spot_img
spot_img

लकडाउनमा पनि अवैध काठ ओसार पसार

राप्ती पोष्ट
दाङ, ४ जेठ । लकडाउनको समय छ । मानिसहरुलाई घरबाट बाहिर निस्कन गाह्रो छ । तर अवैध काम गर्नेहरुकालागि यो निकै राम्रो समय भएको छ । सोही क्रममा प्रहरीले तुलसीपुरबाट अवैध रुपमा ओसार पसार गर्न थालिएको काठ सहित केही व्यक्तिहरुलाई पक्राउ गरेको छ । सोमबार राती दुई बजेको समयमा तुलसिपुर उप–महानगरपालिका वडा नं. ३ भगवती टोलबाट बसबाट ल्याउँदै गरेको अवस्थामा काठ बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रा १ ख २३७५ नम्बरको बसबाट सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले सात जनालाई काठ काट्नका लागि प्रयोग गर्ने आरा सहित सात जनालाई पक्राउ गरिएको छ ।
अबैध सालको चिरान काठ लोड गरी तुलसिपुर तर्फ ल्याउदै गरेको भन्ने गोप्य सुचना प्राप्त हुन साथ तुलसीपुर इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले तुलसीपुर उप–महानगरपालीका वडा नं.३ भगवती टोलबाट रा १ ख २३७५ नम्वरको बसबाट १७ थान काठ बरामद गरिएको थियो ।

सब डिभिजन बन कार्यालय तुलसिपुरका अनुसार बरामद गरिएको काठ ३६.७२ क्युफिट काठ रहेको छ । प्रहरीले तुलसीपुर उप–महानगरपालीका वडा नं.६ बस्ने बर्ष १८ को बिजय चौधरी, सोही वडा बनकट्टा बस्ने बर्ष ३८ को शिव परियार, बर्ष ३२ को समिर चौधरी, बर्ष २० को सन्तोष चौधरी, बर्ष ३१ को चुमान सिंह चौधरी (चालक), बर्ष २० को मनोज चौधरी र बर्ष २८ को श्यामलाल चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुर जानकारी दिएको छ ।
यसरी फेला पारिएको काठ समेत पक्राउ परेका मानिसहरुलाई थप कार्बाहीका लागि सब डिभिजन बन कार्यालय तुलसिपुर पठाईएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार