spot_img
spot_img

दाङमा थपिए दुई सय ५० कोरोना संक्रमित, दुई सय ९९ जना संक्रमणमुक्त


राप्ती पोष्ट
दाङ, ४ जेठ । करिव तीन सातादेखि लकडाउन गर्दा पनि दाङ जिल्लामा कोरोना संक्रमितको संख्यामा कमि आउन सकेको छैन । पछिल्लो २४ घण्टामा दाङ जिल्लामा दुई सय ५० जना सक्रिय संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार तीन सय ५० जनाको स्वाव परिक्षण गर्दा दुई सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर गरिएको स्वाव परिक्षणका क्रममा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीन सय ५० जनाको स्वाब परिक्षण गर्दा एक सय १५ जना महिला तथा एक सय ३५ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । दाङ जिल्लामा गत बैशाख यता मात्रै पाँच हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । दाङ जिल्लामा बैशाख यता पाँच हजार चार सय ९५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी बैशाखयता दाङ जिल्लामा तीन हजार भन्दा बढी कोरोनाका विरामी निको पनि भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमितको तुलनामा निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई सय ९९ जना संक्रमणमुक्त भएका छन् । आज निको भएकासहित दुई हजार नौ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा हाल संक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय २५ जना रहेको छ । कोरोनाका संक्रमित विरामीमध्ये अहिले अधिकांश संक्रमित होम आइसोलेसनमा रहेका छन् । अहिले एक सय ६४ जना संस्थागत आईशोलेशनमा बसेका छन् भने दुई हजार तीन सय ६३ जना संक्रमित घरकै आइसोलेशनमा बसेका छन ।

यस्तै वितेको २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा तुलसीपुरका ५ जना रहेका छन् । यस्तै घोराही र बबईका २÷२ जना र दंगीशरणका एक जना रहेका छन् ।

यस्तै तुलसीपुरमा कोरोना संक्रमणका कारण एकजना वडा सदस्यको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का ५० बर्षिय वडा सदस्य धनीराम चौधरीको मृत्यु भएको हो । चौधरीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा सोमबार मृत्यु भएको हो । उहाँलाई वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने यो संगै बैशाख १ गते यता जिल्लामा संक्रमणका कारण एक सय ३४ जनाको ज्यान गइसकेको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार