spot_img
spot_img

सवैमा संयमता आवश्यक

सम्पादकीय

सवैमा संयमता आवश्यक


निर्वाचनको मिति आउन केही घण्टा मात्रै बाँकी छ । अव समय घण्टामा हिडिसकेको छ । निर्वाचनको प्रचार प्रसारमा हिडेका उमेदवारहरुले प्रचार गर्न नपाउने समय सुरु हुँदैछ । निर्वाचनको मिति नजिक आइरहेको सन्दर्भमा विभिन्न पक्षबाट आचार संहिता पालना नगरिएका समाचारहरु आइरहेका छन् । कतिसम्म भने आचार संहिता पालना नगरिएका समाचार लेख्नेहरुले नै आचार संहिता पालना गरिरहेका छैनन । कसैको पक्षमा लेख्ने कुरा एउटा होला तर कसैको विपक्षमा लेख्ने काम भइरहेको छ । अथवा यसको पक्षमा मतदान गर्नुपर्छ भनेर दवाव दिने खालका विज्ञप्तीको बाढी लागेको छ । निर्वाचनको प्रचार प्रसारमा हिड्नेहरुले मत दिनका लागि आह्वान मात्रै होइन धम्की नै दिन थालेका छन् । मतदाताले भयरहित बातावरणमा मतदान गर्न पाउनुपर्छ । मतदाताले यतिवेला धम्की आइरहेका छन् । आफ्नो निर्वाचन चिन्हमा मतदान गर्नैपर्ने बाध्यकारी जस्तो भाषण नेताहरुबाट आइरहेका छन् । संचारले आचार संहिता पालना नगर्ने, राजनीतिक दल र उमेदवारहरुले आचार संहिता पालना नगर्ने हो भने निर्वाचन कसरी स्वतन्त्र, भय रहित र निश्पक्ष हुन सक्ला र ?


निर्वाचनका सन्र्दभमा सवै गम्भिर बन्नुपर्छ । यसैपनि निर्वाचन भड्किलो बन्दै गएको छ । निर्वाचन खर्चिलो बन्दै गएको छ । निर्वाचनको प्रसार प्रसारमा दिनभर हिड्ने अनि बेलुका कतै भट्टीमा छिर्ने कुरा आम जस्तै भएको छ । यसले निर्वाचनलाई महङ्गो बनाइरहेको छ । निर्वाचन आयोगले निर्वाचनलाई कसरी कम खर्चमा सम्पन्न गर्न सकिन्छ भन्नका लागि अनेकन नियम बनाएको छ । उमेदवारले बढी खर्च गरिरहेको छ कि ? भन्ने कुरालाई नियमन गर्नका लागि संयन्त्र बनाएको छ । आचार संहिता पालनाका लागि निर्वाचन आयोगले विभिन्न निकायसंग समन्वय गरिरहेको छ । निर्वाचनलाई नजिक आएको सन्दर्भमा आचार संहिता पालना नगर्ने खतरा बढी हुन्छ । यदी आचार संहितामा कडाई गरिएन भने यसले आगामी दिनमा कुनै पनि उमेदवारले निर्वाचनमा उमेदवार हुने कुरा कल्पना गर्न सक्दैन । निर्वाचनमा उमेदवार हुनका लागि लडाउनुपर्ने अवस्था आउनु भनेको निकै दुःखद विषय हो । निर्वाचनलाई महङ्गो बनाउनका लागि भूमिका खेल्नेहरु हामी आफै पनि हौं । निर्वाचनमा उमेदवारसंग अनावश्यक अपेक्षा गर्ने, खानपीनमा ध्यान दिने, एक छिनको रमाइलोलाई मात्रै ध्यान दिने कुराले जिन्दगीभर पछुताउनुपर्ने अवस्था आउँछ भन्ने बुझ्नुपर्छ ।


निर्वाचनको समय जति नजिक आउँछ त्यति सवैमा संयमता आवश्यक हुन्छ । निर्वाचनको मौन अवधी आउँदै गर्दा अनेकन चलखेल हुन्छन भन्ने कुरा नेपालको राजनीतिमा चर्चा भइरहने विषय हो । निर्वाचनको प्रचार प्रसार पहिले गरेर केही हुँदैन अन्तिम दुई दिनमा हुन्छ प्रचार भन्ने चर्चा पुरानो होइन । यस्तो किन गरिन्छ । निर्वाचनमा मतदातालाई प्रभावित गर्नका लागि यस्तो किन गरिन्छ । निर्वाचनलाई निश्पक्ष बनाउनका लागि बनाइएका नियम पालना गरिएन भने निर्वाचनप्रतिको विश्वास उठ्दै जान्छ । अर्को कुरा मतदाताहरु संयमित हुनुपर्ने समय यहि हो । मतदाताहरु यतिवेला कुनै प्रलोभनमा पर्ने हो भने पाँच बर्ष पछुताउनुपर्छ । अहिले नै संयमता अपनाउन सकियो । यतिवेला उमदेवार चिन्न सकियो । विकासको पक्षमा को छ वा को छैन भन्ने कुरा थाहा पाउन सकियो भने त्यसले आगामी पाँच बर्ष निरर्थक हुँदैन । होइन भने आगामी दिनहरु निरर्थक हुन्छन । मतदाताहरु क्षणिक लोभ वा मोहमा फस्ने होइन । निर्वाचनको समयमा आचार संहिता पालना गर्ने कुरा उमेदवारको कुरा मात्रै होइन सवैभन्दा बढी गम्भिरता आम मतदातामा हुनुपर्छ । कुनै उमेदवारले गलत गरिरहेको छ भने त्यसको बारेमा जानकारी दिने, त्यस्तो कार्यलाई रोक्ने गर्नुपर्छ । निर्वाचनलाई भय रहित बनाउने कुरा निर्वाचन आयोगलाई जानकारी गराउने, संचार माध्यमले आचार संहिता पालना नगरेको भए सम्वन्धित निकायलाई झक्झक्याउने गर्नुपर्छ । निर्वाचनको समयमा सवै गम्भिर बन्नुपर्छ । सवै संयमित बन्नुपर्छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img