spot_img
spot_img

साहित्यकारले राजनीतिक विकृति विरुद्ध खवरदारी जारी राख्नुपर्ने

प्रलेस लुम्विनीमा नयाँ कार्यसमिति चयन

राप्ती पोष्ट

लमही, चैत । राजनीतिक दलहरुले बाटो विराएको अवस्थामा खवरदारी गर्ने काम साहित्यकारहरुको रहेको लमहीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । प्रगतिशील लेखक संघ नेपाल लुम्विनी प्रदेशको दोस्रो अधिवेशनमा बोल्ने बक्ताहरुले नेपालको राजनीतिमा विकृति विसंगती हावी भएको भन्दै विकृति विसंगतीका विरुद्धमा लेखक साहित्यकारहरुले खवरदारी गरिरहनुपर्ने धारणा राखेका हुन् ।

प्रलेस लुम्विनी प्रदेश अध्यक्ष केशव थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रलेसका केन्द्रिय अध्यक्ष प्राध्यापक जिवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरुले राष्ट्रियताको पक्षमा, जनजिविकाको पक्षमा निरन्तर आवाज उठाउदै आएको बताउनुभयो । उहाँले प्रगतिशीले स्रष्टाहरुले निरन्तर खवरदारी गर्दै आइरहेको भन्दै यस्तो खवरदारी जारी राख्नपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा बरिष्ट पत्रकार नारायण प्रसाद शर्माले नेपालका बामपन्थी राजनीतिक दलका बीचमा तिक्ततापूर्ण सम्वन्ध रहेको भन्दै यस्तो नगर्न सुझाव दिनुभयो । भारतमा काँग्रेस र कम्युनिष्टको अवस्था कहाँबाट कहाँ पुग्यो भन्दै शर्माले जनताले कम्युनिष्टको विकल्प खोज्ने दिन नल्याउनका लागि कम्युनिष्टहरु सच्चिएर अघि बढ्नुपर्ने बताउनुभयो । राजनीति अत्यन्त विकृत बन्दै गएकोमा उहाँको चिन्ता थियो ।

यस्तै प्रा. डा. कपिलदेव लामिछानोले राजनीतिलाई दिशानिर्देश गर्ने गरेर साहित्यकारले खवरदारी गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा बामपन्थी जनमत अत्यन्त राम्रो रहेको भएपनि बामपन्थी दलहरुका बीचमा देखिएको बैमनस्यताले समाजलाई नै असर गरिरहेको बताउनुभयो । यस्तै कवि रामचन्द्र भट्टराइ, गजलकार बुँद राना लगायतले राजनीतिमा बढ्दै गएको विकृति विसंगती रोक्नका लागि साहित्यकारहरुले कमल चलाइरहनुपर्ने बताउनुभयो । साहित्यकारहरुले नै हरेक क्षेत्रको विकृति विसंगीतको विरुद्धमा खवरदारी गर्न सक्ने भन्दै उहाँहरुले राजनीतिलाई विचारले डोराउनेगरी सामग्री दिने काम साहित्यकारको रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रलेसका केन्द्रिय सदस्य शरद अधिकारी, प्रलेस रुपन्देहीका पूर्व अध्यक्ष कपिल घिमिरे, दाङ शाखाका अध्यक्ष भुवन देवकोटा शरद, स्तम्भकार समाजका अध्यक्ष केवि मसाल, देउखुरी साहित्य समाजका अध्यक्ष हरि पोख्रेल लगायतले बोल्नुभएको थियो । रामप्रसाद पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष पंकज श्रेष्ठले गर्नुभएको थियो ।

शर्मालाई सम्मान

सोही कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मालाई सम्मान गरिएको थियो । उहाँलाई यस क्षेत्रको साहित्य उत्थानका लागि योगदान दिएको भन्दै सम्मान गरिएको थियो । प्रलेस लुम्विनीले पहिलो पटक अधिवेशनमा सम्मान थालनी गरेको छ । उहाँलाई दोषल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

नयाँ कार्यसमिति चयन

यसैबीच प्रलेस लुम्विनीमा नयाँ कार्यसमिति चयन गरिएको छ । नयाँ कार्यसमितिमा अध्यक्ष पंकज श्रेष्ठ, उपाध्यक्ष तिलक लामिछाने, महिला उपाध्यक्षमा शारदा शर्मा, सचिवमा रामप्रसाद पोखरेल, सह सचिवमा रिंकु वाग्ले, सदस्यहरुमा अर्जुन सर, बुद्धिराम गैरे, माधवा भुषाल, प्रभात सुवेदी, गिताञ्जली पछल्डङ्ग्या, सूर्यराज गौतम, रेशम विसी, जगदिश ढकाल, केशव बेल्वासे, खेमराज शर्मा र कृष्ण डाँगी हुनुहुन्छ । २१ सदस्यीय कार्यसमितिमा चारजना पछि मनोनित गरिने भएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img