spot_img
spot_img

लायन्स क्लव राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण

राप्ती पोष्ट

घोराही, २७ असार । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङमा पद हस्तान्तरण गरिएको छ । लायन्स क्लव बर्ष २०२२÷०२३ का अध्यक्ष मधुसूदन बैद्यको अध्यक्षता तथा लायन्स क्लव ३२५ ल् का एक्जुकेटिभ चिफ लायन लव अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा लायन्स क्लव बर्ष २०२२÷०२३ का अध्यक्ष मधुसूदन बैद्यले बर्ष २०२३÷०२४ का अध्यक्ष लायन शरद अधिकारीलाई पद हस्तान्तरण गर्नुभएको थियो । लायन्स क्लव राप्ती इञ्जिनियरिङमा बर्ष २०२३÷०२४ का लागि प्रथम उपाध्यक्ष कर्ण पुन मगर, द्वितिय उपाध्यक्ष धनेश्वर चौधरी, तृतिय उपाध्यक्ष बाबुराम जोशी, सचिव शर्मिला दहित, कोषाध्यक्ष संगीता पुरीलाई चयन गरिएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लव ३२५ एन का एक्जुकेटिभ चिफ अधिकारीले सामाजिक सेवाको क्षेत्रमा लायन्सले अनुकरणिय काम गर्दै आएको बताउनुभयो । उहाँले संसारभरका लायन्सहरु सामाजिक सेवाका लागि एकजुट हुने गरेको भन्दै नेपालमा रहेका क्लवहरुले पनि उदाहरणिय काम गरेको बताउनुभयो ।

लायन्स क्लव राप्ती इञ्जिनियरिङले छोटो अवधिमा पनि उल्लेख काम गरेर स्थापित हुने काम गरेको भन्दै अधिकारीले सामाजिक क्षेत्रमा निश्वार्थ रुपमा काम गर्नेहरुलाई लायन्समा आवद्ध गराउनुपर्ने बताउनुभयो । कार्यक्रममा लायन्स क्लव ३२५ एन अन्तरगत एरिया नं. २ का चिफ डा. भिमसेन गिरीले सामाजिक कार्यका लागि लायन्सले निश्वार्थ रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले राप्ती इञ्जिनियरिङले आफूले समाजमा फरक रुपमा स्थापित गर्दै लगेको बताउनुभयो ।

सोही अवसरमा लायन्स क्लव ३२५ एन अन्तरगत एरिया नं. २ का कोषाध्यक्ष रेशम गिरी, लियो क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष ऋचा बुढाथोकी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष शरद अधिकारीले आफूले एक बर्षको अवधिमा गर्न चाहेको कार्यको बारेमा जानकारी गराउनुभएको थियो । लायन्स क्लवमा रहेकाहरुलाई समेटेर सामाजिक कार्य गर्न चाहेको अधिकारीको भनाई थियो ।
लाइन्स क्लव २०२२÷०२३ का सचिव धनेश्वर चौधरी र २०२३÷०२४ का सचिव शर्मिला चौधरीले संचालन गर्नुभएको कार्यक्रममा राष्ट्रिय झण्डाको अभिवादन संगीता पुरीले गर्नुभएको थियो । पदस्थापनपछि राप्ती इञ्जिनियरिङ परिसरमा बृक्षरोपण गरिएको थियो ।

लियो क्लव गठन


लायन्स क्लव इन्टरनेशल डिस्टिक ३२५ एन एरिया नं २ लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको प्रायोजनमा लियो क्लव अफ राप्ती इञ्जिनियरिङ गठन गरिएको छ । जसको अध्यक्षमा ऋचा बुढाथोकी, प्रथम उपाध्यक्ष विजय विष्ट, द्वितीय उपाध्यक्ष मोहन भण्डारी, तृतीय उपाध्यक्ष हिमाल घिमिरे, सचिव शक्तिसिंह रोकाय, सहसचिव रोनिसा खडका, कोषाध्यक्ष सरला हमाल र सहकोषाध्यक्ष बाचना दाहाललाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा अर्विन के.सी, सर्विस चियरपर्सन आयुष बेलबासे, माकेटिङ कम्युनिकेशन चियरपर्सन लियो सुरवी पौडयल, रिपोर्टिङ अफिसर अमृत रावत, सचेतक सुखदेव चौधरी, हेल्थ निर्देशके मुकेश बस्नेत, शिक्षा निर्देशक राजु गिरी, एलसिआइएफ कोडिनेटर प्रविन चौधरी, माकेर्टिङ कम्युनिकेशन को चियरपर्सन प्रकाश पुरी र क्रितिस भण्डारी, निर्देशक मानिक श्रेष्ठ, अर्जुन मण्डल, पारस बुढाथोकी र मुकेश बस्नेत रहनुभएको छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img