spot_img
spot_img

बिपतको बेलामा

 

सम्पादकीय

अहिले जेठ महिनाको दोश्रो सातादेखि दाङ जिल्लामा कोरोना महामारीको अवस्था केही कम हुन थालेको छ । संक्रमित हुनेहरुको संख्या र मृत्यु हुनेहरुको संख्यामा पनि कमी आउँदै गरेको छ । लकडाउन,स्वास्थ्य सचेतनाको पालना,औष्ािध उपचारलगायतका कारण अब त कोरोनालाई पराजित गर्न सकिन्छ कि भन्ने आत्मबल बढ्न थालेको छ । शुरुका दिनमा अक्सिजन सिलिण्डरको जोहो गर्नको लागि सहयोगी व्यक्ति,विभिन्न संघसंस्थाबाट भएको पहल प्रशंसायोग्य रहेको छ । मान्छेको परीक्षा विपतको बेलामा हुन्छ । दिनरात नभनी ,भोकै,अनिदो रहेर पनि बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी,नागरिक तहबाट स्वतस्फूर्त सहयोगी मनहरुको भूमिकालाई कसैले पनि बिर्सन मिल्दैन । कतिपय अवस्थामा त सरकार भन्दा नागरिकको सक्रियता बढेको देखाप¥यो यो वास्तविकतालाई सबैले स्मरण गर्नैपर्छ । विपतको समयमा धैर्य,आत्मबल,एकता,सहयोगी भावनालाई कसैले पनि भुल्नु हुँदैन । यही नभुल्ने स्वभाव हाम्रो समाजमा अहिले पनि कायमै रहेका कारण मान्छेले हरेक बिपत्तिलाई पराजित गर्दै आइरहेको छ ।

वास्तवमा असल कामको थालनी राजनीतिक नेतृत्व र सरकारको नेतृत्वतहबाटै हुनुपर्ने हो । सहयोगी भावना,आत्मीयता र निष्ठाको पालना नेतृत्व तहबाटै हुनुपर्ने हो । नेतृतव आफूले पालना गरे अरुलाई पनि पालना गर्न कर लाग्छ । माथिल्लो पदमा बस्नेले नीति,विधिलाई लत्याउने । हामीले मात्र किन पालना गरिरहने ? यस्तो भावना सबैतिर जाग्दै जाग्न थाल्यो भने समाजमा अराजकता फैलिन सक्छ । रोगको महामारी भन्दा अराजकतको महामारी भयाव हुन्छ । राजनीतिलाई निष्ठाले डो¥याउनु पर्छ । नैतिकताले सिंगार्नुपर्छ । सहयोगी भावनालाई लत्याउने र जनताको आवाज नसुन्ने नेतृत्व लोकप्रिय बन्न सक्दैन । हाम्रा कला,साहित्यमा यो वास्तविकलाई सुव्यवस्थितढंगले उठाउनु पर्छ । राजनीति कमाउनिष्टि आफै हुँदैन । राजनीति फोहरी आफै बन्दैन । राजनीतिलाई विकृत बनाउने काम मान्छेले नै गर्नसक्छ । सफा पनि मान्छेले नै गर्ने हो । विचार र निष्ठामा धमिरा लाग्यो भने राजनीति फोहरी बन्दै जान्छ । त्यस्तो राजनीतिले निर्माण गर्ने सत्ता र शासकको चरित्र कस्तो होला ? हामी सबैले अनुमान गर्न सक्छौं । राजनीतिमा निष्ठा हराउँदै भयो भने आचरण पनि भ्रष्ट हुँदै जान्छ । त्यस्तो आचरणले कुनै पनि समस्याको समाधान मात्र हैन,राजनीतिको यात्रालाई जनताको पक्षमा हिडाउन पक्कै सक्दैन ।

वर्तमान समयमा राजनीतिमा गालीको मात्रा बढ्दै जानथालेको छ । आफू कुन पदमा छु । मेरो जिम्मेवारी के हो र मैले पार्टीका कार्यकर्ता,शुभेच्छुक र आममतदातालाई कस्तो शिक्षा दिने हो भन्ने बिर्सेर गालीको महिमा गाउनु बेठीक हो । वर्तमान समयमा सबैतिर गालीको चर्चा हुने गरेको छ । कुन नेताले कति धेरै गाली गर्नसक्यो । कसले कसलाई कति खुइल्याउन सक्यो र कसले कसको कति धेरै मात्रामा उछित्तो काढ्न सक्यो भन्ने विषयले प्रमुख स्थान पाउन थालेको छ । नेतृत्वमा बस्नेहरुको आलोचना हुनु बेठीक होइन । तर नेतृत्वले मातहतका कमिट िर वयक्रिलायृ धारेहात लगाउनु अति नै बेठीक हो । झुपडीमा बस्नेले महलतिर फर्केर धारेहात लगाउँदा अस्वाभाविक मानिदैन । तर महलमा बस्नेले झुपडीमा बस्नेलाई हेलाहोचो गर्न थाल्यो भने त्यो अस्वाभाविक मानिन्छ । वर्तमान समयमा हरेक अस्वाभाविक लाग्ने कार्यको बोलवाला हुन थालेको छ । यो अति नै चिन्ताको विषय हो । कुनै पनि नेतृत्वले यसलाई ख्यालख्यालको ठान्नुहुँदैन ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img