spot_img
spot_img

गोरक्षरत्ननाथ माविमा बाल अधिकार चेतना समूह

गोरक्षरत्ननाथ माविमा बाल अधिकार चेतना समूह
घोराही, कात्तिक । घोराही उपमहानगरपालिका वडा नं. १७ मा रहेको गोरक्षरत्ननाथ माविमा इन्सेकको पहलमा बाल अधिकार चेतना समूह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भएको विद्यार्थीहरुको भेलाबाट बाल अधिकार चेतना समुह गठन गरिएको थियो । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत लुमबहादुर खत्रीको अध्यक्षतामा १५ सदस्यीय बाल अधिकार चेतना समूह गठन गरिएको थियो ।

सामुहिक जस्तो काम पनि गर्न सकिन्छ भन्ने अभ्यास गर्दै विद्यार्थीहरु

समूहको उपाध्यक्षमा सँझना शर्मा, सचिवमा ममता राना, सह सचिवमा राजन शर्मा, कोषाध्यक्षमा पुनम शर्मा र सदस्यहरुमा बन्दना शर्मा, लक्ष्मी पाण्डे, अनिशा चौधरी, अश्विन विक, यामलाल गिरी, रोखा कुवर, शान्ती राना, ज्योती नेपाली र राजेश सुनार हुनुहुन्छ ।

खत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सेमलाल मल्ल, इन्सेकका सहजकर्ता विनोद केसी र पत्रकार शरद अधिकारीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन शोभाराम गिरीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img