spot_img
spot_img

तर गुरुकुलमा त्यसो हुँदैन डा. कृष्णराज डिसी प्राचार्य, गुरुकुल एकेडेमी

 

तर गुरुकुलमा त्यसो हुँदैन

डा. कृष्णराज डिसी प्राचार्य, गुरुकुल एकेडेमी
डा. कृष्णराज डिसी
प्राचार्य, गुरुकुल एकेडेमी

दाङ जिल्लाको शिक्षा क्षेत्रमा डा. कृष्णराज डिसी परिचित नाम हो । लामो समय सरकारी सेवामा रहनुभएका डा. डिसी सेवा निवृत्त भएपश्चात गुरुकुल एकेडेमी घोराहीको प्राचार्यको भूमिकामा हुनुहुुन्छ । नयाँ शैक्षिक सत्र थालनी हुँदै गरेको सन्दर्भमा डा. डिसीसंग गरिएको कुराकानी (सम्पादक)

– तपाई लामो समय शिक्षण पेशामा आवद्ध रहेर रिटायर्ड हुनुभएको हो, थकाई लागेको छैन ?

मलाई एउटा कुराको हेक्का छ, नेता मनमोहन अधिकारीले ‘आराम नै हराम हो’ भन्ने गर्नुहुन्थ्यो तसर्थ मलाई पनि आफूले सक्दासम्म कृयाशील बन्नुपर्छ भन्ने लाग्दछ । थकाइभन्दा आफूले हासिल गरेको ज्ञान र अनुभव जति अरूलाई दिनसक्यो उति आनन्द लाग्दछ । दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले ८० वर्षको उमेरमा कम्प्यूटर सिक्नुभएको उदाहरण हामी सवैका लागि राम्रो उदाहरण छ ।

–सरकारी शिक्षणमा र नीजि शिक्षणमा के फरक हुँदो रहेछ ?

सरकारी शिक्षणमा नेपाल सरकारको नियमअनुसार चल्नुपर्छ भने संस्थागत विद्यालयमा सम्बन्धित शिक्षण संस्थाको नियम र अनुशासन भित्र रहेर काम गर्नुपर्दछ । जसले गर्दा सरकारी विद्यालयभन्दा संस्थागत विद्यालयको पठनपाठन राम्रो छ भन्ने कुरामा कुनै सन्देह छैन ।

– गुरुकुल एकेडेमीमा आवद्ध हुनुभएको छ, कसरी संचालन गरिरहनुभएको छ ?

यहाँको जिज्ञासाअनुसार गुरुकुल एकेडेमीमा म प्रधानाध्यापकको रूपमा आबद्ध भएदेखि मैले आफूले सोचेभन्दा राम्रो गरेजस्तो लाग्दछ । मेरो भूमिकाबाट विद्यार्थी, अभिभावक र सिंगो गुरुकुल टीम सन्तुष्ट रहेको पाएको छु । गुरुकुल अरु भन्दा फरक तरिकाले संचालन भइरहेको छ । हामीले विद्यार्थीलाई संस्कार सहितको शिक्षा दिइरहेका छौं । घोकेर पढ्ने भन्दा बुझेर पढ्ने कुरालाई महत्व दिएका छौं । विद्यार्थीलाई रचनात्मक कृयाकलापमा पनि उत्तिकै सहभागि गराइरहेका छौं । समग्रमा आफूले खेलेको भूमिकाबाट म सन्तुष्ट छु ।

– गुरुकुललाई अलि महङ्गो छ भनेर प्रचार गरिन्छ, के कारणले महङ्गो हुनुपर्ने ?

गुरुकुललाई महङ्गो छ भनेर प्रचार गर्नुभन्दा पनि आदरणिय अभिभावकज्यूहरूले यसको वास्तविकतालाई बुझिसक्नुभएको छ । तसर्थ उक्त प्रचारको कुनै तुक छैन कि जस्तो लाग्छ किनभने गुरुकुलले के कति शुल्क लिन्छ र के कस्तो सेवा दिन्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ । गुरुकुलले जुन गुणस्तर दिइरहेको छ त्यसका अघिल्तिर शुल्क भन्ने कुरा केही पनि होइन । गुरुकुल गुणस्तरका कारणले गर्दा सवैको प्रिय बनेको हो ।

– गुरुकुल एकेडेमीको पढाइ अरुको भन्दा यस कारणले फरक छ भन्ने आधारहरु के कस्ता छन ?

गुरुकुल एकेडेमीमा अरूकोभन्दा फरक शैलीको पठनपाठन गराइन्छ । यसले प्राज्ञिक शिक्षा (ब्अबमझष्अ भ्मगअबतष्यल) र मूल्य शिक्षा वा व्यावहारिक शिक्षा (ख्बगिभ भ्मगअबतष्यल) दुबै प्रकारको शिक्षालाई अत्यधुनिक शिक्षणविधि र प्रविधिको प्रयोग गरी पठनपाठन गर्ने गर्दछ यहि कारणले अरुको भन्दा फरक छ ।

– नयाँ शैक्षिक सत्र सुरु भएको छ । सरकारले धेरै बर्ष अघिदेखि सवैका लागि शिक्षा भन्ने कार्यक्रम संचालन गरिरहेको छ ? यो कार्यक्रम अव पनि चलाइरहनु पर्ने छ र ?

अवश्य ! शिक्षा, स्वास्थ्य र सुरक्षा हरेक व्यक्तिका नैसर्गिक अधिकार हुन् । तसर्थ सबैको लागि शिक्षा भन्ने कार्यक्रमलाई सरकारले निरन्तरता दिँदै जानुपर्छ । नेपालमा सवै शिक्षित भएका छैनन् । साक्षरता प्रतिशत त सत प्रतिशत नभएको मूलुकमा शिक्षा सवैका लागि भन्ने कार्यक्रम आवश्यक भइरहन्छ भन्ने लाग्छ ।

– नेपालको समग्र शिक्षा र शिक्षण प्रणालीको मूल्याङ्कन गर्नुहुन्छ ?
यहाँको जिज्ञासाअनुसार विगतमा नेपालको समग्र शिक्षा र शिक्षण प्रणाली निकै नाजुक अवश्थामा थियो । राणाकालमा त सर्बसाधारण जनताका लागि शिक्षा निषेध गरिएको थियो । केही उपाध्याय ब्राहमणका लागि मात्र खानबस्नको सुविधासहित तिनधारा पाठशाला (संस्कृत छात्रवास) को स्थापना गरिएको थियो । २०२८ सालमा राष्ट्रिय शिक्षा पद्दतीको योजना लागू भएपछि नेपालको शिक्षा प्रणालीमा केही नविनता आएको हो । व्यावसायिक शिक्षालाई यसले विषेश जोड दिएको थियो । पञ्चायतकालमा आएर कसरी पञ्चायती व्यवस्था टिकाउने भन्ने उद्देश्यले शिक्षाका नीतिहरू तय गरिन्थ्यो । २०४६ सालदेखि हालसम्म देशमा सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट नेपाली जनताका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्ने काम सरकारी र नीजिस्तरबाट हुँदै आएको छ । यो सकारात्मक पक्ष हो । तर दलिय स्वार्थको दलदलमा फसेर सामुदायिक विद्यालयहरू दिनप्रतिदिन कमजोर बन्दै गएका छन् । त्यहाँ राम्रो मान्छे भन्दा हाम्रो मान्छे कसरी स्थापना गर्न सकिन्छ भन्ने मात्र सोच रहेको छ । तसर्थ सामुदायिक विद्यालयको गुणस्तर सरकारी लगानीको दाँजोमा कमजोर बन्दै गएको छ । तर नीजि वा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर उत्कृष्ट भएपनि ति विद्यालयहरू सर्बसाधारण जनताको पहुँचभन्दा बाहिर छ ।

–नेपालमा अहिले जुन खालको सिकाई प्रणाली छ यसलाई बदल्नु पर्ने आवश्यकता देख्नु हुन्छ कि देख्नु हुन्न ?

अवश्य नेपालको विद्यमान सिकाइ प्रणालीलाई आमुलरूपमा परिवर्तन गर्नुपर्दछ । किनभने वर्तमान शिक्षा प्रणाली खाली प्रमाणपत्रधारी मात्र भयो । यसले मानिसलाई गरि खाने सिप सिकाउन सकेन । अहिले डिग्री गरेका विद्यार्थीहरू एकातिर दश÷बिस हजारको जागिर खाएर जटिल जिवन निर्वाह गर्दै आएका छन् भने अर्कोतिर सामान्य डकर्मी, सिकर्मी, ज्यामी, मीस्त्री, टेलर, आदि जस्ता हस्तकलाका विज्ञहरूले महिनामा पचासौँ हजार कमाउन सक्छन् । तसर्थ वर्तमान शिक्षा प्रणालीलाई समयको आवश्यकताअनुसार बदल्नु पर्दछ ।

–शिक्षा प्रणालीलाई समयको आवश्यकताअनुसार बदल्नु पर्दछ ।
–सबै पालिकाहरूले अभिभावकत्व ग्रहण गरेका छन् जस्तो मलाई लाग्दैन ।
–शिक्षक, अभिभावक र विद्यार्थीहरूको त्रिपक्ष समान भूमिका हुनु आवश्यक छ ।

– प्रभावकारी शिक्षणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ भनिन्छ के कारणले गर्दा शिक्षकले बढी भूमिका खेल्नुपर्छ ?

प्रभावकारी शिक्षणका लागि शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ किनभने शिक्षक एउटा पाईलट हो, विद्यालय जहाज हो र विद्यार्थीहरू त्यसका यात्री हुन् । यदि पाईलट कमजोर भयो भने जहाजको दुर्घटना हुने निश्चित हुन्छ र यात्रीहरूको जिवन कति सुरक्षित होला आफै कल्पना गर्नुहोस् ?

– शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको रहेको छ ? अहिले पालिकाले खेलेको भूमिकालाई कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
यहाँको जिज्ञासा अनुसार सरकारले शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई प्रदान गर्नु राम्रो कुरा हो । तर स्थानीय पालिकाहरूले अभिभावकत्व भूमिका निर्वाह गर्नु जरूरी छ । किनभने स्थानीय सरकार जुनसुकै दलको भएपनि त्यो सरकार सबै नेपाली जनताहरूको अभिभावक हो भन्ने कुरा उसले बुझ्नु जरूरी छ । अहिले सबै पालिकाहरूले अभिभावकत्व ग्रहण गरेका छन् जस्तो मलाई लाग्दैन ।

–विद्यार्थीहरुले पढाईलाई बोझका रुपमा लिएको पाइन्छ, यसलाई सरलिकृत गर्ने उपायका बारेमा तपाईका तर्फबाट केही सुझावहरु छन कि ?

विद्यार्थीहरू आफ्नो पढाइबाट निराश छन् किनभने अहिलेका राजनीतिक दलहरूले विद्यार्थीहरूलाई खाली आफ्नो झोेलेको रूपमा मात्र प्रयोग गर्दै आएका छन् । त्यस्तो शिक्षालाई विद्यार्थीले भोजको रूपमा लिएको हुनु पर्छ । किनभने उनिहरूको अन्तिम विकल्प विदेश पस्नु नै हो भन्ने कुरा उनले बुझेका छन् ।

