spot_img
spot_img

प्रेस चौतारी दाङका सवै पालिकामा पुग्ने

राप्ती पोष्ट

दाङ, चैत । प्रेस चौतारी दाङ जिल्ला कमिटी जिल्लाका सवै पालिकामा पुग्ने भएको छ । पालिका कमिटी गठनका लागि बैशाखको महिना तय गरिएको छ । प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा घोराहीमा बसेको बैठकले जिल्लाका १० वटै पालिकामा चौतारीको कमिटी गठन गर्ने निर्णय गरेको हो । जस अन्तरगत शान्तिनगर, दंगीशरण र राप्ती गाउँपालिकामा आगामी बैशाख २० गते, तुल्सिपुर र बवईमा बैशाख १३ गते, घोराही र लमहीमा बैशाख ६ गते, राजपुर र बंगलाचुलीमा बैशाख २७ गते र गढवामा बैशाख ७ गते भेला तथा कमिटी गठन गर्ने निर्णय गरिएको छ ।

बैठकले चौतारीमा विभिन्न व्यक्तिहरूले राखेको अक्षयकोष व्यवस्थित गर्दै जिल्ला अधिबेशनमा आर्थिक सहयोग गर्ने घोराही र तुलसीपुर उप महानगरपालिकालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । चौतारीको इतिहास समेटिने गरि प्रकाशन गर्न थालेको स्मारिका तयारी तिव्र बनाउने निर्णय गरेको छ ।

यस्तै चौतारीलाई आवश्यक सल्लाह सुझाव प्रदान गर्न सुदर्शन रिजाल, जेएन सागर, प्रेम बहादुर राम्जा, पाण्डव प्रसाद शर्मा र दिप्तिशिखा चौधरीलाई सल्लाहकार चयन गरेको छ । बैठककै क्रममा चौतारीको केन्द्रिय सदस्यमा निर्वाचित टीका वस्नेत, दुर्गालाल केसी र गणेश आचार्य तथा थारू पत्रकार संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित दिप्तिशिखा चौधरी, सवि थारू र आदिवासी जनजाति पत्रकार संघ लुम्बिनीका अध्यक्षमा निर्वाचित प्रेम बहादुर राम्जालाई सम्मान पत्र सहित बधाई ज्ञापन गरेको छ ।

बैठकले नेकपा एमालेले सञ्चालन गरेको जरा अभियानमा चौतारीलाई जोड्न बैशाख ५ गते घोराहीमा ‘गणतन्त्र सुदृढीकरणका आधारहरू’ विषयक अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ । जसमा गणतन्त्र ल्याउनका लागि भूमिका खेल्ने सवै सरोकारवालाई सहभागी गराउने निर्णय पनि गरिएको छ ।

बैठकलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य कुमार दशौदीले पार्टीलाई बलियो बनाउन चौतारीमा आवद्ध पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग गरि पार्टीप्रति फैलाईएको भ्रम चिर्दै पार्टी र सरकारको गतिविधि जनतामाझ पूर्याउन आग्रह गर्नुभयो ।

चौतारीका उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरू भएको बैठकमा नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, प्रेस चौतारीका पूर्व उपाध्यक्ष तथा पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पूर्व केन्द्रीय उपाध्यक्ष शरद अधिकारी, केन्द्रीय सदस्य टीका वस्नेत लगायतले आवश्यक सुझाव दिनुभएको थियो । बैठकको सञ्चालन सचिव निमुसंगम घर्तीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार