राप्ती पोष्ट समाचारदाता
घोराही, २ जेठ । नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकारहरुको स्वास्थ्य र सुरक्षाका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।
सोही क्रममा घोराहीमा रहेको गुरुकुल एकेडेमीले नेपाल पत्रकार महासंघ दाङ शाखालाई २५ हजार रुपैया प्रदान गरेको छ । आइतबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष अनन्त घिमिरे लगायत गुरुकुलका प्लसटु कोर्डिनेटर निमानन्द गैरे, व्यवस्थापन संकायका संयोजक कृष्णदेव थापाले चेक हस्तान्तरण गर्नुभएको थियो ।
पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारी र उपाध्यक्ष सन्तोष सुवेदीलाई उक्त चेक हस्तान्तरण गरिएको थियो । सो अवसरमा गुरुकुलका निर्देशक घिमिरेले पत्रकारहरुमा देखिएको जोखिममा राहत होस भनेर विद्यालयका तर्फबाट सानो सहयोग गरिएको बताउनुभयो ।
यस्तै लमहीमा रहेको ज्योति एग्रो प्रालिले नेपाल पत्रकार महासंघलाई स्वास्थ्य सामग्री र प्रेस ज्याकेट प्रदान गरेको छ । प्रालिका अध्यक्ष रामचन्द्र पाण्डेले नेपाल पत्रकार महासंघ दाङ शाखामै आएर ति सामग्री प्रदान गर्नु भएको थियो । पाण्डेले प्रदान गर्नुृभएका सामग्री मध्य २१ पिस ज्याकेट, २१ पिस सेनेटाइजर र करिव दुई सय मास्क देउखुरीमा रेडियो हाइवेका प्रवन्ध निर्देशक केपी घिमिरेलाई प्रदान गर्नुभएको थियो भने अरु नेपाल पत्रकार महासंघ दाङ शाखामा प्रदान गर्नुभएको थियो । पाण्डेले ५५ थान ज्याकेट, ५५ थान स्यानेटाइजर र पाँच सय पिस मास्क पत्रकारहरुका लागि प्रदान गर्नुभएको थियो ।
पत्रकारहरुलाई कोरोना संक्रमण नहोस भनेर सुरक्षाका लागि मास्क र सेनेटाइजर उपलव्ध गराएको पाण्डेले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र निवर्तमान अध्यक्ष नारायण भुषालको पनि उपस्थिति थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका तर्फबाट अध्यक्ष दुर्गालाल केसी र उपाध्यक्ष सन्तोष सुवेदीले ति सामग्रीहरु ग्रहण गर्नुभएको थियो । पत्रकारहरु जतिवेला पनि जोखिममा रहेको भन्दै अध्यक्ष केसीले दाताहरुको सहयोगले आफूहरुलाई हौशला प्रदान गरेको बताउनुभयो ।