– पुनः गुरुकुलको कुरा गरौं, यस कारणले गर्दा गुरुकुल अरु भन्दा फरक छ भन्ने आधारहरु के के छन ?
गुरुकुलका बारेमा यहाँले फेरि जिज्ञासा राख्नु भयो । के कारणले गर्दा अरुभन्दा गुरुकुल फरक छ भने, पहिलो कुरा यसले सैधान्तिक र व्यवहारिक दुबै प्रकारको शिक्षा एकैसाथ प्रदान गर्दै आएको छ । बाबु, आमा, गुरु, मान्यजन देवता समान हुन्छन् भन्ने संस्कार र संस्कृति यसले विद्यार्थीहरूलाई सिकाउँदै आएको छ विद्यालयको समय पनि यहाँ फरक छ । विद्यार्थीहरूलाई विहानको खाना, दिउँसोको खाजा प्ले गु्रपदेखि १२ सम्मका विद्यार्थीहरूलाई उनिहरूको आधारमा फरक फरक प्रकारको व्यवस्था छ । त्यसै गरि विदेशमा बसेका अभिभावकहरूका सन्तानहरू छात्रछात्रा दुबैको लागि यहाँ आवासको व्यवस्था छ । सबै प्रकारका खेलकुदहरू सिप, घोडा चढ्ने सिप, पौडी खेल्ने सिप, प्रोजेक्ट ओर्क, गृहकार्यको कडा चेकजाँच, आवधिक परिक्षा, शिक्षक तालिम, आदि विभिन्न कारणले गर्दा अन्य स्कूलभन्दा गुरुकुलको शिक्षा प्रणाली फरक छ ।

– तपाईले सरकारी सेवामा रहदा गर्न नपाएका वा गर्न नसकेका के कस्ता योजनाहरु गुरुकुलमा लागु गरिरहुनभएको छ ?

यहाँको जिज्ञासाअनुसार म आफू सरकारी सेवामा रहँदा त्यहाँ विभिन्न प्रकारका अवरोधहरू सिर्जना गरिन्थ्यो । जसले गर्दा सोचेको काम सबै गर्नसक्ने अवस्था थिएन, तर गुरुकुलमा त्यसो हुँदैन । यसर्थ मैले निर्धक्क भएर आफूले चाहेको काम र लागु गर्न चाहेको योजना लागु गर्न पाइरहेको छु ।

– प्रभावकारी शिक्षण सिकाईका लागि अभिभावकको भुमिकाका बारेमा यहाँको सुझाव केही छ ?

प्रभावकारी शिक्षण सिकाइका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरूको त्रिपक्ष समान भूमिका हुनु आवश्यक छ, यदि एउटा पक्षको भूमिका कमजोर भयो भने प्रभावकारी सिकाई बन्न सक्दैन ।

– एउटा शिक्षक सरकारी सेवामा हुँदा जस्तो परिणाम निकाल्छ नीजिमा जाँदा त्यो भन्दा राम्रो परिणाम निकाल्छ यसको कारण के हो ?

यो त स्पष्ट छ । सरकारी सेवामा राज्यको काम कैले जाला घाम भने झैँ छ तर संस्थागत तहमा ‘गर अथवा मर’ (डु ओर डाई) भन्ने अवस्था भएको हुँदा त्यहाँको परिणाम राम्रो निस्कन्छ ।

– घोराही उपमहानगरपालिकालाई शिक्षाको सवालमा गर्नु पर्ने कामका बारेमा के सुझाव दिन चाहनुहुन्छ ?
घोराही उपमहानगर पालिकाले शिक्षाका क्षेत्रमा धेरै राम्रा कामहरू गरेको छ । घोराहीले समय समयमा शिक्षाको बारेमा छलफल गर्ने गरेको छ ।

–अन्त्यमा थप केही भन्नु हुन्छ कि ?

राप्ती पोष्ट दैनिकलाई शिक्षाको क्षेत्रमा हासिल गरेका अनुभव लगायतका विषयमा कुरा राख्न दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार