spot_img
spot_img

यसरी शुरु भयो त्रिभुवननगर जेसिजको सप्ताह

राप्ती पोष्ट

बैशाख २ दाङ । त्रिभुवननगर जेसीजले प्रत्येक वर्षझैं आयोजना गर्ने जेसीज सप्ताह–२०२६ को उद्घाटन समारोह बैशाख २ गते बुधबार घोराहीस्थित जेसीजको कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उप–महानगरपालिकाका नगर प्रमुख नरूलाल चौधरीले ब्यानर पढेर उद्घाटन गर्दै सप्ताहको विधिवत् रूपमा सुरुवात गर्नुभएको हो।

त्रिभुवननगर जेसीज २०२६ का अध्यक्ष मिनराज भाटको अध्यक्षता तथा नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जेसीजको वार्षिक क्यालेन्डर २०८३ को विमोचन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युवाहरूमार्फत समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो। उहाँले जेसीजले नेतृत्व विकास, व्यक्तित्व विकास, सामाजिक चेतना तथा सेवा भावनाको प्रवर्द्धनमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “जेसीज जस्ता संस्थाहरूले युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबोधसहित नेतृत्वको मार्गमा अघि बढाइरहेका छन्, जुन अत्यन्त प्रशंसनीय छ। क्षमता र सीप भएका युवाहरूले देश निर्माण तथा सामाजिक सेवामा सक्रिय भूमिका खेल्नुपर्छ। यस्ता संस्थासँग स्थानीय सरकार सहकार्य गर्न सधैं तत्पर छ।”

कार्यक्रममा विशिष्ट अतिथि वडा नं। १५ का अध्यक्ष रमेश कुमार पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुबेदी, दाङ महिला जेसीजकी अध्यक्ष अर्चना शर्मा लगायत पूर्व अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक खेमराज भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने मूल संयोजक श्याम कुमार गिरीले सप्ताहको उद्देश्यबारे जानकारी दिनुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव बाबुराम पाण्डेयले गर्नुभएको थियो।
त्रिभुवननगर जेसीजले सप्ताहभर विभिन्न कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको अध्यक्ष मिनराज भाटले जानकारी दिनुभयो।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार