spot_img
spot_img

गठवन्धन गरेपछि यसरी बच्यो दाङमा माओवादी

तीन पालिकामा अध्यक्ष जितेको माओवादीको वडा २६ बाट १९ मा झर्यो

राप्ती पोष्ट

दाङ, जेठ । स्थानीय तहको निर्वाचनमा दाङमा तीनवटा पालिकामा प्रमुख र १९ वटा वडा जितेको नेकपा माओवादी केन्द्रले तालमेलबाट मात्रै आफ्नो अस्तित्व बचाउन सकेको छ । दुईवटा उपमहानगरपालिका र एउटा गाउँपालिकामा नेपाली काँग्रेससंग तालमेल गरेको माओवादी केन्द्रले अन्य पालिकामा अन्य साना दलसंग सहकार्य गरेको थियो ।
२०७४ सालको निर्वाचनमा एउटा पालिकामा अध्यक्ष र उपाध्यक्ष सहित २६ वटा वडा जितेको माओवादी केन्द्रले यसपाली तीन वटा पालिकामा प्रमुख जित्न सफल भयो । तीन वटा पालिकामा प्रमुख जित्दा उपप्रमुखमा भने जित निकाल्न सकेन् । माओवादी केन्द्रले अघिल्लो पटकको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र अधिकांश वडा जितेको बंगलाचुली गाउँपालिकामा नेपाली काँग्रेसलाई उपप्रमुख दिएर निर्वाचनमा होमिएको थियो । समग्रमा पालिकामा माओवादीले तीनवटामा प्रमुख जितेको भएपनि वडा र समग्र मतका हिसावले दाङमा कमजोर उपस्थिति देखिएको छ ।

माओवादी केन्द्रले घोराहीमा प्रमुख लिएको थियो भने उपप्रमुख काँग्रेसलाई दिएको थियो । केही वडाध्यक्ष समेत लिएको माओवादीले घोराहीमा अघिल्लो पटकको तुलनामा कमजोर मत प्राप्त ग¥यो । तुलसीपुरमा प्रमुख र उपप्रमुख केही पनि नपाएको माओवादीले चारवटा वडाध्यक्षमा चित्त बुझाएको थियो । तुलसीपुरका चारवटा वडामध्य गठवन्धनको सहयोगले तीनवटा वडामा जित हासिल गरेको छ । यस्तै घोराहीमा प्रमुख हारेको माओवादीले एउटा वडामा मात्रै जित हासिल ग¥यो । तुलसीपुरमा तीनवटा वडाध्यक्ष जित्दा समग्र नगर सभामा माओवादीको संख्या छ जना मात्रै रह्यो भने घोराहीमा एउटा वडाध्यक्ष र अन्य छ जना सदस्य गरेर नगर सभामा सात जनाको मात्रै उपस्थिति रहेको छ । यस हिसावले तुलसीपुरमा माओवादीको उपस्थिति अघिल्लो निर्वाचनको तुलनामा बलियो र घोराहीमा अत्यन्त कमजोर रहेको पाइएको छ ।
गत निर्वाचनमा प्रमुख जितेको बंगलाचुली गाउँपालिकामा माओवादीले चारवटा वडाध्यक्ष जितेको छ । अघिल्लो पटक सातवटा वडा र प्रमुख उपप्रमुख जितेको माओवादीले गठवन्धन गर्दा तीनवटा वडा र उपप्रमुख गुमाउनु परेको छ । माओवादीले वडा नं. ३, ५, ७ र ८ मा जित हासिल गरेको छ । माओवादीले आफ्नो राम्रो पकड रहेको भन्ने बंगलाचुलीमा वडाध्यक्ष र प्रमुख जित्दा पनि माओवादीको मत कमजोर देखिएको छ ।

