spot_img
spot_img

लुम्विनीबाट एमालेका प्रतिनिधि सर्वसम्मत

लुम्विनीबाट एमालेका प्रतिनिधि सर्वसम्मत

बुटवल, कात्तिक । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । आवश्यकभन्दा तेब्बरसम्म उम्मेदवारी परेपछि निर्वाचन गर्ने तयारी भए पनि अधिकांश स्थानमा सर्वसम्मत प्रतिनिधि चुनिएका हुन् ।

रूपन्देही क्षेत्र नम्बर १, पश्चिम नवलपरासीलगायत केही क्षेत्रमा प्रतिनिधि छनोटका लागि निर्वाचन भए पनि अधिकांश क्षेत्रमा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् । जसअन्तर्गत क्षेत्र नम्बर १ मा खुलातर्फ यज्ञ गैरे, ध्रुव खरेल, डा कृष्ण न्यौपाने र ऋषिराम सापकोटा चयन भए। महिलातर्फ जगेश्वरी चौधरी र विद्यालक्ष्मी गुरूङ चयन भए। क्षेत्र नम्बर १ मा प्रतिनिधि चयनका लागि निर्वाचन भएको थियो ।

uml logo

यस्तै क्षेत्र नम्बर २ मा खुलातर्फ शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, गोपाल राना, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाईं, बाबुराम भट्टराई र बलबहादुर आचार्य चयन भए । महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी चयन भए ।

क्षेत्र नम्बर ३ मा तुलसी चौधरी, अनुप बराल, हितराज पन्थी, रामप्रसाद रेग्मी, ममता पौडेल, उमा अधिकारी महाधिवेशन प्रतिनिधि बन्न सफल भए। क्षेत्र नम्बर ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जीवलाल पाण्डे र शिव पौडेल चयन भए । दलिततर्फ कल्पना हरिजन, जोगलाल विक, सुरेन्द्र श्री, कमला विक चयन भए ।

यस्तै पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा मतदान प्रक्रियाबाट प्रतिनिधि चयन भए। केन्द्रीय नेतृत्वले सर्वसम्मत बनाउने कसरत गरे पनि आवश्यक संख्याभन्दा धेरैले मनोनयन दर्ता गरेपछि मतदान भएको थियो। क्षेत्र नम्बर १ बाट खुलातर्फ दीपेन्द्रकुमार अधिकारी, धिरज शर्मा बस्याल, राम अर्याल र बन्द्रीनाथ खनाल चयन भए । महिलातर्फ सरिता खनाल र सिन्धु जलेशा निर्वाचित भए ।

यस्तै निर्वाचन क्षेत्र २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, केशव भण्डारी र लेखनाथ खरेल तथा महिलातर्फ विमला अर्याल र लक्ष्मी क्षत्री निर्वाचित भए । महाधिवेशन प्रतिनिधिको लागि २ जना प्रतिनिधि पाउने दलिततर्फ तुलसी पासी र राज हरिजन सर्वसम्मत रूपमा चयन भएको एमालेले जनाएको छ ।

गुल्मीमा पनि सर्वसम्मत प्रतिनिधि छनोट भए। खुलातर्फ मधुकृष्ण पन्त, बालसिंङ काउछा, सोमनाथ सापकोटा, अमर सिंजापती, कृष्ण भुसाल, प्रेम पराजुली, खिमानन्द पाण्डे, रितबहादुर थापा र चक्रबन्धु भुसाल चयन भए । महिलातर्फ नर्मदा भण्डारी, लक्ष्मी पन्त, सीता भण्डारी र ललिता गौतम चयन भए। दलितबाट जंग नेपाली, कृष्ण सुनार, धर्म विश्वकर्मा र जुना विश्वकर्मा चुनिए ।

सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको पाल्पामा खुलातर्फ झपेन्द्र जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, विमल काफ्ले, अशोक शाही, राम राउत, मोहन थापामगर, ओम घर्तीमगर र नवीन थापा चयन भए। महिलातर्फ कुविजा अर्याल, सरस्वती भट्टराई, नारायणी शर्मा र गीता पाण्डे चयन भए। दलितबाट ठाकुर लोहागुन र दीपक विश्वकर्मा चुनिए ।

यस्तै दाङमा रेवतीरमण शर्मा, राममणि पाण्डे, कुल केसी, सहजराम यादव, गंगा थारू सत्गौवा, सरस्वती गौतम, टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्र केसी, भेषराज केसी, बली राना, तुलसा केसी, हुमा डीसी, हुकुम बस्नेत, घनश्याम पाण्डे, रामजी मिलन चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्ण भुसाल, कोमल वली, माया आचार्य, धमकली चौधरी, जीतेन्द्रमान नेपाली, मानबहादुर विक, निर्मला विक चयन भए ।
रुकुमपूर्वबाट नन्दलाल शर्मा, टोपबहादुर ओली, लीलामणि गौतम र निर्माण बुढा (रवि), आशा स्वर्णकार, मस्तबहादुर विश्वकर्मा छनोट भए । त्यस्तै प्यूठानबाट खुलातर्फ हरि रिजाल, तुलसीराम शर्मा, धनबहादुर रायमाझी, टेकुलाल गिरी, विजयविराज विष्ट, डिल थापा मगर चयन भए । महिलातर्फ कमला रिजाल र गोमा रेग्मी तथा दलितबाट झगबहादुर विश्वकर्मा चयन भए ।

कपिलवस्तुमा खुलातर्फ विष्णु पन्थी, झविलाल पोखरेल, विश्राम चौधरी, डम्मर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजाद अहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र खनाल र टोपलाल पोखरेल चयन भए। मजदुरबाट सुशीला दर्लामी, महिलातर्फ शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल चयन भए ।

त्यस्तै अर्घाखाँचीबाट खुलातर्फ चेतनारायण आचार्य, रामजी घिमिरे, कुटमुदिन अलि, जनार्दन खनाल, पिताम्बर भुसाल, प्रकाश ज्ञवाली, तोज रायमाझी, काशीराम आचार्य र खगिश्वर पन्थी चयन भए । महिलातर्फ जालपा भुसाल, प्रमिला क्षेत्री, बिजुला रायमाझी र विष्णुमाया आचार्य चयन भए । दलितबाट भोजबहादुर गन्धर्व, लिल विक र शिवकला विक चुनिए ।
बाँकेको क्षेत्र नम्बर १ बाट देवराज भार, सूर्य ढकाल, प्रेम भुसाल, वसन्ती अधिकारी र भारती खनाल छानिए । क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाहक, विजया धिताल छनोट भए । बाँके क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपती, सचिव रत्न खत्री, घननाथ खनाल र भूमिसरा धिताल चयन भए । यस्तै रोल्पामा खुलातर्फ कुमार दशौंदी, पूर्ण बुढामगर, बालाराम बुढामगर र शान्त ओली चयन भए । महिलातर्फ जूनमाया बुढा र ईश्वरी जिएम चयन भए । दलितबाट रीमा नेपाली चुनिइन् ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार