spot_img
spot_img

राप्ती आँखा अस्पतालमा विशिष्टीकृत सेवा

छबि पुरी /राप्ती पोष्ट

घोराही, मंसिर । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत संचालित राप्ती आँखा अस्पतालले पछिल्लो समय आफ्नो सेवा बिस्तार गर्दै लगेको छ । आँखा अस्पतालले प्रदान गर्दै आएको सेवा र थपिएको विशिष्टीकृत सेवाका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा देशका प्रमुख शहरमा रहेका केही अस्पतालले प्रदान गर्न सक्ने क्षमताको सेवा उपलब्ध भईरहेको बताईएको छ ।

प्रचारात्मक, उपचारात्मक तथा पुनस्र्थापना कार्यक्रम अस्पतालले प्रदा गर्दै आएको जानकारी गराउँदै रेटिना रोग विशेषज्ञ डा. सन्तोष सुवेदीले चार प्रकारका विशिष्टिकृत आँखा उपचार सेवा आँखा अस्पतालको पछिल्लो विशेष प्रकारको सेवा प्रदान गर्न थालेसँगै विरामीलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

नियमित उपचार सेवा बाहेक अहिले आँखाको नानी सम्बन्धि सेवा, टाउको र आँखाको सेवा, दृष्टि पर्दाको सेवा र बालनेत्र सेवा, आँखाको नानी प्रत्यारोपण सेवा, आँखाको आँशु नली अपरेशनलगायत थुप्रै प्रकारका गुणस्तरीय सेवा प्रदान गर्न सफल भएको बताउँदै यन्त्र उपकरणमार्फत सहज सेवा बिस्तार हुँदै गएको रेटिना रोग विशेषज्ञ डा. सुवेदीले बताउनुभयो ।
विशिष्टीकृत सेवा अन्तरगत आँखाको पर्दा सम्बन्धी सेवा, आँखाको क्यान्सर सम्बन्धी सेवा, आँखाको नानी सम्बन्धी उपचारसेवा र डेढो आँखाको उपचार तथा शल्यक्रिया सेवा रहेका उहाँले बताउनुभयो ।

यस अन्तरगत, आँखाको पर्दाको मधुमेह, लेजर प्रविधिमार्फत उपचार, पर्दाको प्वाल, आँखाभित्र जमेको रगत निकाल्ने, आँखाभित्र छिरेको फलामको टुक्रा, ढुंगालगायतको शल्यक्रिया, ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रिया सेवा, आँशु नली सम्बन्धी उपचार तथा शल्यक्रिया, काटिएको आँशु नलीको शल्यक्रिया, आँखाको ढकनीको उपचार सेवा, आँखाको भित्री भागमा देखिएको ट्युमर उपचार सेवा, आँखाको सौन्दर्यताको लागि गरिने उपचार तथा शल्यक्रिया, दृष्टि बढाउन गरिने नानी प्रत्यारोपण सेवा, आँखामा पलाएको मासुको अप्रेशन, आँखाको नानीमा देखिने क्यान्सर, सेतो दाग, नानी फुटेपछि समेतको सफल उपचार सेवा थालनी भएको उहाँले बताउनुभयो ।

अब आगामी दिनमा आँखासम्बन्धी सबै प्रकारका रोगको उपचार, बिरामी अन्यत्र रिफर रोक्नु, छिटो उपचारका लागि अत्याधुनिक सेवा र अस्पताललाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अघि बढाईएको राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलले बताउनुभयो । अहिले पनि निरन्तर रुपमा पालिकासँगको सहकार्यमा निशुल्क मोतिविन्दुको उपचार हुने गरेको बताउँदै उहाँले दाङदेखि मुगुसम्म आँखाको सेवा दिने गरेको जानकारी गराउनुभयो । यस्तै, आँखा स्वास्थ्यका लागि रुढीवादी परम्परा तोड्न धामी झाँक्री, स्वयंसेविका, शिक्षक सबैलाई सचेतना प्रदान गर्दै आएको हुँदा समुदायस्तरमा प्रभावकारी भएको बताउनुभयो ।

अब सन् २०२४ सम्ममा राप्ती आँखा अस्पताललाई आत्मनिर्भर बनाउँदै अध्ययन प्रतिष्ठानका रुपमा लुम्बिनी प्रदेशको विशिष्ट अस्पताल बनाउने लक्ष्य राखिएको अस्पतालका सचिव सुरेन्द्रबहादुर खड्काले बताउनुभयो । राप्ती आँखा अस्पतालले खासगरी पहाडी क्षेत्र रुकुम पूर्व र पश्चिम, सल्यानलगायतका स्थानमा सेवा प्रदान गर्दै आएको छ भने लमहीले कोईलाबास, बहादुरगंजले कृष्णनगर क्षेत्रमा पनि समुदाय स्तरमा पुगेर आँखा स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
२०२१ सालसम्म राप्ती आँखा अस्पतालले सेवा दिने संख्या २० लाख बढी रहेको बताउँदै यो बाहेक थप पाँच लाख बढीले सेवा लिने गरेको प्रशासनिक समिति संयोजक चिरञ्जीवी रिजालले बताउनुभयो ।

उहाँका अनुसार, राप्ती आँखा अस्पतालबाट सन् २०२२ जनवरीदेखि अक्टोबर १० सम्ममा मात्रै ५९ हजार ४८ जनाले सेवा लिन सफल भएको बताउनुभयो । जस अन्तरगत मोतिविन्दुको उपचार दुई हजार एक सय ३६, दृश्य सम्बन्धी उपचार पाँच हजार तीन सय २६, जेष्ठ नागरिकको आँखा उपचार दुई हजार पाँच सय १०, अन्य एक हजार चार सय ३६ जना रहेका छन् । आँखा अस्पतालले सामाजिक उत्तरदायित्व अन्तरगत निशुल्क रुपमा एक हजार चार सय ८९ जनाको उपचार गरेको बताउनुभयो । यसैगरी, अभियानात्मक कार्यक्रम अन्तरगत १० हजार पाँच सय ९८ जनालाई क्याम्पमा निशुल्क उपचार, आठ हजार दुई सय २४ बालबालिकालाई सेवा, दुई हजार नौ सय १४ जनालाई शल्यक्रिया सेवा दिएको उहाँको भनाई थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img