spot_img
spot_img

पाँच बर्षमा घोराहीमा जनप्रतिनिधिले गरेका प्रमुख पाँच काम

घोराहीमा जनप्रतिनिधि आएको पाँच बर्षमा एक होइन अनेक काम भएका छन ।

राप्तीपोष्ट

घोराही, बैशाख ।
घोराही उपमहानगरपालिका नेपालका ११ उपहानगरपालिका मध्य सवैभन्दा ठूलो हो । भुगोलका हिसावले यो सवैभन्दा ठूलो रहेको छ । पाँच बर्ष अघि जनप्रतिनिधिहरु आउँदा घोराहीबासीलाई पाँच बर्षमा के कस्ता कामहरु होलान भन्ने लागेको थियो । जनप्रतिनिधि विहीन भएको लामो समयपछि जनप्रतिनिधिहरु आउँदा नागरिकलाई आशा पनि थियो । घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवारले जित हासिल गरेपछि विभिन्न क्षेत्रमा उदाहरणिय काम भएका छन् । तिमध्य सडक, स्वास्थ्य, शिक्षा, फोहरमैला व्यवस्थापन र खेलकुदमा उल्लेख्य कामहरु भएका छन् । जनप्रतिनिधिहरु आएपछि देखिने गरी काम भएको नागरिकको भनाई छ ।

स्वास्थ्यको क्षेत्रमा

घोराही उपमहानगरपालिकामा मेयरका रुपमा नरुलाल चौधरी र उपमेयरका रुपमा सिता सिग्देल न्यौपाने आउँदा घोषणा पत्रमा स्वास्थ्यलाई प्राथमिकता दिइएको थियो । त्यतिवेलाको प्रतिवद्धता पत्रमा ‘सबैलाई स्वास्थ्य, सबल जनस्वास्थ्य’ भन्ने नारा तय गरिएको थियो । यहि अनुसार पाँच बर्षको अवधिमा काम गरेको दावी जनप्रनिधिहरुको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफूहरुले पाँच बर्षको अवधिमा स्वास्थ्यलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफूहरु पाँच बर्ष अघि निर्वाचनमा जाँदा पनि घोषणापत्रमा स्वास्थ्यलाई प्राथमिकताम दिएको भन्दै पछि पालिकाको नीति कार्यक्रममा पनि स्वास्थ्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाले हालसम्म पूर्वाधार विकास अन्तर्रगत घोराहीका १९ वटै वडामा स्वास्थ्य संस्थाको स्थापना गरिएको बताउनुभयो । हाल सम्म २३ वटा स्वास्थ्य भवन निर्माण गरिएकोछ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउनका लागि स्वास्थ्य संस्था नभएको वडाहरुमा स्वास्थ्य चौकी स्थापना गर्ने काम गरिएको छ भने पूर्वाधार मर्मतको काम पनि भएका छन् । यो संगै घोराही ४ लक्ष्मीपुरमा १५ सैयाको अस्पताल निर्माणको काम अगाडी बढाइएको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो काम थालिएको हो । घोराही उपमहानगरपालिकाको वडा नं. १४, १५ लगायत विभिन्न वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
यस्तै घोराहीमा रहेका सवै सरकारी विद्यालयहरुलाई विद्यार्थीको पहिलो रोजाइ पार्ने गरी शिक्षाको गुणस्तर बृद्धि गरिएको पनि नगरप्रमुख चौधरीले बताउनुभयो ।

सडक

घोराहीमा देखिने गरी भएका प्रमुख कामहरु मध्ये सडक पनि एक हो । जनप्रतिनिधिको पहिलो वर्ष देखिनै सडक सञ्जालले जोड्ने कुरालाई योजना बनाउदै बजेट विनियोजन गर्ने काम गरिएको थियो । जस अन्तर्रगतको १९ वटै वडामा सडक निर्माणको काम भएको छ । हाल सम्म एक सय ४० किलोमिटर सडक कालोपत्रे गरिएको छ । एक सय ८७ किलोमिटर सडक ग्राभेल तथा स्तारोन्नती, एक सय ५२ किलोमिटर सडक नयाँ सडक निर्माण गरिएको छ । ४० किलोमिटर सडक नियमित मर्मत गरिएका छन् । भने ६७ वटा स्थानीय पुल, कलभर्ट, दुई वटा झोलुंगे पुल निर्माण गरिएको घोराही उपमहानगरपालिकाका उप प्रमुख सिता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

खानेपानी र सिचाइ

घोराही उपमहानगरपालिकामा खानेपानी र सिचाइँको सुविधा पु¥याउनका लागि काम गरिएको छ । नगरपालिका बासीलाई स्वच्छ खानेपानी पु¥याउने कार्यक्रम अन्तर्रगत तीन हजार चार सय दुई घरपरिवारलाई खानेपानीको सुविधा पु¥याइएको छ ।
खानेपानीको व्यवस्थापनका लागि ८५ वटा कुँवा निर्माण र विभिन्न स्थानमा ४० वटा डिप बोरिङ बनाइएको छ । घोराहीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा पु¥याइएको छ । यस्तै सिचाइँको पानी ड्याम निर्माणको कामलाई जोड दिइएको छ । यो घोराहीको उदाहरणिय काम पनि हो । घोराहीमा जनप्रतिनिधि आएसंगै यो कामलाई निरन्तरता दिइएको हो ।
घोराहीका संभावित ठाउँमा अनुगमन गर्दे पोखरी निर्माणको कामलाई बढावा दिइएको छ । जसअन्तरगत २६ वटा कृतिम जलाशय निर्माण भएका छन् । अधिकांश जलाशय पर्यटकीय क्षेत्रका रुपमा विकास भएका छन् । भने माछा पालन र खेती सिचाइँका लागि पोखरीको पानी प्रयोग गरिन्छ । थप छ सय ३५ हेक्टरमा सिचाइँ सुविधा पुगेको छ । घोराहीमा पाँच वटा वैकल्पिक उर्जा, ६६ वटा साना सिचाइँको काम भएको घोराहीको तथ्यांकमा उल्लेख छ । बर्तमान जनप्रतिनिधिले ‘सिँचाइ र खानेपानी–बदलिनेछ आनीबानी’ भन्ने नाराका साथ काम अघि बढाएका थिए ।

फोहोर व्यवस्थापन

घोराही फोहोर व्यवस्थापनको क्षेत्रमा उदाहरणिय बनेको छ । स्थानीयतहमा जनप्रतिनिधि आए संगै यो कामलाई प्राथमिकता दिएको हो । बजारबाट निस्कने फोहोरलाई गल्ने र नगल्ने फोहोर छुट्याउने काम सुरुबाट गरिएको थियो । गल्ने र नगल्ने फोहोर संकलन गर्ने छुट्टा छुट्टा गाडीको व्यवस्थापन गरी फोहोर लाई मोहरमा बदल्ने काम थालिएको हो ।
अहिले गल्ने फोहोरलाई वायो ग्यास प्लान्टमा प्रयोग गरी वायो ग्यास निकालिएको छ । भने नगल्ने फोहोरलाई उपमहानगरले खरिद गरेको छ । जसले गर्दा घोराही बासीलाई फोहोर बेचेरै आम्दानी गर्ने बाटो खुलेको छ । भने घोराही १६ स्थित डम्पिङ साइडलाइ व्यवस्थित गरिएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा तयार गरिएको वायोग्यास प्लान्टबाट करिव दुई हजार घरधुरीमा पाइपलाईनबाट ग्यास पुराउने पूर्वाधार तयार भएको छ ।

खेलमा प्राथमिकता

घोराहीमा खेल क्षेत्रको विकासमा प्राथमिकता दिइएको छ । खेल क्षेत्रलाई विकास गर्नका लागि प्रत्येक वर्ष मेयर कप फुटवल प्रतियोगिता तथा उपमेयर कप भलिवल प्रतियोगिता संचालन गर्ने गरेको छ । खेल क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिदैँ आएको छ भने आर्थिक तथा भौतिक सहयोग गरिदैँ आएको छ ।

एक वडा एक खेलमैदान निर्माण कार्यक्रम अनुरुप १३ वटा खेलकुद मैदान निर्माण गरिएको छ । यो संगै यहाँ चार वटा रंगशाला निर्माणमा आर्थिक तथा भौतिक सहयोग गरिएको छ । घोराहीमा ठूला प्रतियोगिता आयोजना गर्न मिल्ने गरी पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । आगामी दिनमा थप काम गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काम गर्ने लक्ष्य राखिएको पनि उपप्रमुख न्यौपानेले बताउनुभयो ।

घोराही उपमहानगरपालिका प्रमुख चौधरीले घोराहीको विकासका लागि पालिकाले आवश्यक योजना बनाएर काम गरेको बताउनुभयो । आफुहरुले निर्वाचनका समयमा बनाएका घोषणापत्र अनुरुपनै काम गरिएको बताउनुभयो । पाँच वर्षमा सबै काम पुरा नभएपनि उल्लेखनीय काम सम्पन्न गरेको उहाँको दावी छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img