spot_img
spot_img

यसकारण छानियो दाङ क्षेत्र नं. २ बाट पोखरेललाई

राप्ती पोष्ट

घोराही, भदौ । पाँच बर्ष अघि भएको निर्वाचनमा प्रदेश सभाको उमेदवार बन्नुभएका नेकपा एमालेका महासचिव तथा लुम्विनी प्रदेसका संस्थापक मुख्यमन्त्री दाङ क्षेत्र नं. २ बाट उमेदवार बन्नुहुने भएको छ । संघीय क्षेत्र अन्तरगत उमेदवार छनौट गर्नका लागि आइतबार भएको भेलाले पोखरेलको नाम सर्वसम्मत रुपमा चयन गरेको थियो । अघिल्लो पटकको निर्वाचनमा उहाँ दाङ क्षेत्र नं. १ को क बाट उमेदवार बन्नुभएको थियो । प्रदेस सभा सदस्यमा निर्वाचित भएपछि उहाँले लुम्विनी प्रदेश सरकारको नेतृत्व गर्नुभयो । प्रदेस सरकारको सफल नेतृत्व गरेका कारणले पनि उहाँलाई दाङ जिल्लाको क्षेत्र नं. २ बाट उमेदवार बनाइएको क्षेत्रिय संयोजक अमरबहादुर खड्काले बताउनुभयो ।

उमेदवार छनौट गर्नका लागि आयोजना गरिएको भेलामा संयोजक खड्काले यस क्षेत्रबाट पार्टीका महासचिव शंकर पोखरेललाई उमेदवारका लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सह इञ्चार्ज जीवन गौतमले समर्थन गर्नुभएको थियो । केन्द्रिय कमिटीको केही दिन बसेको बैठकले एक जना महिला सहित तीन जनाको नाम सिफारिस गर्न सक्ने भनेपनि क्षेत्र नं. २ बाट पोखरेलको नाम सर्वसम्मत रुपमा घोषणा गरिएको हो ।
नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नम्वर २ ले आइतबार आउँदो मंसिर ४ गते हुन लागिरहेको निर्वाचनमा उमेदवार बनाउनका लागि माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको थियो । दाङमा प्रदेशको राजधानी ल्याउने, दिर्घकालिन महत्वका विकास योजनाहरुलाई अघि सार्ने कामको अगुवाई गर्नुभएका पोखरेलको उमेदवार घोषणा पछि पार्टी कार्यकर्ताहरु उत्साहित देखिएका थिए । कार्यक्रममा बोल्दै लुम्विनी प्रदेशका सह इञ्चार्ज गौतमले पोखरेलले विकास र विचारको नेतृत्व गरिरहेकाले उहाँको नाम सर्वसम्मत रुपमा अघि सारिएको बताउनुभयो ।

नेकपा एमालेले अघिल्लो निर्वाचनमा पोखरेल उमेदवार बनेको क्षेत्रमा यस पटक बलिभद्र रानाको नाम सर्वसम्मत रुपमा अघि सारेको छ । शनिबार भएको भेलाले रानाको नाम सिफारिस गरेको हो । यस्तै अन्य प्रदेश सभामा भने केन्द्रीय कमिटीले भनेको भन्दा धेरै नामहरु सिफारिसमा परेका छन् ।

यसैगरी दाङ जिल्ला क्षेत्र नं. १ बाट तीन जनाको नाम सिफारिस गरिएको छ । आइतबार भएको भेलाले केन्द्रिय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्यका रुपमा रहनुभएकी शान्ता चौधरी, अर्की केन्द्रिय सदस्य गंगा चौधरी र केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्विनी प्रदेस सभा सदस्य रेवतीरमण शर्माको नाम सिफारिस गरिएको छ । केन्द्रिय कमिटीले भने बमोजिम तीनजनाको नाम सिफारिस गरिएको छ ।

उता दाङको क्षेत्र नं. ३ मा पनि तीन जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. ३ बाट पार्टीका केन्द्रिय उपाध्यक्ष युवराज ज्ञवाली र केन्द्रिय सदस्यद्वय घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस गरिएको छ । ज्ञवाली २०४८ सालमा पनि सोही क्षेत्रबाट उमेदवार बन्नुभएको थियो । यस्तै उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं. ४ बाट उमेदवार बन्नुभएको थियो । ज्ञवाली राष्ट्रिय सभामा विपक्षी दलको नेता, संविधान सभा सदस्य २०७० सालमा बन्नुभएको थियो । हाल पार्टी उपाध्यक्षको जिम्मेवारीमा उहाँ हुनुहुन्छ ।

यस्तै संघीय निर्वाचनका लागि उमेदवार सिफारिसमा पर्नुभएका पाण्डे यस अघि तुलसीपुर उपमहानगरपालिकाको प्रमुख हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा मेयर हुनुभन्दा पहिले उहाँ २०५४ सालमा तुलसीपुर नगरपालिकाको उप प्रमुख हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा पनि राम्रो दख्खल राख्ने पाण्डे सामुदायिक बन उपभोक्ता महासंघको केन्द्रिय अध्यक्ष र अन्तराष्र्टिय बन महासंघको पनि अध्यक्ष बन्नुभएको थियो । उमेदवारका रुपमा सिफारिसमा पर्नुभएकी वली नेकपा एमालेको केन्द्रिय सदस्य हुनुुहुन्छ । उहाँ २०७४ सालदेखि २०७८ सालसम्म राष्ट्रिय सभा सदस्य हुनुुहुन्थ्यो । चारबर्षे कार्यकाल पुरा गर्नुभएकी वली लामो समय पत्रकारिताको यात्रामा हुनुहुन्थ्यो ।

पोखरेललाई उमेदवार बनाउने यस्ता छन कारण
नेकपा एमाले दाङ क्षेत्र नं. २ ले आगामी निर्वाचनका लागि पार्टी महासचिव शंकर पोखरेलेको नाम सर्वसम्मत रुपमा सिफारिस गर्दै गर्दा पोखरेलको नाम सिफारिस गर्नुपर्ने कारणहरु पनि सार्वजनिक गरेको छ । दाङ जिल्लाको समग्र विकासका लागि पोखरेलको विकल्प नरहेको भन्दै एमालेले तत्कालका लागि केही प्रस्ताव अघि सारेको छ भने अन्य आगामी दिनमा सार्वजनिक गर्ने बताएको छ ।
१. शंकर पोखरेल मुख्यमन्त्री रहेको समयमा उहाँकै पहलमा लुम्विनी प्रदेशको राजधानी दाङको देउखुरीमा ल्याइएकाले अव राजधानीको स्थायीत्वका लागि भूमिका खेल्नका लागि पोखरेलले जित्नैपर्ने ।
२. माडी डायभर्सनको कामलाई अविलम्व अघि बढाउन ।
३. डिपिआर तयार भइसकेको नारायणपुर विमानस्थलको काम अविलम्व अघि बढाउने काममा भूमिका खेल्नका लागि ।
४. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङ इञ्जिनियरिङ कलेजमा पठन पाठनको काम शिघ्र रुपमा अघि बढाउनका लागि ।
५. जिल्ला भित्रका विभिन्न विकास निर्माणका अधुरा आयोजना सम्पन्न गर्न र नयाँ आयोजनाहरु अघि बढाउन ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img