तुलसीपुरमा आइसोलेसनका लागि सहयोग थपिदै

0
569
मेयर पाण्डे सहयोग सामग्री बुझ्दै

राप्ती पोष्ट
तुलसीपुर, ४ जेठ । तुलसीपुर उपहानगरपालिकाले संचालन गरेको कारोना आइसोलेसन अस्पतालका लागि विभिन्न संस्थाले सहयोग प्रदान गर्ने क्रम जारी छ ।

सोही क्रममा नेपाल रेडक्रस दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र अन्तर्गत मेट्रो अस्पतालमा संचालनमा आएको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि तीनवटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, पाँच वटा टेबुल पंखा, ५० वटा गिलास प्रदान गरेकोछ ।

रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमकाबीच तुलसीपुर उपमहागनरपालिकाका प्रमुख घनश्याम पाण्डेलेलाई ति सामग्री हस्तान्तरण गर्नुभएको हो । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।

दलित महिला संघद्वारा पनि सहयोग

मेयर पाण्डे सहयोग रकम बुझ्दै

यसैगरी दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिनुभयो ।

कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताउनुभो ।

यसैगरी कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखरकोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गर्नु भएको छ । यसैगरी नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here