spot_img
spot_img

बंगलाचुलीमा एमालेको प्रशिक्षक प्रशिक्षण

राप्ती पोष्ट

बंगलाचुली, माघ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको निर्णय र जिल्ला कमिटी दाङको निर्देशनमा स्कुल बिभागले बंगलाचुलीको कमिरेचौरमा दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो ।

नेकपा एमाले बंगलाचुली गाउँपालिका कमिटीको ब्यबस्थापनमा आयोजना गरिएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा घोराहीका नगरप्रमुख नरुलाल चौधरीले गर्नुभएको थियो । दाङका दशवटै पालिकामा प्रशिक्षण गर्ने क्रममा बंगलाचुलीबाट प्रशिक्षक–प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै पोलिटव्युरो सदस्य चौधरीले नेकपा एमालेका नेता कार्य कर्ताहरु अरु पार्टी भन्दा बैचारिक र सैद्धान्तिक हिसाबले फरक हुनुपर्ने बताउनु भयो । नेकपा (एमाले) को स्पष्ट कार्यनीति र कार्यदिशाका साथ अगाडि बढेको हुनाले रास्ट्रको समृद्धिको लागि ‘मिसन २०८४’ लाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षक–प्रशिक्षण कार्यक्रममा पहिलो दिन दाङको समग्र विकासको बारेमा पोलिटब्युरो सदस्य नरुलाल चौधरीले, पार्टी संचालन र लेनिनवादी संगठनात्मक पद्धतिको बारेमा सचिवालय सदस्य तथा दाङ स्कुल बिभाग प्रमुख बिबेक श्रेष्ठले र (एमाले)को एप्स कसरी चलाउने भन्ने बारेमा कार्यलय सचिब युवराज ज्ञावलिले प्रशिक्षण दिनुभएको थियो ।

दोस्रो दिन अर्थात शनिबार दाङको कम्युनिस्ट आन्दोलनको इतिहासको बारेमा जिल्ला सचिब मनोहर बुढाथोकीले नेतृत्व शैली र बैठक संचालन बारे स्कुल बिभाग सदस्य विनोद केसीले, जबजको बारेमा प्रदेश कमिटी सदस्य सुरामणि बेल्बासे, राजनीति पार्टीहरुको तुलनात्मक अध्ययनको बारेमा केन्द्रिय स्थानीय तह बिभाग सदस्य विकिरण गौतम र माक्र्सवादी दर्शनको बारेमा प्रदेश कमिटी सदस्य तिरण गौतमले प्रशिक्षण दिनुभएको थियोे । प्रशिक्षणको समापन गाउँपालिका कमिटी अध्यक्ष यमुना थापा घर्तीको अध्यक्षतामा भएको थियो । समापन कार्यक्रमको संचालन स्कुल विभागका सदस्य विनोद केसीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img