spot_img
spot_img

शिक्षाको दीप बनिरहेको दीपशिखा

राप्ती पोष्ट

दाङ, माघ । शिक्षा क्षेत्रमा सक्रिय रहेका केही र अन्य पेशा व्यवसायमा लागेकाहरुको सल्लाहले २०४९ सालमा खुलेको दीपशिखा आवासीय मावि ३३ बर्षमा प्रवेश गरेको छ । त्यतिवेला जोसमा रहेका संचालकहरुको जोश यतिवेला पनि कम भएको छैन । केही युवा संस्थापकहरुलाई थपेर शिक्षाको क्षेत्रमा दीप जस्तै बलिरहेको छ दीपशिखा आवासीय मावि ।
दीपशिखा आवासीय माध्यमिक विद्यालय दाङ जिल्लामा मात्रै होइन राष्ट्रिय रुपमै एक प्रतिष्ठित निजी शैक्षिक संस्था हो । घोराही–१५ मा रहेको यो विद्यालय खुल्नु भन्दा अघि रहेको सडकलाई नै सवैले दीपशिखा रोड भनेर चिन्छन । विद्यालय संचालनमा आएपछि सडकको समय समेत नाम बदलियो भनेपछि विद्यालयको लोकपृयता यहिनेर झल्कन्छ ।

यस विद्यालयले प्राथमिक तहदेखि कक्षा १२ सम्म शिक्षा प्रदान गर्दछ । शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयको योगदानको उच्च मूल्यांकन हुने गरेको छ । विद्यालयको शैक्षिक यात्राका क्रममा सफलता पाएकाहरुले आफ्नो जगलाई भुलेका छैनन् । कतिसम्म भने आइतबार विद्यालयको ३३ औं बार्षिकोत्सवका अवसरमा विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेर हाल अर्थोपेडिक डाक्टरका रुपमा प्रख्यात रहनुभएका डा. गोपाल सागर डिसी प्रमुख बक्ताका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

 

उहाँले पछिल्लो सफलता प्राप्त गर्नुमा विद्यालय शिक्षाको महत्पूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले दाङ जिल्लामा नीजि क्षेत्रमा स्थापित विद्यालयहरुले शिक्षाको विकासका लागि राम्रो भूमिका खेलेको भन्दै आफूहरुले पाएको सफलतामा विद्यालयको भूमिका रहेको स्मरण गर्नुभयो । कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई नै अतिथिका रुपमा उपस्थित गराइएको थियो । पूर्व विद्यार्थीहरु अधिवक्ता निकेश कुमार लम्साल, चार्टर्ड एकाउन्टेन्ट अभ्यास बुढाथोकी, सुर्खेतका भवन डिभिजन प्रमुख विवशबावु सदादेव र डा. विनिता केसी लगायतले विद्यालय शिक्षाको स्मरण गर्नुभयो । उहाँहरुले त्यतिवेला शिक्षक र संचालकहरुले आफूहरुलाई भनेको कुरा, मेहनत गर्नका लागि गरेको प्रयासको स्मरण गर्नुभयो । शिक्षाको क्षेत्रमा दीपशिखाले गरेको योगदानले आफूहरुलाई पनि यो स्थानसम्म पु¥याएको बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, डा. लोकराज पराजुली, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देवमणि चौधरी, हिमा एक्सलेन्सी अवार्डका संस्थापक केशव दिपक न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु केसी र ललिता केसीले स्थापना गर्नुभएको विनी अवार्डबाट दुई जना शिक्षकलाई सम्मान गरिएको थियो । जसमा प्रतिकराज बस्नेत र जानका बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।
यस्तै हिमा एक्सलेन्सी अवार्डबाट कक्षा १० मा अध्ययनरत दिपीका भण्डारीलाई नगद १० हजार सहित र कक्षा ८ मा अध्ययनरत प्रकृति बुढामगरलाई नगद सात हजार सहित सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयले उत्कृष्ठ शिक्षकका रुपमा सुशिल कुमार गुप्ता र हरिगोविन्द श्रेष्ठलाई सम्मान गरेको थियो ।

दीपशीखाका प्रिन्सिपल मनोज बुढाथोकीले विद्यालयमा शैक्षिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयमा आधुनिक कक्षाकोठा, विज्ञान तथा कम्प्युटर ल्याब, पुस्तकालय, खेलकुद तथा शारीरिक गतिविधि भइरहेको, मल्टीमिडिया स्रोत तथा इन्टरनेट सुविधा रहेको, छात्रवृत्तिका अवसरहरु प्रदान गरिरहेको र अतिरिक्त क्रियाकलाप जस्तै संगीत, नृत्य, कला, समुदाय भ्रमण आदि नियमित रुपमा भइरहेको बताउनुभयो ।

तीन पटक राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको दीपशिखा आवासीय माविले पाठ्यक्रम मात्र होइन चरित्र, अनुशासन र नेतृत्वलाई पनि जोड दिने गरेको छ । विद्यार्थीलाई अनुशासनमा राखेर ज्ञान, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सहित सामाजमा उभ्याउनु विद्यालयको उद्देश्य रहेको अध्यक्ष शर्माले बताउनुभयो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार