spot_img
spot_img

ब्रह्म र जगतको परिभाषा र अन्तर सम्बन्ध

 

पं.श्री.अमृतशरण देवाचार्य

ब्रह्म ः बोल्न उच्चारण गर्न मात्र नभइ बुझ्न पनि त्यती सहज छैन ‘बृहन्तो ह्यस्मिम् गुणा इति ब्रह्म’ बृह धातुबाट बनेको बृहत्तर अर्थात सबै भन्दा ठुलो अर्थ बुझिने ब्रह्म शब्द आफैमा सगुण सत्य शक्ति युक्त तत्व हो यहि शब्द भित्रै सगुण भाव भरिएको हुन्छ । वेद पुराण उपनिषद् ग्रन्थ एवं धर्म प्रचारक प्रवचन कर्ताले ब्रह्म शब्दको विभिन्न अर्थमा प्रयोग गर्ने गरेको पाइन्छ । त्यस बाहेक ‘ब्रह्म प्रथमजं ज्ञान’ यसरी ब्रह्म वेद हो भनेर पनि बुझ्न सकिन्छ छन्दोग्य आदि उपनिषद् ले परमात्मा अन्तर आत्मा मात्र नभइ देवता चित्रण गरेको छ भने बृहदारण्यक उपनिषद् मा ब्रह्मलाइ सत् अर्थमा बुझाइएको छ कि सत्य वा जीवको उत्पत्ति जीवन र समर्पण रुप नै त्यहि भएको प्रष्ट धार्मिक अर्थमा बुझाउदा पृथ्वी वायु जल ताप र आकाश (प्राण) भनेर भन्न सकिन्छ । गार्गी र यज्ञवल्क्य ऋषिलाई सोधेको शव्द विषयक प्रश्नमा यज्ञवल्क्यले महान प्रश्नको नाम दिएर यसको अर्थ रहस्यमय तत्व बताएका थिए अन्य विभिन्न ऋषिहरुका अनुसार तपस्या, सत्य, योग, साधना आदि अनेकन अर्थ बुझाइएको पाइन्छ । ब्रह्म शब्दलाइ शुत्र भावमा बुझाउनुपर्दा यो तत्व हो जुन अनादि अविनाशी चैतन्य आदि स्वरुपमा रहेको छ । यश शब्दलाइ प्राप्ति भावले बुझ्ने हो भने यो त्यस्तो चीज हो यसलाइ पाए अरु कुनै सुख प्राप्तिको चाहना नै हुदैन यश शब्द ज्ञान भएपछि अन्य कुनैपनि ज्ञान जिज्ञासा रहदैन यो चराचर जगतमा व्याप्त छ तर देखिदैन जसरि जल वायुमा शक्ति उखुमा चिनी लुके झै अदृश्य रुपमा सर्व व्यापि रहेको छ ।
जगत ः गरेका कामको प्रतिफल अनुभव वा भोग गराउने परमेश्वर नाम स्वरुप एवं परमात्माका छिद्र कर्ण अवस्थित जीवात्माहरुको अनेक अनेक तत्वहरुलाइ सामुहिक रुपमा जगत भनिन्छ जगतमा मनुष्यहरु मात्र नभई जीव बनसपति आदि सबै दुःख सुख मिश्रित भोग गर्दछन । जगत शब्दका पनि विभिन्न तर्क र विचारहरु रहेका छन न्याय शास्त्र विशेष ग्रन्थहरुले प्रकृतिको विकासको जगत मान्छछन भने सांख्य शास्त्रानुसार यो प्रकृतिको परिणाम जड छ भनेर पुरुष र प्रकृतिलाई छुट्टै विशेष तत्वका रुपमा बताइएको छ । आचार्य अनुसार पनि रामानुजले जगत ब्रह्मको अभिव्यक्ति हो भन्दछन भने शंकराचार्यले ब्रह्मको विवर्त बताउछन् ।

ब्रह्म र जगतको अन्तरसम्बन्ध ः कसैले संसारलाइ नै इश्वरको स्वरुप मान्दछन कसैले उनले गरेको श्रृष्टि कसैले भ्रम त कसैले कर्मको फल भोग्ने ठाउँ त कसैले आफुनै इश्वरको लिलाको लागि प्रस्तुत खेलौना परिभाषित गर्दछन कसैले जगतलाइ नै इश्वरको प्रकृति भन्दछन तर यो जति संसार छ कहिल्यै श्रृष्टि भएको होइन संसार बाहेक अरु केहिपनि नभएकोले यो कसैले श्रीष्टि गरेको होइन भनेर व्याख्या गरेको पाइन्छ फेरि कसैले श्रीष्टि गरेको होइन भने वेद पुराण ग्रन्थको भनाइ झुट होत भन्ने प्रति प्रश्नमा योगि एवं ऋषिहरुले जसले संसार बाहेक केही छैन भन्दछन उनलाइ संझाउन बुझाउन र त्यो पाथीको तत्व बुझाउन उपनिषद् हरुमा श्रीष्टि बिधानको कल्पना वा बिवेचना गरिएको भने सत्य हो । पुराण मिमांश न्याय शास्त्र शुक्त पुरुष शुक्तमा जगतको प्रलय र उत्पत्ति वा श्रीष्टिको कुरामा विश्वास गरिन्छ बिज्ञानबादिहरु जगतको श्रीजना भएको होइन र प्रलय पनि हुदैन भन्दछन यी सब भ्रम हुन भन्दछन तर त्यो अज्ञानताको पराकाष्ठा मात्र हो ।

द्वैतवादि चिन्तकहरुले जगतको यथार्थतामाथी विश्वास गर्दछन किनकि; जगत ÷संसार अस्तित्व रहित भने होइन शंकराचार्य एवं अन्य आचार्यको मत रहित तटस्थ भावले बिश्लेषण गर्नेहो भने ब्रह्म र माया दुबैको मिश्रणलाइ जगत भनिन्छ यी दुई तत्व जगत उत्पादनका कारण बनेका छन । यी भिन्न विचारहरुलाइ समिश्रित एकाग्रता ल्याउन संसार र जगत दुई पद फरक फरक मानेर शरिर अनित्य जगत नित्य मान्ने गर्दछन उपनिषद् को दृष्टि निचोड अनुसार जगतको निमित्त र कारण इश्वर नै भएकाले जगतमा देखिएका दृश्यात्मक भावात्मक र अनुभवात्मक हर कुरा ईश्वरीय रुप हुन् । अर्को अर्थमा भन्नेहो भने जगत ब्रह्मकै अभिव्यक्ति हो ब्रह्म र जगत दुबै अनादिकालिन हुन भन्ने भावलाइ प्रधान मान्नेहो भने एउटालाइ यथार्थ माने अर्को प्रतिभाषिक हुनजान्छ । सबै लोकहरु प्रलयसमय नष्ट हुने हुनाले यो जगत मात्र सान्त छ । हाम्रै देहलाइ आधार मान्नेहो भने देह पनि क्षणभङ्गुर छ इन्द्रिय पनि फेरिइरहन्छन अर्थात कसैको नित्य सत्ता छैन सबै बिनासि भएको हुदा ब्रह्म र जगत नै अबिनाशी भाव हो ।

म आफैले बिभिन्न उपनिषद् पढेर निचोड निकाल्दा ब्रह्म सत्य हो जगत मिथ्या हो भन्ने भाव श्रीजना गरेको छु तर त्यसो भन्दा जगतप्रति बैरभाव राखेको भनेर बुझ्न सकिने तर्क आफै भित्र छैन । हुन त उपनिषदमा ऋषिहरुले जगत मिथ्या भनेर ठेट भाव प्रस्तुत गरेका भने छैइनन् । श्वेत, तैतरीय आदि उपनिषदको निचोड र तत्व भाव लिनेहो भने ब्रह्म नै विश्व भएको पाइन्छ र चर अचर जड चेतन यी चार स्वरुप ब्रह्म रुप भनेर बुझ्नु उपयुक्त मानिन्छ यीनै भावलाइ प्रधान मान्नेहो भने ब्रह्मबाट नै जगतको श्रीष्टि भएको विषयलाइ जोड दिन सकिन्छ ।

ऋषिहरुका मत अनुसार अब सरल तरिकाले ब्रह्म र जगतको सम्बन्ध बुझाउदा जस्तैः– पानीबाट करेन्ट निस्कन्छ करेन्ट बाट पानी होइन करेन्ट परम तत्व होइन तर करेन्टको कारण भने पानी अवस्य हो भनेर बुज्न सकिन्छ यसरी ब्रह्म नै जगतको कारण भएको शंकराचार्यको मत पाइन्छ । निचोडमा के भन्न सकिन्छ भने चराचर विश्व ब्रह्माण्डका जड् र चैतन्यपरक कार्त व्यवहार गतिबिधि समग्रमा ब्रह्मकै अभिव्यक्ति हुन जान्छ जसरी माकुराले आफुले बनाएको जालोलाई बिस्तार गरेर त्यसैमा घुम्दछ आफैले बनाएको जालो भएपनि आफु त्यसैमा घुमिरहन्छ त्यसै गरेर यो जगत ब्रह्मकै श्रीजनात्मक अभिव्यक्ति हो । निराकार निर्गुण ब्रह्म व्यवहारअवस्थामा अग्राह्य अचिन्त्य आदि स्वभावयुक्त हुनाले उपासनामा आउन नसकिने हुदा व्यवहारिक दिशामा द्वैतवादी विचार अनुसार जगतलाइ सगुण ब्रह्म इश्वर देखि बेग्लै तत्वका रुपमा स्विकार गर्दै दुबैपक्षको एक मत भएको भाव प्रष्ट पार्न सकिन्छ जगत एवं सृष्टि ब्रह्मको प्रस्फुटित विचार चाहना सङ्कल्प आदि रुपमा भ्रम दृष्टिले वर्णित भएपनि अन्तिम सत्यको सक्षात्कार एवं आत्मबोध नभए सम्म कगत अस्तित्वकोअनुभव भइरहने र ब्रह्म जगत अनादि सम्बन्ध देखा पर्न आउँछ ।
(लेखक अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित एवं फलित ज्योतिषाचार्य एवं १८ पुराण प्रवक्ता हुनुहुन्छ ।)

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img