spot_img
spot_img

घोसखोलामा सोलार पुगेपछि विस्थापितको खतरा टर्यो

राप्ती पोष्ट

देउखुरी, बैशाख । राप्ती गाउँपालिकामा विकट बस्ती मानिन्छ देविकोट । त्यो भन्दा पनि विकट रहेको छ घोस खोला । साविक हाँसिपुर गाउँ विकास समिति अन्तरगत रहेको यो बस्ती अहिले राप्ती गाउँपालिकाको वडा नं. ९ मा पर्दछ । राप्ती गाउँपालिकाका रुपमा छ बर्षसम्म पनि विद्युत नपुगेको यो बस्तीमा हालै सोलारबाट विद्युत बाल्ने व्यवस्था मिलाइएको छ ।
राप्ती गाउँपालिकाको पहलमा घोसखोलामा रहेका १३ परिवार रहेको बस्तीमा सोलारबाट विद्युत बाल्ने र मोवाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ । यस अघि घोस खोलाका मानिसहरु मोवाइल चार्ज गर्नका लागि करिव दुई घण्टा हिडेर देविकोट पुग्नुपर्ने बाध्यता थियो । गाउँमा सोलार जोडिएपछि स्थानीयलाई बत्ती बाल्नका लागि मात्रै सहज भएको छैन, मोवाइल चार्ज गर्न समेत सजिलो भएको छ । अध्यारोमा बस्नुपर्ने र अध्यारोमा पढ्नुपर्ने विद्यार्थीहरु पनि यसबाट खुसी भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेबबहादुर वलीका अनुसार घोसखोलाका १३ परिवारलाई ५० वाटको सोलार वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि दुई लाख ६० हजारको हाराहारीमा गाउँपालिकाले रकम खर्च गरेको छ । ग्रामिण बस्तीमा विद्युत पु¥याउन कठिनाई हुने भएकाले सोलारबाट उज्जालो बनाउने अभियान अन्तरगत घोसखोलामा सोलारबाट विद्युतिकरण गरिएको वलीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रकाश विष्ट र उपप्रमुख कमलापती चौधरीको रोवहरमा १३ घर परिवारलाई सोलार हस्तान्तरण गरिएको थियो । घोराहीमा रहेको न्यू ज्योति इनर्जी टे«डर्सका प्रोपाइटर भरतमणि अधिकारीले गाउँमा सोलार जोड्नुभएको थियो । अधिकारीले सवैका घरमा सोलार जोडिएको जानकारी दिंदै सोलार पाएपछि स्थानीय निकै खुसी भएको बताउनुभयो । गाउँपालिकाका अनुसार सोलार पाउनेहरुमा वडा नंं ९ घोसखोलाका रेवतलाल घर्ती, पर्शुराम गाहा, होमबहादुर मस्र्याङ्दी, मोहनलाल घर्ती, भागिराम गाहा, खुमबहादुर मगर, नेत्रबहादुर घर्ती, लोकबहादुर मगर, कुविर घर्ती लगायत हुनुहुन्छ ।

घोसखोलाका स्थानीय रेवतलाल घर्तीका अनुसार आफूहरुको बस्तीमा बत्ती नभएका कारणले गर्दा कतिपय विस्थापित भएका छन् । घोसोलाबाट बसाई सरेर लालमटियाका विभिन्न स्थानमा आएको घर्तीले बताउनुभयो । नजिकैका सवै बस्तीमा उज्ज्यालो हुने भएपनि आफूहरुको बस्तीमा अध्यारो भएपछि स्थानीय बसाइ सरेर सुगम स्थानमा आएका थिए । आफूहरु भने कतै जान नसकेपछि गाउँमै बसेको अर्का स्थानीय लोकबहादुर मगरले बताउनुभयो । बत्ती आइसकेपछि अव गाउँबाट कोही विस्थापित नहुने आशा बढेको मगरले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत वलीले राप्ती गाउँपालिकाका अन्य बस्तीहरुमा पनि आधारभूत सुविधा पु¥याउने बारेमा पालिकाले योजना बनाइरहेको बताउनुभयो । बत्ती नपुगेको स्थानमा बत्ती पु¥याउने, पानी नपुगेको स्थानमा पानी पु¥याउने, औषधी उपचारको व्यवस्थागर्ने कुरालाई पालिकाले महत्वका साथ हेरेको पनि वलीले बताउनुभयो ।
वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको पहलकदमी भएपछि वडाको विकट बस्तीमा सोलार पु¥याउन सम्भव भएको हो । वडा नंं ९ मा विकट बस्तीहरु रहेको भन्दै सुनारीले वडाले विकट बस्तीमा आधारभूत सुविधा पु¥याउने कामलाई तिव्रता दिएको बताउनुभयो । उहाँले वडा नं. ९ राप्ती गाउँपालिकाको सवैभन्दा विकट वडा भएकाले पालिकाले पनि बिषेश रुपमा हेर्नुपर्ने बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img