यसैगरी गढवा गाउँपालिकामा माओवादीले प्रमुख सहित चारवटा वडामा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा थोरै मतले पराजित भएको माओवादीले राम्रो गरेको पालिका गढवा हो । माओवादीले यस पटक प्रमुखमा जित हासिल गर्दै चारवटा वडामा जित हासिल गरेको छ । माओवादी केन्द्रले वडा नं. २, ३, ४ र ६ मा जित हासिल गरेको छ । अघिल्लो पटकको निर्वाचनमा प्रमुख र उपप्रमुख नजितेको भएपनि गढवामा माओवादीले दोस्रो मत ल्याएको थियो । माओवादीले गढवामा समाजवादी र जनमोर्चासंग तालमेल गरेको थियो । उपप्रमुख समाजवादीलाई दिएको माओवादीले प्रमुख जित्दा उपप्रमुखको मत एमालेको उपप्रमुख भन्दा पछि परेको थियो । गठवन्धन गरेका कारणले यो पालिकामा माओवादीलाई फाइदा भएको छ ।

माओवादीले प्रमुख जितेको अर्को पालिका राप्ती गाउँपालिका हो । राप्ती गाउँपालिकामा माओवादीले प्रमुख जित्दा वडाध्यक्षमा भने दुईवटामा मात्रै जित निकालेको छ । वडाध्यक्षका हिसावले माओवादीले राम्रो नगरेको भएपनि यो पालिकामा प्रमुख जित्दा माओवादीको साख जोगिएको छ । माओवादीले यो पालिकामा जनमोर्चासंग तालमेल गरेको थियो । यस्तै कतै समाजवादीसंग पनि उसको तालमेल थियो । माओवादीले प्रमुख र दुईवटा वडा जित्दा जनमोर्चा र समाजवादीले पनि एक÷एक वडा जितेका छन् । यो पालिकामा जनमोर्चाले उपप्रमुख पाएको थियो । उपप्रमुखमा भने एमालेकी कमलापती चौधरी विजयी हुनुभयो । अघिल्लो निवार्चनमा प्रमुख र उपप्रमुख जितेको काँग्रेस तेस्रोमा खुम्चीएको छ । माओवादीले वडा नं. २ र ९ मा जितेको थियो । यस्तै जनमोर्चाले वडा नं. ४ र समाजवादीले वडा नं. ६ मा जित हासिल गरेको थियो । दाङका एक सयवटा वडामध्य जनमोर्चा र समाजवादीले वडा जितेको पालिका राप्ती गाउँपालिका मात्रै हो ।

देउखुरीको राजपुर गाउँपालिकामा माओवादीको उपस्थिति अघिल्लो निर्वाचनमा राम्रो रहेको थियो । गाउँसभामा माओवादीको बहुमत रहेको थियो । काँग्रेसले प्रमुख र उपप्रमुख जितेको भएपनि कार्यपालिका माओवादीको थियो । यसपटक माओवादीले तीनवटा वडा जित्दा र काँग्रेसले दुईवटा वडा जित्दा पनि प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । राजपुरमा माओवादीले वडा ंंनं. ३, ६ र ७ मा जित हासिल गरेको थियो । यो पालिकामा सवै दल बेग्ला बेग्लै निर्वाचनमा भाग लिएका थिए । अघिल्लो पटक एउटा पनि वडा वडा नजितेको एमालेले दुईवटा वडा जितेको छ ।
यस्तै दंगिशरण गाउँपालिकामा माओवादीको कमजोर पालिकाका रुपमा रहेको छ । दंगिशरणमा माओवादीले एउटा पनि वडा जितेको छैन । अघिल्लो पटकको निर्वाचनमा दंगिशरणमा माओवादीको उपस्थिति राम्रो रहेको थियो । दंगिशरणमा एमालेले चारवटा र काँग्रेसले तीनवटा वडा र प्रमुख उपप्रमुख जितेको छ ।

