spot_img
spot_img

जलायसको उपयोगिता

सम्पादकीय

घोराही उपमहानगरपालिका नेपालका ११ वटा उपमहानगरपालिका मध्य सवैभन्दा ठूलो भूगोल भएको पालिका हो । घोराही र तुलसीपुरलाई मिलाएर एउटै महानगर बनाउने चर्चा पुरा नहुँदासम्मका लागि घोराही नेपालका सवै उपमहानगरपालिकामध्य ठूलो भुगोलका रुपमा रहेको घोराहीमा निर्माण गरिएका जलासयहरुले राम्रो प्रचार पाएका छन् । दाङ जिल्लामा पानी संरक्षण गर्नका लागि जलायस बनाउनुपर्ने कुरा लामो समयदेखि उठ्दै आएको हो । दाङ जिल्लाको भुगोल यस्तो छ कि यहाँ पानी लामो समय अड्दैन । करिव आठ १० किलोमिटरको उत्तर–दक्षिण भुगोल रहेको छ । माथिबाट परेको पानी तल्लो भागमा पुगेर बवई हुँदै बाहिरिन्छ । पानीका ठूला स्रोत केही छैनन् । प्राकृतिक रुपमा बनेका ताल तलैयाहरु छैनन् । ठूला नदी वा खोलाहरु पनि यो भुगोलमा रहेका छैनन् । बर्षातको समयमा आउने खहरे खोलाको पानी जम्मा गर्ने संयन्त्र पनि हामीसंग रहेको छैन । यस कारणले गर्दा हामीले पानीका लागि जलासय बनाउनुको विकल्प रहेको छैन । जुन काम घोराहीले गरिरहेको छ । घोराहीले साना ठूला गरेर ४३ वटा जलासय बनाएको छ । ठूला साना जलासयहरु बनाएर पानी संकलन गर्ने जुन कार्य गरिएको छ यसले घोराही क्षेत्रमा पानीको सतहलाई बढाउने काम गरेको छ । सिचाईका लागि राम्रो भएको छ । घोराहीले गरेको कामले घोराहीको पहिचानलाई फरक बनाएको छ ।

घोराही उपमहानगरपालिकाको पूर्वमा बवई रहेको छ । जुन अत्यन्त सानो रहेको छ । बवई दाङका सवै खोलाको पानी जाने अन्तिम थलो हो । यस्तै उत्तर र दक्षिण भएर बग्ने खोलाहरु सिस्ने, कटुवा, सेवार, गुर्जे, हापुर खोला घोराही भित्रका खोलाहरु हुन । यस बाहेक केही साना तिना खोलाहरु पनि छन् । साना तिना खोलाहरु खहरे खोलाका रुपमा रहेका छन् । घोराहीमा पानीको स्थायी स्रोत अरु केही छैन । अहिले पानीको सतह हरेक बर्ष तल तिर गइरहेको छ । पानीको सतह कम भएका कारणले गर्दा घोराहीमा कुवा सुकेका छन् । घोराहीमा डिप बोरिङहरुबाट पानी आउन छोडेको छ । यस कारणले गर्दा घोराही खानेपानीले बवईबाट लिफ्टिङ गरेर पानी घोराही ल्याउने तयारी गरिरहेको छ । घोराहीको उत्तरी क्षेत्रमा पानीको स्रोत राम्रो हुन्थ्यो भने बवईबाट पानी उत्तरतर्फ ल्याउनुपर्ने दुःख गर्नु पर्दैनथ्यो । घोराहीमा बनेका तालहरुबाट सिचाई गरेर तरकारी खेती गर्ने क्रम बढेको छ । घोराहीमा पानीको स्रोत बढ्न थालेको छ । पहिले सुक्ने गरेका कुवाहरुमा पानी पछिसम्म हुन थालेको छ । तरकारी खेती गर्नेहरुका लागि राहत भएको छ । यो नै यसको राम्रो पक्ष हो । घोराहीमा पानीको स्रोत बृद्धि गर्नका लागि हामीले गर्ने काम मध्य सवैभन्दा महत्वपूर्ण काम यहि हो । विश्वका कतिपय मुलुकमा नालाबाट बग्ने पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याइएको हुन्छ । हामीले त्यो कुरा कल्पना मात्रै गर्न सक्छौं । हामीले फोहरलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन सकिरहेका छैनौं भने पानीलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउने कुरा निकै टाढाको कुरा हो । भविश्यमा यस्तो पनि हुन सक्छ । यस्तो गर्न सकिन्छ । यस्तो अनिवार्य गर्नुपर्ने अवस्था आउँछ ।

घोराही उपहानगरपालिकाले जलासय बनाएर अरु पालिकालाई पानी जम्मा गर्नका लागि जलासय बनाउन सकिने रहेछ भन्ने सन्देश दिएको छ । कतिपय जलासयहरु पर्यटकिय स्थलमा परिणत हुँदैछन् । घुम्न जाने, बोटिङ गर्ने, सिचाई गर्ने काममा पानीको प्रयोग भइरहेको छ । घोराहीमा पानीका लागि जलासय बनाउने काम जति भएको छ यो अझै पर्याप्त भएको छैन । घोराहीमा पानी जम्मा गर्नका लागि अहिले जति ताल तलैया बनेका छन् यो संख्या अझै बढाउनुपर्छ । यसका साथै तल्लो तहमा भन्दा घोराहीको माथिल्लो भेगमा पानी जम्मा गर्ने ठूला जलासय बनाउनुपर्छ । बर्षातमा आएको पानीलाई जम्मा गर्ने र मुल संरक्षण गर्ने हो भने मात्रै घोराहीमा दिर्घकालिन रुपमा पानीको समस्या समाधान गर्न सकिन्छ । घोराही ठाडा खोलाहरुलाई पानी जम्मा गर्ने गरी ड्याम बनाउन गाह्रो छ । पहाडी क्षेत्रमा ड्याम बनाउन सकिन्छ । सम्म भागमा पानी जम्मा गर्नका लागि प्राकृतिक खाडललाई नै प्रयोग गर्ने हो । घोराही क्षेत्रको उत्तरी भेगमा ठूला चिराहरु छन् । सोताहरु छन् । ति सवैलाई पानी जम्मा गर्ने गरी व्यवस्थापन गरिनुपर्छ । संगै ख्याल गर्नुपर्ने कुरा अर्को के छ भने घोराही क्षेत्रमा रहेका कतिपय जलासयहरु असुरक्षित देखिएका छन् । असुरक्षित जलासयलाई कसरी सुरक्षित बनाउने भन्ने योजना संगै आउनुपर्छ । तारवार गर्ने, तयारी अवस्थामा डुंगा र जनशक्ति राख्ने बारेमा संगै योजना बनाउनुपर्छ । जहाँ केही राम्रो पक्ष हुन्छ त्यहाँ केही नराम्रो पनि हुन्छ । राम्रो कामको परिणाम पनि राम्रो नै हुन्छ । यसर्थ घोराही उपमहानगरपालिकाले थालेको जलासय निर्माणको योजनालाई थप व्यवस्थित गर्दै संख्या बृद्धि गर्ने र उपयोगिता बढाउने काम गर्नुपर्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार