spot_img
spot_img

घोराहीमा खाम भाषा संरक्षण थालियो

वडा नं. १४ को यस्तो पहल

दाङ, माघ । मगर समुदायले बोल्ने खामभाषा लोपहुँदै गएको छ । परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा लोप हुदै गएको हो । यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा भाषा स्थान्तरण नहुँदा लोप हुँदै गएको छ ।

गुल्मीको रिडी पश्चिमभाग दाङ हुँदै कर्णाली प्रदेश सम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वभागमा बोलिने १२ मगरातको (मैढुट) र सुदुरपश्चिममा बोलिने (काईकेल) भाषा मगर समुदायका प्रमुख भाषीका हुन ।

यी तीनवटै भाषा बोल्ने मानिसको संख्या थोरै मात्र रहेको खाम भाषाका प्रशिक्षक कृतिमान पूनको भनाई छ । पुराना व्यक्तिमा भाषा ज्ञानको भएपनि यूवा पिढीले यसमा चासो नदिदा समस्या देखिएको पुनको भनाई छ । यूवा पिढीले खाम भाषा सिक्न ध्यान नदिदा अहिले मगर भाषा नै गाउँ समाजबाट हराउँदै गएको अर्का भाषा प्रशिक्षक बईनसरी पुन बताउनु हुन्छ ।

रोल्पाबाट दाङ बसाई सराई गरि आएका मगर समुदायको मुख्य भाषा खाँम भएपनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उहाँको भनाई छ । बाल बच्चाले नै पहिलो भाषाका रुपमा नेपाली भाषामा बोलचाल गर्न थालेसंगै खाँम पुरै लोप हुने अबस्थामा छ पुनले भन्नुभयो ।

परम्परा बचाउँन भाषाको ठुलो काम हुने भन्दै पछिल्लो समय मगर समुदायको कला, संस्कृति, भेषभुषा पनि कतै हराउँछ की भन्ने प्रश्न उव्जिएको देखिन्छ । मगर महिलाले लगाउँने गुन्यू चोलो, पुरुषले लगाउँने पहिरण मेला महोत्सव र चाडपर्वमा मात्र सिमित भएको घोराही १४ की दीलकुमारी बुढाको अनुभव छ । बुढाले लोप हुन थालेको खाँम भाषा बचाउँने अभियानमा आफूहरु जुटेको उहाँको भनाई छ ।

यसैबीच घोराही उपमहानगरपालिका वडा नं. १४ ले आयोजना गरेको सात दिने खामभाषाको तालिम समापन गरिएको छ । मगर समुदायको परम्परागत भाषाका रुपमा रहेको भाषा सिकाउन तालिम आयोजना गरिएको थियो । मगर समुदायको खाँम भाषा लोप हुने अबस्थामा रहेकोले यसको संरक्षण र प्रवद्र्धन गर्न तालिम आयोजना गरिएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो ।

तालिम समापनमाका अबसरमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हरिमान पुन (बरुण) नेपाल मगरमुक्ती मोर्चाका पूर्व उपाध्यक्ष भिमकुमारी बुढा, कल्पुर्धशालाका सचिव बसन्त गुप्ता लगायतले बोल्नुभएको थियो । तालिममा मगर, दलित, मुस्लिम र मधेशी समुदायका करिब २० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो । नेपाल मगर महिला सेवा समितिका अध्यक्ष बईनशरी पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दीलकुमारी बुढाले गर्नु भएको थियो

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img