- दुर्घटनामा संवेदनशिलता
हाम्रो नेपाल सडक यातायात धेरै दुर्घटना हुने देश हो । यहाँ दुर्घटना नभएको कुनै दिन हुँदैन । दुर्घटनामा मानिसको मृत्यु नभएको कुनै दिन हुँदैन । हरेक दिन दुःखद दुर्घटनाका समाचारहरु आइरहेका छन् । देशका कुना कन्दरामा पनि दुर्घटनामा भइरहेको सुनिन्छ । नेपालमा दुर्घटना बढी हुनुको कारण खोज्ने काम भएको छैन । नेपालमा दुर्घटना धेरै हुँदा र जनधनको क्षति बढी हुँदा पनि यसका बारेमा धेरै गम्भिरता देखिदैन । नेपालमा हवाई दुर्घटना पनि हुने गरेको छ । हवाई दुर्घटनामा मानविय क्षति भएपछि त्यो विषयलाई बढी चर्चामा ल्याउने काम गरिन्छ । सडक दुर्घटनामा हुने मानविय क्षतिको चर्चा हुँदैन । सडक दुर्घटनामा मानविय क्षति हुँदा पनि त्यसमा संवेदनशिलता हुँदैन । हवाई दुर्घटना हुँदा आयोग बन्छ । छानविन हुन्छ । सडक दुर्घटनामा जति मानविय क्षति भएपनि त्यो छानविनको विषय हुँदैन । छानविनको बिषय बन्दैन । सडकको अवस्थाका कारणले दुर्घटना भएको हो कि ? गाडीको अवस्थाका कारणले यस्तो भएको हो कि ? सडकको अवस्था राम्रो हुँदा कतिपय स्थानमा दुर्घटना भएका छन् । गाडीको अवस्था राम्रो हुँदा दुर्घटना भएका छन् । सडक र गाडी राम्रो हुँदा पनि चालकको कारणले दुर्घटना हुन्छ । कतै सडकमा यात्रुका कारणले दुर्घटना भएको देखिन्छ । कतै छाडा चौपायाया कारणले गर्दा पनि दुर्घटना भएका छन् ।
हिजो आज सडक दुर्घटना बढेका छन् । सडक दुर्घटना नराम्रो बाटोमा बढी हुने गरेको छ भने राम्रो बाटोमा पनि दुर्घटना हुने गरेको छ । राम्रो बाटोमा हुने दुर्घटनाको कारण चालकको लापरवाहीले हो भन्न सकिन्छ । पहाडका सडकको अवस्थाको कुरा गर्ने हो भने अहिले पनि कतिपय स्थानमा पक्की हुन सकेको छैन । पक्की भएका सडकहरु एक बर्षातपछि भत्कने गरेका छन् । सडक निर्माणमै लापरबाही हुने गरेको छ । सडक निर्माणका लागि जिम्मेवारी लिनेले समयमा काम गरेका छैनन् । सडकमा मर्मत गरेका छैनन् । सवै जिल्लाका सदरमुकामा राम्रो बाटो रहेको छैन । भन्नलाई त पालिकाको कार्यालयमा जाने सडक बनाउने कुरा चल्ने गरेको छ । पालिकाको कार्यालयमा जाने सडक त टाढाको कुरा जिल्ला सदरमुकाममा जाने सडकको अवस्था राम्रो रहेको छैन । पहाडी र हिमाली जिल्लामा सडक राम्रो नहुँदा नेपालीले निकै दुःख पाएको अवस्था छ । हिमाल र पहाडमा उत्पादन हुने बस्तु तराईमा ल्याउनका लागि समस्या छ । पहाड र तराईमा उत्पादन हुने बस्तुलाई हिमालमा पु¥याउन गाह्रो रहेको छ । हाम्रो देशको विशेषता विश्वमै अनुपम रहेको छ । यति सानो मुलुकमा यति विविधता रहेको छ । विश्वमै नेपाल जस्तो देश अर्को छैन । नेपाल पर्यटनको राम्रो सम्भावना रहेको छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा धेरै धार्मिक स्थल रहेका छन् । हिमाली क्षेत्रमा पर्यटनको सम्भावना रहेको छ । तर यातायातको व्यवस्था राम्रो नहुँदा हाम्रो देशले सभ्भावना गुमाइरहेको छ ।
जव सडकमा दुर्घटना बढ्छ तव सडक दुर्घटना रोक्नका लागि बहस चल्ने गर्दछ । सडक दुर्घटना बढेको समयमा मात्रै होइन कि अन्य समयमा पनि दुर्घटना रोक्ने बारेमा छलफल गर्नुपर्छ । योजना बनाउनुपर्छ । दुर्घटना रोक्नका लागि सडक सुधार्ने कि ? यातायातका साधनहरु राम्रो बनाउने कि ? चालकहरुलाई दक्ष बनाउने कि ? नेपालमा दुर्घटना रोक्नका लागि ठोस योजना ल्याउने काम भएको छैन । दुर्घटना रोक्नका लागि सडक फराकिलो बनाउने काम गर्नुप¥यो । दुर्घटना रोक्नका लागि सडकको छेंउमा राम्रो बार लगाउनुप¥यो । दुर्घटना रोक्नका लागि गर्नुपर्ने धेरै कामहरु रहेका छन् । हाम्रो देशमा सवैभन्दा बढी सवारीका साधन कुद्ने सडक भनेको नारायणगढबाट काठमाडौं जाने सडक हो । यो सडकमा हुने दुर्घटनाबाट हरेक बर्ष सयौंको ज्यान जाने गरेको छ । यो सडकमा कुनै साधन दुर्घटनामा प¥यो भने एकै पटक त्रिशुलीमा पुग्छ । नेपालमा ठूला दुर्घटना यहाँ भएका छन् । यस बाहेक पूर्व र पश्चिमका पहाडी जिल्लामा पनि दुर्घघना हुने गरेका छन् । सल्यानको कुरा गर्ने हो भने धेरै दुर्घटना हुने सडकका रुपमा यो रहेको छ । यो सडकमा ठूला दुर्घटना हुँदा पनि दुर्घटना रोक्नका लागि संवेदनशिलता देखिएको छैन । सडकमा हिड्ने साधनको अवस्था के कस्तो छ भन्ने बारेमा बढी निगरानी गर्नुपर्नेछ । यात्रुहरुको संख्या ठिक्क मात्रै राख्ने नियम पालना भएको छैन । जतिपनि यात्रु राखिदिने गरेको देखिन्छ । सडक दुर्घटना रोक्नका लागि संवेदनशिलता देखिएको छैन । नीति निर्माण गर्नेहरुमा यस्तो कुरामा संवेदनशिलता छैन । अहिले तीन तहका सरकार छन् । नेपालमा संघीयता आएको वा भनौं संघीय संरचना अन्तरगत सरकार बनेको चार बर्ष पुग्न थाल्यो । अहिलेसम्म यस्ता सडक सुधार्ने काम भएको छैन् । सडकप्रतिको संवेदनशिलता दुर्घटनाको बेलामा मात्रै देखाउने काम नगरौं । गम्भिर विषयलाई गम्भिर रुपमा लागाै ।