अघिल्लो निर्वाचनमा माओवादीले दाङ जिल्लामा तालमेल विना नै २६ वडा जितेको थियो भने यसपटक गठवन्धन गर्दा १९ वटा वडा र एक्लै लडेका वडामा चारवटा मात्रै जित हासिल गरेको छ । समग्रमा जिल्लामा पालिका प्रमुख जित्ने हिसावले माओवादी काँग्रेसपछि दोस्रो शक्तिका रुपमा रहेको छ । काँग्रेसले पाँचवटा पालिकामा प्रमुख र सातवटामा उपप्रमुख जितेको छ । माओवादीले तीनवटामा प्रमुख जितेको छ भने एमालेले दुईवटा उपमहानगरपालिका र राप्ती गाउँपालिकामा उपप्रमुखमा जित हासिल गरेको छ ।

यस्तै माओवादी कमजोर रहेको पालिका बवई रहेको छ । ववई गाउँपालिकामा माओवादीले एउटा पनि वडा जित्न सकेको छैन । यो पालिकामा माओवादी एक्लै निर्वाचनमा गएको थियो । एक्लै निर्वाचनमा जाँदा अघिल्लो पटक पनि माओवादी सुन्य थियो अहिले पनि सुन्य रहेको छ । यस्तै शान्तिनगर गाउँपालिका माओवादी कमजोर भएको अर्को पालिका हो । शान्तिनगरमा अघिल्लो पटक तीनवटा वडा जितेको माओवादी एसपटक एउटा वडामा खुम्चिएको छ । माओवादीले वडा नं. १ मा मात्रै जित हासिल गरेको थियो ।

माओवादी एक्लै निर्वाचनमा गएको पालिका लमही नगरपालिका हो । अघिल्लो पटकको निर्वाचनमा एउटा वडा जितेको माओवादीले यसपटक पनि एउटा मात्रै वडा जितेको छ । प्रमुखमा राम्रै मत ल्याएको भएपनि नौ वडामध्य एउटा मात्रै वडा जित्दा त्यो जितका लागि प्रयाप्त रहेन । माओवादीले वडा नं. ५ मा जित हासिल गरेको छ ।

यस्तै घोराही उपमहानगरपालिका माओवादीका लागि सवैभन्दा प्रतिकुल पालिका बनेको छ । अघिल्लो पटक तीनवटा वडा र केही वडामा सदस्य पनि जितेको माओवादीले एउटा वडा सदस्यलाई एमालेसंगको तालमेलमा जिसस उपप्रमुख पठाउन सकेको थियो । माओवादीले गठवन्धन गर्दा पनि एउटा वडा मात्रै जित हासिल गर्न सक्यो । एउटा वडाध्यक्ष जित्दा पनि माओवादीले अन्य वडामा गरेर छ जना सदस्य पठाउन सक्यो । माओवादीले गठवन्धन गरेर जितेको वडा नं. ९ हो । घोराहीमा अघिल्लो पटकको निर्वाचनमा वडा नंं १२मा अध्यक्ष, वडा नं. १४ र १७ मा अध्यक्ष सहित सदस्यहरु निर्वाचित गराउन सकेको थियो । यसपाली नगरप्रमुख पाएको माओवादीले अन्य वडाहरुमा उमेदवार उठाएको थिएन । माओवादीले वडामा सदस्यहरु समेत नउठाउँदा घोराहीमा समग्रमा माओवादीको प्रतिनिधित्व कमजोेर भएको छ ।

माओवादी, काँग्रेस, समाजवादी र जनमोर्चाका बीचमा राम्रो तालमेल भएको पालिका तुलसीपुर थियो । घोराहीमा माओवादी र काँग्रेसको तालमेल थियो । घोराहीमा समाजवादीले आफ्ना छुट्टै प्रमुख उपप्रमुख र वडाध्यक्ष उठाएको थियो । घोराहीमा माओवादीले पाँचवटा वडामा अध्यक्षको उमेदवार उठाएको थियो । गठवन्धनका बावजुत माओवादीले घोराहीमा राम्रो नजिता निकाल्न सकेको देखिएन ।

यसपटक तुलसीपुरको निर्वाचनमा काँग्रेस, माओवादी र समाजवादीका बीचमा गठवन्धन भएको थियो । काँग्रेसले प्रमुख पाएपनि माओवादीलाई पाँचवटा वडा दिएको थियो । यस्तै समाजवादीले उपप्रमुख र केही वडा पाएको थियो । समाजवादीले उपप्रमुखमा करिव १० हजार मतान्तरले हार व्यहोरेको थियो । वडाध्यक्षमा कुनै पनि वडामा राम्रो नतिजा निकाल्न सकेन् । माओवादीले गठवन्धनको राम्रो फाइदा उठायो । पाँचवटा वडाध्यक्ष मध्य माओवादीले तीनवटा वडामा जित हासिल ग¥यो । माओवादीले अध्यक्ष जितेका वडाहरुमा वडा नं. १, ४ र १२ हुन । यस्तै स्वतन्त्र जितेका वडा नं. १६ का शिवानन्द डाँगी पनि माओवादी समर्थित हुनुहुुन्थ्यो । अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा माओवादीले तुलसीपुरमा एउटा सदस्य पनि जिताउन सकेको थिएन । एमालेसंगको सहकार्यमा कार्यपालिकामा एक जना सदस्यलाई मनोनित गरिएको थियो । यसपटक माओवादीले कार्यपालिकामा वडाध्यक्ष तीन र अन्य सदस्य तीन गरेर नगर सभामा छ जना पठाउन सकेको छ । समग्रमा गठवन्धनबाट तुलसीपुरमा माओवादीलाई फाइदा पुगेको छ ।

माओवादी केन्द्रले जिल्लाभर करिव ४० हजार मत पाएको छ । घोराहीमा काँग्रेससंग मिल्दा २६ हजार, गढवामा समाजवादीसंग मिल्दा करिव सात हजार, दंगिशरणमा एक्लै लड्दा करिव १८ सय, बंगलाचुलीमा काँग्रेससंग मिल्दा पाँच हजार सात सय, ववईमा एक्लै लड्दा दुई हजार, राजपुरमा तीन हजार, राप्तीमा जनमोर्चासंग मिल्दा छ हजार आठ सय, लमहीमा सात हजार र शान्तिनगरमा दुई हजार सात सय ९४ मत प्राप्त गरेको छ । माओवादीले एक्लै र अन्य दलसंग मिल्दा घोराही र तुलसीपुर बाहेक अन्य पालिकामा ३६ हजार छ सय १३ मत प्राप्त गरेको देखिन्छ । घोराही र तुलसीपुरमा गरेर १३ हजार मत कम्तीमा राखिदिने हो भने माओवादीको कुल मत ४० हजार र केही बढी रहेको मान्न सकिन्छ ।

दाङ जिल्लामा गठवन्धन नगरिकनै जितेको शान्तिनगरमा एउटा वडा, लमहीमा एउटा वडा, राजपुरमा तीनवटा वडा गरेर पाँचवटा वडा मात्रै जित हासिल गरेको देखिन्छ । अघिल्लो निर्वाचनमा माओवादीले दाङ जिल्लामा तालमेल विना नै २६ वडा जितेको थियो भने यसपटक गठवन्धन गर्दा १९ वटा वडा र एक्लै लडेका वडामा चारवटा मात्रै जित हासिल गरेको छ । समग्रमा जिल्लामा पालिका प्रमुख जित्ने हिसावले माओवादी काँग्रेसपछि दोस्रो शक्तिका रुपमा रहेको छ । काँग्रेसले पाँचवटा पालिकामा प्रमुख र सातवटामा उपप्रमुख जितेको छ । माओवादीले तीनवटामा प्रमुख जितेको छ भने एमालेले दुईवटा उपमहानगरपालिका र राप्ती गाउँपालिकामा उपप्रमुखमा जित हासिल गरेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img