spot_img
spot_img

लमही बजारलाई व्यवस्थित गराउने तयारी

श्रवण बस्नेत/राप्ती पोष्ट

लमही, जेठ । लमही नगरपालिकाले बजार व्यवस्थित बनाउने अभियान चलाउने भएको छ । आगामी असारको १ गते देखि अभियान नै संचालन गरेर बजार ब्यबस्थित गर्ने योजना बनाएको छ ।

लमही बजार व्यवस्थित हुन नसकेको जनगुनासो बढी आएपछि लमही नगरपालिकाले बजार व्यवस्थित गराउने योजना ल्याएको हो । बजार क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर अभियान संचालनमा ल्याउन थालेको लमही नगरपालिकाले जनाएको छ ।

लमहीले यसका लागि पाँच जना नगर प्रहरी खटाउन थालेको छ । लमही बजारलाई व्यवस्थित गराउनका लागि प्रहरीको पनि सहयोग लिइने भएको छ । बजारबासीले अटेर गरेमा कानुनी कारवाही गर्ने तयारी समेत गरिएको बताइएको छ । बजार व्यवस्थित गराउने अभियान अन्तरगत बजारमा नाली भित्र सामान राख्ने, ठेला गाढा, रिक्सा, अटो, ग्यारेजका समानहरुको ब्यबस्थापन गरिने छ । संभब भए सम्म उनिहरुका लागि निश्चित ठाउँ दिइने लमही नगरपालिकाकी उपमेयर लक्ष्मि योगीले जानकारी दिनु भएको छ ।

बजारमा फोहर, बाताबरण दुषित गर्ने भनेको बढिजसो ठेलागाढा नै रहेको भन्दै उनिहरुको तत्काल व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको योगीले बताउनुभयो । उहाँले यो अभियानमा सहयोग गर्न सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभएको छ । लमही बजारलाई नमूना नगरपालिका बनाउने हो भने बजार व्यवस्थित गराउनै पर्ने उहाँको धारणा छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img