spot_img
spot_img

के हुँदैछ आज वान टु वान बार्तामा ?

राप्ती पोष्ट समाचारदाता
दाङ, २ जेठ ।
विभाजनको डिलबाट सम्हालिएर एकतातर्फ उन्मुख भएको नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आज वान टु वान अर्थात एक्ला एक्लै बार्ता हुँदैछ ।

गत बैशाख २७ गतेका दिन प्रधानमन्त्रीलाई विश्वासको मत नदिएर संसदबाट राजीनामा दिन ठिक्क परेका एमालेका नेता माधवकुमार नेपाल लगायतका नेताहरुले नेकपा एमालेको सांगठनिक ढाँचा जेठ २, २०७५ मा फर्काउनुपर्ने माग गरिरहनुभएको छ । ठूलो दलको हैसियतले प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले सपथ लिनु अघि असन्तुष्ट पक्षसंग छलफल गरेर तत्कालका लागि विवाद समाधान गरिएको थियो ।

त्यसयता पटक पटक छलफलमा बसेको दुवै समूहका बीचमा कार्यदल बनाएर विवाद निरुपण गर्ने सहमति भएको छ । सोही क्रममा आज आइतबार अपरान्ह प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालका बीच बार्ता हुँदैछ । बार्तामा पार्टीमा देखिएको विवाद समाधानकालागि कार्यदल गठनलाई पूर्णता दिने तयारी भएको छ ।

कार्यदलमा दुवै पक्षका गरेर नौ जना रहने भनिएको छ । कार्यदलले आगामी दिनमा पार्टीलाई कसरी संचालन गर्ने, सरकारलाई कसरी संचालन गर्ने भन्ने बारेमा छलफल हुने बुझिएको छ । कार्यदलमा भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाम सिफारिस गरिएको छ । यस्तै संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहने बताइएको छ । आजको बार्तालाई सवैले चासोका साथ हेरेका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार