spot_img
spot_img

दीपशिखा माविको ३० औं बार्षिकोत्सव

संस्थागत विद्यालय राज्यका सहयोगी

राप्ती पोष्ट

घोराही, माघ । घोराहीमा रहेको दिपशिखा आवासीय माविले शुक्रबार ३० औ बार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले संस्थागत विद्यालयहरुले राज्यको सहयोगीका रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले संस्थागत विद्यालयहरुले दक्ष जनशक्ति उत्पादन गर्नका लागि ठूलो सहयोग गरेको भन्दै उपमहानगरपालिका संस्थागत विद्यालयहरुसंग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । नीजि क्षेत्रले शिक्षाको विकासका लागि खेलेको भूमिकाका बारेमा जानकार रहेको भन्दै नीजि क्षेत्रबाट उत्पादन भएको जनशक्ति देशका विभिन्न पेशा व्यवसायमा लागेर सेवा गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्याव्सनका केन्द्रिय सचिव यादव गिरीले बालवालिकालाई विद्यालयमा पठाएर मात्रै अभिभावकको दायित्व पुरा नहुने भन्दै अभिभावकले यो कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बालवालिकालाई कस्तो बनाउने भन्ने बारेमा अभिभावकले ध्यान दिनुपर्ने भन्दै अहिले बालबालिकामा मोवाइलको लत बसेको, कतै लागु पदार्थको दुव्र्यसनमा फसेको तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्द, पुरस्कार संस्थापक केशव दिपक न्यौपाने, अभिभावकहरु गिरिराज अधिकारी र गणेश बञ्जाडे लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बोल्नेहरुले दीपशिखा आवासीय माविले देशकै शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । दीपशिखा आवासीय मावि यस क्षेत्रमा उदाहरणिय विद्यालयका रुपमा रहेको भन्दै बक्ताहरुले अन्य विद्यालयले सिक्नुपर्ने कुरा दीपशिखासंग धेरै रहेको बताउनुभएको थियो ।

पुरस्कार प्रदान

सोही समारोहमा आफ्नी जीवनसंगीनी हिमा न्यौपानेको संझनामा केशव दिपक न्यौपानेले स्थापना गर्नुभएको हिमा एक्सलेन्सी अवार्ड पनि वितरण गरिएको थियो । कोभिडका कारणले गर्दा गएको बर्ष वितरण नगरिएको पुरस्कार यस बर्ष वितरण गरिएको थियो । जस अनुसार विद्यालयले छनौट गरेका छात्र छात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

हिमा एक्सलेन्सी अवार्ड २०७८ ओना बुढाथोकी र प्रभात जिएमलाई प्रदान गरिएको थियो भने २०७९ हृदम घिमिरे र प्रकृति डिसीलाई प्रदान गरिएको थियो । प्रथम हुनेलाई १० हजार रुपैया र दोस्रो हुनेलाई सात हजार रुपैयाका दरले रकम प्रदान गरिएको थियो । यो पुरस्कारका लागि दुई लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छ । सोही रकमबाट आउने व्याजबाट हरेक बर्ष दुईजनालाई पुरस्कृत गरिन्छ । कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रुपमा सफल भएका विद्यार्थीहरुलाई विद्यालयले पुरस्कार वितरण गरेको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img