spot_img
spot_img

दाङका चार मतदान स्थलको जिम्मेवारी महिलालाई

महिलालाई मात्रै मतदान केन्द्रको जिम्मा दिएको घोराही १८ बेलघारी स्कुल मतदान केन्द्रका कर्मचारी ।  तस्वीरः कुलदिप न्यौपाने

कस कसले पाए जिम्मेवारी ?

छबि पुरी/ राप्ती पोष्ट

घोराही, मंसीर । भोली अर्थात मंसीर ४ गते आईतबार हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरुले मात्रै जिम्मेवारी पाएका छन् ।

मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतकोे कार्यालयले जनाएको छ । महिलामैत्री मतदान स्थलहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारीहरु मात्रै रहनुभएको छ ।

त्यहाँ मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै रहेको निर्वाचन अधिकृत इन्दु बसेलले बताउनुभयो । उहाँलाई सहयोग गर्न श्रृजना शर्मा, हेमन्ता थापा, विना शर्मा, सावित्रादेवी शर्मा, दिपसना बिसी, बालिका घिमिरे र गोमा मगर रहनुभएको छ । सो मतदान केन्द्रमा ९ सय ५२ मतदाता रहेका छन् ।

त्यसैगरी, सोही विद्यालयको (ख) केन्द्रमा उर्मिला तिमल्सिना मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सहयोग गर्न कमला खड्का, अर्चना चौधरी, इन्दिरा बिक, हिरा केसी, गोमा योगी, तिला बिक र गीता चौधरी गरि आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा ९ सय ७३ मतदाता रहेका छन् ।

यसैगरी, घोराही उपमहानगरपालिकाको वडा नम्वर १७ मा रहेका पा्रवि हरिद्वारको (ग) मतदान केन्द्रमा पनि खिमा भुसाललाई मतदान अधिकृतको जिम्मेवारी दिईएको छ । उहाँलाई सघाउन बसन्ती पौडेल, बिपना बर्तौला, सम्झना कार्की परियार, कृतिसा रावत, श्रीजना भण्डारी, दिला केसी र सुमन चौधरी गरि आठ जना महिला कर्मचारी रहनुभएको छ । सो मतदान केन्द्रमा ७ सय ४८ मतदाता रहेका छन् ।

सोही वडामा रहेको गोरक्ष रत्ननाथ मावि चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृत रहनुभएको छ । उहाँलाई सघाउन गुप्ताकुमारी अधिकारी, विष्णा नेपाली, अनिता बुढा, सरिता भण्डारी, मनिषा चौधरी, गोमा बस्नेत र पानमती कामी रहनुभएको छ । सो केन्द्रमा ८ सय १२ जना मतदाता रहेका छन् ।

मुख्य मतदान अधिकृत कृपासुर कार्कीले महिलाहरु हरेक काममा सक्षम छन् भन्ने सन्देश दिने र यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने हुँदा यस प्रकारको अभ्यास गरिएको बताउनुभयो । ‘महिलाले मात्रै सञ्चालन गरेको नमूना मतदान केन्द्रले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ जस्तो लाग्छ, यसअघि गरिएका अभ्यासले पनि महिलालाई दिईएको जिम्मेवारी निष्ठापूर्वक पूरा गरेको पाईएको छ,’ उहाँले भन्नुभयो, ‘यो पटक दिईएको जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास छ ।’

गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचन महिला मात्रैले जिम्मेवारी लिएको मतदान केन्द्र घोराही १६ सानी अम्वापुर केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसमेत महिलाले चलाएका थिए । अहिले पनि विगतमा जस्तै जिम्मेवारी पाएर गोरक्षरत्ननाथ मावि चौघेराको (क) मतदान केन्द्रका मतदान अधिकृतका रुपमा खटिनुभएकी मोती विश्वकर्माले संघ र प्रदेशको निर्वाचन पनि जिम्मेवारीपूर्वक सम्पन्न गराउने बताउनुभयो । स्थानीय तहको अनुभव यो निर्वाचनमा सदुपयोग गर्नेछौ, उहाँँले भन्नुभयो, ‘विगतको सिकाईले आत्मविश्वास जगाएको छ, मतदान केन्द्रमा कुनै कमजोरी हुनेछैन ।’

जिल्लामा रहेका ३ संघीय र ६ वटा प्रदेश निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मतदाता क्षेत्र नम्बर ३ मा रहेका छन् । दाङमा एक सय ५३ मतदान स्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् भने कारागारमा रहेका कैदीबन्दीहरुको लागि सोही ठाउँमा अस्थायी मतदान केन्द्र स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाईएको छ । जिल्लाको घोराही र तुलसीपुर कारागारमा रहेका कैदीबन्दीहरुलाई अस्थायी मतदान केन्द्र मार्फत मतदानको व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार, क्षेत्र नम्बर १ मा कुल ५१ वटा मतदान स्थलमा १ सय ५२ वटा मतदान केन्द्रबाट १ लाख ३४ हजार ७ सय २८ मतदाताले मतदान गर्न पाउने निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले बताउनुभयो ।
यस्तै, क्षेत्र नम्बर २ मा ४८ वटा मतदान स्थलमा १ सय ४६ वटा मतदान केन्द्रबाट १ लाख ३३ हजार ७ सय ४८ मतदाताले मतदान गर्न पाउने भएका छन् । क्षेत्र नम्बर ३ मा ५४ वटा मतदान स्थलमा १ सय ६७ मतदान केन्द्रबाट १ लाख ४६ हजार ४ सय ७५ मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन् ।

जिल्लामा रहेका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै सुरक्षा संयन्त्र तैनाथ गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा रहेको १ सय ५३ मतदान स्थलमध्ये १२ वटा मतदान स्थल अति सम्वेदनशील पहिचान गरिएको छ । जसमा राजनीतिक, सामाजिक र भूगोललाई कारक मानिएको उहाँले बताउनुभयो । यस्तै, १ सय ३० वटा मतदान स्थल सम्वेदनशील पहिचान गरिएको छ भने ११ वटा मतदान स्थल सामान्य पहिचान गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img