spot_img
spot_img

एमालेले जित्ने धेरै आधारहरु छन् – शंकर पोखरेल

अन्तरर्वार्ता

एमालेले जित्ने धेरै आधारहरु छन् – शंकर पोखरेल

स्थानीय तहको निर्वाचनको मिति नजिक आइसकेको छ । बैशाख ३० गतेको निर्वाचनका लागि मौन अवधि सुरु हुन केही घण्टा मात्रै बाँकी छ । उमेदवारहरुले घरदैलो करिव सकेका छन् । चुनावी सभा पनि करिव सकिएका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा छ वटा पालिका जिनेको नेकपा एमालेले ल्याउने परिणाम धेरैका लागि प्रतिक्षाको विषय बनेको छ । जिल्लाको चुनावी माहोललाई पार्टीको पक्षमा ल्याउन दाङ आउनुभएका नेकपा एमालेका महासचिव शंकर पोखरेलसंग नेकपा एमालेको चुनावी अभियान र जित्ने आधारका बारेमा गरिएको कुराकानी

स्थानीय तह निर्वाचन मुखैमा छ । जिल्लाको अवस्था कस्तो पाउनुभयो ?
बास्तवमा यतिबेलाको निर्वाचन सत्ता पक्षले चाहेको निर्वाचन होइन । अहिलेको निर्वाचन एक प्रकारले प्रतिपक्षको लगातारको खबरदारीको परिणाम हो । त्यस अर्थमा यो निर्वाचनको परिणाम के भन्ने निर्वाचनको आयोजनाबाटै तय भइसकेको छ । सत्ता पक्षले नचाहेको प्रतिपक्षले बाध्य पारको निर्वाचनका रुपमा आयोजना हुँदैछ ।
अर्कोतर्फ नेपालको लोकतान्त्रिक प्रक्रियामा जुन प्रक्रियाबाट सरकार गठन भयो, त्यो सरकार गठनको प्रक्रिया जनादेशबाट नभई परमादेशको बाटोबाट थियो । यो सरकार बनाउनका लागि जे अनुचित तरिकाहरु प्रयोग गरिए ती तरिकाहरु चाहिँ जनताका बीचमा रुचिका विषय होइनन् । त्यसर्थ हामी जनादेशबाट यसलाई विस्थापन गर्न चाहन्छौं । त्यसको आरम्भ चाहिँ स्थानीय तहको निर्वाचनबाट हुन्छ भन्ने मलाई लाग्छ ।

स्थानीय चुनाव स्वभाविक रुपमा एक प्रकारले राजनीतिक अस्थिरताका विरुद्ध परमादेशका विरुद्ध जनादेशलाई स्थापित गर्ने प्रक्रियाका रुपमा र नेपालको राजनीतिमा अदालतलाई राजनीतिका मुद्दामा प्रवेश गराउने र राजनीति अदालतमा प्रवेश गर्ने प्रकारको विडम्बनापूर्ण स्थिति सिर्जना भएको छ त्यसलाई अन्त्य गर्ने कुराका सन्दर्भमा र अहिले राज्यका तीनवटै अंगहरुलाई सही तरिकाले सञ्चालन गर्नेतर्फ सरकार असफल सावित भएको छ ।

गठबन्धनले चुनौती दिइरहेको छ तपाईहरुको भनाई के छ ?
गठवन्धन हाम्रा लागि चुनौती होइन । हामी सजिलोसंग जित्दैछौं । गठवन्धनले हामीलाई के भन्छ भन्ने कुरा महत्वपूर्ण होइन । हामीले सरकार सञ्चालन गर्दाको मुलुकको अवस्था के थियो अहिले कस्तो छ यहि हेर्दा पनि नेकपा एमालेले खेलेको भूमिका अवगत हुन्छ । नेकपा एमालेले सरकार सञ्चालन गर्दाको समयमा राज्यका सबै अंगहरु प्रभावकारी थिए । जब नेकपा एमालेलाई परमादेशबाट विस्थापन गर्ने काम भयो, त्यसपछि राज्य पलपल सम्झौताका माध्यमबाट सञ्चालन हुन थाल्यो । अझ बुझिने गरी भन्ने हो भने मुलुकमा एक प्रकारको सेटिङ सुरु भयो ।
जो यहाँहरुले देखिहाल्नु भएको छ । अदालतभित्रको अन्तर्संघर्ष बाहिर आएको छ । संसदले आफ्नो भूमिका निर्वाह गर्न सकिरहेको छैन । नेकपा एमालेका समयमा त यी सबै चीजहरु व्यवस्थित थिए । नेकपा एमालेले जनदेश खण्डित भएका बेला नयाँ जनादेशमा जानुपर्छ भन्ने कुरा उठाउँदा उहाँहरुले आपत्तीको विषय ठान्नुभयो । दुनियाको संसदीय लोकतन्त्रमा चुनावमा जाने कुरा चाहिँ संसदीय प्रणालीको विशेषता हो । यदि प्रधानमन्त्रीलाई आफ्ना नीति कार्यक्रम कार्यान्वयनमा बाधा पुग्यो भन्ने ठानेपछि लाग्यो भने जनतामा जान पाउँछ भन्ने कुरा संसदीय मूल्यको कुरा हो । त्यो चिजलाई नेपालमा अपव्याख्या गर्ने खालको कोसिस गरियो र संविधानका नाममा त्यसलाई नियन्त्रित गर्ने कोसिस पनि गरियो । वास्तवमा हामीले जे प्रणाली अनुसरण गरेका छौं यसमा जनतामा जाने भन्ने कुरा गलत हैन भन्ने म ठान्छु ।

एमाललेले आफूले सम्पादन गरेका कार्यक्रम लिएर जनतासामु पुर्याउन सकेन भनिन्छ नि । के यो साँचो हो ?
यहाँले भनेको कुरा साँचो हो । हामी जनताका बीचमा पुग्नुपर्ने जति पुगेनौं । तर, हामीले यस बीचमा जे काम ग¥यौँ ती कामका प्रभावहरु जनताका बीचमा छन् । नेपाली राजनीतिमा ४ वटा मुद्दाहरु जनताका सरोकारका विषयहरु छन् ।पहिलो विषय राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हीतको प्रश्न हो । यो प्रश्नमा हामी सदैव अब्बल रह्यौं । नारा मात्रै लगाए नौं हामीले त्यसलाई व्यवहारमा पनि पुष्टि ग¥यौँ ।
जस्तो कि नाकाबन्दीको सामना गर्ने कसको नेतृत्वमा भयो ? नेकपा एमालेकै नेतृत्वमा भयो । केपी ओलीकै नेतृत्वमा भयो । त्यो दृढतापूर्वक सामना भयो । अर्कोतर्फ नेपालको गुमेको भूमि समेटेर नक्सा प्रकाशित गर्ने ऐतिहासिक कामको नेतृत्व कसले ग¥यो ? हामीले नै ग¥यौँ । त्यसलाई संविधान संसोधनमार्फत् अनुसूचीमा राख्ने काम हामीले नै ग¥यौँ । त्यतिमात्रै हैन नेपाल र भारतका बीच नसुल्झिएका थुप्रै प्रश्नहरुलाई सुल्झाउने कुराहरुलाई हामीले महत्वका साथ काम ग¥यौँ ।
कलकत्ता पोर्टको विकल्पको कुरा, पेट्रोलियम पदार्थको ढुवानीमा पाइपलाइनको कुरा, १८ घण्टाको लोडसेडिङ अन्त्य गर्नका लागि व्यापार सम्झौता गर्ने कुरा, त्यतिमात्रै हैन नेपाल भारत बीचमा पुराना सन्धी पुनरावलोकन गर्नका लागि विज्ञ समूह गठन गर्ने कुरादेखि लिएर नेपालको सिमावर्ती क्षेत्रको डुवान समस्याको समाधान गर्नका लागि केपी ओली प्रधानमन्त्री हुँदा भएका हुन ।
यसअर्थमा काम गर्न सक्ने को रहेछ भन्ने कुरा दुनियाले बुनियाले बुझिसकेको छ । लामो समय नेपालका दलहरु अधिकारका प्रश्नमा केन्द्रित भए अब विकास र समृद्धिको नेतृत्व कसले ग¥यो त भन्दा एमालेले त्यसकारण पनि अब केपी ओलीको नेतृत्वमा देश बन्छ भन्ने कुरामा जनता ढुक्क छन् ।
अर्को सन्दर्भ नेपालको राजनीतिमा सामाजिक सुरक्षासहितको लोक कल्याणकारी राज्य व्यवस्थातर्फको प्रयास कसले ग¥यो भन्दाखेरि मनमोहनका पालादेखि सुरु भएको सामाजिक सुरक्षा भत्ता, बृद्ध भत्ता कार्यक्रम एकल महिला, अपाङ्ग, अल्पसंख्यक समूदायका लागि भत्ताका रुपमा, सामूदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमका रुपमा र उपचार गर्न नसक्नेहरुका लागि उपचारको विशेष प्रबन्ध गर्ने कुराका रुपमा यो प्रकारको सेवा विस्तार गर्ने काम एमालेको नेतृत्वमा भयो ।
यतिबेला मुलुकलाई भविष्यमा कहाँ लाने भन्ने विषयको सन्दर्भमा देश दुई ध्रुवमा बिभाजित भएको छ । एउटा धु्रवमा एक नेपाली कांग्रेस र अर्को धु्रवमा नेकपा एमाले रहेको छ । जनताहरुले कुन धु्रव रोज्ने भन्ने कुरा स्थानीय तहको निर्वाचनले जनाउने छ । जनताले एमाले रोज्दा मुलुक समाजवादतर्फको यात्रामा अगाडि बढ्छ भने कांग्रेस रोज्दा मुलुक पुँजीवादतर्फको यात्रामा अगाडि बढ्छ ।

मुलुकमा विभिन्न समस्याहरु खडा भएका छन् । यस्तो अवस्थामा एमालेको भूमिका कस्तो रहन्छ ?
निश्तिचरुपमा सबैको भविष्य के कुरामा जोडिन्छ भने राष्ट्रको समृद्धिसँग जोडिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली मूल’ लाई राष्ट्रिय आकांक्षा बनाएर एमाले अगाडि बढेको छ । जसलाई कार्यान्वयन गर्नसक्ने सामथ्र्य नेकपा एमालेसँग मात्रै छ । मुलकभित्रका सबैखालका समस्याको समाधान गर्दै समृद्धिको यात्रा तय गरेर एमालेले सबै वर्ग र उमेर समूदायलाई सम्बोधन गर्ने हो ।

नेकपा एमाले यस्तो पार्टी हो बृद्ध बृद्धाहरुका लागि भविष्यको सुरक्षा र संरक्षण गर्ने पार्टी, युवाहरुका लागि मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी, नव युवाहरुको भविष्यको जुन चिन्ता छ यो सुरक्षित गर्ने पार्टी एमाले हो । संविधानले तय गरेको समावेशीताको मुद्दाको बिपक्षमा गठबन्धन उभिएको छ । यहाँहरुले देखिहाल्नुभयो घोराही तुलसीपुरमा नै महिला उपेक्षामा परेका छन ।
संविधानले एक पद महिला भने पनि उनीहरुले उपेक्षा गरेका छन् । समाबेशीताका ठूला कुरा गर्नेले व्यवहारिकतामा समाबेशीतालाई कमजोर पार्ने काम गरेका छन् । यसअर्थमा गठबन्धनले चुनाव जित्नु भनेको समावेशीता पराजीत हुनु हो । यदि उहाँहरु साँच्चै समावेशीताका पक्षमा हुनुहुन्छ भने उहाँहरुले भन्न सक्नुपर्छ जहाँ महिला उम्मेद्वार छैनन् त्यहाँ गठबन्धनले जित्नुहुँदैन भनेर । तबमात्रै समावेशीताका पक्षमा छौं भन्न सुहाउँछ नत्र समावेशीताको वकालत गर्नुको अर्थ हुन्छ ?

मुलुकको अर्थतन्त्र बिग्रदो अवस्थामा छ । व्यापक चिन्ता सुरु भएको छ । एमालेको पालामा अर्थतन्त्र सवल भएको दाबी यहाँहरुको छ । अर्थतन्त्र बिग्रनुको खास कारण केहो ?
गठबन्धनले बजेट प्रतिस्थापन विधयेक ल्याउँदाखेरि दुईवटा काम गरे त्यो दुईटा कामको परिणाम आजको अर्थतन्त्रले भोग्दै छ । एउटा काम लगानी भित्र्याउने काममा स्रोत नखुलाउने सर्तमा लगानी भित्र्याउने कुरा गरे । जसको प्रभाव र परिणाम के भयो भन्दाखेरि कालो धन नेपालमा भित्र्याउने कोसिसहरु भए । डलर जति व्यापारीहरुका हातमा गयो । जसले आयात गर्छन् ।
नेपाली मुद्राजति कालोधन हुनेवालाकोमा गयो । अर्कोतर्फ यिनीहरुले के भने भन्दाखेरि राजश्व दोब्बर गराउने नाममा भन्सार नाकाहरुमा सेटिङ गरियो । आयातमा ह्वात्तै बृद्धि गर्ने खालको काम भयो । जसले गर्दा नेपालको अर्थतन्त्र संकटमा प¥यो । हामीले अर्थतन्त्र छोड्दा सोधानान्तर बचत नाफा थियो आज घटेको अवस्थामा छ । विदेशी मुद्राको सञ्चिती झण्डै १ वर्षको आयात धान्न सक्ने अवस्थामा छोडेका थियौं । आज ६ महिनाको आयात धान्न नसक्ने अवस्था छ ।
हामीले सरकार छोड्दा मुलुकको मूल्यबृद्धि दर ४ प्रतिशत थियो अहिले ७ प्रतिशत भन्दा माथि पुगेको छ । हामीले सरकार छोड्दा रेमिटेन्स बढ्दो क्रममा थियो । बाहिर जाने युवाहरुको संख्या घट्दो थियो । तर, उनीहरुले गर्ने कमाई बढिरहेको थियो । आज युवाहरुको बाहिर जाने संख्या बढ्दो छ कमाई घट्दो छ । अर्कोतर्फ पुँजीगत खर्च हरेक महिनामा हामी १० प्रतिशत पुँजीगत खर्च गर्छौ भन्ने गफ गर्नुभयो चैत महिनासम्म जम्मा २५ प्रतिशत मात्र पुँजीगत खर्च हुन सक्यो ।
र अर्कोतर्फ हाम्रो पालामा आयात निर्यातमा अत्यन्त सकारात्मक टे«ण्ड देखा परेको थियो । आयात घट्दो क्रममा थियो निर्यात बढ्दो क्रममा थियो । अहिले आयात अस्वभाविक ढंगले बढेको छ । निर्यात घट्न थालेको छ । जसले मुलुकको आर्थिक अवस्थालाई संकटग्रस्त बनाएको छ ।
अन्तमा नेकपा एमाले गठबन्धनसँग एक्लै चुनावी प्रतिष्प्रधामा छ, नतिजा कस्तो आउला ?
अहिले उहाँहरुले गठबन्धन गरेका अधिकांश स्थानमा पहिले पनि उहाँहरुकै गठबन्धन थियो र पनि हामीले सानदार विजय हासिल गरेका थियौं । जुन समयमा हाम्रा बिरुद्ध उहाँहरु निर्वाचनमा जानुभएको थियो, त्यो समयमा हामी सरकारमा थिएनौं । तर, अहिले हामीसँग जित्नलाई साढे ३ वर्षको अवधीमा केन्द्र, प्रदेश सरकारमा रहँदा र पाँचवर्ष स्थानीय सरकारमा रहँदा गरेका कामहरु छन् । जुन अवस्थामा हामीले सरकारको नेतृत्व सम्हालेका थियौं त्यो भन्दा धेरै राम्रा कामको असाधारण प्रभावहरु अहिले जनताका बीचमा छन् ।
दाङको सन्दर्भमा भन्नुपर्दा ?
दाङका सन्दर्भमा पूर्वाधार विकासका सन्दर्भमा उल्लेख्य काम भएका छन् । सडक धेरै बनेका छन् । जो भाइरल पनि भएका छन् । सडक बनाउने सन्दर्भमा दामोदरको रेकर्ड एमालेले तोड्ने अवस्था छ । अहिले बाटो कालोपत्रे र पक्की पुल निर्माणको कामको अगुवाई भएको छ । पानीमुनि पुल भएको जिल्ला भनेर चिनिने दाङमा नेपालमै सबैभन्दा धेरै पुल हुने जिल्ला भनेर चिनाउन पुल निर्माणको नेतृत्व लिने काम एमाले सरकारका पालामा भएका छन् । हरेक क्षेत्रमा दाङको विकासमा एमालेको नेतृत्वको सरकारले असाधारण काम गरेको छ । जुन जनताका अगाडि छर्लङ्ग छन् । सबै कामको अवस्था हेर्दा जनताको झुकाव पक्कै पनि एमालेप्रति छ । यिनै कारण हामी गठबन्धन बिरुद्ध सहज जीत निकाल्दै छौं ।

प्रस्तुतीः सन्तोष खनाल

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img