spot_img
spot_img

लायन्स ३२५ एन मा नयाँ नेतृत्व

राप्ती पोष्ट

बाँके, बैशाख । विश्वव्यापी सामाजिक संस्था लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एनको लायन वर्ष २०२६–२७ का लागि नेतृत्व चयन गर्दै शनिबार नेपालगञ्जमा भव्य रूपमा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी वर्षका लागि सामाजिक सेवा, मानवता र नेतृत्व विकासका कार्यक्रमलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा टिकाराम चपाई निर्वाचित हुनुभएको छ भने फस्ट भाइस गभर्नरमा लायन डा. नेत्रराज चटौत र सेकेन्ड भाइस गभर्नरमा लायन चिन्तामणी धिताल निर्वाचित हुनुभएको छ । ३२५ एन अन्तरगत रहेका क्लवका अध्यक्ष र प्रतिनिधिहरुले मतदान गरेर एस भोट मार्फत उहाँहरुलाई निर्वाचित गरेका थिए ।

निर्वाचनमा एक सय सात मत खसेको थियो । जसमा डिष्ट्रिक गभर्नर चपाईले एक सय पाँच मत पाउनुभएको थियो । उहाँले एक सय पाँच मत पाउँदा दुई मत भने नो भोट खसेको निर्वाचन समितिका सदस्य युवराज थपलियाले जानकारी दिनुभयो । यस्तै फस्ट भाइस गभर्नरमा डा. नेत्रराज चटौतले एक सय चार एस भोट पाउनभएको थियो भने सेकेन्ड भाइस गभर्नरमा चिन्तामणी धिताल निर्वाचित हुँदा एक सय पाँच एस भोट पाउनुभएको थियो । लायन्समा एस र नो भोट गर्ने प्रचलन रहेको छ । एकल उमेदवार पर्दा पनि क्लवका अध्यक्षहरु तथा सदस्यहरुले मतदान गर्नुपर्ने व्यवस्था रहेको छ ।

नव निर्वाचित गभर्नर चपाइले क्याबिनेट सचिवमा हरिहर बस्नेत र क्याबिनेट कोषाध्यक्षमा छविलाल आचार्य चयन हुनुभएको छ । यसैबीच, एरिया नं. २ का एम्ब्यासडर अफ गभर्नरको जिम्मेवारीमा लायन मधुसुदन वैद्यलाई मनोनयन गरिएको छ भने एरिया नं. २ को एरिया चिफमा लायन भरतराज देवकोटा र एचआर इन चिफमा लायन खिमलाल पार्धे नियुक्त हुनुभएको छ ।
डिष्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन निवर्तमान अन्तर्राष्ट्रिय डाइरेक्टर मधुसूदन बुर्लाकोटीले गर्नुभएको थियो । उहाँले लायन्सको नाम सेवाका कारणले नै संसार भर चलेको बताउनुभयो । उहाँले नेपालमा सवै डिष्ट्रिकले राम्रो काम गरिहेको भएपनि ३२५ एन अरु भन्दा उत्कृष्ठ रहेको भन्दै प्रशंसा गर्नुभयो । नेपालमा १५ वटा डिष्ट्रिक रहेका छन् ।

उहाँले नेपालमा रहेका डिष्ट्रिकमध्य ३२५ एनले गरेका कामहरुको चर्चा अन्तर्राष्ट्रिय रुपमा पनि भइरहेको उहाँको भनाई थियो । उहाँले ३२५ एन का रुपमा पश्चिम नेपालमा लायन्स संगठित भएका गतिविधिहरुको चर्चा र प्रशंसा गर्नुभएको थियो । बुर्लाकोटीले यस क्षेत्रबाट महिला नेतृत्व पनि अघि बढाउने बारेमा योजना बनाउन सझुाव दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित तथा मनोनित सबै पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी लायन्स सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । डिष्ट्रिक्ट ३२५ एन नेपालमा लायन्स आन्दोलनको विस्तारसँगै स्थापित भएको एक महत्वपूर्ण संरचना हो । विश्वव्यापी रूपमा सन् १९१७ मा अमेरिकामा स्थापना भएको लायन्स इन्टरनेशनले हामी सेवा गछौं भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै विश्वका २०० भन्दा बढी देशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ ।

डिष्ट्रिक्ट ३२५ एन विशेषगरी नेपालको पश्चिम तथा मध्य भागमा सक्रिय रहँदै आएको छ । यस डिष्ट्रिक्टले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सचेतना अभिवृद्धिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दै समुदायसँग प्रत्यक्ष जोडिने यसको कार्यशैलीले लायन्सलाई एक विश्वासिलो सामाजिक संस्था बनाएको छ ।
एउटा व्यक्ति एक पद र एक कार्यकालका लागि मात्रै निर्वाचित हुने यस संस्थामा नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर चपाईले आफूले आगामी लायन बर्षमा गर्ने कामका बारेमा जानकारी गराउनुभएको छ । उहाँले विद्यार्थी, युवा, महिला लगायत सवैको सहभागीतामा सेवाका कार्यक्रम अघि बढाउने बताउनुभएको छ ।

डिष्ट्रिक्ट ३२५ एनमा पाँचवटा क्षेत्र रहेका छन् । जसमा पहिलो काठमाडौं, दोस्रो दाङ–प्यूठान, तेस्रो सुर्खेत, चौथो बाँके–बर्दिया, पाँचौं कैलाली कञ्चनपुर रहेका छन् । तिमध्य क्षेत्र नं. ३ सुर्खेत क्षेत्रबाट पहिलो पटक गभर्नरको नेतृत्व पाउँदैछ ।
नयाँ नेतृत्वले लायन्सको मूल मन्त्रलाई आत्मसात गर्दै समाजका पछाडि परेका वर्गसम्म सेवा विस्तार गर्ने, युवा पुस्तालाई सामाजिक कार्यमा आकर्षित गर्ने र संस्थालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । लायन्सजस्तो अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्थामा नेतृत्व गर्नु केवल पद धारण गर्नु मात्र नभई जिम्मेवारी, समर्पण र सेवाको भावना पनि आवश्यक रहने धारणा बक्ताहरुको थियो ।

लायन्स क्लबको मुख्य पहिचान नै सामाजिक सेवा हो । लायन्सले विश्वभरि दृष्टि संरक्षण भोकमरी न्यूनीकरण, बालबालिका तथा युवाको विकास, मधुमेह नियन्त्रण, वातावरण संरक्षण र मानवीय सहायता जस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ । यि लगायत अन्य कार्यक्रम आगामी दिनमा अघि बढाइने नव निर्वाचित गनर्भर चपाईले जानकारी गराउनुभयो ।
कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी नरेन्द्र श्रेष्ठ सांगठनिक र कोषाध्यक्षले प्रस्तुत गनुभएको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा हालका डिष्ट्रिक्ट गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ ले आगामी दिनमा अझ उत्कृष्ठ रुपमा काम गर्न सुझाव दिनुभयो । उहाँले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनुभयो । श्रेष्ठको नेतृत्वमा विभिन्न स्वास्थ्य शिविर, शैक्षिक सहयोग कार्यक्रम तथा वातावरणीय अभियानहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन् । यस्तै संस्थागत सुदृढीकरण र नेतृत्व विकासमा पनि उहाँले विशेष जोड दिनुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार