spot_img
spot_img

सगरमाथा सिमेन्ट दाङ क्रिकेटमा सहयोगी थपिदैं

राप्ती पोष्ट

दाङ, चैत । दाङ जिल्ला क्रिकेट संघले आगामी चैत १२ गतेदेखि घोराहीमा संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८का लागि सहयोगी थपिने क्रम बढेर गएको छ । क्रिकेट प्रतियोगितालाई भव्य र आकर्षक बनाउनका लागि दाताहरुले सहयोग गरिरहेको आयोजक दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैंयाले जानकारी दिनुभयो ।
प्रतियोगिताको पहिलो पुरस्कार सगरमाथा सिमेन्टले उपलव्ध गराएको छ भने दोस्रो पुरस्कार समाजसेवी गणेश रोका मगरको परिवारले प्रदान गरेको छ । गतबर्ष निधन हुनुभएका रोकाको परिवारले उहाँकै संझना र सम्मानमा पुरस्कार घोषणा गरेको हो । रोकाकी श्रीमती कमला रोका र छोराहरु नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाइ रकम हस्तान्तरण गर्नु भएको थियो ।

समाजसेवी गणेश रोका मगर र वहाको परिवारले २०४३ सालदेखि दाङको क्रिकेट बिकासमा सहयोग गर्दै आउनु भएको र वहाको परिवारबाट दाङलाइ प्रतिनिधित्व गर्दै नारायण रोका मगर, गुप्ता रोका मगर, कैलाश रोका मगर र अशोक रोका मगरले राष्ट्रिय स्तरको विभिन्न प्रतियोगिता खेल्नु भएको छ भने कैलाश रोका मगर हाल लुम्बिनी प्रदेशका मुख्य छनोटकर्ता तथा र अशोक रोका मगर दाङ जिल्ला क्रिकेट संघका सल्लाहकार हुनुहुन्छ ।

दाङमा पहिलो पटक ठूलो अक्सनमा (खेलाडी किन बेच) आधारित भएर हुन लागेको प्रतियोगितालाई धेरैले चासोको रुपमा लिएका छन । प्रतियोगिताको संरक्षकको रुपमा घोराही उप महानगर पालिका, प्रमुख प्रायोजक सगरमाथा सिमेन्ट, हपिस्टालिटि पाटनरमा भिन्ग्रेली रिसोर्ट, इन्सोरेस पार्टनर शिखर इन्सोरेस, गोल्ड स्पोंसरमा किसान ट्रेडीङ् कन्सर्न– इसुजु गाडी रहेको छ । विभिन्न व्यक्तिगत र संस्थागत सहयोग संकलन भैरहेको दाङ जिल्ल्ला क्रिकेट संघका सचिब संजु केसीले जानकारी जानकारी दिनु भएको छ ।

प्रकाशको गोल्ड प्रायोजन

दाङ जिल्ला क्रिकेट संघले संचालन गर्न लागेको सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग–२०७८ को गोल्ड प्रयोजकको रुपमा खेलप्रेमी समाजसेवी वसन्त राज थापा (प्रकाश) जोडिनु भएको छ । सोमबारसम्पन्न अक्सन (खेलाडी खरिद) कार्यक्रममा उपस्थित भएमा थापाले अक्सन कार्यक्रममा ५० हजार नगद दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाँलाइ हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै थापाले युवाहरुको सकारात्मक र दाङ लाई चिनाउने प्रयासमा आफ्नो सानो सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष दुर्गा थापा मगरले प्रतियोगिताको सफलताको लागि २५ हजार रुपैया सहयोग गर्नु भएको थियो । प्रतियोगिताका लापिग सन्तोस दाहालले २० हजार, मुकेश डिसीले १५ हजार र शिशिर अधिकारी, श्रीजना पोख्रेल, डुल्लु राम पोख्रेल, भावना चन्द ठकुरी (स्वर्गीय छोरा प्रभाकर कँवरको स्मृतिमा) १०÷१० हजार सहयोग प्रदान गरेको संघले जनाएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img