ञ चिरन्जिवी खनालको भनाई छ । ‘सफा पानीमा बस्न रुचाउने विदेशी चराहरुको खास विशेषता हो, उनीहरु पर्यावरण संरक्षण र स्वास्थ्यका प्रमुख सूचक पनि मानिन्छन् । तर पछिल्लो समय यिनीहरुको बारेमा कोही कसैले ध्यान दिएको पाईदैन’ चरा विज्ञ खनालले भन्नुभयो ‘नदीजन्य पदार्थको बढ्दो उत्खनन्, चराको चोरी सिकारी, बासस्थानको कमी जस्ता कारणले पाहुना चराको बसाई सुरक्षामा चुनौति थपिँदै गएको छ । यसतर्फ राज्यका निकायको चासो देखिँदैन ।’
सन् २०२२ मा दाङको राप्ती नदी तथा आसपासमा गरिएको अनुसन्धानमा २२ प्रजातिका ३ सय ६१ वटा चरा फेला परेका थिए । सन् २०२३ मा सोही क्षेत्रमा गरिएको लामो अनुसन्धानमा चराको प्रजातिको संख्या घटेर २१ मा झरेको थियो । यो वर्ष गरिएको अनुसन्धानले पनि जिल्लामा चराको संख्यामा सुधार आउन नसकेको देखाएको छ । नयाँ प्रजातिका थपिए पनि पहिले गणना भएका चरा नपाईएको सो अनुसन्धानमा खटिनुभएका चरा विज्ञ चिरन्जिवी खनालले बताउनुभयो । अघिल्लो वर्ष कुल चराहरुको संख्या भने बढेर छ सय ८७ गणना भएको थियो ।

असोजमा आउन थाल्ने चरा चैत वैशाखसम्ममा फर्कने गरेका छन् । आगन्तुक चराको संख्यामा कमी आउन नदिन र उनीहरुको बारेमा जनाकारी गराउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा स्थानीय स्तरमा नयाँ सोँचका साथ काम गर्न सके पर्यावरण संरक्षण हुने तथा आम्दानीको श्रोत पनि बन्ने देखिन्छ । पछिल्लो गणनाअनुसार सिमसार तथा तालतलैयामा आश्रित जलपक्षी र अन्य चराको संख्या घट्दै गएको बताइएको छ । जाडो छल्न तिब्बत र रुसको साइबेरियासम्मबाट नेपालको तराईमा आइरहने चराहरुको संख्या पछिल्लो समय घट्दो छ । जलवायु परिवर्तनका कारण नेपालको तराईको जति तापक्रम अहिले उतै पाइने भएपछि आगन्तुक चराको संख्यामा कमी आएको अनुमान गर्न सकिन्छ ।

 

प्रलेस दाङले आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने

बामपन्थी नेता शर्मालाई सम्मान गरिने

राप्ती पोष्ट

डा. टिकाराम उदासी
डा. टिकाराम उदासी
पुरुषोत्तम खनाल
पुरुषोत्तम खनाल
डा. लोकराज पराजुली
डा. लोकराज पराजुली
सितादेवी सापकोटा
सितादेवी सापकोटा
शालिकराम रजौरे
शालिकराम रजौरे
छविलाल कोपिला
छविलाल कोपिला
गोविन्द खड्का
गोविन्द खड्का
दिप्तीशिखा चौधरी
दिप्तीशिखा चौधरी

घोराही, मंसिर । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले ३२ औं स्थापना दिवस तथा १२ औं अधिवेशनमा दाङका आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने भएको छ । प्रलेस दाङको प्रतिभा छनौट समितिको मंगलबार बसेको बैठकले प्रलेस दाङमा स्थापित पुरस्कारका लागि प्रतिभा छनौट गरेको हो ।

प्रलेस दाङका अध्यक्ष तथा प्रतिभा छनौट समितिका संयोजक भुवन देवकोटा शरदको अध्यक्षतामा बसेको प्रतिभा छनौट समितिले आठ जना साहित्यकारलाई पुरस्कृत गर्ने, एक जना अग्रज बामपन्थी नेतालाई सम्मान गर्ने र सांगठिक हितका लागि सहयोग गर्ने एउटा संस्थालाई सम्मान गर्ने निर्णय गरेको छनौट समितिका सदस्य केशव थापाले जानकारी दिनुभयो ।
समितिले गरेको निर्णय अनुसार प्रलेस दाङले यस बर्षको प्रगतिशील साहित्य पुरस्कार साहित्यकार तथा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष डा. टिकाराम उदासीलाई प्रदान गरिने भएको छ । यसैगरी देवि पोखरेल र अम्विका पोखरेलले स्थापना गर्नुभएको सुदय केशव तिलोत्तमा साहित्य पुरस्कार पुरुषोत्तम खनाललाई प्रदान गरिने भएको छ । यो पुरस्कार पहिलो पटक प्रदान गर्न थालिएको प्रलेस दाङले जनाएको छ ।

यसैगरी प्रलेस दाङमा प्रलेस दाङका पूर्व अध्यक्ष तथा केन्द्रिय समितिका सल्लाहकार पद्मप्रसाद शर्मा र श्रीमति शान्तादेवी अधिकारीले स्थापना गर्नुभएको अनन्त टिका प्रतिभा पुरस्कार साहित्यकार शालिकराम रजौलेलाई प्रदान गरिने भएको छ । रजौरे प्रलेस दाङका पूर्व कोषाध्यक्ष समेत हुनुहुुन्छ । यसैगरी गतबर्षदेखि प्रदान गर्न थालिएको कृष्ण गायत्रा साहित्य पुरस्कार डा. लोकराज पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार कृष्ण गायत्रा स्मृति प्रतिष्ठानले स्थापना गरेको हो । प्रलेसका केन्द्रिय सदस्य समेत रहनुभएका पूर्व अध्यक्ष रामप्रसाद जैसी र उहाँका भाई नारदमणि पोखरेलले स्थापना गर्नुभएको चिन्तामणि जमुना साहित्य पुरस्कार छविलाल कोपिलालाई प्रदान गर्ने निर्णय भएको छ । ऋषिराज जंगली र उहाँको परिवारद्वारा स्थापित लिला फना बसन्ता श्रष्ठा सम्मान साहित्यकार सितादेवी सापकोटालाई प्रदान गरिने भएको छ । प्रलेसमा स्थापित आठवटा पुरस्कार मध्य छ वटा पुरस्कारको राशी १० हजारका दरले रहेको छ भने दुईवटा पुरस्कार पाँच हजार रासीका रहेका छन् ।

सोही क्रममा प्रलेसमा श्याम चिसले स्थापना गर्नुभएको गोविन्द चिस सर्जक पुरस्कार गोविन्द खड्कालाई प्रदान गरिने भएको छ भने भक्तिराम ज्ञवालीले आफ्ना भाईको सँझनामा स्थापना गर्नुभएको गोविन्द ज्ञवाली साहित्य पुरस्कार दिप्तीशिखा चौधरीलाई प्रदान गर्ने निर्णय गरिएको प्रलेस दाङका अध्यक्ष भुवन देवकोटाले जानकारी दिनुभयोे ।

आगामी पुस ३ गतेका दिन प्रलेसको स्थापना दिवस तथा बार्षिकोत्सवका अवसरमा दाङका पुराना बापमन्थी नेता तथा लेखक बामदेव शर्मा आचार्यलाई सम्मान गर्ने निर्णय गरिएको छ । प्रलेसले हरेक बर्ष एकजना अग्रज साहित्यकार तथा बामपन्थी चिन्तकलाई सम्मन गर्दै आएको छ । यसका साथै प्रलेसले प्रलेसको संस्थागत विकासका लागि योगदान दिएको भन्दै घोराही उपमहानपालिकालाई पनि सम्मान गर्ने निर्णय गरेको छनौट समितिका संयोजक देवकोटाले जानकारी दिनुभयो । २०५० साल पुस ३ गतेका दिन स्थापित प्रलेस दाङले हरेक बर्ष पुसको ३ गतेका दिन स्थापना दिवस र श्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर २० गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर १९ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर १८ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर १७ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर १६ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

मंसिर १५ गते ।

0
Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab