spot_img
spot_img

बौद्धिक अपाङ्गता विद्यार्थीलाई कर्मचारीको सहयोग

राप्ती पोष्ट

घोराही, साउन । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति दाङले शहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस मनाएको छ । संगठन दाङका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा घोराहीको बालमन्दिरमा रहेका बौद्धिक अपाङ्गता भएका बालवालिकालाई पाठ्सामग्री प्रदान गरिएको थियो ।

दिवशका अवसरमा शहिद गोबिन्द गौतमका नाममा उहाँकी श्रीमती विमला गौतमले स्थापना गर्नुभएको अक्षकोषबाट प्राप्त रकमबाट बौद्धिक अपाङ्गता भएका बालबालिकालाई सहयोग गरिएको हो । घोराही १४ बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विद्यालयको आवश्यकता अनसार सात दर्जन कापी, सात दर्जन पेन्सिल र स्टेशनरी सामग्री भण्डारण गर्न सहजताका लागि चार हजार पाँच सय रुपैयाँ मूल्य बराबरको बाकस सहयोग गरिएको हो ।

कार्यक्रममा घोराही–१४ का अध्यक्ष भानसिंह बुढाले कर्मचारी संगठनले गरेको काम सह्राहनिय रहेको बताउनुभयो । कार्यक्रममको सञ्चालन संगठनका सचिव बाबुराम न्यौपानेले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img