spot_img
spot_img

अधिकारी बंशधर नियाल्दा

समिक्षा

थानेश्वर अधिकारी

अधिकारी बंशधर नियाल्दा पुस्तक विमोचन गर्ने कार्यक्रममा मलाई समिक्षकको भूमिका निवाह गर्ने अवसर दिनुभएकोमा आभार प्रकट गर्दछु । यो लेखकको १७ औं कृतिका रुपमा आएको छ । कृतिप्रति र लेखकप्रति श्रद्धाभाव प्रकट गर्दछु । यस पुस्तकमा सहप्रधापक एवं अधिकारी समाजका पूर्व अध्यक्ष नारायण अधिकारी र नेपाल संस्कृत विद्यालयका वेलझुण्डीका कुल सचिव एवं सह ाप्राध्यापक माधव अधिकारीको शुभेच्छाको लेखबाट अधिकारी बंशधर सुरु भएके छ ।
विक्रम सम्वत १५७५ मा उदयपुर राज्य स्थापना भएको थियो । उदयपुर राज्यमा पहिला ब्राम्हण राजाका रुपमा जसुधर कार्कीबाट सुरुवात भएको र १७ औं पुस्तासम्म उनका सन्ततीहरुले बैधानिक रुपमा राज्य संचालन गरेको कुराको इतिहास साक्षी छ । विभिन्न समयमा विभिन्न ऐतिहासिक व्यक्तित्वले उदयपुर राज्य (अन्तरगतका अधिकारीका इतिहासलाई लिपिबद् क्रममा वि.स. २०५७ सालमा आएर श्री विष्णु प्रसाद शर्मा अधिकारीको संयोजकत्वमा वंशावली संकलन तथा प्रकाशन समिति गठन गरी २०५८कातिक १२ गते कोजाग्रत पूर्णिमाको दिन ४१० पृष्ठको ‘उदयपुर राजाको इतिहास तथा अधिकारी बंशावली’ विमोचन गर्ने शुभ साइत जुरेको थियो ।

उदयपुर राज्य सरचालन गर्ने क्रम लामो समयसम्म रह्यो । जब श्री ५ वडामहाराज पृथ्वी नारायण शाहको एकिकरण गर्ने अभियानका उदयपुर राज्य पनि अछुतो रहेन । प्रथम राजा जसुधरबाट सुरु भएको राज्य संचालन १७ पुस्ताका राजा शान्तराजले समेत अन्य राजा सरह नेपाल सरकारबाट भत्ता प्राप्त गरेको इतिहास ज्यूँदै छ । यसरी अधिकारी वंशधर नियाल्दा पुस्तक विमोचन गर्ने कार्य भइरहदा यस भित्र अधिकारी समाज स्थापना गर्नका लागि विधान मक्यौदा समिति गठन गरी उक्त समितिले तयार गरेको विधान पारित गरि वैधानिक रुपमा मिति २०६० साल जेठ ४ गतेका दिन दिन दर्ता नं. ४३४ मा ‘अधिकारी समाजको विधान २०५५’ जिल्ला प्रशासन कार्यालय दाङमा भएको देखिन्छ ।

यस पुस्तकका लेखक पदमप्रसाद शर्मा जसले बडो मिहिनेतका साथ अधिकारी वंशको विगतदेखि वर्तमान सम्मका गतिविधिहरुलाई समेटेर एउटा मालिले विभिन्न ठाउामा छरिएर रहेका फूलका गुच्छा संकलन गरेर सिंगो माला तयार गरे झै साना साना तर महत्वपूर्ण दस्तावेजलाई आधार बनाएर सकेसम्म तथ्य र प्रमाणको आधारमा बास्तविकता र यथार्थ कुराहरु नछुटुन भनि सतर्कताका साथ औल्याउनुभएको छ । लेखकले १७ औं कृति प्रकाशित गरी विमोचन गराइ रहदा जसुधरका सन्ततिले पनि १७ पुस्तासम्म राज्य सञ्चालन गरेको कुराले संयोगबस १७ औं कृतिको रुपमा हामीले पाइरहदा ज्यादै शौभाग्य ठानेको छु ।
यस पुस्तका विशेषताह लाई निम्न बुँदाबाट औल्याउँदा ज्यादै प्रभावकारी होला भन्ने ठान्दछु ।
१) ११ वटा शीर्षकमा उल्लेख गरिएको ।
२) विभिन्न विभिन्न समय र मितिमा गरिएका भेला तथा गोष्ठिहरुको तिथी मिति सहित उल्लेख गरिएको ।
३) तथ्यहरुलाई प्रभावकारीता दिन तस्वीर लाई समेत समेटिएको ।
४) कश्यप गोत्रिय उदयपुरे अधिकारीको आरम्भ देखि १७ पुस्ता सम्मका राजा रानीको सम्पूर्ण विवरण मिति सहित उल्लेख गरिएको ।
५) अधिकारीहरूले विगत देखि वर्तमान सम्मका गर्दै आएको कूलपूजाका स्थान, त्यसमा बनेका विन्दवासिनी मन्दिर एवं क्षेत्रपालका मन्दिरहरु समेतलाई समेरिटएको साथै मन्दिरका फोटाहरु समेत राखिएको ।
६) उदयपुर राजा भित्र रहेका वा वा पर्ने २९ मौजा को नाम सहित प्यूठान उदयपुर धोवाघाटमा राजधानी (राजकाल सञ्चालन गर्ने दरवार) समेत उल्लेख गरिएको ।
७) जशुधर वंशीय अधिकारी समाज भित्र रहेका विभिन्न हांगाहरुको समेत उल्लेख गरिएको ।
८) अधिकारीले कूलपूजा गर्दा पुजीने विभिन्न देवी देवताको नामहरु समेटिएको ।
९) वर्तमान अवस्थामा अधिकारी समाज दाङ अन्तरगत विभिन्न जिल्ला र क्षेत्रलाई आधार बनाइ क्षेत्रिय समितिहरु रहेका र ति समतिलिे गर्दै आएका विगत देखि वर्तमान सम्मका कार्यहरुलाई लाई समेटिएको छ ।
१०) पुस्तकमा कश्यप ऋषिको तस्वीर अंकित गरिएको ।
११) सबैले पढ्न र बुझ्न सकिने अक्षर र भाषामा ध्यान दिएको आदी
यसरी वडो मिहिनेतका र इमान्दारीताका साथ पुस्तकको आकार दिदै गर्दा केहि कुराहरू छुट्नु र छुटेका केही कुरा पछि थाहा पाउँदा पाउँदै पनि त्यसलाई समेट्न कठिन हुनु स्वभाविक मानिन्छ । त्यसको पिडा लेखक स्वयमलाई विझि रहेको हुन्छ भन्ने मलाई लाग्छ । यस पुस्तकमा अधिकारीको उदयपुर राज्य सञ्चालन विधि के कस्तो थियो ? बिना सेनाको राज्य सञ्चालन गर्दा के कस्ता राम्रा र के कस्ता कठिन परिस्थिति हुँदो रहेछ अर्थात वर्तमान भाषामा व्यवस्थापिका, कार्यपालिका, र न्यायपालीका भनेझै तत्कालिन समयमा के कसरी सञ्चालन हुने गर्दथ्यो ? जनताले राज्यलाई तिने कर बेगारी गरेर दिनु पर्ने वा चुक्ता गर्ने प्रचलन थियो भने जनताले सरकारबाट के कस्तो न्याय निसाफ हुने गर्दथ्यो भन्ने कुराहरुलाई समेत समेट्न सकेमा अझ राम्रो हुने थियो ।

पुस्तकको आकार, बाहिरी जिल्दा, अक्षर, विषय सूची सन्दर्भ सामग्री सवै समय सापेक्ष र सान्दर्भिक छन् । समग्रमा पुस्तकले धेरै कुराहरुलाई समेटेर अधिकारी बंशजको एउटा सिंगा पिलरको रुपमा उभिएको पाएको छ । यस पुस्तकले इतिहासलाई माया गर्ने र मन पराउने पाठकहहरुलाई भोलिका दिनमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा दुई मत छैन । भनिन्छ एउटै फूलको बोरमा फुलेका फूलहरु पनि कुनै मन्दिरमा भगवानका लागि चढ्छन्, कुनै मालाको रुपमा गासिन्छ भने कुनै फूल मानिसको अर्थि शवमा चढ्न पुग्छन् । त्यस्तै कुनै सितको थोपा आगाको कोइलामा प¥यो भने खरानी बन्दछ । त्यसैले हाम्रो अधिकारी समाजका धेरै फूलहरु जसुधर सन्ततीको फूलरुपी बोटमा फूलेर पनि पद्मप्रसाद शर्माले यो पुस्तक १७ औं कृतिको विमोचन गरेर सबैको हृदयमा बस्न सफल हुन भएको कुरा मैले महशुस गरेको छुँ । उहाँको लेखनीय धर्म अझै फुल्दै जाओस । यसै पुस्तकलाई पुन संस्करण प्रकाशन गर्ने जमर्को गरिरहँदा त्यसमा हाल लेखक स्वयंम लाई महशुस भएका र अन्य शुभचिन्तक, पाठकबाट आएका सुझावहरुलाई समेत समेटेर कुनै दिन त्यस संस्करणले अझै बढी सन्तुष्टि दिन सफल हुने छ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा यस अधिकारी वंशधर नियाल्दा’ पुस्तकका प्रकाशकलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु । साथै लेखकको धर्मपत्नीलाई सवैभन्दा धेरै आभार व्यक्त गर्दछु । आफ्नो बंशका बारेमा उजागर गर्ने र इतिहास लिपिपद्ध गरेकोमा बधाई दिंदै यस्ता पुत्र रत्नलाई जन्मदिने ति महान आमा र बुवालाई स्मरण गर्दै लेखकप्रति पुनः आभार व्यक्त गर्दछु ।

(लेखक अधिकारी समाज दाङको सह–सचिव हुुनुहुन्छ ।)

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img