spot_img
spot_img

क्रिकेट खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

राप्ती पोष्ट

दाङ, चैत/ लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

‘हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मुख्यमन्त्री लिला गिरीको प्रस्ताव अनुसार मन्त्रिपरिषद वैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो’- प्रवक्ता आचार्यले भन्नुभयो-‘ जुनियर टिमका ५ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको छ ।’

सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही, सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् । यस्तै जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता, बर्दियाका विकास केसी र अर्घाखांचीका उत्तम थापा रहेका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img