spot_img
spot_img

दाङमा नेपाल जेसिजको तालिम सुरु

सफल नेतृत्वको अभाव पूर्ति गर्न सकोस –लम्साल

राप्ती पोष्ट

घोराही, १७ बैशाख । नेपाल जेसिजको विजिनेस एकेडेमीले आयोजना गरेको चार दिने व्यावसायिक तालिम घोराहीमा सुरु भयो । होटल माला इनमा सुरु भएको तालिममा नेपालमा विभिन्न जिल्लाबाट ५० बढी व्यावसायिक युवाहरुको सहभागिता रहेको छ ।
नेपाल जेसिजका अध्यक्ष जीवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपती प्रा. श्याम लम्सालले गर्नुभएको थियो । उहाँले जेसिजले व्यावसायिक सिप प्रदान गरेर व्यवसायको क्षेत्रमा नेतृत्वगर्न सक्ने जनशक्ति उत्पादन गर्न थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालमा हरेक क्षेत्रमा सफल नेतृत्वको अभाव रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षक पूर्वाञ्चल विश्व विद्यालयका डिन डा. सन्देशदाज श्रेष्ठले तालिमको मोडालिटीका बारेमा जानकारी दिनुभयो । उहाँले संस्था कहिल्यै खराव नहुने भन्दै व्यक्ति खराव हुने कुरालाई संस्थासंग जोड्न नहुने बताउनुभयो । उहाँले तालिममा सहभागी भएकाहरुले व्यावसायिक रुपमा आफूलाई फरक रुपमा उभ्याउन सक्ने विश्वास व्यक्त गनुृभयो ।
नेपाल जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष विकेशलाल श्रेष्ठ, तालिम आयुक्त राजन शर्मा, त्रिभुवननगर जेसिजका पूर्व अध्यक्ष ओविन्द्र बहादुर महरा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । महासचिव अमर घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा स्वागत त्रिभुवननगर जेसिजका अध्यक्ष मिनराज भाटले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार