spot_img
spot_img

एमालेले हार्दा विकास हुन सकेन

 

सुदन केसी
वडाध्यक्षकाउम्मेदवार घोराहीउपमहानगरपालिका– १०

घोराही उपमहानगरपालिकामा दोस्रो ठूलो बजारका रुपमा रहेको नारायणपुरको चुनाव सवैको चासोको विषयका रुपमा रहेको छ । वडा नं. १० मा समाजसेवाको क्षेत्रमा समेत राम्रो पहिचान बनाउनुभएका सुदन केसी वडाध्यक्षको उमेदवार हुनुहुन्छ । निर्वाचनको सन्दर्भमा केसीसंग गरिएको कुराकानी (सम्पादक)

चुनाव निकै नजिक आएको छ तयारी कस्तो छ ?
निर्वाचन आउन अव केही दिन मात्रै छ । हामी निर्वाचनको सन्दर्भमा मतदातासमक्ष पुग्ने काम सकेका छौं । घरदैलो सकिएको छ । विभिन्न स्थानमा दर्जनौं सभाहरु पनि गरिसक्यौं । अव व्यक्तिगत भेटघाटका कामहरु हुनेछन् । हामी हाम्रा मतदातालाई सुरक्षित रुपमा मतदानकेन्द्रसम्म पुराउने योजनामा छौं ।

मतदाताको प्रतिक्रिया कस्तो छ नि ?
वडा नं. १० का सवै मतदाता उत्साहित हुनुहुुन्छ । हामीले मतदातालाई जागृत गराउने कामपनि गरेका छौं । हिजो यस वडामा एमालेका उम्मेदवारले हार्दा जसरी समस्या भयो अव त्यो समस्या फेरि नदोहोर्याउने कुरा गरिरहनुभएको छ । अघिल्लो पटक निर्वाचन हार्दा वडा नं. १० मा हुनुपर्ने जति विकास भएन । विकासको नेतृत् वगर्नेले हार्दा समस्या हुने रहेछ भन्ने कुरा गरिरहनुभएको छ । यसकारणले गर्दा हामी पनि उत्साहित भएका छौं । बृद्ध आमा बुवाहरुदेखि लिएर युवाहरुमा ठूलो उत्साह रहेको छ । नेकपा एमालेले मात्रै बृद्ध बृद्धाको समस्या बुझ्न सक्छ । युवालाई उत्साहित गर्न सक्छ भनेर हामीलाई उत्साहित बनाउनुभएको छ ।

तपाईलाई किन मत दिने त ?
पहिलो कुरा वडाका हरेक गतिविधिमा सुशासन र पारदर्शीता कायम गर्न, पूर्वाधार विकासलाई तीब्रता दिन, सार्वजनिक जमिनको संरक्षण गर्न, जनता नेताको सेवामा होइन जनताको सेवामा लाग्नका लागि हामीलाई मत दिनुपर्छ । अर्को कुरा नारायणपुर क्षेत्रमा रहेर मैले जसरी काम गरिरहेको छु । हिजो गाविस हुँदा पनि म प्रतिनिधिका रुपमा जाने गर्दथे । पछि त्रिपुर नगरपालिका हुँदा पनि मैले विकास निर्माणको नेतृत्व गरेको थिए । नारायणपुर क्षेत्रमा कस्ता विकासका कार्यक्रम अघि बढाउनुपर्नेछ भन्ने कुरा मैले र मेरो पार्टीले राम्रोसंग बुझेको छ । त्यसैगरी वडास्तरीय फोहर संकलन तथा व्यवस्थापन गर्ने काम, युवा रोजगार र हरियाली वडा निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी कार्यान्वयन गर्न, विपत राहतकोष स्थापनागर्न, महिलालाई उद्यमशिल बनाउन, नारायणपुर बजारको सुरक्षाका लागि सिसी टिभी जडान गर्न, कौशी खेतीको अवधारणा विकास गर्न, दलित, जनजाति लगायत सिमान्तकृत समुदायको विकासकालागि क्षमता विकास लगायत विशेष कार्यक्रम ल्याएर कामगर्न हामीलाई मतदान गर्नुपर्नेछ ।

वडामा अरु के के कामगर्ने योजना छ ?
वडाको समग्र विकासकालागि हामीले कामगर्नेछौं । अहिले घोराहीबजारबाट फर्किदा नारायणपुरबासीले बसमा सिट नपाउने अवस्था छ । सबै चढेपछि झुण्डीएर, उभिएर यात्रागर्नुपर्ने वाध्यता छ । हामीले यो समस्या तत्काल समाधानगर्नेछौं । नगरबस सञ्चालनगर्ने र वडा नं. १० का वासिन्दालाई पनि आरामदायी सीटमा बसेर यात्रागर्ने वातावरण सिर्जना गर्नेछौं । वडाबाट छनौट हुने पूर्वाधार विकाशका कार्यक्रमहरुलाई १० नंं. वडाका सबै टोलमा समान हिसावले वितरण गर्नेछौं । हरेक टोलबाट वडाको केन्द्र आउने सडक, बाटाहरुलाई हरेक वर्ष प्राथमिकतामा राखेर पालैपालो स्तरोन्नतिगर्ने, वडाका दुर्गम क्षेत्रमा खानेपानी, सिंचाई, बाटो पुर्याउने कामगर्ने र ज्येष्ठ नागरिक, अपाङग र अशक्तहरुलाइ घरमै स्वास्थ्य जाँचको व्यवस्थागर्ने, कृत्रिम जलाशयको निर्माण गर्ने, डावर, लम्डरुवा र अर्घुमा खानेपानी र सिंचाईको व्यवस्थागर्ने काम हामीले गर्नेछौं ।

तर गठवन्धनको चुनौति छ कसरी सामाना गर्नुहुन्छ ?
यतिवेला देशव्यापी रुपमा नेकपा एमालेको पक्षमा माहौल बनेको छ । आम मतदाता नेकपा एमालेको साथमा हुनुहुन्छ । यस्तो बेला मैले त केही नि चुनौती देखेको छैन । केन्द्रबाट लादिएको गठवन्धनले हामीलाई कुनै समस्या पार्न सक्दैन । समर्थक, शुभेच्छुकले पनि गठवन्धन छोडेर एमालेतिर आइरहनुभएको छ । हाम्रो नीति, विचार, कार्यक्रम र विकासको अवधारणालाई पछ्याउने दिन प्रतिदिन बढिरहनुभएको छ । यसर्थ हामीलाई जनताको साथहुँदासम्म कसैको चुनौतिवा समस्याहुदैन । छैन ।

मतदातालाई के भन्न चाहानुहुन्छ ?
०७४ को निर्वाचनमा हामी जनतामाझ जाँदा गरेका बाचा पुरा गर्न पाएनौं । थोरै मतले हामीले हा¥यौ । नेकपा एमालेले हार्दा र अरुले जित्दा के हुने रहेछ भन्ने कुरा यहाँका मतदाताले राम्रोसंग बुझ्नुभएको छ । जनताले एमालेले हार्दा समस्या भोग्नुपर्ने रहेछ । अरुले विकासका कुरा मात्रै गर्दोरहेछन नेकपा एमालेले मात्रै विकास र समृद्धिलाई अघि बढाउँदो रहेछ भन्ने स्पष्ट भइसकेको छ । विगतमा नेकपा एमालेको प्रभाव रहेको वडाका टोलमा छानी छानी बजेट रोक्ने कामभएको छ । विभेद गरिएको छ । तर हामी आउँदा वडावासी कसैलाई पनि विभेद गर्नेछैनौं । समान हिसावले अभिभावकत्व प्रदानगर्ने र यस वडाको विकासमाहामी रातदिन खट्नेछौं । वडावासीलाई थाहै छ । हामी पराजित भएर भागेनौं । जनताकै सेवामा थियौं । अव जितेर पनि २४ सै घण्टा सेवामा खट्नेछौ । त्यसकालागि एमालेका उम्मेदवारहरुलाई विजय गराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img