spot_img
spot_img

आफूखुशी मुल्य बृद्धि गरिए कारवाही गर्ने उद्योग बाणिज्य महासंघको चेतावनी

 

राप्ती पोष्ट
दाङ, १४ जेठ । नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न जिल्लामा आफूखुशी मूल्यवृद्धि गरीएको घटनालाई गम्भिरताका साथ लिएको छ । दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने चेतावनी दिएको हो ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएको गुनासो आइरहेको छ । निषेधाज्ञाको समयमा भएको चर्को मूल्यबृद्धिका कारण उपभोक्ताहरु मर्कामा परेका छन् । दैनिक खाद्य बस्तु लगायत अन्य उपभोग्य बस्तुहरुको चर्को मूल्यबृद्धि भएको छ ।

उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने सङ्घले जनाएको छ । उद्योग बाणिज्य महासंघका जिल्ला शाखाहरु देशका सवै जिल्ला र नगरमा रहेका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार