spot_img
spot_img

लमही नगर बिकाश समितिको जमिन अतिक्रमणको चपेटामा

श्रवण बस्नेत/राप्ती पोष्ट

लमही, साउन । नेपालकै दोस्रो धनी लमही नगरबिकाश समितिको रुपमा रहेको लमही नगर विकास समितिको एक विगाहा भन्दा बढी जमिन अतिक्रमण भएको पाइएको छ । नगर विकास समितिको लालपुर्जा भएको एक बिगहा चार कट्ठा जग्गा अतिक्रमको चपेटामा परेको छ ।

०४०÷४१ साल देखि लमही ६ छुट्टिमोहोर्वाका भुमिहिन सुकुम्बासीले उक्त जग्गा अतिक्रम गरेको पाइन्छ । अतिक्रमित जग्गामा हाल एउता वटा पक्की भबन पनि निर्माण कार्य भएकोछ । चैलाही २ च कि. ९५७ नम्बरको एक बिगाहा चार कट्टा जग्गा अतिक्रमण परेको हो ।

लमही नगरपालिका वडा नं. ५ गुरुकुल स्कुल नेरको उत्तरतर्फको खालि जग्गा अतिक्रमणमा परेको हो । लमही ६ छुट्टिमोहोर्वाका स्थानीय ३८ जनाले अतिक्रम गरेर टहरा बनाएर बसोबास गर्दै आइरहेका छन । उक्त ठाउँमा सुकुम्बासीको नाममा हुकुमबासीले टहराबनाएर अतिक्रम गरेका पाइन्छ । सुकुम्वासीका रुपमा बसिरहेकाहरुको अवस्था छानबिन गर्ने हो भने उक्त ठाउँमा बसोबास गरेका कोही पनि सुकुम्बासी हुने छैनन् भन्ने दावी जानकारहरुको छ ।

समिति को कुल ६५ बिगहा जग्गा मध्ये एक बिगहा चार कट्टा जग्गा अतिक्रमको चपेटामा परेको छ भने १२ बिगाहा घडेरीका रुपमा रहेको छ । २२ बिगाहा जग्गा सडकमा परेको छ । अन्य घडेरीहरु संघसंस्था निःशुल्क रुपमा वितरण गरिएको सबः इन्जिनियर तुल्सिराम अर्यालले जानकारी दिनु भएको छ । ०४५ सालका स्थापना भएको नगरसमितिले उक्त अतिक्रमीत जग्गा खालि गर्नका लागि पटकपटक लिखित, मौ िक र सार्वजनिक सुचना जारी गरेपनि राजनीतिक आडका कारण उक्त जग्गा खालि हुन सकिरहेको छैन । ‘हाम्रो प्रयास पनि निरन्तर जारी छ तर उक्त ठाउँ खालि हुन सकिरहेको छैन् ।’ इन्जिनियर अर्यालले भन्नुभयो ।

नेपाल सरकारको स्वामित्वमा रहेको सार्वजनिक जग्गा अतिक्रम गरेर बस्न कसैलाई छुट नभएको भन्नुहँुदै जसरी भए पनि उक्त जग्गा खालि गराएर छाड्ने ठोकुवा गर्नुभयो । उहाँका अनुसार अब नापी कार्यालय लमही लाई जग्गा छुट्टयाउनका लागि आग्रह गरिएको छ । ‘उहाँहरुले अनुकूल समय मिलाएर आउछु भन्नू भएको छ त्यस पछाडि कडाइका साथ हामी उत्रिने छौ ।’ इन्जिनियर अर्यालले भन्नुभयो ।

उहाँका अनुसार समितिले बार्षिक रुपमा झन्डै ढाइ करोड रुपैयाँ आम्दानी गर्ने गरेको समितिले स्थानीय सरकार र नापी कार्यालय लमहीलाई पनि राजश्व बुझाएर आर्थिक सहयोग गर्ने गरेको छ । उता लमही नगरबिकाश समितिका सदस्य सचिब समेत रहनुभएका लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देबकोटाले अतिक्रमित जग्गा खालि गराउने बिषयमा चासो देखाउनु भएको छ । उहाँले अतिक्रमित जमिनलाई खाली गराउने र नगरविकास समितिको मातहतमा ल्याउने बारेमा योजना बनाइसकेको पनि बताउनुभयो । लमही नगरबिकाश समितिमा सदस्य सचिबको जिम्मेवारीमा उहाँ २५ औं स्थानमा हुनुहुन्छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार